ताजा खबर
Loading...
'यही हो हाम्रो रसुवा' को सूचनामूलक यस साइटमा तपाईको वरपरको महत्वपूर्ण स्थल, सम्पदा आदिको बारेमा प्रचार गरी आन्तरिक पर्यटन विकासमा सहयोग पुर्‌याउन त्यस्ता सामग्रीहरू हामीलाई पठाउनु होला । हामी तपाईका सामग्रीलाई प्रकाशन गर्नेछौं । Email : paudelprem@gmail.com (9843508470 Whatsapp)
Showing posts with label Langtang Important Places. Show all posts
Showing posts with label Langtang Important Places. Show all posts

Monday, June 8, 2026

परिक्षणका लागि रोपिएको स्याउ सप्रेपछि लाङटाङमा किसान खुशी

रसुवा, परीक्षणका लागि  रोपिएको स्याउ वातावरण अनुकूलित भएर सप्रिन थालेपछि गाउँले खुशी भएका हुन् । गोसाइँकुण्ड गाउँपालिका–४ को लाङटाङ र मुन्डु गाउँमा पहिलो पटक स्याउको परीक्षण सफल भएपछि स्थानीय खुशी भएका हुन् । समुद्र सतहबाट ३ हजार ५ सय मिटरको उचाइमा स्याउ खेती सुरु गरिएको हो ।


नमुना परीक्षणका लागि यहाँ विभिन्न जातको स्याउ रोपेको र परीक्षण सफल भएको स्थानीय फिन्जो तामाङले बताए । ‘एक–दुई वटा बोट पहिले रोपिएको भए पनि यसरी नयाँ जातको परीक्षण पहिलो पटक गरिएको हो ।’ उनले भने, ‘गत मंसिरमा रेड डेलिसिएस, रोयल डलिसियस र फुजी ४८ वटा स्याउका बिरुवा रोपेको हो । गाउँमा ३ सय बिरुवा रोपिएको थियो ४(५ वटा बिरुवा मरे पनि धेरै जस्तो बिरुवा सप्रेका छन् ।’


त्यहाँ २० वटा ग्रीन हाउस बनाइएको छ । परीक्षणका लागि १३ प्रजातिका स्याउ रोपिएको थियो । यहाँ स्याउको परीक्षण सफल भएपछि धेरैले स्याउका बिरुवा रोप्ने सोच बनाएका छन् । पर्यटकीय क्षेत्रमा यहाँ आउने पर्यटकहरुले धेरै स्याउ खपत गर्ने स्थानीय ग्याल्बो लामाले बताए ।  पहिले स्थानीय जातका स्याउ रोपेपनि फल्न छाडेपछि अध्ययन अभावले मासिएको थियो । अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र ९इसिमोड० को सहयोगमा लाङटाङमा ६ महिना अघि स्याउका बिरुवा रोपिएको थियो ।


यो परीक्षण सफल भएको हेरेर धेरैले स्याउ रोप्ने योजना बनाएको स्थानीय टेम्पा तामाङ बताउँछन् । इसिमोडका अर्गानिक कृषि विज्ञ राजेन्द्र ढकाल भन्छन्, ‘लाङटाङमा परीक्षण सफल भनिहाल्न मिल्दैन ।’ फल लागेर किसानले लाभ लिएपछि मात्र परीक्षण सफल भएको भन्न सकिन्छ । रोपिएका स्याउका बिरुवा वातावरण अनुकूलित भएकाले बिरुवाको बृद्धि भने भएको छ । केही विरुवमा फूल फुले पनि बोट परिपक्व नभएकोले टिपेर हटाइएको थियो ।’


त्यस्तै जलवायु उत्थानशील कृषि अनुसन्धानकर्ता कैलाश भट्ट भन्छन् फरक–फरक जातका स्याउका बिरुवा हावापानी मिल्ने ठाउँ भारतको हिमालचल प्रदेशबाट बिरुवा ल्याएर रोपिएको हो, अनुसन्धानकै क्रममा भएकाले कुन राम्रो हुन्छ त्यही जात अघि बढाउने उद्देश्यले परीक्षण भइरहेको भट्टले बताए ।


चिसो र उच्च–उचाइको अवस्थामा अनुकूलन क्षमता र प्रदर्शन परीक्षण गर्न उच्च हिमाली क्षेत्रको चिसो हावापानीमा रातो स्वादिष्ट, गोल्डेन स्वादिष्ट, डार्क सुपर, सुपर गोल्डेन र अन्य प्रजातिहरू पनि रोपिएको स्याउ खेती गरिएको इसिमोडका कृषि प्रशिक्षक कृष्ण भामले जानकारी दिए । स्थानीय ५० भन्दा बढी घरपरिवारले आफ्नो घरको बगैंचामा स्याउको बिरुवा रोप्दै स्याउ रोपणमा भाग लिएका थिए । स्थानीयले स्याउका बिरुवा वरिपरी बन्दा र प्याज खेती पनि सँगसँगै गरेका छन् ।

भिडियाे हेर्नुस् । 


Saturday, June 6, 2026

दोस्रो लाङ्टाङ ट्रेल रनको प्रथम पुरस्कार मिलन र अञ्जलीलाइ


रसुवा, रसुवा–नुवाकोट पर्यटन समाजको आयोजनामा शनिबार सम्पन्न दोस्रो लाङ्टाङ ट्रेल रनः पुरुषतर्फ सोलुखुम्बुका मिलन र महिलातर्फ काठमाडौंकी अञ्जली प्रथम भएका छन् । 

’दोस्रो लाङ्टाङ ट्रेल रन’ अन्तर्गत लाङ्टाङको क्याङजिनबाट सुरु भएको ३२ किलोमिटर दूरीको उक्त दौड प्रतियोगितामा २ घण्टा १६ मिनेट ४३ सेकेन्ड दूरी पूरा गरी सोलुखुम्बु महाकुलुङ गाउँपालिका–४ का मिलन कुलुङ राई प्रथम भएका छन्। 

उनले २ घण्टा १८ मिनेट ४७ सेकेन्ड दूरी पूरा गरी जुम्ला जिल्ला कनसुन्दरी गाउँपालिका–१ का धीरबहादुर बुढा दोस्रो भएका छन् । तेस्रो हुनेमा पाँचथर जिल्ला फिदिम नगरपालिका–१४ का विसाल राईले उक्त दूरी २ घण्टा २० मिनेट २ सेकेन्डमा पार गर्दै तेस्रो स्थान हासिल गरे । 



गोसाइकुण्ड गाउँपालिका– ४ लाङटाङ स्थित क्यान्जिँ हिम उपत्यकाबाट सुरु भएर स्याm्रmुबेसीमा अन्त भएको ट्रेलमा महिलातर्फ ४ घण्टा ४५ मिनेट ३ सेकेन्डमा काठमाडौँ दक्षिणकाली नगरपालिका–९की अञ्जली गुरुङ प्रथम भएकी छन् । नुवाकोट जिल्ला शिवपुरी गाउँपालिका–७ की सुरक्षा तामाङ ४ घण्टा ५९ मिनेट ५३ सेकेन्डमा दूरी पूरा गर्दै दोस्रो भइन् ।


अष्ट्रियाकी अन्ना लेनाले ५ घण्टा ९ मिनेट १४ सेकेन्डमा दूरी पूरा गर्दै तेस्रो स्थान हासिल गरेकी छन् । ट्रेल रनमा विजेता धावकहरू महिला तथा पुरुष दुवैतर्फ क्रमशः प्रथम, दोस्रो र तेस्रो हुनेले १ लाख, ७५ हजार र ५० हजार नगद सहित प्रमाणपत्र र ट्रफी प्राप्त गर्न सफल भएका छन् । 

चौथो र पाँचौँ हुने खेलाडीलाई दुवैतर्फ सान्त्वना स्वरूप क्रमशः नगद २५ हजार र १५ हजार रुपैयाँ, प्रमाण पत्र र ट्रफी प्रदान गरिएको छ ।

खेलकुदमार्फत जिल्लाको पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले दोस्रो ’लाङ्टाङ ट्रेल रन’ प्रतियोगिताको आयोजना गरिएको रसुवा–नुवाकोट पर्यटन समाजका अध्यक्ष बलराम न्यौपानेले बताए ।


बागमती प्रदेश सरकारका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले हेलिकप्टरबाट  क्याङजिन पुगेर ’लाङ्टाङ ट्रेल रन’ प्रतियोगिताको उद्घाटन गरेका हुन् । ट्रेल रनका लागि विदेशी सहित १ सय भन्दा बढी धावकहरू भागलिएका थिए । रसुवा–नुवाकोट पर्यटन समाजका अध्यक्ष न्यौपानेले बताए । 

पर्यटकीय क्षेत्रमा आन्तरिक तथा बाह्य पर्यटन प्रर्वद्धन गर्न तथा खेल गतिबिधि बढाउन यस्तो अभियानले राम्रो भूमिका खेल्ने पर्यटन व्यवसायी तथा स्थानीय सुप्पा लामाले बताए । 


Friday, June 5, 2026

दोस्रो ’लाङटाङ ट्रेल रन’ प्रतियोगिताको उद्घाटन



रसुवाको पर्यटकीय क्षेत्रको प्रवद्र्धन गर्ने उद्देश्यले आयोजना भएको दोस्रो ’लाङटाङ ट्रेल रन’ प्रतियोगिताको बागमती प्रदेशका सरकारका मुख्यमन्त्री इन्द्रबहादुर बाँनियाले उद्घाटन गरे । 

रसुवा–रसुवा–नुवाकोट पर्यटन समाजको आयोजनामा शनिबार विहान हेलिकाेप्टरबाट गाेसाइकुण्ड गाउँपालिका -४ स्थित लाङटाङको क्याङजिनबाट  ’लाङ्टाङ ट्रेल रन’  सुरू भएको छ । 

खेलकुदमार्फत जिल्लाको पर्यटन प्रबद्र्धन गर्ने उदेश्यले ’लाङ्टाङ ट्रेल रन’ प्रतियोगिताको आयोजना गरिएको हो ।  मुख्यमन्त्री  बानियाँले लाङ्टाङ क्षेत्रको पर्यटन विकासका लागि पदमार्ग तथा पूर्वाधार सुधार आवश्यक रहेको बताए । उनले हिमाल र हिमाली वातावरण संरक्षण, जलवायु परिवर्तनका चुनौतीका बीच हिउँ र हिमाली सम्पदाको संरक्षणमा सबै पक्ष उतिकै जिम्मेवार बन्नुपर्ने बताए । 

बागमती प्रदेशका संस्कृति तथा पर्यटन मन्त्री सुरेश श्रेष्ठ, आर्थिक मामिला तथा योजना मन्त्री प्रभात तामाङ तथा पर्यटन सचिव दीपेन्द्र सुवेदीलगायतको सहभागिता रहेको थियो ।

साे अवसरमा आर्थिक मामिलामन्त्री तामाङले स्थानीय समुदाय, पर्यटन व्यवसायी र सरोकार भएका निकायबीच सद्भाव र सहकार्यले मात्र हिमाली पर्यटनको दिगो विकास सम्भव हुने बताए । उनले लाङ्टाङ भ्रमणमा आउने पर्यटकलाई आत्मीयतापूर्वक सेवा प्रदान गरी नेपालको सकारात्मक छवि निर्माण गर्न आग्रह गरे ।

खेल, पर्यटन र वातावरण संरक्षणलाई एकै सूत्रमा जोड्ने उद्देश्यले आयोजना गरिएको ट्रेल रनले हिमाली क्षेत्रको प्रचारप्रसारमा महत्त्वपूर्ण योगदान पु¥याउने विश्वास गरिएको ट्रेकिङ एसोसियसन अफ नेपाल ९टान० का पूर्वअध्यक्ष दीपक महतले बताए ।

बागमती प्रदेशका सरकारका मुख्यमन्त्री इन्द्रबहादुर बाँनियाले क्याङजिन पुगेर ’लाङ्टाङ ट्रेल रन’ प्रतियोगिताको उद्घाटन गरेका हुन । 

ट्रेल रनका लागि १ सय धावकहरू सहभागी भएको रसुवा–रसुवा–नुवाकोट पर्यटन समाजका अध्यक्ष बलराम न्यौपानेले बताए । 

’लाङटाङ ट्रेल रन’ प्रतियोगिता झण्डै ३ घण्टामा दौडेर स्याफ्रुबेशी बजार झरेपछि प्रतियोगिता समापन हुने पर्यटन व्यवसायी गगन न्याैपानेले बताए ।  

गतवर्ष प्रथम ‘लाङटाङ ट्रेल रन“ प्रतियोगिता आयोजना गरिएको थियो । 


Friday, August 18, 2023

सुकिला हिउँका पगरीभित्र लुकेको लाङटाङ उपत्यका

सुकिला हिउँका पगरी गुथेर युगौंदेखि पर्यटकको स्वागत तथा सत्कारमा जुटिरहेका लाङटाङ्गेली वा एक हुल भोट बर्मेली, चौरी गाई, लोपोन्मूख वन्यजन्तुको आश्रयस्थलको नामबाट वा धारिलो भीरको एक कन्दरामा फैलिएको सानो उपत्यका, कतै झुरुप्प त कतै अलग अलग बस्तीहरूको नामबाट आज नेपालको तेस्रो प्रमुख पर्यटकीय मार्गको रूपमा आफ्नो परिचय स्थापित गर्न प्रयत्नशील छ लाङटाङ ।
क्याञ्जेन भ्याली, रसुवा 

    लाङटाङ क्षेत्रको परिचय

    रसुवा जिल्ला गोसाइँकुण्ड गाउँपालिका-४ मा रहेको लाङटाङ उपत्यका स्वर्गको एक टुक्रा जस्तै हो । नेपालको तेस्रो पर्यटकीय गन्तव्यको रूपमा परिचित लाङटाङ क्षेत्र यही उपत्यकाको नामले परिचित छ ।

    सुकिला हिउँका पगरी गुथेर युगौंदेखि पर्यटकको स्वागत तथा सत्कारमा जुटिरहेका लाङटाङ्गेली वा एक हुल भोट बर्मेली, चौरी गाई, लोपोन्मूख वन्यजन्तुको आश्रयस्थलको नामबाट वा धारिलो भीरको एक कन्दरामा फैलिएको सानो उपत्यका, कतै झुरुप्प त कतै अलग अलग बस्तीहरूको नामबाट आज नेपालको तेस्रो प्रमुख पर्यटकीय मार्गको रूपमा आफ्नो परिचय स्थापित गर्न प्रयत्नशील छ लाङटाङ ।

    तिनै लाङटाङ्गेलीका अतिथि सत्कारका दृश्य तथा मृत्युपर्यन्त सम्झनाका लागि बनाईएका क्षुर्तेन हेर्दै गगन चुमुला झैं गरी हज्जारौं पर्यटकलाई सुपारी बाँडिरहेको लाङटाङ हिमश्रृङ्खला ।

    लाङटाङ वा लामटाङ मानव वस्ती बस्नु पूर्व अवस्थामा 'लाङडाङ' नामले परिचित थियो । 'लाङ' को अर्थ तिब्बतीयन भाषामा 'गोरू' र 'डाङ' को अर्थ 'अघाएको' भन्ने हुन्छ ।

    सुनिए अनुसार उहिले तिब्बततिरबार यहाँ एउटा गोरू भागेर आएको रहेछ । गोरूलाई खोज्दै एउटा गोठालो पनि पछिपछि आयो । खाम्जिङ कटेर नेसा: गाङ अर्थात् चौतारो पछाडि आईपुगेछि मात्र गोठालाले भेट्छ र गोरू बाँधेर राखेर आफू उत्तानो परेर पल्टिन्छ ।

    गोठालो भुसुक्कै निदायो, ब्यूझेर हेर्दा गोरू त्यहाँ थिएन । गोरू बाँधिएको भनेको ढुंगाको प्वाल अहिलेसम्म पनि त्यहाँ छ । गोरू बाँधिएको ठाउँ हुनाले त्यसलाई लाङतासा (गोरू बाँधिएको) भनियो । गोरू खोज्दै गोठालो फेरि अघि बढ्यो, उसले गोरूलाई पूर्व (स्यार) तर्फ फर्केर सुतेको पायो । जसको कारण ठाउँको नाम पनि 'स्यार्पोको' रहन गयो भनिएको छ । त्यसैको अपभ्रम्शित रूप नै शेर्पागाउँ हो ।

    गोरू फेरि अगाडि बढ्यो, चाङडाम (हाल- लामाहोटल) पुग्यो, चाङडामको अर्थ खोलाको किनार हुन्छ । त्यहाँबाट गोरू क्युर्पुनेसामा पुग्यो । क्युर्पु (अमिलो) डालेचुकको जंगल धेरै भएको र त्यसलाई गोरूले खाएको हुनाले 'क्युर्पुनेसा' भनिएको हो, जसलाई हामी आजभोलि घोडातबेला भन्छौं ।

    गोरू समात्न नसक्दा गोरू अझै अगाडि बढ्यो, गोठालाले खोज्दै जाँदा घाँसपात, करू खाएर टन्न गोरू अघाएको भेट्यो । जहाँ गोरू अघाएको भेट्यो, त्यही ठाउँको नाम हो 'लाङडाङ । जसको अर्थ माथि नै उल्लेख गरिसकिएको छ ।

    अझै गोरू अगाडि बढ्दै जाँदा निकै पर पुगेपछि गोरूको यात्रा रोकियो, उसले भोटतिर फर्केर अर्को जन्म पनि भोटमा नै लिन पाउँ भनी प्रार्थना गर्दै देह त्याग गर्‍यो । गोरू मरेको हुनाले त्यस स्थानको नामाकरण लाङ (गोरू) सिसा (मरेको ठाउँ) – लाङसिसा रहन गयो ।

    लाङटाङ क्षेत्रका मुख्यमुख्य वस्तीहरूमा शेर्पागाउँ, रिमिचे, लामाहोटल, रिभरसाइड, घोडातबेला, थाङ्स्याप, गोम्बा, लाङटाङ, सिम्बु, क्याञ्जिन गोम्‍बा पर्दछन्।

    पहिलो हिमाली निकुञ्जको नामले मात्र हैन सायद नेपालमै पहिलो पटक याक चिज उत्पादन गर्ने ठाउँको नामले पनि परिचित छ लाङटाङ । पछिल्लो समयमा माउन्टेनियरिङ स्कूल निर्माण हुने कुराले पनि लाङटाङले झन् चर्चा पाउँदैछ । छिमेकी मुलुक चीनसँग कठालोमा बाँधिएको मुलुकको तेस्रो गन्तव्यले सांस्कृतिक, ऐतिहाँसिक, धार्मिक, पर्यटकीय तथा पर्यावरणीय यी सबै विधालाई उत्तिकै महत्व राख्दछ । यही क्षेत्रको गोसाइँकुण्डमा हुने धार्मिक मेला, क्याञ्जिन उपत्यकामा नाँचिने डुक्पा छेच्यु र यसका आपपासमा मनाईने विभिन्न सांस्कृतिक पर्व, कला संस्कृति तथा परम्पराले पर्यटकीय सम्बन्ध अझ गाढा र नजिक बनाउँदछ । विश्वमा नै दुर्लभ मानिएका रातो हाब्रे, हिमचितुवालगायतका जंगली जनावर, लालीगुँरास, लाङटाङे सल्लो तथा विविध प्रजातिका दुर्लभ वनस्पति अनि हिमश्रृङ्खला, नदीहरू यहाँका आकर्षणका केन्द्रविन्दु हुन् । यी सबैको उचित संरक्षण तथा व्यवस्थापन हुन सके युगौंसम्म धरतीभरिका आगन्तुकलाई डाकिरहनेछ यस लाङडाङले ।

    लाङटाङ क्षेत्रको आकर्षण

    o  प्रलयका उथुलपुथुलले ठडिएका गगनचुम्बी हिमश्रृङ्खला, ग्ल्यासियर,

    o  चौरी गाई, लोपोन्मूख वन्यजन्तुको आश्रयस्थल

    o  कतै झुरूप्प त कतै अलि बाक्लो वस्ती,

    o  पदमार्गका वरिपरि रहेका माने, छुर्तेन, गोम्बा, लाङटाङ राष्ट्रिय निकुञ्जको मनोरम छटा, लालीगुँरास, मार्गको नजिकै रहेको नदीको सुस्याहट, चराचुरूङ्गीको गायन, हिमचितुवा, घोरल, थारल, बँदेल, भालु, लङ्गुर बाँदर यहाँका मुख्य आकर्षण हुन् ।

    o  लाङटाङ री, क्याञ्जिन री, यालापिक, लाङसिसाजस्ता पिक र खर्कहरू ।

    o  चौंरी र भेडापालनको मुख्य क्षेत्र

    o  नेपालकै पहिलो याक चिज फ्याक्ट्री

    o  तिब्बतीयन / शेर्पा संस्कृति, भेषभूषा र रहनसहन पनि यहाँको आकर्षण हो ।

    o  होटल, लज तथा रेष्टुरेन्टको व्यवस्था 


    लाङटाङ क्षेत्रमा कसरी पुग्ने ?


    • रसुवा जिल्लाको पासाङल्हामु राजमार्गको स्याफ्रुबेंसीबाट खाम्जिङ- शेर्पागाउँ-रिमिचे - लामाहोटल  हुँदै
    • स्याफ्रुबेंसीबाट पहिरो - बम्बु- रिमिचे- लामाहोटल हुँदै
    • धुन्चेबाट भार्खु - नाउरडाँडा - ब्राबल - ठूलोस्याफ्रु - पहोरो - बम्बु हुँदै
    • मेलाम्ची वा हेलम्बुबाट ठाडेपाटी- फेदि- सूर्यकुण्ड- गोसाइँकुण्ड - ठूलोस्याफ्रु हुँदै
    • काठमाण्डौं सुन्दरीजल/शिबपूरी - चिसापानी- पाटीभञ्ज्याङ - कुटुमसाङ- ठाडेपाटी - घोप्चे- फेदि- गोसाइँकुण्ड हुँदै 
    • नुवाकोटको दुप्चेश्वर- सागरकुण्ड- नौकुण्ड- गोसाइँकुण्ड हुँदै