ताजा खबर
Loading...
'यही हो हाम्रो रसुवा' को सूचनामूलक यस साइटमा तपाईको वरपरको महत्वपूर्ण स्थल, सम्पदा आदिको बारेमा प्रचार गरी आन्तरिक पर्यटन विकासमा सहयोग पुर्‌याउन त्यस्ता सामग्रीहरू हामीलाई पठाउनु होला । हामी तपाईका सामग्रीलाई प्रकाशन गर्नेछौं । Email : paudelprem@gmail.com (9843508470 Whatsapp)
Showing posts with label News. Show all posts
Showing posts with label News. Show all posts

Friday, December 19, 2025

उत्तरगयाधाममा ६ हजार भक्तजनलाइ नि:शुल्क भाेजन



रसुवा , पञ्चधाम सेवा केन्द्र नेपालले ६ हजार श्राद्ध गर्न आउने भक्तजनहरुलाइ यस वर्ष निःशुल्क भोजन गराएको जनाएको छ । 

त्रिशूली र फलाखु खोलाको संगमस्थल उत्तरगयाधाममा पुसे औँसीका दिन प्रत्येक वर्ष हजारौँ श्रद्धालुहरूले दिवंगत आफ्ना पितृको नाममा श्राद्ध, दान तथा तर्पण गर्ने परम्परा छ ।

पितृ उद्दारका लागि उत्तरगया गाउँपालिका, बिदुर नगरपालिकालगायतकाे सहयाेगमा केन्द्रले गतर्ष पनि नि:शुल्क भाेजन गराए पञ्चधाम सेवा केन्द्र नेपालका सचिव झंकनाथ न्याैपानेले जानकारी दिए। 

श्रद्धालु भक्तजनहरूका लागि निःशुल्क भोजन गराउनने व्यवस्था पञ्चधाम सेवा केन्द्र नेपाल काठमाडौं, उत्तरगया गाउँपालिका, विदुर नगरपालिका तथा विदुर नगरपालिकाका वडा नम्बर १ र ७ ले संयुक्त रूपमा गरेका हुन् । कार्यक्रममा लायन्स क्लब अफ काठमाडौं स्वयम्भू, लायन्स क्लब अफ काठमाडौं ब्लड सोसियल सर्कल नर्थ, लायन्स क्लब अफ काठमाडौं शुभकामना, उत्तरगया क्षेत्र विकास कोष तथा नेपाल स्काउट रसुवाले सहयोग गरेका थिए ।
र यो पनि हेर्नुहोस्

🔥 तपाईले छुटाउनै नहुने - बेत्रगंगाको बारेमा नालीबेली 🔥

Highlight Post

बेत्रावती/बेत्रगंगा वा उत्तरगया धाम

बेत – ना. (सं. बेत/बेत्र) बाँसको जस्तो आँख्ला र पात हुने, सन्दुक, लौरी आदि निर्माण गर्न प्रयोग हुने एक जातको लहरो र वपी – ना. (सं.) सानो जलाशय वा कुवा भन्ने अर्थ जनाउँदछ । भगवान शिवले बेतको लौरोद्‍वारा जलाशय निर्माण गरेको भन्ने धार्मिक तथा पौराणिक कथन अनुसार यस स्थानको नाम 'वेत्रवपि' वा बेत्रवति रहन गएको हो ।बोलीचालीमा अपभ्रम्श भई बेत्रावती भनिएको छ । जसलाई चारधाममध्येको एक उत्तरगया धाम पनि भनिन्छ । पुरा नालीबेली ...




यस वर्ष पनि टाढा–टाढाबाट आएका भक्तजनहरूले नदी किनारमा बाबु–आमा तथा आफन्तको स्मरणमा श्राद्ध गरिरहेका छन् । पितृ श्राद्ध गर्ने श्रद्धालुहरूको संख्या वर्षेनी बढ्दै गएको छ ।













उत्तरगयाधाममा १० हजारले श्राद्द गरे


बेत्रावती (रसुवा),  पौष ४ गते । पवित्र तीर्थस्थल त्रिशूली, रूद्रगंगा र बेत्रगंगाको संगमस्थल उत्तरगया धाममा श्राद्ध १० हजारभन्दा बढी श्रद्दालुले श्राद्द र तर्पण गरेका छन् । धार्मिक एवंम ऐतिहासिक क्षेत्र उत्तरगया धाममा पौषे औसीको दिन हिन्दु तथा बौद्ध धर्मावलम्वीहरूले मृतक आफन्तको संझना गर्दै श्रद्धा गरेका हुन् । 

बिहान सबेरैदेखि पुसको चिसोमा नदिको चिसो पानीमा नुहाएर पितृहरूको नाममा श्राद्ध गर्नेहरूको ठूलै भीड् लाग्यो । हिन्दुधर्मावलम्बीहरूले आफ्ना परम्परा धान्न उत्तरगयामा आई श्राद्ध गरी मोक्ष प्राप्ति गरेको बताए । 

नुवाकोट र रसुवाको सिमानामा रहेको बेत्रावतीको उत्तरगयामा १० हजार भन्दा बढि भक्तजनहरूले श्राद्ध गरी आफ्ना आफन्त जनको लागि पिण्ड दान गरेका छन् । उत्तरगयामा श्राद्ध गर्नेहरुको निकै ठूलो भीड् लागेको थियो । 

र यो पनि हेर्नुहोस्

उत्तरगया क्षेत्रमा आएर वर्षेनी हजारौ भक्तजनहरूले परलोक भएका आफ्ना आफन्त तथा बाबु आमाको नाममा श्राद्ध, दान, तर्पण गर्ने गर्दछन । तप्तनदी अर्थात उत्तरगया क्षेत्रमा आई श्राद्ध गरेमा २० पुस्ता अघिका पितृहरू मोक्ष्य प्राप्ति भई स्वर्ग जाने जन विश्वास रहिआएकाले पनि यहाँ टाढा टाढाबाट भक्तजनहरू आई श्राद्ध गरेका छन् । उत्तरगयामा क्षेत्रमा टाढा टाढादेखि श्राद्ध गर्न आएका भक्तजनहरूको ठूलो भिड् लागेको थियो ।

उत्तरगया क्षेत्रको नामले चिनिने बेत्रावतीमा पौषकृष्ण औंशीका दिन पितृहरूलाई पिण्ड दिएर श्राद्ध गर्नाले सबै पितृहरू मोक्ष हुन्छन् भन्ने विश्वासका साथ मानिसहरूको यहाँ श्राद्ध गर्ने भीड् लागेको हो । भारत वर्षका चार गया मध्ये भारतमा तीन गया छन् भने नेपालमा रहेको एक मात्र गया उत्तरगया हो । धार्मिक क्षेत्रकै नामले यस क्षेत्रमा गाँ पालिकाको नाम पनि उत्तरगया नै रहन गयो । बेत्रावतीलाई श्राद्धका लागि पवित्र मानिएका हिन्दकुश क्षेत्रका चार गयामध्ये एक मानिने कालिका गाउँपालिका निवासी खेमराज देवकोटा बताउछन्  ।  

🔥 तपाईले छुटाउनै नहुने - बेत्रगंगाको बारेमा नालीबेली 🔥

Highlight Post

बेत्रावती/बेत्रगंगा वा उत्तरगया धाम

बेत – ना. (सं. बेत/बेत्र) बाँसको जस्तो आँख्ला र पात हुने, सन्दुक, लौरी आदि निर्माण गर्न प्रयोग हुने एक जातको लहरो र वपी – ना. (सं.) सानो जलाशय वा कुवा भन्ने अर्थ जनाउँदछ । भगवान शिवले बेतको लौरोद्‍वारा जलाशय निर्माण गरेको भन्ने धार्मिक तथा पौराणिक कथन अनुसार यस स्थानको नाम 'वेत्रवपि' वा बेत्रवति रहन गएको हो ।बोलीचालीमा अपभ्रम्श भई बेत्रावती भनिएको छ । जसलाई चारधाममध्येको एक उत्तरगया धाम पनि भनिन्छ । पुरा नालीबेली ...



पञ्चधाम सेवा केन्द्र नेपालले  श्राद्ध गर्न आउने ६ हजार बढि भक्तजनहरूलाइ निःशुल्क भोजन गराएको जनाएको छ । श्रद्धालुहरूका लागि निःशुल्क भोजन गराउनने व्यवस्था पञ्चधाम सेवा केन्द्र नेपाल काठमाडौं, उत्तरगया गाउँपालिका, विदुर नगरपालिका तथा विदुर नगरपालिकाका वडा नम्बर १ र ७ ले संयुक्त रूपमा गरेका हुन् । कार्यक्रममा लायन्स क्लब अफ काठमाडौं स्वयम्भू, लायन्स क्लब अफ काठमाडौं ब्लड सोसियल सर्कल नर्थ, लायन्स क्लब अफ काठमाडौं शुभकामना, उत्तरगया क्षेत्र विकास कोष तथा नेपाल स्काउट रसुवाले सहयोग गरेका थिए ।

भारत गया, बद्री केदारनाथ,लगायतका धार्मिक स्थालमा पुग्नु अघि नै उत्तरगयामा श्राद्ध गर्नु पर्ने प्रचलन छ । स्कन्ध पुराणको हिमवत् खण्डमा उल्लेख भए अनुसार उत्तरगया क्षेत्रमा त्रिशुली नदी र देवी गंगा नदी बगेकोले उक्त पवित्र पानी भएका फलाखु र त्रिशूली नदी बगेको ठाउलाई बेत्रागंगा भनेर मानिएको छ ।  

हालको बेत्रावती क्षेत्रलाई उत्तरगया भनेर यहां पितृको नाममा हिन्दू धर्मालम्वीहरूले श्राद्ध, दान, तर्पण गर्ने गर्छन् भने बौद्धमाग्रीहरूले मृत्यु भएका आफ्ना आफन्तका नाममा लामाहरूले पनि मन्त्र पढ्ने र बत्ति बाल्ने गर्छन् । पुस्तौदेखिका पितृहरुको संझनामा पिण्डदान गरिन्छ । धार्मिक किवदन्ती अनुसार सत्ययुगमा देवता र दानवले समुद्र मन्थन गर्दा निस्केको कालकुट विषले संसार भष्म पार्न लागेपछि भगवान महादेवले कालकुट नामक विष पिएर विषको डाहा मार्न यही ठाउमा लौरोले खोस्री तप्त नदी उत्पन्न गराई सो नदीको पानीले शीतलता पाई उत्तरापन्थ गोसाँइकुण्ड गएको विश्वास गरिन्छ ।


आफ्ना आफन्त जनको नाममा यहाँ आएर श्राद्ध गर्दा पितृ मोक्ष हुने र पहिलेदेखी नै चलिआएको परम्परालाई धान्नको लागि र आफ्नो धर्म संस्कृतिलाई जोगाउनु पर्छ भन्ने मान्यताले गर्दा उत्तरगयामा श्राद्ध गर्न आएको भक्तजनहरू बताउछन् । 


ईतिहासका महत्वपूर्ण घटनाक्रममा पनि उत्तरगयाको वर्णन गरिएको पाईन्छ । यहाँ वालाचर्तुदशी, पौषे औषी, रामनवमी, हरिवोधनी एकादशी, दशहरा, ऋषितर्पणी, कुशे औशी आदी पर्वमा भक्तजनहरूको भव्य मेला लाग्दछ । टाढा टाढाबाट भक्तजनहरू आएर पुजा अर्चना गर्छन् ।  नेपाल –तिव्वत बीच लडाई हुँदा वि सं १८४९ असोज १७ गते बेत्रावती सन्धी भएको स्थल पनि यही क्षेत्र भएकोले यस क्षेत्रको महत्व अझ बढेको छ । 

यसवर्ष लेन्देखोलादेखि आएको बाढीले बिगारेको संरचना सम्याउने पार्ने काम गरेर यहाँ आउने हजारौं भक्तजनहरुलाइ सहज रुपमा श्राद्ध गर्ने ठाउँ तयार गरेको स्थानीय दिलकृष्ण श्रेष्ठले बताए । 

यो क्षेत्रलाई पर्यटकीय स्थलको रूपमा  उत्तरगया पवित्र धार्मिक क्षेत्रमा पितृ मोक्षको कामना गर्दै तिथी छुटेकाहरूले पनि श्राद्ध तथा पुजा आजा गर्न हजारौं तीर्थ यात्रीहरू आउने गरेको यसको पहिचान मर्न नदिन युवा पुस्ताले योगदान गर्नु पर्ने धारण स्थानीय बुद्धिजिवी गणेश श्रेष्ठले वताउछन् । 

श्राद्ध गर्न टाढा टाढा भक्तजनहरु आएपनि यहाँ पुरोहीतहरुको अभावमा धेरैजसोले सामूहिक रुपमा एउटै स्थलमा बसेर समेत श्राद्ध गरी पिण्डदान गरेका  छन् । 




Tuesday, December 9, 2025

स्वास्थ्य चौकीलाइ एम्बुलेन्स हस्तान्तरण



रसुवा, नागरिकको आकस्मिक स्वास्थ्य उपचार सेवालाई सरल, सहज, गुणस्तरीय र  बिरामीको रेफरल सेवालाई अझ प्रभावकारी ढंगबाट पहुचयोग्य बनाउन स्वास्थ्य चौकीलाइ एम्बुलेन्स हस्तान्तरण गरिएको छ ।

गोसाइँकुण्ड गाउॅपालिकाको अध्यक्ष कैसाङ नुर्पु तमाङ र उपाध्यक्ष प्रतिमा तामाङले टिमुरे स्वास्थ्य चौकी व्यवस्थापन समिति अध्यक्ष एवम् वडा नं २ का वडा अध्यक्ष कामी छिरिङ तामाङलाई एम्बुलेन्स हस्तान्तरण गरेका हुन् ।

टिमुरे स्वास्थ्य चौकीबाट गोसाइँकुण्ड गाउॅपालिका एम्बुलेन्स सञ्चालन कार्यविधि अनुसार एम्बुलेन्स सञ्चालन हुने गाउँपालिकाले जनाएकाे छ ।

छैटौँ पालिका–स्तरीय राष्ट्रपति रनिङ शिल्डकाे उपाधि हाइल्याण्डलाई


 

रसुवा, गोसाइँकुण्ड गाउँपालिका स्तरीय यस वर्षको रनिङ शिल्डको उपाधि हाइल्याण्ड आवासीय माध्यमिक विद्यालय धुन्चेले हात पारेको छ। विद्यालयले विभिन्न खेलमा उत्कृष्ट प्रदर्शन गर्दै १० स्वर्ण, ८ रजत र ३ कास्यसहित कुल २१ पदक जित्दै उपाधि हासिल गरेको हो ।

गत वर्ष रनिङ शिल्डको उपाधि हात पारेको रसुवा मावि धुन्चे यस वर्ष ६ स्वर्ण, १० रजत र ६ कास्यसहित २२ पदक बटुलेर दोस्रो भयो। त्यस्तै, कोमिन श्यामेवाङफेल मावि स्याफ्रुले ४ स्वर्ण, २ रजत र २ कास्यसहित ८ पदक ल्याउँदै तेस्रो स्थान हासिल गर्यो। 

त्यसै गरी  नमुना एभरग्रीन बोर्डिङ स्कुल धुन्चेले ३ स्वर्ण, ३ रजत र १० कास्यसहित १६ पदक प्राप्त गरेको छ। त्यसै गरी गोसाइँकुण्ड इङ्लिस बोर्डिङ स्कुल स्याफ्रुले १ स्वर्ण, ३ रजत र ४ कास्यसहित ८ पदक प्राप्त गरेको छ भने भिमसेन आवासीय विद्यालयले १ रजत पदक मात्र प्राप्त गरेको छ।

प्रतियोगितामा गोसाइँकुण्ड गाउँपालिका अन्तर्गत रहेका सामुदायिक तथा संस्थागत विद्यालयहरूको सहभागिता रहेको गाउँपालिका अध्यक्ष कैसाङ नुर्पु तामाङले जानकारी दिए। 

समापन समारोहमा वागमती प्रदेश सरकारका प्रवक्ता तथा आर्थिक मामिला तथा योजना मन्त्री प्रभात तामाङ, वागमती प्रदेश सभा सदस्य इन्द्र गौतम, जिल्ला समन्वय समिति उपप्रमुख विजय लामा, प्रमुख जिल्ला अधिकारी राजेश पन्थीलगायतका वक्ताहरूले शुभकामना मन्तव्य दिएका थिए।


मह झिक्न जाँदा भिरबाट लडेर एक जनाको मुत्यु


रसुवा, भिर मौरीको मह झिक्न जाँदा भिरबाट लडेर एक जनाको मुत्यु भएको छ।

नौकुण्ड गाउँपालिका–२, युब्राका ६५ वर्षीय नोम्वा नाङमेल नेकोरको भिरबाट लडेर बुधबार मुत्यु भएको जिल्ला प्रहरी कार्यालय रसुवाका कार्यालय प्रमुख प्रहरी नायव उपरीक्षक हेमबहादुर शाहीले जानकारी दिए ।  

लाङटाङ राष्टिय निकुन्जको मध्यबर्ती क्षेत्रको बाेन्द्रो ईलाकामा पर्ने भिरमा मह झिक्दै गर्दा नोम्वा नामोल नेकोरको  भिरमा एक्कासी चिप्लिएर  लडेर मृत्यु भएको  र घटना बारे अनुसन्धान भईरहेको प्रहरीको भनाई रहेको छ ।

Monday, December 8, 2025

भालुको आक्रमणबाट २ घाइते


रसुवा, कालिका गाउँपालिका -५ मा भालुको आक्रमणबाट २ जना घाइते भएका छन् । 

सोमबार बिहान ७:३० बजे बारीमा घाँस काट्ने क्रममा भालुले आक्रमण गरेर कालिका गाउँपालिका -५ जिवजिवेका ५० वर्षका चेतनाथ गजुरेल र नौकुण्ड गाउँपालिका -५ खाल्चेतका ६० वर्षका मान बहादुर थिङ घाइते भएका हुन् । थिङलाइ जिवजिवेबाट खाल्चेत जाने बाटोमा जङ्गलीभालुले आक्रमण गरेर घाइते भएको लाङटाङ राष्ट्रिय निकुञ्ज कालिकास्थान पोष्टका रेन्जर सुलक्षा श्रेष्ठले बताइन् । 

थिङको शरीर भरी  चोट लागेको छ । घाँटी, टाउको र देब्रे कान नै चुढिएकाे गजुरेल गम्भीर घाइते देखिएको र जिविजिवे ग्रामीण अस्पतालमा उपचार गरी थप उपचारका गरी गँजुरेललाई भने गम्भीर घाईते भएका कारण हेलिकाेप्टरबाट उपचारका लागि काठमाडाै पाठाइएकाे छ । 

Wednesday, December 3, 2025

‘वृतान्त बिर्ता’ को बिमोचन


रसुवा, जिल्ला भूमि अधिकार मञ्च रसुवाद्वारा प्रकाशित पुस्तक ‘वृतान्त बिर्ता’ को बिमोचन एक कार्यक्रमका बीच शुक्रबार कालिका गाउँपालिका–२ कालिकास्थान स्थित भूमिघरमा विमोचन भयाे ।

किसानका दुई दशकको सङ्घर्ष, सफलता र सिकाइको सङ्गालो पुस्तक ‘वृतान्त बिर्ता’ को बिमोचन विमोचन भयोकाे हाे । २०८२ मंसिर १२ गते भूमिघर कालिकास्थानमा आयोजित विमोचन कार्यक्रममा संविधानसभा सदस्य मा.जनार्दन ढकालले गरेका हुन् ।

रसुवा जिल्लाका किसानहरूको विद्रोह, संघर्ष र भूमि आन्दोलनको विस्तृत नालीबेली समेटिएको यो पुस्तक ‘वृतान्त बिर्ता’ को बिमोचन विमोचन समारोहका प्रमुख अतिथि संविधान सभा सदस्य जनार्दन ढकालले जिल्लावासीकाे हर समस्या समाधानका लागि प्रतिवद्द रहेकाे बताउनुभयाे । उहाँले भाेलेमा किसानकाे गुमेकाे भूमि हक फिर्ता भएकाे स्मरण गर्दै मञ्चले गनेर् सवैखाले वकालत र अभियानमा साथ दिने बताउनुभयाे । बागमती प्रदेशसभा सदस्य इन्द्र गौतम, जिल्ला समन्वय समिति रसुवाका प्रमुख अशोक कुमार घिमिरे, उत्तरगया गाउँपालिका अध्यक्ष माधवप्रसाद अर्याल, कालिका गाउँपालिका अध्यक्ष हरिकृष्ण देवकोटा, नेकपा एमालेका प्रतिनिधि विष्णुप्रसाद पौडेल, नेकपा प्रतिनिधि पुष्पराज न्यौपानेलगायत वक्ताहरूले पुस्तकको महत्व तथा रसुवाको भूमि आन्दोलनको इतिहासबारे आ–आफ्ना धारणा व्यक्त गरेका थिए । हेमनाथ खतिवडाले सञ्चालन गरेकाे कार्यक्रममा भूमिअधिकार मञ्चका अगुवाहरू पुलतीमाया लाे र चित्रकुमारी न्याैपानेले रसुवाकाे भूमि अभियान र पुस्तककाे बारे चर्चा गरेका थिए ।


जिल्ला भूमि अधिकार मञ्च रसुवाका अध्यक्ष भवानी प्रसाद न्यौपानेले वृतान्त बिर्ता पुस्तक रसुवाको भूमि आन्दोलनको ऐतिहासिक दस्तावेजका रूपमा महत्वपूर्ण योगदान गर्ने विश्वास व्यक्त गरेका छन् ।

बागमती प्रदेश सदस्य इन्द्र गोतामे, जिल्ला समन्वय समितिका प्रमुख अशोककुमार घिमिरे, उत्तरगया गाउँपालिका अध्यक्ष मावधप्रसाद अर्याल, कालिका गाउँपालिका अध्यक्ष हरिकृष्ण देवकोटा, उपाध्यक्ष मिरा तामाङ, लेखक रघुनाथ लामिछाने, वडाअध्यक्षहरु, राजनीतिक दलका प्रतिनिधि, संचारकर्मी, भूमि अधिकार मञ्चका अगुवा एवं सदस्यहरु सहभागी थिए । कार्यक्रममा पुस्तक विमोचनसँगै, परिवर्तित अवस्थामा भूमि अधिकार अभियानलाइ सशक्त रुपमा अघि बढाई बिर्ता र गुठी समस्या समाधानमा केन्द्रित हुने छलफल भएको छ ।

सामुदायिक आत्मनिर्भर सेवा केन्द्रको सहयोगमा जिल्ला भूमि अधिकार मञ्च रसुवाले प्रकाशन गरेको पुस्तक ‘वृतान्त बिर्ता’ बिमोचनको लेखन तथा सम्पादन रघुनाथ लामिछाने, विश्वास नेपाली र सुष्मा न्योपानेले गर्नु भएको हो ।



Aamachhodingmo Important Places Aamachhodingmo News Agriculture News Articles Bamsha News Bhajan Book Introduction Budhist Culture Chhatra Nach Culture dhunche Dhunche Important Places Dried up Lakes Economic News Educational News Gadhi Gomba Gosainkunda Important Places Gosainkunda News Health News Historical Places Hydro Rasuwa Important Places Kalika Important Places Kalika News Kalika-2 Important Places Lakes Langtang Culture Langtang Important Places Litarature Natural View Towers Naukunda Important Places Naukunda News Nepal China Boarder News Picnic Spots Poem Political News Rasuwa News Rasuwa Nuwakot Songs /Music Sport News Tamang Related Tamang Village Technology Temples Thuman Important Places Tourism News Tourism Trail Uttargaya Important Places Uttargaya News Water Fall छन्द कविता जिल्ला परिचय शार्दुलबीक्रिडित छन्द
महत्वपूर्ण सूचना
रसुवामा नयाँ पर्यटकीय मार्ग सञ्चालनमा आएको छ।
सावधानी
हिमाली क्षेत्रमा चिसो अत्यधिक रहेकोले आवश्यक तयारी गर्नुहोस्।
मुख्य बुँदा
गोसाइँकुण्डलाई धार्मिक तथा प्राकृतिक दुवै पर्यटनको केन्द्र मानिन्छ।
यात्रा टिप्स
मौसम जाँचेर मात्र पदयात्रा सुरु गर्नु उपयुक्त हुन्छ।
जोखिम सूचना
अत्यधिक हिमपातमा यात्रा नगर्नुहोस्।

Tuesday, November 18, 2025

भूकम्पले गुमेकाे तातापानी निस्केपछि स्थानीय खुसी

तातोपानी पुरानो तस्वीर 

रसुवा, जिल्लाको आमाछोदिङ्मो गाउँपालिका–५ को सुकेको तातोपानी पुनः निस्केपछि स्थानीय खुसी भएका छन् । 

२०७२ वैशाख १२ गतेको विनाशकारी भूकम्पले आमाछोदिङ्मो गाउँपालिका–५ मा रहेको तातोपानीको मुल सुकेको थियो। भूकम्पपछिका वर्षहरूमा तातोपानीको मुल पटक–पटक सुक्ने र पुन निस्कने क्रम दोहोरिँदै आएको छ।

अहिले पुनः तातोपानीको मुल पलाएको आमाछोदिङ्मो गाउँपालिका–५ तातोपानीका स्थानीय नोर्चेल तामाङले बताए ।  “अहिले ६ वटै धाराबाट पानी आइरहेको छ। भूकम्पपछि तातोपानीको मुल पटक–पटक सुक्दै पलाउँदै आएको छ,” उनले भने । करिब एक महिना जति भयो तातोपानीको मुल पलाएको तामाङले भने, “अहिले दिनप्रतिदिन पानी तात्दै गएको छ ।” अबचाहिँ तातोपानीको मुल नसुक्ने आशा स्थानीयले गरेका छन् ।

उक्त तातोपानीको पोखरीमा नुहाउँदा शरीरको खटिरा, दम, गानो–गोला, बाथ, चर्मरोग लगायत रोग ठीक हुने धार्मिक तथा सांस्कृतिक विश्वास छ । तर, तातोपानीको मुहान सुक्दा स्थानीय निराश भएका थिए । अहिले तातोपानी पुनः देखिन थालेपछि गुमेको व्यवसाय फर्किने आशा पलाएको भन्दै स्थानीयहरू खुसी भएकाे स्थानीय नाेर्चेल तामाङले बताए । 

तातोपानीको पोखरी २ हजार ६ सय ४५ मिटरको उचाइमा अवस्थित छ । तातोपानी पुनः पहिलेको अवस्थामा फर्किएकाले पर्यटकीय तथा धार्मिक स्थानको संरक्षणमा ध्यान दिनुपर्ने स्थानीयबासी बताउँछन् ।

Tuesday, October 14, 2025

नीलकण्ठ माविमा शैक्षिक सामग्री वितरण

 


रसुवा, कालिका गाउँपालिका–५ को सहयोगमा निलकण्ठ नमूना माध्यमिक विद्यालयमा अध्ययनरत विद्यार्थीहरूलाई शैक्षिक सामग्री वितरण गरिएको छ।

१ सय ५ जना विद्यार्थीहरूलाई जुत्ता, मोजा, झोला, पानीको बोतल, कपीलगायत शैक्षिक सामग्रीहरू वितरण गरिएको हो। वडा नं। ५ का वडाध्यक्ष तथा विद्यालय व्यवस्थापन समिति अध्यक्ष सन्दीप पौडेल, वडा सदस्यहरू र विद्यालय व्यवस्थापन समितिका सदस्यहरूको उपस्थितिमा इसीडिदेखि कक्षा ५ सम्म अध्ययनरत सम्पूर्ण विद्यार्थीहरूलाई शैक्षिक वर्षभरीका लागि पुग्ने गरी सामग्री वितरण गरिएको विद्यालयका प्रधानाध्यापक नारायणप्रसाद देवकोटाले जानकारी दिए।


विद्यालयले यसरी वितरण गरिएको शैक्षिक सामग्रीले विद्यार्थीहरूको उत्साह र शैक्षिक सहभागिता अझ बढ्ने विश्वास व्यक्त गरेको छ।


 

Monday, October 13, 2025

लाङटाङ घुम्न जाने भक्तपुरका चारमध्ये तीन जना एउटै परिवारका


रसुवा, लाङटाङ घुम्न जाने क्रममा रसुवाको गोसाइँकुण्ड गाउँपालिका–४ को बेरिङ खोल्साले बगाएर बेपत्ता भएका भक्तपुरका चारमध्ये तीन जना एउटै परिवारको भएको खुल्न आएको छ । 

गोसाइँकुण्ड–५ स्थित ब्याम्बो होटलमा बास बसेर लाङटाङतर्फ जाने क्रममा शनिबार चार जनालाई बेरिङ खोल्साले बगाएर बेपत्ता बनाएको थियो । बेपत्ता हुनेहरुमा भक्तपुर नगरपालिका–१० क्वाठण्डौंँ बस्ने वर्ष २३ का रवि श्रेष्ठ, सूर्यविनायक नगरपालिका–४ दधिकोट बस्ने २३ वर्षीया संस्कृति श्रेष्ठ, २१ वर्षीय किशन श्रेष्ठ र २६ वर्र्षीया सनिता श्रेष्ठ रहेका छन् । संस्कृति, किशन र सनिता एउटै परिवारका रहेको सूर्यविनायक नगरपालिका–४ का वडाध्यक्ष लच्छुराम न्यौपानले जानकारी दिनुभयो । 

उनीहरु रामेछापबाट बसाइँसराइ गरेर दधिकोटमा बसोबास गर्दै आएको न्यौपानले बताउनुभयो । उनीहरुको अवस्था अझै अज्ञात रहेको छ । उनीहरुको खोजीकार्य जारी रहेको जिल्ला प्रहरी कार्यालय रसुवाका सूचना अधिकारी प्रहरी निरीक्षक राजु शाहले जानकारी दिनुभयो । बेपत्ताहरूको खोजीका लागि प्रहरी र नेपाली सेनाको टोली नुवाकोटको सिमानासम्म परिचालन गरिएको र नुवाकोट प्रहरीलाई पनि घटनाबारे जानकारी गराएर खोजी कार्यका लागि अनुरोध गरिएको उहाँले बताउनुभयो । 

यसअघि संस्कृति, किशन र सनिता मध्यपुरथिमिमा बस्ने भनि समाचार सार्वजनिक भएको थियो । लाङटाङ जाने क्रममा मध्यपुरथिमि शङ्खधरचोकबाट गाडी चढेकाले रोज कर्माचार्यले उनीहरु थिमिको भएको प्रहरीलाई जानकारी गराएका कारण उनीहरू थिमिको भएको समाचार सार्वजनिक भएको थियो ।

Sunday, October 12, 2025

अभियान कै रूपमा राष्ट्रिय भिटामिन ‘ए खुवाउने

 


रसुवा, कात्तिक २० र २१ गते राष्ट्रिय भिटामिन ‘ए’ तथा जुकाको औषधि खुवाइने भएको छ ।


सरकारले प्रत्येक वर्ष दुई चरणमा यो कार्यक्रम सञ्चालन गर्दै आएको छ । पहिलो चरणमा कात्तिक २ र ३ र वैशाख ६ र ७ गते यो कार्यक्रम सञ्चालन हुँदैन आएको छ । 


यस वर्ष सोही मितिमा दिपावलीको लक्ष्मी पूजा पर्न गएकाले स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको सचिवस्तरीय निर्णयअनुसार कार्यक्रम सारिएको स्वास्थ्य सेवा विभागअन्तर्गत परिवार कल्याण महाशाखाले जनाएको छ ।


महाशाखाका निर्देशक डा विवेककुमार लालले ७५३ स्थानीय तहमा दुई दिने अभियानमा पाँच वर्षमुनिका करिब २८ लाख बालबालिकालाई भिटामिन ‘ए’ र करिब ३० लाख बालबालिकालाई जुकाको औषधि खुवाइने लक्ष्य राखिएको जानकारी गराए । यस अभियानका लागि ५२ हजार स्वास्थ्य स्वयंसेविका र १५ हजार जना स्वास्थ्यकर्मी परिचालन गरिने उनले बताए ।


Saturday, October 11, 2025

एक सय ८४ औं पटक रक्तदान गर्ने सतक रक्तदाता प्रेमसागर रसुवामा सम्मानीत


रसुवा, नेपालका सर्वाधिक स्वयंसेवी शतक रक्तदाता एवं नेपाल स्वयंसेवी रक्तदाता समाजका केन्द्रीय अध्यक्ष प्रेमसागर कर्माचार्यले कालिका गाउँपालिका–२ मा ०८२ असाेज २५ गते १८४औं पटकको रक्तदान गरे ।  

नेपाल स्वयंसेवी रक्तदाता समाज रसुवा शाखा र कालिका हिमालय एसएलसी २०५६ व्याचकाे संयुक्त रुपमा शनिबार आयोजित ७ औं रक्तदान कार्यक्रममा सर्वाधिक स्वयंसेवी शतक रक्तदाता कर्माचार्यले १८४औं पटकको रक्तदान गरेका हुन् । 

कार्यक्रममा कर्माचार्यलाई जिल्लावासी तथा कालिका गाउँपालिकाले पनि छुट्टछुट्टै सम्मान पत्र प्रदान गरे । प्रमुख अथिति रसुवा नागरिक समाजका अध्यक्ष तथा नेपाल रेडक्रस साेसाइटीका सभापति बाबुलाल तामाङ, कालिका गाउँपालिका अध्यक्ष हरिकृष्ण देवकोटा, जनस्वास्थ्य प्रमुख झमप्रसाद आचार्यलगायका जनप्रतिनिधि तथा स्थानीयले  उनलाइ दोसल्ला तथा सम्मानपत्र प्रदान गरेर सम्मान गरेका थिए । 

सम्मान ग्रहण गर्दै कर्माचार्यले याे सम्मानले अभियानमा अझै बढी लाग्ने र रक्तदानका क्षेत्रमा काम गर्न जिम्मेवारी थपिएको महसुस गरेको बताए । 

सर्वाधिक स्वयंसेवी शतक रक्तदाता कर्माचार्यललाइ देशब्यापी रूपमा रक्तदान अभियान सञ्चालन गरेकाे भन्दै कालिका गाउँपािलकाले सम्मानपत्र तथा दाेसल्लाले सम्मान गरेका थिए । रक्तदान आयोजक दुवै संस्था तथाले रसुवामा याे अभियानलाइ जाेड्ने कार्यमा कर्माचार्यले र संस्थापक जिल्ला अध्यक्ष प्रमिला लामाकाे पनि याेगदान रहेकाे चर्चा गरियाे । कर्माचार्य नेपालका रेकर्डेट रक्तदातामा हालसम्मका धेरै पटक रक्तदान गर्ने हुन् ।

नेपाल स्वयंसेवी रक्तदाता समाज रसुवा शाखा र कालिका हिमालय एसएलसी २०५६ व्याचले नियमित रूपमा ७ औं पटक रक्तदान आयोजना गरेक हुन् । 

जिल्लाका बिभिन्न स्थानबाट आएर ८६ जनाले रक्तदान गरी ८६ पिन्ट रगत संकलन गरिएको रक्तदाता समाज रसुवाका अध्यक्ष रामशरण गजुरेलले बताए । संकलन भएको रगत केन्द्रीय रक्तसञ्चार केन्द्रमा पठाइएको छ । 











Friday, July 18, 2025

लेन्दे खोलाको बाढी : अलपत्र नेपालीलाई स्वदेश फर्काउने तयारी


रसुवा,  लेन्दे खोलाको बाढीले मितेरी पुल बगाएपछि केरुङमा अलपत्र नेपालीलाई वैकल्पिक बाटोबाट स्वदेश फर्काइने भएको छ। उनीहरूलाई तातोपानी नाका हुँदै ल्याउने तयारी भइरहेको प्रमुख जिल्ला अधिकारी अर्जुन पौडेलले बताए। पौडेलका अनुसार अलपत्र परेका १ हजार २०० जनालाई स्वदेश फर्काउनका लागि परराष्ट्र मन्त्रालयमार्फत चीन सरकारलाई अनुरोध गरिएको छ।

केरुङमा अलपत्र नेपालीको भोजन एवं आवासको प्रबन्ध चिनियाँ पक्षले गरेको छ। अलपत्र परेकामा मालवाहक सवारी साधनका चालक तथा सहचालक ९१ जना छन्। कामको सिलसिलामा त्यहाँ रहेका १ सय १७ जनाले पनि घर फर्कने प्रबन्धका निम्ति प्रमुख जिल्ला अधिकारीसमक्ष आग्रह गरेका जनाइएको छ।

तिब्बतको केरुङ बजारमा रहेका नेपाली कामदारहरू सुरक्षित छन्। लेन्दे खोलामा बाढी आउदा केरुङमा न त वर्षात भयो न त कुनै बाढी नै थियो। ‘लेन्देमा बाढी आएको र मितेरी पुल बगेको थाहा पाएपछि घरतर्फ कसरी जाने चिन्ता बढेको थियो तर धेरैले यहाँ सुरक्षित भएर काम गरिरहेका छन्’, त्यहाँ कार्यरत कालिका गाउँपालिका–३ का होमनाथ ढकालले भने, ‘चालक तथा मेसवालासहित २ सय जना जति नेपाल फर्कने तयारीमा बसेका छन्।’

केरुङमा आयात निर्यात कम्पनी र होटलमा काम गर्ने धेरै नेपाली छन्। रसुवागढी नाकाबाट आउने साना सवारी साधन तथा मालबाहक कन्टेनरका चालकहरू बाढीका कारण केरुङतर्फ पुगेको बखत रोकिनु परेको थियो।

पीडामा लेन्देखोला बाढी पीडित

जेठ २४ गते नेपाल चीन सिमानाको रसुवागढी नाकामा लेन्दे खोलामा राति आएको बाढीले ठूलो धनजनको क्षति भएको छ। बाढीमा १८ जना बेपत्ता भएकामध्ये हालसम्म २ जनाको सनाखत भएको छ। बाढीमा परेकाहरूमध्ये लास तथा मानव अंग गरी १२ वटा भेटिएको छ।

गोसाइँकुण्ड गाउँपालिका–२ की स्थानीय समाजसेवी मिनाक्षी थापा मगर नियमित जस्तै ३ बजे ब्युँझने गर्थिन्। ‘बिहान पौने ३ बजे नै खोलाको आवाज आयो। खोला बढेको, डुंगा बगेको गड्याङ गुडुङ गरेको आवाज आयो र केहीबेरमा जमिन हल्लियो। भूकम्प हो कि जस्तो लाग्यो’, मगर भन्छिन् ‘उनले नजिकै प्रहरीमा खबर गरिन्। सबै सडकमा निस्के। रसुवागढी जलविद्युत् आयोजनामा साढे ३ बजे मात्र साइरन बज्यो। खोलाले गाडी बगाएको देखियो।’ बिहानको उज्यायो हुँदा नहुँदै उद्धार सुरु भयो। मगरले पीडित परिवारका लागि निजी तवरबाट राहत समेत बितरण गरेकी छिन् । 

उद्धारमा खट्ने प्रहरीले अरू धेरैलाई बचाए, उनीहरूले ज्यान गुमाए। ‘बिहान ४ बजे केरुङ बस्ने दिदीको फोन आयो। बिहान ६ बजेपछि फोन पनि चलेन। कतैबाट अपडेट लिन पाइएन। ६ दिनमा बत्ती बल्यो। गाउँ अन्धकार भयो। अझै नेट चलेको छैन। फोनमा पनि समस्या छ’, उनले भनिन्।

सुक्खा बन्दरगाहमा बस्ने गेट पाले लेम्बा तामाङले नेपाली तथा चिनियाँहरूलाई बाढीको संकेत गरेर ब्यँुझ्याएर बचाएका थिए। रसुवागढी लज विद्युत् केन्द्रका प्रमुख सन्तोष अधिकारी बाढी आउँदा घटनास्थलमै थिए। ‘जेठ २४ गते राति ३ बजे खोलाको आवाज आयो। हामी ३ः२० बजे त आत्तिएर भागेका थियौं। क्याम्पका रहेका सबै साथीलाई ब्युँझाएर भीरतिर चढेर बाँच्यौं। १० मिनेटमा पूरै क्याम्प खाली भयो। क्याम्पनजिकै घुँडाभन्दा माथि पानी आउने भइसकेको थियो’, अधिकारी भन्छन्, ‘सायद प्रि–फ्याव भवन भएकाले होला हल्लायो अनि आवाज पनि सुनियो। १ बजेतिर सेनाको हेलिकप्टरले हाम्रो २३ जनाको उद्धार गरेको दृश्य मेरो स्मरणमा रहेको छ।’

निर्माण सम्पन्न जलविद्युत आयोजनामा आठ दिन बित्दा पनि क्षति विवरण संकलन हुन सकेको छैन। आयोजनाको ड्याम साइड, भवन, टर्वाइन र गेटहरू भत्केको छ। क्याम्प पूरै ध्वस्त छ। ८ वटा हाइलक्स, माइक्रो गाडी पुरेको, प्रशारण लाइन, आयोजना तथा क्याम्पमा जाने बाटो क्षति भएको अधिकारीले बताए। सहायक प्रमुख जिल्ला अधिकारी द्रुवप्रसाद अधिकारीका अनुसार लिङलिङ नजिकैको ठूलो अवरोधले समस्या पारेको हो। १६ किमी मध्ये १५ किमी सडक अवरुद्ध हटाइएकाे छ।

बाढीले प्रभावित १६ किलोमिटर सडकको अधिकांश भागमा यातायात अवरुद्ध भएपछि स्थानीय प्रशासन, सडक विभाग, विभिन्न जलविद्युत् आयोजना तथा स्थानीय तहको सहकार्यमा मर्मत तीव्र गतिमा अघि बढेको हो। गल्छी–त्रिशूली–रसुवागढी सडक सुधार आयोजनाका प्रमुख खड्गलाल श्रेष्ठले तिब्बततर्फबाट बग्ने लेन्देखोलामा आएको बाढीले सडकमा क्षति पुर्‍याएपछि आपत्कालीन मर्मत अभियान सुरु गरिएको जानकारी दिए। लिङलिङ भिरको बाहेक अधिकांश अवरोध हटाइएको छ। ‘सडक खुलेपछि जनजीवन सामान्य अवस्थामा फर्किने आशा छ’, उनले भने।

बेपत्ताको खोजी जारी

बाढीले ठूलो जनधनको क्षति पुर्‍याएको रसुवामा पुनः बाढी र पहिरोको उच्च जोखिम रहेको भन्दै जिल्ला प्रशासन कार्यालय रसुवाले थप सतर्कता अपनाउन आम सर्वसाधारण र सरोकारवाला निकायलाई आग्रह गरेको छ।

जिल्ला प्रशासन कार्यालयद्वारा जारी गरिएको विपद् सूचनाअनुसार असार २४ गते बिहान ३ः०० बजे चीनको तिब्बतबाट भोटेकोशी नदी हुँदै नेपाल प्रवेश गरेको हिम बाढीले ठूलो मानवीय तथा भौतिक क्षति पुर्‍याएको तथ्य उल्लेख गरिएको छ। प्राकृतिक प्रकोपको जोखिम अझै कायम रहेको भन्दै जल तथा मौसम विज्ञान विभाग र चिनियाँ पक्षबाट प्राप्त सूचनामा भोटेकोशी, त्रिशूली, लाङटाङ खोला, चिलिमे खोला लगायत जिल्लाभित्र बहने अन्य नदीरखोलाहरूमा पानीको बहाव बढ्ने सम्भावना औंल्याइएको छ। यी क्षेत्र आसपास बसोबास गर्ने नागरिक, नदी किनारमा रहेका आयोजनाहरू, कार्यालयहरू तथा यातायात सञ्चालनमा संलग्न सरोकारवालाहरूलाई आवश्यक सतर्कता अपनाउन प्रशासनले अनुरोध गरेको छ।

प्रशासनले विशेष गरी नदी किनारमा बस्ती रहेका समुदायहरूलाई स्थानिय तह र सुरक्षाकर्मीहरूसँग समन्वय गरी सुरक्षाका उपाय अवलम्बन गर्न आग्रह गरेको छ। साथै वर्षा तथा बाढीका कारण सडक मार्गहरूमा अवरोध वा क्षति हुन सक्ने सम्भावनालाई ध्यानमा राखी यात्राको क्रममा अत्यावश्यक सतर्कता अपनाउन समेत सुझाव दिइएको छ।

भिरबाट लडेर एक मजदुरको मृत्यू

रसुवा, आमाछोदिङमो गाउँपालिका–५ स्थित सालासुङ्गी जलविद्युत आयोजनाको सडकमा काम गर्ने कार्यरत एक मजदुरको मृत्यू भएको छ ।

पाजुङ कालो डाँडा क्षेत्रमा सरसफाइ गर्ने क्रममा भीरबाट ४ सय मिटर तल झरेर एक मजदुरको मृत्यु भएको छ । १ गते काममा निस्केको तर सम्पर्क नआएको शुक्रबार लास भेटेको आफन्तले जानकारी दिए ।

जिल्ला प्रहरी कार्यालय रसुवाका अनुसार मृत्यु हुनेमा सोही गाउँपालिका–५ ब्राजोम गाउँका ४७ वर्षीय सोनाम दोर्जे तामाङ रहेका छन् । उनी साउन २ गते बिहान करिब ९ बजे सालासुङ्गी जलविद्युत आयोजना जलविद्युत आयोजनाअन्तर्गत पाजुङ कालो डाँडा क्षेत्रमा बाटो र नाली सफा गर्ने क्रममा भिरबाट लडेका थिए ।

घटना बारे जानकारी पाउने बित्तिकै थाम्बुचेत प्रहरी चौकीका इन्चार्ज प्रहरी निरीक्षक राजु शाहको नेतृत्वमा प्रहरी टोली घटनास्थलमा पुगेको थियो । प्रहरीले तामाङलाई मृत अवस्थामा फेला पारेको जिल्ला प्रहरी कार्यालय रसुवाका प्रहरी नायब उपरीक्षक हेमबहादुर शाहीले जानकारी दिए । मृतकको लास रसुवा अस्पतालमा पोष्टमार्टम गरी परिवारले सतगत गरेको प्रहरीले जनाएको छ ।

Tuesday, July 15, 2025

रसुवा पूर्ण खोप तथा दिगोपना जिल्ला घोषणा



कालिकास्थान ,रसुवा 

जिल्ला पूर्णखोप सुनिश्चित जिल्ला घोषित भएको छ । कालिकास्थानमा आयोजित एक कार्यक्रममा बागमती प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक डा.नरेन्द्रकुमार झाले जिल्लालाई पूर्ण खोप सुनिश्चित भएको जिल्ला घोषणा गरिएको हो ।


रसुवाका पाँच वटै स्थानीय तह पूर्णखोप सुनिश्चितता प्रक्रिया पूरा भएपछि पूर्ण खोप सुनिश्चित घोषणा भएको छ । जिल्ला खोप समन्वय समितिका संयोजकसमेत रहेका जिल्ला समन्वय समितिका प्रमुख अशोक घिमिरेको अध्यक्षतामा भएको कार्यक्रममा कालिका गाउँपालिका अध्यक्ष हरिकृष्ण देवकोटा , नौकुण्ड गापा अध्यक्ष नुर्बु साङ्बो घले, उत्तरगया गाउँपलिकाको उपाध्याक्ष चमेली गुरुङ पत्रकार, नागरिक समाजका अध्यक्षलगायतको उपस्थितीमा बागमती प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक डा.नरेन्द्रकुमार झाले रसुवा पूर्ण खोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा गरी जिल्ला स्थित जनस्वास्थ्य कार्यालयलाई प्रमाणपत्र हस्तान्तरण गरे । 

समारोहमा जनस्वास्थ्य कार्यालय रसुवाका प्रमुख झमप्रसाद आचार्यले जिल्लाको समर्पण, खोप पहुँचको विस्तार, सेवा सुधार, तथा स्थानीय सरोकारवालाको भूमिकालाई उजागर गर्दै यस सफलतालाई दिगो स्वास्थ्य प्रणाली निर्माणतर्फको महत्वपूर्ण उपलब्धिका रूपमा प्रस्तुत गरे । 

कार्यक्रममा जिल्लाका पाँचवटै गाउँपालिका तथा खोप सुनिश्चित घोषणामा योगदान पुर्‍याउने संघसंस्थाहरूलाई सम्मान गरिनुका साथै उत्कृष्ट खोपकर्तहरूलाई पनि प्रशंसा गरिएको थियो। 

जिल्ला समन्वय समिति रसुवाका प्रमुख घिमिरेले स्वास्थ्य अधिकार नागरिकको मौलिक अधिकार भएकाले यसको संरक्षण र प्रवद्र्धनका लागि सबै पक्षको सहकार्य आवश्यक रहेको बताए ।

जिल्लाका १६ देखि २३ महिनासम्म उमेर समूहका १२६७ बालबालिकाहरूले राष्ट्रिय खोप तालिका अनुसार आवश्यक सबै खोप १५ महिनाको उमेरभित्र लगाएको प्रमाणित भएपछि जिल्ला पूर्ण खोप सुनिश्चितता तथा दिगोपनाको मापदण्ड पूरा गरेको हो । यसअघि जिल्लाका सबै ५ वटा स्थानीय तहहरूलाई पूर्ण खोप सुनिश्चित घोषणा भएको जनस्वास्थ्य कार्यालय प्रमुख झम प्रसाद आचार्यले बताए । 


कार्यालयका अनुसार खोप सुनिश्चितता गर्न स्थानीय स्वास्थ्य स्वयंसेविकाका र स्वास्थ्यकर्मीले घरदैलो गरेका थिए । कार्यक्रममा स्थानीय तहका खोप कार्यकर्ता तथा जनस्वास्थ्यकर्मीलाई सम्मानसमेत गरियो । सो अवसरमा पूर्णखोप सुनिश्चितता र यसको दिगोपनाका लागि प्रतिबद्धता जाहेर गर्दै हस्ताक्षर गरिएको थियो । 











Sunday, June 29, 2025

२२ औ राष्ट्रिय धान दिवस : रसुवाकाे रोपाइँ (शब्द तस्वीर )

 रसुवा , कालिका गाउँपालिका -५ जिवजिवेमा भएकाे २२ औ राष्ट्रिय धान दिवस अवसरमा सामुहिक राेपाइँ सम्पन्न भयाे । प्रमुख अतिथि प्रतिनिधि सभा सदस्य माेहन आचार्य, जिल्ला समन्वय समिति प्रमुख अशाेक कुमार घिमिरे, कालिका गाउँपालिका अध्यक्ष हरिकृष्ण देवकाेटालगायत जनप्रतिनिधिहरू, सरकारी र्कमचारी, विदेशी पर्यटक,  किसान, समाजसेवीहरू तथा सामाजिक संस्थाहरूकाे सहभागिता रहेकाे थियाे । 

 मेलाका तस्वीरहरू ः 













Monday, June 23, 2025

डेंगु नियन्त्रण बारे सचेतना


रसुवा, कालिका गाउँपालिकामा  डेंगु राेगकाे  प्रकोप हुन नदिन राेग नियन्त्रणका लागि स्वास्थ्यकर्मी र सरोकारवालाहरुसँग अन्तरक्रिया गरेको छ ।

सोमबार जनस्वाथ्य कार्यालयले स्वास्थ्यकर्मी विच डेंगु रोगको विषयमा अन्तरक्रिया तथा अभिमुखिकरण कार्यक्रम संचालन गरिएको छ । कार्यक्रममा डेंगु रोगका लक्षण यसबाट हुने खतरा र यसबाट जोगिने उपायका बारेमा जनस्वाथ्य अधिकृत झम प्रसाद आचार्यले जानकारी दिनुभएको थियो । 

कार्यक्रममा आचार्यले डेंगु रोगको प्रकोप बढदै गएको हुँदा यसबाट सबै सचेत हुन आग्रह गर्नुभएको थियो । डेंगुको लक्षण देखिना साथ चिकित्सकलाई देखाउन स्वास्थ्यकर्मीको सुझाव थियो । घर वरपर रहेको पानी जम्ने खाल्डाखुल्डी पुर्ने, लामखुट्टेको टोकाईबाट जोगिन झुल टाँगेर सुत्ने, घरबाहिर करेसाबारीमा काम गर्न जाँदा सकेसम्म शरीर पूरै छोपिने गरी लुगा लगाउने, घर वरपर सफला राख्ने, लामखुट्टे भएका स्थानमा किटनाशक औषधिको प्रयोग गर्नाले डेंगुको संक्रमणबाट बच्न सकिन्छ ।

अभिमुखिकरण कार्यक्रमका सहभागीहरुले कालिकास्थानमा ¥याली गदै पानी जमेको ठाउँ सरसफाई गरेको थिए । साे अवसरमा कालिका बजार नेपाल स्वयंसेवी रक्तदाता समाज, स्थानीय समाजसेवीहरू सहभागी थिए । 

Sunday, June 22, 2025

गोसाइँकुण्ड गाउँपालिका पूर्ण सुनिश्चितता घाेषणा

 


रसुवा, स्थानीय श्रोतको उपयोग,स्वामित्व र सहभागी पूर्णखोप सुनिश्चितता,हाम्रो प्रतिवद्वता भन्ने मुल नाराका साथ गोसाईकुण्ड गाउँपालिका पूर्ण सुनिश्चितता तथा दिगोपना घोषणा भयाे । 

गोसाईकुण्ड गाउँपालिका पूर्ण सुनिश्चितता तथा दिगोपना घोषणा सभामा आफ्नो प्रमुख अतिथि जिल्ला समन्वय समिति रसुवाका उपप्रमुख विजय लामाकाे प्रमुख आतिथ्यतामा भएकाे थियाे । 

गोसाईकुण्ड गाउँपालिका स्वास्थ्य शाखाले स्याफ्रुवेसीमा आयोजना भएकाे कार्यक्रममा स्वास्थ्य शाखा प्रमुख विमल घिमिरे, प्रमुख अतिथि  जिल्ला समन्वय समितिका उपप्रमुख विजय लामा, जनस्वास्थ्य प्रमुख झम प्रसाद आचार्य, गाेसाइकुण्ड गाउँपालिका अध्यक्ष कैसाङनुर्पु तामाङले भनाई राखेका थिए । 

Monday, June 16, 2025

उत्तरगया गाउँपालिकालाई एम्बुलेन्स हस्तान्तरण

 


रसुवा, उत्तरगया गाउँपालिकालाइ माथिल्लाे त्रिशूली जलविद्युत कम्पनीले एक कार्यक्रम बीच एम्बुलेन्स हस्तान्तरण भयाे । 

निर्माणाधीन २१६ मेगावाट जडित क्षमताको माथिल्लो त्रिशूली–१ जलविद्युत् आयोजनाले आयोजना प्रभावित उत्तरगया गाउँपालिकालाई एम्बुलेन्स प्रदान गरेको छ ।

आयोजनाको प्रवद्र्धक नेपाल वाटर एन्ड इनर्जी डेभलप्पमेन्ट कम्पनी प्रालिका प्रमुख कार्यकारी अधिकृत  बायोङ सुले सोमबार गाउँकार्यपालिकाको कार्यालयमा आयोजित कार्यक्रमकाबीच एम्बुलेन्सको साँचो गाउँपालिकाका अध्यक्ष माधवप्रसाद अर्याललाई हस्तान्तरण गरेका हुन् । उक्त एम्बुलेन्स गाउँपालिका स्थित स्वास्थ्य चौकीले सञ्चालन गर्ने छ ।

आयोजनाको सामूदायिक सहयोग कार्यक्रमअन्तर्गत विपद्, दुर्घटना एवं गम्भीर प्रकृतिका रोगबाट प्रभावित घाइते, सुत्केरीलगायत आयोजना प्रभावित क्षेत्रका बासिन्दालाई मानवीय सेवा पु¥याउने उद्देश्यले गाउँपालिकालाई आधुनिक सुविधा सम्पन्न एम्बुलेन्स प्रदान गरिएको कम्पनीले जनाएको छ । 

कम्पनीले यसअघि आयोजना प्रभावित अर्को आमाछोदिङमो गाउँपालिकालाई एम्बुलेन्स प्रदान गरिसकेको छ । उक्त आयोजना प्रभावित आमाछोदिङमो गाउँपालिका–१ हाकुस्थित हाकु हेल्थ पोस्टले सञ्चालन गरिरहेको छ ।

Saturday, June 14, 2025

रसुवाकाे उत्तरगयामा ८२ जनाले गरे रक्तदान



रसुवा, २२औं विश्व रक्तदाता दिवसकाे अवसरमा उत्तरगया गाउँपालिका, नेपाल स्वयंसेवी रक्तदाता समाज रसुवा शाखा र कालिका हिमालय एसएलसी २०५६ ब्याचको आयोजनामा भएको खुल्ला रक्तदान कार्यक्रममा ८२ जनाले रक्तदान गरेका छन् । 

प्रमुख अतिथि जिल्ला समन्वय समिति रसुवामा प्रमुख अशाेक कुमार घिमिरेले पहिलाे रक्तदाता उत्तरगया गाउँपालिका अध्यक्ष माधब प्रसाद अर्याललाइ ब्लड ब्याग हस्तान्तरण गरेर कार्यक्रमकाे उद्घाटन भयाे । 


उत्तरगया गाउँपालिका अध्यक्ष माधब प्रसाद अर्यालकाे अध्यक्षतामा भएकाे कार्यक्रममा नेपाल स्वयंसेवी रक्तदाता समाज रसुवा शाखाका अध्यक्ष रामशरण गजुरेल , कालिका हिमालय एसएलसी २०५६ ब्याचका अध्यक्ष रामप्रसाद ढकाल, मिडिया पार्टनर रेडियाे लाङटाङका गीता न्याैपाने, उत्तरगया गाउँपािलका ५ का वडाअध्यक्ष यमनाथ आचार्य, उपाध्यक्ष चमेली गुरूङ नेपाल रेडक्रस साेसाइटी रसुवा शाखाका सभापति बाबुलाल तामाङलगायत सहभागि थिए । 

साे अवसरमा जनस्वास्थ्य कार्यालयले रक्तदाता सम्मान कार्यक्रम गरेकाे छ । जनस्वास्थ्य प्रमुख झम प्रसाद आचार्यले मानव जीवनमा  महत्वपूर्ण काम रक्तदान भएकाेले रक्तदान गर्ने ८२ जना रक्तदाताहरूलाइ सम्मान गरिएकाे बताए । कार्यक्रममा स्वास्थ्यकर्मी, समाजसेवी, स्थानीयकाे उत्साहजनक सहभागिता रहेकाे थियाे ।