रसुवा,‘ शब्दयात्रा टोपकुमारी–तुलसीप्रसाद आचार्य रसुवा प्रतिभा पुरस्कार’बाट रसुवाका सर्जक तथा पत्रकार ज्ञानेन्द्रनाथ न्याैपाने जी लेकालीलाइ शुक्रबार धुलिखेलमा प्रदान गरिएकाे छ ।
शब्दयात्रा प्रकाशनले यस वर्षदेखि सुरू गरेकाे रसुवा जिल्लाका प्रतिभालाई २५ हजार रुपियाँ, अभिवन्दन पत्र र शब्दयात्रा पट्टसहित ‘शब्दयात्रा टोपकुमारी–तुलसीप्रसाद आचार्य रसुवा प्रतिभा पुरस्कार’ प्रदान गरी सम्मान गरिएकाे हाे । पत्रकार तथा सर्जक लेकालीलाइ राष्ट्रिय संचार माध्यममा रसुवाका गतिबिधि सम्प्रेषण गरेकाे भन्दै सम्मान गरिएकाे हाे ।
शब्दयात्रा प्रकाशनका संस्थापक अध्यक्ष हरि मञ्जुश्रीको सभापतित्वमा सम्पन्न उक्त समारोहमा उत्तरगया गाउँपालिका–५ बनुवाकी डा सरस्वती आचार्यले आफ्ना अभिभावकको नाममा पुरस्कार स्थापना गरेकी हुन्। स्व माता टोपकुमारी र स्व पिता तुलसीप्रसाद आचार्यको स्मृतिमा “टोपकुमारी–तुलसीप्रसाद आचार्य रसुवा प्रतिभा पुरस्कार” स्थापना गरिएको हाे ।


0 Comments :
Post a Comment