रसुवा, ‘जान्नेलाई श्रीखण्ड नजान्नेलाई खुर्पाको बिँड’ भन्ने नेपाली उखान चरितार्थ भएको छ । युवकयुवती स्वदेशमा वातावरण छैन भनेर विदेशिने लहर चलिरहेकै छ । रसुवामा भने एक वृद्ध भने खेर गइरहेको वनस्पतिबाट जीविका चलाइरहेका छन् । त्यो पनि सानो लगानीमा घरेलु उद्योग सञ्चालन गरेर ।
हिमाली क्षेत्रमा खेर गइरहेको वनस्पतिको महत्व बारे थाहा भएपछि यहाँ डालेचुकको जुस बनाएर स्थानीयले मनग्य आम्दानी लिन थालेका हुन् । स्थानीय स्तरमा चिनेर पनि प्रयोगमा ल्याउन नसकेर उपेक्षित लाङटाङ राष्ट्रिय निकुञ्जका जंगलमा पाइने वनस्पति डालेचुकबाट मिठो जुस उत्पादन गर्न थालिएको हो ।
गोसाइकुण्ड गाउँपालिका ६ का बाबुराम श्रेष्ठले यहाँको जंगलमा खेरजाने डालेचुकनामक वनस्पतिको सदुपयोग गरेर मनग्य आम्दानी लिन सफल भएका हुन् । गोसाइँकुण्ड, लाङटाङ, तामाङ सम्पदामार्गको विभिन्न गाउँ घुमेर फर्कने स्वदेशी तथा विदेशी पर्यटकले यहाँबाट लैजाने कोसेलीका रूपमा यहाँको जुस प्रख्यात छ ।
नेपाली भाषामा डालेचुक नामले चिनिने यो वनस्पतिलाई स्थानीय बासिन्दाले तामाङ भाषामा तरू भन्दछन् । यो भिटामिनको भण्डार हो । अंग्रेजी भाषामा शिबकथ्रोन ९क्भबदगअपतजयचल० भनिन्छ । फलको स्वाद अति नै अमिलो हुने यो वनस्पति यहाँ रसुवामा दुई प्रकारका पाइएका छन् ।
सानो खालको बोट हुनेलाई ९सानोचुक० भुुुइँचुक र ठूलोलाई डालेचुक भनिन्छ । होचो बोट हुनाले भुइँचुकको फल भुइँबाटै टिप्न सकिन्छ । तर डालेचुकको भन्दा भुइँचुकको स्वाद अलि फरक हुन्छ ।
चिलिमेको तातोपानी ब्रेमदाङ, लाङटाङ क्षेत्रको घोडातबेला लगायतका ठाउँका जंगलबाट फल संकलन धुन्चेका बाबुराम श्रेष्ठका दम्पतीले जिल्लामै पहिलोपटक डालेचुक र गुराँसबाट स्वादिष्ट जुस ९सर्बत० तयार गरी बजरमा ल्याएका छन् ।
लघु उद्यम कार्यक्रममार्फत तालिम दिएपछि गाउँगाउँमा जुस उत्पादन भई मुलुकका मुख्य सहरमा यस्ता जुुस बिक्री भइरहेको छ । उनको घरमै रसुवाको उत्पादन सिमी, मुसुरो, जुसजस्ता स्थानीय उत्पादन राखिएको कोसेलीघर सञ्चालक भइरहेको छ ।
अहिले यहाँ तयार गरिएको जुस कोसेली घरबाट स्वदेशी र विदेशी पर्यटकले कोसेलीका रूपमा किनेर लैजान्छन् उनले भने । तिब्बतमा हिप्पोफी स्यालीसीफोलियालाई जादुगरी वनस्पति भनेर जानिन्छ । ताङ वंशको पालामा लेखिएको एक पुस्तकका अनुसार एक हजार वर्ष पहिले तिब्बतमा यसलाई अत्यन्त गुणकारी वनस्पति मानिन्थ्यो ।
मंगोलियामा त १३औं शताब्दीमै यसबाट बनाइएको औषधि प्रयोग गरिने जानकारी पाइन्छ । रूसीहरूले पनि सन् १९३० ताका यसबारे बृहत् अनुसन्धान गरेका थिए । यसबाट बनाइएको शक्तिबद्र्धक पदार्थ विशेषतः अन्तरिक्ष यात्रीहरूले समेत प्रयोग गर्ने गरेको पाइन्छ ।
चीनले सन् १९८५ पछि हिप्पोफी स्यालीसीफोलिया रोप्ने अभियान चलायो । बिरुवा रोपेको डेढ दुई वर्षमै फल्ने यसको फललाई चीनले सन् १९९३ सम्म २०० किसिमका स्वास्थ्यबद्र्धक उत्पादनमा प्रयोग गरेको उल्लेख छ । भारत र पाकिस्तानले पनि यसको राम्रो उपयोग गर्दै आएका पाइन्छ ।
फलको महत्व
रसुवाको उच्चभागमा पाइने डालेचुक आफैंमा औषधीय गुणले युक्त वनस्पति हो । यसको फलमा भिटामिन ए, बी र सी प्रचुर मात्रामा पाइन्छ । असाध्यै अमिलो हुने हुनाले यसबाट अचार बनाएर पनि खाने गरिन्छ । यसबाट स्वदिलो जुस, जाम, जेली, चिया, वाइनसमेत बनाउन सकिने हुनाले यसको रसुवामा ठूलो सम्भावना देखेको श्रेष्ठ बताउँछन् ।
श्रेष्ठले यसै वर्ष लालीगुँरासबाट समेत मिठो जुस बनाएर बजारमा ल्याएका थिए । उनले बनाएको जुसले जिल्लामा पहिलोपटक भएका औद्योगिक मेला प्रदर्शनीमा सर्वोत्कृष्ट पुरस्कार समेत पाए । गर्मी समयमा उनकोमा लालीगुँरास र डालेचुकको जुस पिउनेहरू सोधीखोजी गर्दै आइपुग्छन् ।
जिल्लामा पहिलो जुस उद्योग दर्ता पनि गराएका श्रेष्ठले उत्पादन गरेको जुस विभिन्न नापका बोतलमा प्याकिङ गरी बजारमा ल्याएका छन् । वनमा उत्पादन भएर त्यसै खेर जाने यस्ता वनस्पतिका फलबाट असाध्यै मिठो हुने हुनाले यसबाट अचार, जुस, जाम, जेली, चिया, वाइनजस्ता स्वादिष्ट परिकार बनाउने तालिम दिएर ग्रामीण क्षेत्रमा आय आर्जन गराई गरिबी न्युनीकरण गर्न सकिने अनुभव श्रेष्ठको छ ।
डालेचुकको चिया तथा सर्बत पर्यटकहरूले ज्यादै मन पराएर पिउँछन् । लाङटाङको क्यान्जिङस्थित तिब्बत गेष्टहाउस एन्ड लजका पर्यटन ब्यावसायी ग्याल्बो तामाङले बताए । न्युनतम ४३ डिग्री सेल्सियस चिसोदेखि बढीमा ४० डिग्री सेल्सियस तातोसम्म सहन सक्ने यो वनस्पति सामान्यत ४र५ मिटर अग्लो हुन्छ ।
झ्याम्म काँडेदारदेखि नै मझौला खाले रूख हुन्छ । यसका बोट कतैकतै १८ मिटरसम्म उचाइका पाइएका छन् । यो वनस्पति २ हजार मिटरदेखि ५ हजार ३ सय मिटरसम्मको उचाइमा पाइने सम्वद्ध बिज्ञहरू बताउँछन् ।
जस्तोसुकै चट्टान र नराम्रो माटो भएको भूभागमा पनि यसको जरा विकसित भई हावामा रहेको नाइट्रोजनलाई सञ्चित गरी माटोमा प्राङ्गारिक पदार्थ र लवण सार्ने काम गर्छ । यसको बोटका जरा १० मिटरभन्दा टाढासम्म फैलिने हुनाले खुकुलो माटोलाई अँठ्याएर कसिलो पारेर राख्दछ । जसले गर्दा भू–क्षय हुनबाट रोक्ने विश्वास रहेको छ ।
डालेचुकका स्याउलाबाट घाँस सोत्तर, हाँगाबाट दाउरा, बिरूवाबाट फलबाट विभिन्न औषधि तथा जुस बनाएर व्यापार गर्न, बोट रोपेर भू–क्षय तथा नदी कटान रोक्न, दानाको बियाँबाट तेल, औषधि, सौन्दर्य सामग्री, अनुहारको चाउरीपन र दाग हटाउन घाउ, खटिरा दुखाई, मर्केको, रक्तचाप बढेको, स्त्रीरोग, क्यान्सरलगायत रोगको औषधि बन्ने यो वनस्पतिबाट बहुपक्षीय फाइदा लिन सकिने जडिबुटी कृषक सोनाम दार्पो तामाङ बताउँछन् ।
वनस्पति मध्येको अधिक मात्रामा पौष्टिक तत्व पाइने डालेचुकमा कागतीमा भन्दा दोब्बर बढी भिटामिन सी पाइन्छ । जंगलमा पाइने डालेचुक पाइने विभिन्न जिल्लामा फरक फरक नामले चिनिन्छ । यसलाई मुस्ताङमा चिची तथा तोरा, हुम्ला र जुम्लामा ताराचुक, रसुवामा तरू र डोल्पामा डालेचुक नै भनिन्छ ।
यो वनस्पति रसुवाको लाङटाङ, लामाहोटल, गुम्ना, याङसाङ, रिभर साइड, घोडातबेला, लाङटाङ खोलाको किनार, चम्की गुम्बा, सुण्डमुण्ड, क्यन्जिङ, लाङसिसा जाने बाटो, बृद्धिमको पङसाङ खर्क, रिभरकुण्ड, दुधकुण्ड, ठूलो पाङसाङ र गोसाइँ कुण्डमार्गको आसपासमा पनि पाइन्छ ।
केही समय अगाडि लाङटाङ राष्ट्रिय निकुञ्जले यहाँको १० हजार वर्ग किलोमिटर क्षेत्रफलमा गरेको सर्वेक्षणमा ६५ प्रतिसत डालेचुकका विरुवा र ३५ प्रतिसत मात्र अन्य प्रजातिका विरुवा पाइएको थियो । त्यसै गरी गोल्जुङ, थुमन, गत्लाङमा चिलिमे तातोपानी बे्रमदाङ क्षेत्रमा पनि डालेचुकको राम्रो समूह रहेको अनुमान गरिएको छ ।
लेचुकको पृष्ठभूमि हेर्दा मंगोलिया, रूस, स्विडेन, यूरोप, ग्रीनल्याण्ड, पोल्याण्ड, हंगेरी, आदि देशमा यसको व्यापक प्रयोग भएको पाइन्छ । आठौं शताब्दीमा तिब्बतीयन भाषामा लिखित चिकित्सा पुस्तकमा समेत यसको निकै चर्चा गरी संसारभरी प्रचार प्रसारमा ल्याइएको थियो ।
व्यावसायिक रूपमा डालेचुकको खेती गरेर प्रसस्त फाइदा लिन यो बहुमूल्य वनस्पतिबाट ठूलो फाइदा लिन सकिने सम्भावना देखिन्छ । यसको व्यावसायिक खेती गरेर हिमाली क्षेत्रमा व्यावसायिक रूप दिन सकिने प्रचुर सम्भावना रहेको जिल्लावासी बताउँछन् ।
उद्यमीको बाबुराम श्नेष्ठको भनाइ छ मेरो अरू कुनै पेशा व्यावसाय छैन । मूख्य गरी रसुवाका स्थानीय उत्पादनलाई महत्व दिएर उद्यम गरिरहेको छु । घरेलु र सिड्स रसुवाले सुरुमा तालिम दियो । यहाँको डालेचुक जस्तो महत्व पूर्ण तर खेर गएको वनस्पतिको फल संकलन गरी जुस बनाएर बिक्री गरिरहेको छु ।
मौसम अनुसारको लालीगुँरासको जुस तथा अन्य काम पनि गर्छु । म कहाँ आएपछि रसुवाको रैथाने उत्पादन सबै पाउने भएकाले सबैले मेरो पसललाई ‘रसुवाको कोसेली घर’ भन्छन् । छोराछोरी पढाउने र जीवन धान्ने व्यवसाय नै यही हो । गत्लाङको कालो मुसुरो, सिमी र जुस जस्ता रैथाने उत्पादन बेचेर बाँचेको छु । मेरो अन्य स्रोत केही छैन ।
0 Comments :
Post a Comment