रसुवा, रसुवा र नुवाकोट जिल्लाको सिमानामा रहेको ऐतिहासिक तथा धार्मिक तीर्थस्थल उत्तरगया स्थित वेत्रावतीमा बिहिबार २१ वटा गोरु जुधाइएका छन् । गोरु जुधाइको मनोरञ्जन लिन दर्शकको भिड नै लागेको थियो ।
प्रत्येक वर्ष मकर संक्रान्तिको दिन वेत्रावतीमा गोरु जुधाउने परम्परा रहँदै आएको छ । यस वर्ष पनि मकर संक्रान्तिको अवसरमा २२ जना कृषकले आफ्ना बलिया गोरु प्रतियोगिताका लागि वेत्रावतीमा ल्याएका थिए ।
स्थानीयवासीहरूले संस्कृति, परम्परा र पर्यटन प्रवद्र्धनसँग जोडेर गोरु जुधाइलाई निरन्तरता दिँदै आएका छन्। पछिल्ला वर्षहरूमा मेलालाई थप व्यवस्थित बनाइएको छ। रसुवा र नुवाकोटका स्थानीय कृषकहरूले वर्षभरि पोषिलो आहार खुवाएर गोरु तयार पार्ने गरेका छन् ।
यस पटक ११ हल गोरु जुधाउन दर्ता भए पनि २१ वटा गरु जुधाइएको छ । प्रथम हुनेलाई १६ हजार, दोस्रो हुनेलाई १४ हजार रुपैयाँका दरले पुरस्कार वितरण गरिएको थियो । कार्यक्रममा प्रमुख अतिथि विदुर नगरपालिकाका मेयर राजन श्रेष्ठ थिए ।
गोरु जुधाइ मेला हाल मनोरञ्जन तथा खुसी साटासाट गर्ने थलोका रूपमा विकास हुँदै गएको छ । गोरु जुधाइ अवलोकन गर्न बिहिबार हजारौँ दर्शक वेत्रावतीमा भेला भएका थिए । रसुवा र नुवाकोटका स्थानीय कृषकहरूले वर्षभरि पोषिलो खानेकुरा खुवाएर गोरु पालेर तयार पार्ने गरेका छन् ।
विदुर नगरपालिका ७ का जितसिं तामाङ र कुलबहादुर तामाङको गोरुले १६ विजयी भएर हजार पुरस्कार प्राप्त गरे । जुधइमा गोरुलाइ चोट लागेको तथा सिङ भाँचिएको ८ हजार रुपैयाँ दिने र मृत्यू भएमा ३५ हजार दिने आयोजकले व्यवस्था गरेको थियो ।
मेलाले आन्तरिक तथा बाह्य पर्यटन प्रवद्र्धनमा सहयोग पुग्ने पर्यटन व्यवसायीहरूले बताएका छन्। प्रतियोगितामा सहभागी गोरुका धनीहरूका लागि नगद पुरस्कारको व्यवस्था गरिएको छ भने जुधारु गोरुलाई भिटामिन प्रदान गर्नुका साथै सहभागी गोरुको बीमा समेत गरिएको आयोजकले जनाएको छ ।
वि.सं. १८४९ साल असोज १७ गते नेपाल–चीनबीच वेत्रावतीमा भएको सन्धिको खुसीयालीमा यहाँ गोरु जुधाउने मेला सञ्चालन हुँदै आएको गोसाइकुण्ड युवा क्लबका अध्यक्ष सुभाष डंगोलले बताए ।
हरेक वर्ष माघे सङ्क्रान्तिको अवसरमा आयोजना हुँदै आएको गोरु जुधाइ मेला यस वर्ष पनि निरन्तरता दिन लागिएको हो। स्थानीय गोसाईंकुण्ड युवा क्लवले वि स २०६२ देखि प्रत्येक वर्ष माघे सङ्क्रान्तिका दिन वेत्रावतीमा गोरु जुधाइ उत्सव आयोजना गर्दै आएको छ।
प्रतियोगितामा भाग लिनेको लागि ११ हल गोरु दर्ता भएको आयोजक गोसाइँकुण्ड युवा क्लबले जनाएको छ ।
गोरु जुधाइ अवलोकन गर्न आउने दर्शकका लागि पार्किङ स्थल, शौचालय तथा पिउने पानीको व्यवस्था गरिएको छ। साथै सस्तो मूल्यमा खाजा तथा खानाका लागि स्टलको समेत व्यवस्था गरिएको स्थानीय थियो ।
नेपाल र तिब्बतबीच १८४९ साल असोज १७ गते सम्पन्न बेत्रावती सन्धिको खुसीयालीमा मनाइँदै आएको गोरु जुधाइ मेलाले उत्तरगया धामलगायतका ग्रामीण पर्यटन प्रवद्र्धनमा महत्त्वपूर्ण योगदान पु¥याउँदै आएको छ। मेला अवलोकन गर्न रसुवासहित नुवाकोट, काठमाडौं, धादिङ, सिन्धुपाल्चोक, भक्तपुर र ललितपुरलगायतका देशभरबाट हजारौँ दर्शक सहभागी थिए ।
कृषिमा आधुनिकीकरणसँगै हाते ट्याक्टरको प्रयोग बढ्दै जाँदा गाउँघरमा गोरु पाल्ने चलन घट्दै गएको कारण प्रतियोगिता सञ्चालनमा देखापर्न थालेको स्थाननीय गणेश श्रेष्ठले बताए ।
प्रतियोगितामा सहभागी गोरु धनीहरूका लागि नगद पुरस्कारको व्यवस्था गरिएको छ भने जुधारु गोरुलाई भिटामिन तथा प्रतिस्पर्धामा सहभागी गोरुको बीमा समेत गरिएको आयोजकले जनाएको छ ।
तिब्बती सेना र नेपाली सेनाबीच वेत्रावतीमा सन्धि भएपछि खुसीयालीमा गोरु जुधाएर रमाइलो गर्ने चलन थालनी भएको स्रानीय बताउछन् । भोटतिब्बत र नेपालको युद्धका कारण युद्धग्रस्त क्षेत्रको अनुभव भोगेका यहाँका बासिन्दाले युद्ध समाप्त भएको खुसीयालीमा गोरु जुधाउएर उत्सव मनाउँन थालिएको हो भने सन्धिको प्रसङ्गमा इतिहासमा लेखिए पनि कहिलेदेखि गोरु जुधाउने उत्सव सुरु भएको कुराको एकीन अभिलेख चाहिँ अहिलेसम्म फेला परेको छैन ।
गोरु जुधाइ छिमेकी जिल्ला नुवाकोट र धादिङमा पनि हुने गर्दछ । बझाङ्गी राजा जयपृथ्वीबहादुर सिंह तारुकामा मामाघर जाँदा उनलाई मनोरञ्जन दिलाउन गोरु जुधाइ मेलाको सुरुवात गरिएको किम्बदन्ति रहेको छ ।
सिंह विसं १९७८ सालमा नुवाकोटको तारुकाको चन्दनीस्थित मामाघर आउँदा भानिजलाई मनोरञ्जन दिन उनका मावलीले बाजागाजा सहित गोरु जुधाउने परम्परा आयोजना गराएका थिए ।
यही परम्परा अन्ततः वरपरको गाँउलेहरूको लागि पनि मनोरञ्जनको माध्यम र खेल जात्रा बनेको हो । मेला अवलोकनका लागि काठमाडौँ, रसुवा, काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोक, मकवानपुर, चितवनलगायतका जिल्लाबाट दर्शकहरु आएका थिए ।
स्थानीय तथा राट्रिय कलाकारहरु सहभागी भइ साँझ साँस्कृतिक कार्यक्रम तथा रोचक कन्सर्टको प्रस्तुती रहेको थियो । साे अवसरमा गाेसाइकुण्ड युबा क्लबकाे सहयाेगर्थ सञ्चालित चिठ्ठा पनि खाेलिएकाे थियाे ।





0 Comments :
Post a Comment