'यही हो हाम्रो रसुवा' को सूचनामूलक यस साइटमा तपाईको वरपरको महत्वपूर्ण स्थल, सम्पदा आदिको बारेमा प्रचार गरी आन्तरिक पर्यटन विकासमा सहयोग पुर्‌याउन त्यस्ता सामग्रीहरू हामीलाई पठाउनु होला । हामी तपाईका सामग्रीलाई प्रकाशन गर्नेछौं । Email : paudelprem@gmail.com (9843508470 Whatsapp)

दसौं जिल्ला सभा तथा आ.व.०८१/०८२ को वार्षिक समीक्षा सम्पन्न



रसुवा, जिल्ला समन्वय समिति रसुवाको दसौं जिल्ला सभा तथा आव ०८१/०८२ को वार्षिक समीक्षा  कार्यक्रम सोमबार सदरमुकाम धुन्चेमा  सम्पन्न भयाे । 

कार्यक्रमका प्रमुख अतिथि एवं बागमती प्रदेश सरकारका प्रवक्ता तथा आर्थिक मामिला तथा योजना मन्त्री प्रभात लामाले सभाकाे उद्घाटन गर्दै नेपालमा दिगो विकासका लागि सबैभन्दा पहिला कृषि र त्यसपछि पर्यटन क्षेत्रको विकास आवश्यक रहेको बताएका छन् । 

उनले बागमती प्रदेश सरकारले ३ हजार ५ सय घर परिवारलाई एक घर–एक रोजगारी दिन सक्ने समेत बताए । उनले कार्यक्रममा जेन-जी भाइ–बैनीहरू सहभागी हुने कि नहुने ? भन्ने विषयमा पनि प्रश्न उठाएका थिए । 



त्यस्तै गरी सभामा बागमती प्रदेश सभा सदस्य इन्द्र गौतम, जिल्ला समन्वय समिति नुवाकोटका प्रमुख रजेन्द्र बिक्रम सिंह ठकुरी,  प्रमुख जिल्ला अधिकारी राजेश पन्थी, गोसाइकुण्ड गाउँपालिका अध्यक्ष कैसाङनुर्पु तामाङ, उत्तरगया गाउँपालिका उपाध्यक्ष चमेली गुरुङ,  नेपाली कांग्रेस रसुवाका सभापति  पेम्बाछिरिङ तामाङ, नेकपा एमालेका बागमती प्रदेश कमिटीका सदस्य कन्र्याल लामा, नेकपा पार्टी प्रतिनिधि पुष्पराज न्यौपानेलगायतका वक्ताहरूले जिल्लाको विकास, योजना कार्यान्वयनमा समन्वयका चुनौती तथा आगामी वर्षका प्राथमिकताका विषयमा आफ्नो धारणा राखेका  थिए ।

कार्यक्रममा जिल्ला प्रशासन कार्यालयका सहायक प्रमुख जिल्ला अधिकारी द्रुबप्रसाद अधिकारी र पाँच वटा स्थानीय तहबाट प्रस्तुती गरेका थिए । 



जिल्ला समन्वय समिति रसुवाले समन्वय समिति, गाउँपालिकाका कर्मचारी तथा जलविद्युत आयोजनालाई पनि सम्मान गरिएको जिल्ला समन्वय समिति रसुवाका प्रमुख अशोककुमार घिमिरेले बताए । कार्यक्रममा रसुवा, नुवाकाेट, धादिङमा रहेका विषयगत कार्यालयका प्रतिनिधिहरू पत्रकार , सामाजिक सङ्घ सस्था , नागरिक समाजमा प्रतिनिधि सहभागी थिए । 

साे अवसरमा कार्यसम्पादनमा उत्कृष्ट भएकाे भन्दै स्थानीय तहका कर्मचारी तथा जिल्ला समन्वयका कर्मचारीहरूलाइ सम्मान पत्र प्रदान गरिएकाे थियाे । 



Share on Google Plus

About हेमनाथ खतिवडा

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.
    Site Comment
    Facebook Comment

0 Comments :

Post a Comment

🤝 Community

Join Forum Give Feedback
]]>
🌱 Soft Launch Phase
Share your feedback

Search This Blog

साताको चर्चित

साताको चर्चित

• Articles • Book Introduction • Culture • Bhajan • Songs /Music