Friday, September 11, 2026
बाढीबाट प्रभावित क्षेत्रमा विशेषज्ञ चिकित्सक सहितको थप टोली पठाउने
हैजा विरुद्धको खोप अभियान सुरू
रसुवा, बाढीपछिको सम्भावित स्वास्थ्य जोखिमलाई मध्य नजर गर्दै जिल्लामा आजदेखि हैजाविरुद्धको खोप अभियान सुरू भएको छ ।
नौकुण्ड गाउँपालिकाबाहेक जिल्लाका चारवटा गाउँपालिकामा यो अभियान एक हप्तासम्म सञ्चालन हुनेछ जिल्ला जनस्वास्थ्य प्रमुख निर्धोज मगरले बताए । उनका अनुसार गाउँपालिका स्वास्थ्य आमा समूह र महिला स्वास्थ्य स्यंसेविका समेतको सहयोगमा स्वास्थ्यकर्मीहरूले खोप लाग्नेछन्।
खोप अभियानअन्तर्गत लक्षित चार पालिकाभित्रका १ वर्षभन्दा माथिका सबै उमेर समूहका नागरिकलाई हैजाविरुद्धको खोप लगाइँदैछ । तर, हाल ज्वरो आएका र पखाला लागिरहेका बिरामीलाई भने यो खोप लगाइने छैन। उनीहरू निको भएपछि मात्र खोप दिइने जिल्ला जनस्वास्थ्य कार्यालय रसुवाले जनाएको छ ।
यसैगरी,बाढी प्रभावित क्षेत्रमा प्रत्यक्ष रूपमा उद्धार तथा राहत वितरणमा खटिएका सुरक्षाकर्मी,स्वास्थ्यकर्मी र कर्मचारीहरूलाई हैजाको खोपका साथै ’टिटानस र डिप्थेरिया’विरुद्धको खोप पनि लगाइने व्यवस्था मिलाइएको छ ।
दूषित पानी र प्रतिकूल वातावरणका कारण हैजा जस्ता जलजन्य रोग फैलन सक्ने जोखिम उच्च रहने भएकाले पूर्वतयारी स्वरूप यो कदम चालिएको हो । स्वास्थ्यकर्मी तथा स्वयंसेवकहरूको टोली खटाएर सञ्चालन गरिएको अभियानमा सहभागी भई तोकिएका केन्द्रबाट खोप लिन स्वास्थ्य प्रशासनले सर्वसाधारणलाई अपिल गरेको छ ।
Wednesday, August 12, 2026
टेलिमेडिसिन सेवा विस्तारको लागि ठूलोगाउँ स्वास्थ्यचौकीलाई उपकरण हस्तान्तरण
रसुवा, उत्तरगया गाउँपालिकाले ठुलोगाउँ स्वास्थ्यचौकीलाई टेलिमेडिसिन सेवा सञ्चालनका लागि आवश्यक स्वास्थ्य उपकरण तथा सामग्री हस्तान्तरण गरेको छ ।
गाउँपालिका अध्यक्षले प्रमुख प्रशासकीय अधिकृतको उपस्थितिमा ती सामग्री औपचारिक रूपमा हस्तान्तरण गर्नु भएको हो।
यस सेवाको सुरुआतसँगै अब स्थानीय नागरिकहरूले आफ्नै गाउँको स्वास्थ्य चौकीबाटै विशेषज्ञ चिकित्सकहरूसँग प्रत्यक्ष परामर्श र उपचार सेवा पाउन सक्नेछन् । गुणस्तरीय, सहज र प्रविधिमैत्री स्वास्थ्य सेवालाई प्राथमिकतामा राख्दै गाउँपालिकाले टेलिमेडिसिन सेवा विस्तार गरेको जनाएको छ।
Friday, June 5, 2026
रसुवामा पूर्ण खोप बारे छलफल
रसुवा, आधारभूत स्वास्थ्य सेवा सञ्चालन तथा व्यवस्थापन स्थानीय तहको जिम्मेवारी भएकाले पूर्ण खोप सुनिश्चित गर्न सबै तहका सरोकारवालाको साझेदारी र समन्वय आवश्यक रहेकाे बताइएकाे छ ।
पूर्ण खाेप बारे छलफल कार्यक्रममा तथा पूर्ण खाेप समन्वय समितिकाे बैठकमा जनस्वास्थ्य अधिकृत निर्धाेज घर्तीमगरले पुर्णखोप निर्देशिका २०७१ तेस्रो संशोधन २०७७ अनुसार १६ देखि २३ महिना उमेर समुहका सम्पुर्ण वालवालिकाहरुले राष्ट्रिय खोप तालिकामा समावेश भएको सम्पुर्ण खोपहरु पाएको अवस्थालाई पूर्ण खोपलाइ पुर्ण खाेप भनिने बताए ।
पूर्ण खाेप घाेषणा भएपनि नियमित रिपाेर्टिङ गरी खाेप सुनिष्चित र दिगाेपना दिनुपर्ने बताए । कार्यक्रममा प्रमुख जिल्ला अधिकारी राजेश पन्थी, जिल्ला समन्वय प्रमुख अशाेककुमार घिमिरे, नगरिक समाज, पत्रकार, कार्यालय प्रमुखहरू सहभागी थिए ।
जिल्ला खाेप समन्वय समितिले सबै बालबालिकाले राष्ट्रिय खोप तालिका अनुसार गुणस्तरीय पूर्ण खोप प्राप्त गरे नगरेकाे अनुगमन गर्ने, स्थानीय स्रोत तथा साधनको परिचालनमार्फत खोप सेवाको दिगोपना सुनिश्चित दिने, खोप कार्यक्रममा सरोकारवालाहरूको साझेदारी तथा सहभागिता वृद्धि गर्ने खोपबाट बच्न सकिने रोगहरूको प्रकोप तथा महामारीमा उल्लेखनीय कमी लयाउन र रोगमुक्त अवस्थातर्फ अग्रसर गराउन भूमिका खेल्नु पर्ने बताइएकाे थियाे ।
Wednesday, June 3, 2026
निःशुल्क मुटु परीक्षण तथा उपचार शिविरमा ९ सय ८० जनाले सेवा लिए
रसुवा, रसुवाको कालिका गाउँपालिका–५, जिवजिवेमा सञ्चालन गरिएको दुई दिने निःशुल्क मुटु परीक्षण तथा उपचार शिविरमा ९ सय ८० जनाले स्वास्थ्य सेवा लिएका छन्।
जिवजिवे ग्रामीण अस्पतालको आयोजना तथा सहिद गंगालाल राष्ट्रिय हृदय केन्द्र, काठमाडौंको प्राविधिक सहयोगमा जेठ ९ र १० गते शिविर सञ्चालन गरिएको हो।
शिविरमा ९ सय २० जनाको इको ECHO परीक्षण तथा १२० जनालाई इसिजी ECG सेवा प्रदान गरिएको अस्पतालले जनाएको छ। परीक्षणका क्रममा मुटुमा गम्भीर समस्या देखिएका १२ जना बिरामीलाई थप उपचारका लागि काठमाडौंस्थित सहिद गंगालाल राष्ट्रिय हृदय केन्द्रमा सिफारिस गरिएको जनाइएकाे छ।
ग्रामीण क्षेत्रका सेवाग्राहीलाई लक्षित गर्दै सञ्चालन गरिएको उक्त शिविरमा ठूलो संख्यामा स्थानीय बासिन्दाले आफ्नो मुटु स्वास्थ्य परीक्षण गराएका थिए।
Saturday, May 16, 2026
नाैकुण्डमा ५४ जनाले गरे रक्तदान
रसुवा, नौकुण्ड गाउँपालिकाकाे आयाेजनामा नेपाल रेडक्रस , नेपाल स्वयंसेवी रक्तदाता समाज र कालिका हिमालय Slc ५६ ब्याचकाे सहकार्यमा भएको रक्तदान कार्यक्रममा ५४ जनाले रक्तदान गरे ।
स्वास्थ्य शाखा प्रमुख अणप्रसाद पौडेल पहिलो रक्तदाता भएभने गाउँपालिका उपाध्यक्ष चन्द्रबहादुर गलान, प्रमुख प्रशासकीय अधिकृत सूर्यबहादुर तामाङ, लगायत जनप्रतिनिधिहरु, कर्मचारी , स्थानीय गरी ५४ जनाले रक्तदान गरेका थिए ।
Thursday, March 19, 2026
जेष्ठ नागरिकलाइ निः शुल्क निमोनिया विरुद्धको खोप
रसुवा, गोसाँईकुण्ड गाउँपालिकाले आफ्नो क्षेत्र भित्र रहेका ज्येष्ठ नागरिकलाई पहिलो पटक निःशुल्क निमोनिया विरुद्धको खोप लगाउने तयारी भएकाे छ ।
जेष्ठ नागरिक प्रतिको गोसाँईकुण्ड गाउँपालिकाकोे सम्मान सहित यस वर्ष वडामा दर्ता भएका ७० वर्ष माथिका ज्येष्ठ नागरिकसहित क र ख बर्गका अपाङ्गता भएका नागरिक तथा नेपाल सरकारले तोकको जटिल किसिमका रोगीले यो निःशुल्क निमोनिया विरुद्धको खोप लगाउन पाउने गाउँपालिकाका अध्यक्ष कैसाङनुर्पु तामाङले जानकारी दिए ।
गोसाँईकुण्ड गाउँपालिका स्वास्थ्य शाखाका प्रमुख बिमल घिमिरेका अनुसार छ वटा वडाका सात सय जना ज्येष्ठ नागरिकलाई निःशुल्क निमोनिया विरुद्धको खोप दिन लागिएको हो । निमोनिया विरुद्धको खोपले वृद्ध अवस्थामा चिसोको कारण हुन सक्ने निमोनिया ब्याक्टेरियाको सङ्क्रमणबाट बच्नका लागि साे खोप लगाउन थालिएको हो ।
सबै वडाका स्वास्थ्य संस्थालगायत ४३ स्थानमा केन्द्र निर्धारण गरी खोप अभियान संन्चालन गरिनेछ । आफैँ खरिद गरेर निःशुल्क निमोनिया विरुद्धको खोप दिने सम्भवत गोसाइँकुण्ड देशकै पहिलो गाँउपालिका बनेको छ ।
Sunday, February 1, 2026
रसुवामा २ सय ८५ परिवारको घरमा चर्पी विहीन
रसुवा, राष्ट्रिय तथ्याङ्ग कार्यालय, राष्ट्रिय जनगणना २०७८ अनुसार रसुवामा २ सय ८५ परिवारको घरमा चर्पी विहीन रहेका छन् ।
राष्ट्रिय जनगणना २०७८ काे तथ्यांक अनुसार रसुवामा १ सय ३४ परिवारसंग फ्लस सार्वजनिक ढलमा जोडिएको चर्पी रहेको, ७ हजार ४ सय ८५ परिवारसंग, फ्लस सेफ्टी टेङ्ग भएको चर्पी रहेको, ३ हजार १ सय ६८ परिवारको खाल्टे चर्पी रहेको, ५९ परिवारले सार्वजनिक चर्पी प्रयोग गर्ने गरेको र २ सय ८५ परिवारको घरमा चर्पी नरहेको जनाइएकाे छ । ११ हजार १ सय ४० घरधुरी रहेकाे छ ।
२०७२ सालकाे भूकम्प अघि नै सरकारी तथा बिभिन्न दातृ संस्थाले शाैचालय रहेकाे भन्दै खुला दिशा मुक्त घाेषणा गरेपनि अझ २.५ प्रतिसत बढि घरमा चर्पी नभएकाे देखिन्छ ।
Tuesday, December 9, 2025
स्वास्थ्य चौकीलाइ एम्बुलेन्स हस्तान्तरण
रसुवा, नागरिकको आकस्मिक स्वास्थ्य उपचार सेवालाई सरल, सहज, गुणस्तरीय र बिरामीको रेफरल सेवालाई अझ प्रभावकारी ढंगबाट पहुचयोग्य बनाउन स्वास्थ्य चौकीलाइ एम्बुलेन्स हस्तान्तरण गरिएको छ ।
गोसाइँकुण्ड गाउॅपालिकाको अध्यक्ष कैसाङ नुर्पु तमाङ र उपाध्यक्ष प्रतिमा तामाङले टिमुरे स्वास्थ्य चौकी व्यवस्थापन समिति अध्यक्ष एवम् वडा नं २ का वडा अध्यक्ष कामी छिरिङ तामाङलाई एम्बुलेन्स हस्तान्तरण गरेका हुन् ।
टिमुरे स्वास्थ्य चौकीबाट गोसाइँकुण्ड गाउॅपालिका एम्बुलेन्स सञ्चालन कार्यविधि अनुसार एम्बुलेन्स सञ्चालन हुने गाउँपालिकाले जनाएकाे छ ।
Sunday, October 12, 2025
अभियान कै रूपमा राष्ट्रिय भिटामिन ‘ए खुवाउने
रसुवा, कात्तिक २० र २१ गते राष्ट्रिय भिटामिन ‘ए’ तथा जुकाको औषधि खुवाइने भएको छ ।
सरकारले प्रत्येक वर्ष दुई चरणमा यो कार्यक्रम सञ्चालन गर्दै आएको छ । पहिलो चरणमा कात्तिक २ र ३ र वैशाख ६ र ७ गते यो कार्यक्रम सञ्चालन हुँदैन आएको छ ।
यस वर्ष सोही मितिमा दिपावलीको लक्ष्मी पूजा पर्न गएकाले स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको सचिवस्तरीय निर्णयअनुसार कार्यक्रम सारिएको स्वास्थ्य सेवा विभागअन्तर्गत परिवार कल्याण महाशाखाले जनाएको छ ।
महाशाखाका निर्देशक डा विवेककुमार लालले ७५३ स्थानीय तहमा दुई दिने अभियानमा पाँच वर्षमुनिका करिब २८ लाख बालबालिकालाई भिटामिन ‘ए’ र करिब ३० लाख बालबालिकालाई जुकाको औषधि खुवाइने लक्ष्य राखिएको जानकारी गराए । यस अभियानका लागि ५२ हजार स्वास्थ्य स्वयंसेविका र १५ हजार जना स्वास्थ्यकर्मी परिचालन गरिने उनले बताए ।
Tuesday, July 15, 2025
रसुवा पूर्ण खोप तथा दिगोपना जिल्ला घोषणा
कालिकास्थान ,रसुवा
जिल्ला पूर्णखोप सुनिश्चित जिल्ला घोषित भएको छ । कालिकास्थानमा आयोजित एक कार्यक्रममा बागमती प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक डा.नरेन्द्रकुमार झाले जिल्लालाई पूर्ण खोप सुनिश्चित भएको जिल्ला घोषणा गरिएको हो ।
रसुवाका पाँच वटै स्थानीय तह पूर्णखोप सुनिश्चितता प्रक्रिया पूरा भएपछि पूर्ण खोप सुनिश्चित घोषणा भएको छ । जिल्ला खोप समन्वय समितिका संयोजकसमेत रहेका जिल्ला समन्वय समितिका प्रमुख अशोक घिमिरेको अध्यक्षतामा भएको कार्यक्रममा कालिका गाउँपालिका अध्यक्ष हरिकृष्ण देवकोटा , नौकुण्ड गापा अध्यक्ष नुर्बु साङ्बो घले, उत्तरगया गाउँपलिकाको उपाध्याक्ष चमेली गुरुङ पत्रकार, नागरिक समाजका अध्यक्षलगायतको उपस्थितीमा बागमती प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक डा.नरेन्द्रकुमार झाले रसुवा पूर्ण खोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा गरी जिल्ला स्थित जनस्वास्थ्य कार्यालयलाई प्रमाणपत्र हस्तान्तरण गरे ।
समारोहमा जनस्वास्थ्य कार्यालय रसुवाका प्रमुख झमप्रसाद आचार्यले जिल्लाको समर्पण, खोप पहुँचको विस्तार, सेवा सुधार, तथा स्थानीय सरोकारवालाको भूमिकालाई उजागर गर्दै यस सफलतालाई दिगो स्वास्थ्य प्रणाली निर्माणतर्फको महत्वपूर्ण उपलब्धिका रूपमा प्रस्तुत गरे ।
कार्यक्रममा जिल्लाका पाँचवटै गाउँपालिका तथा खोप सुनिश्चित घोषणामा योगदान पुर्याउने संघसंस्थाहरूलाई सम्मान गरिनुका साथै उत्कृष्ट खोपकर्तहरूलाई पनि प्रशंसा गरिएको थियो।
जिल्ला समन्वय समिति रसुवाका प्रमुख घिमिरेले स्वास्थ्य अधिकार नागरिकको मौलिक अधिकार भएकाले यसको संरक्षण र प्रवद्र्धनका लागि सबै पक्षको सहकार्य आवश्यक रहेको बताए ।
जिल्लाका १६ देखि २३ महिनासम्म उमेर समूहका १२६७ बालबालिकाहरूले राष्ट्रिय खोप तालिका अनुसार आवश्यक सबै खोप १५ महिनाको उमेरभित्र लगाएको प्रमाणित भएपछि जिल्ला पूर्ण खोप सुनिश्चितता तथा दिगोपनाको मापदण्ड पूरा गरेको हो । यसअघि जिल्लाका सबै ५ वटा स्थानीय तहहरूलाई पूर्ण खोप सुनिश्चित घोषणा भएको जनस्वास्थ्य कार्यालय प्रमुख झम प्रसाद आचार्यले बताए ।
कार्यालयका अनुसार खोप सुनिश्चितता गर्न स्थानीय स्वास्थ्य स्वयंसेविकाका र स्वास्थ्यकर्मीले घरदैलो गरेका थिए । कार्यक्रममा स्थानीय तहका खोप कार्यकर्ता तथा जनस्वास्थ्यकर्मीलाई सम्मानसमेत गरियो । सो अवसरमा पूर्णखोप सुनिश्चितता र यसको दिगोपनाका लागि प्रतिबद्धता जाहेर गर्दै हस्ताक्षर गरिएको थियो ।
Monday, June 23, 2025
डेंगु नियन्त्रण बारे सचेतना
रसुवा, कालिका गाउँपालिकामा डेंगु राेगकाे प्रकोप हुन नदिन राेग नियन्त्रणका लागि स्वास्थ्यकर्मी र सरोकारवालाहरुसँग अन्तरक्रिया गरेको छ ।
सोमबार जनस्वाथ्य कार्यालयले स्वास्थ्यकर्मी विच डेंगु रोगको विषयमा अन्तरक्रिया तथा अभिमुखिकरण कार्यक्रम संचालन गरिएको छ । कार्यक्रममा डेंगु रोगका लक्षण यसबाट हुने खतरा र यसबाट जोगिने उपायका बारेमा जनस्वाथ्य अधिकृत झम प्रसाद आचार्यले जानकारी दिनुभएको थियो ।
कार्यक्रममा आचार्यले डेंगु रोगको प्रकोप बढदै गएको हुँदा यसबाट सबै सचेत हुन आग्रह गर्नुभएको थियो । डेंगुको लक्षण देखिना साथ चिकित्सकलाई देखाउन स्वास्थ्यकर्मीको सुझाव थियो । घर वरपर रहेको पानी जम्ने खाल्डाखुल्डी पुर्ने, लामखुट्टेको टोकाईबाट जोगिन झुल टाँगेर सुत्ने, घरबाहिर करेसाबारीमा काम गर्न जाँदा सकेसम्म शरीर पूरै छोपिने गरी लुगा लगाउने, घर वरपर सफला राख्ने, लामखुट्टे भएका स्थानमा किटनाशक औषधिको प्रयोग गर्नाले डेंगुको संक्रमणबाट बच्न सकिन्छ ।
अभिमुखिकरण कार्यक्रमका सहभागीहरुले कालिकास्थानमा ¥याली गदै पानी जमेको ठाउँ सरसफाई गरेको थिए । साे अवसरमा कालिका बजार नेपाल स्वयंसेवी रक्तदाता समाज, स्थानीय समाजसेवीहरू सहभागी थिए ।
Sunday, June 22, 2025
गोसाइँकुण्ड गाउँपालिका पूर्ण सुनिश्चितता घाेषणा
Monday, June 16, 2025
उत्तरगया गाउँपालिकालाई एम्बुलेन्स हस्तान्तरण
आयोजनाको प्रवद्र्धक नेपाल वाटर एन्ड इनर्जी डेभलप्पमेन्ट कम्पनी प्रालिका प्रमुख कार्यकारी अधिकृत बायोङ सुले सोमबार गाउँकार्यपालिकाको कार्यालयमा आयोजित कार्यक्रमकाबीच एम्बुलेन्सको साँचो गाउँपालिकाका अध्यक्ष माधवप्रसाद अर्याललाई हस्तान्तरण गरेका हुन् । उक्त एम्बुलेन्स गाउँपालिका स्थित स्वास्थ्य चौकीले सञ्चालन गर्ने छ ।
आयोजनाको सामूदायिक सहयोग कार्यक्रमअन्तर्गत विपद्, दुर्घटना एवं गम्भीर प्रकृतिका रोगबाट प्रभावित घाइते, सुत्केरीलगायत आयोजना प्रभावित क्षेत्रका बासिन्दालाई मानवीय सेवा पु¥याउने उद्देश्यले गाउँपालिकालाई आधुनिक सुविधा सम्पन्न एम्बुलेन्स प्रदान गरिएको कम्पनीले जनाएको छ ।
कम्पनीले यसअघि आयोजना प्रभावित अर्को आमाछोदिङमो गाउँपालिकालाई एम्बुलेन्स प्रदान गरिसकेको छ । उक्त आयोजना प्रभावित आमाछोदिङमो गाउँपालिका–१ हाकुस्थित हाकु हेल्थ पोस्टले सञ्चालन गरिरहेको छ ।
Thursday, May 1, 2025
कृत्रिम बौद्धिक (एआई) प्रविधिबाट छातीको एक्स-रे सेवा सुरु
रसुवा, रसुवा जिल्लाको गोसाइँकुण्ड गाउँपालिकाले जिल्लामै पहिलोपटक क्षयरोग (टीबी) पहिचानका लागि कृत्रिम बौद्धिक (एआई) प्रविधिबाट छातीको एक्स-रे परीक्षण सेवा सुरु गरेको छ।
गाउँपालिकाको स्वास्थ्य शाखाको आयोजनामा तथा राष्ट्रिय क्षयरोग नियन्त्रण केन्द्र, थिमी, भक्तपुरको प्राविधिक सहकार्यमा सञ्चालन गरिएको उक्त अभियान दुई चरणमा सम्पन्न भएको हो।
पहिलो चरणमा वैशाख १६ गते वडा नं ५ स्याफ्रुबेँसी स्वास्थ्य चौकीमा आयोजित १ दिने शिविरमा १४४ जनाको छाती परीक्षण गरिएको थियो, जसमा १५ जनामा सम्भावित क्षयरोग देखिएको छ। दोस्रो चरणमा वैशाख १७ गते वडा नं ६ धुन्चे स्वास्थ्य चौकीमा १८६ जनाको परीक्षण गर्दा २८ जनामा सम्भावित संक्रमण देखिएको गाेसाइकुणड गाउँपालिका स्वास्थ्य शाखा प्रमुख बिमल घिमिरेले बताए दुई दिनको अवधिमा जम्मा ३३० जनाको छाती परीक्षण हुँदा ४३ जनामा क्षयरोगको सम्भावना देखिएको गाउँपालिकाले जनाइएको छ।
गोसाइँकुण्ड स्वास्थ्य शाखाका प्रमुख विमल घिमिरेका अनुसार, प्रारम्भिक परीक्षणमा सम्भावित देखिएका बिरामीहरूलाई जिन–स्पट परीक्षणमार्फत थप पुष्टि गरिनेछ। संकलित नमुना त्रिशूली र भक्तपुरस्थित राष्ट्रिय क्षयरोग परीक्षण प्रयोगशालामा पठाइनेछ। पुष्टि भएपछि ती बिरामीलाई निःशुल्क औषधि तथा उपचार सेवामा समावेश गरिनेछ।
घिमिरेका अनुसार, एआई एक्स-रे प्रविधिको प्रयोगले समुदायमा लुकेका संभावित बिरामीहरूलाई छिटो र प्रभावकारी रूपमा पहिचान गर्न मद्दत पुगेको छ।
स्वास्थ्य क्षेत्रमा प्रविधिको उपयोग गर्दै समुदाय स्तरमै क्षयरोग नियन्त्रणमा टेवा पुर्याउने यो पहल रसुवा जिल्लाको लागि प्रेरणादायी उपलब्धिका रूपमा हेरिएको छ।
Sunday, February 9, 2025
रसुवामा ४ हजार परिवारको मात्र घर परिसर खानेपानीको धारा
रसुवा, राष्ट्रिय तथ्याङ्ग कार्यालय, राष्ट्रिय जनगणना २०७८ अनुसार रसुवामा ४ हजार परिवारको घर परिसर खानेपानीको धारा रहेकाे छ ।
राष्ट्रिय जनगणना २०७८ काे तथ्यांक अनुसार रसुवामा ४ हजार १ सय ३५ परिवारको घर परिसर भित्र धारा रहेको छ, घर परिसर वाहिर धारा रहेका ६ हजार ३ सय परिवार, ७८ परिवारले खुला ईनार, १० परिवारले ढाकेको ईनार, ५ सय ३७ परिवारले मुल धारा, ६४ परिवारले खोलाको पानीलाई पिउन र खाना पकाउन प्रयोग गरेको पाईएकाे जनाएकाे छ । जिल्लाभर ११ हजार १ सय ४० घरधुरी रहेकाे छ ।
रसुवामा ८७ प्रतिशत बालबालिकाको जन्मदर्ता
रसुवा, राष्ट्रिय जनगणना २०७८ अनुसार ८७ प्रतिशत बालबालिकाको जन्मदर्ता हुने गरेकाे छ ।
जिल्लाको जनगणनामा कुल ४ हजार ८ सय ५३ जना बालबालिका मध्ये ४ हजार २५८ जना ८७.७ प्रतिशतले जन्मदर्ता गरेका छन् भने ५९५ जना १२.३ प्रतिशतले जन्मदर्ता गरेका छैनन् । जिल्लाकाे कुल जनसंख्या ४६ हजार ६ सय ८९ हो । नेपालको साक्षरता दर १० वर्षमा १० दशमलव ४ प्रतिशतले वृद्धि भएको छ । केन्द्रीय तथ्याङ्क विभागले शुक्रवार सार्वजनिक गरेको राष्ट्रिय जनगणना २०७८ का अनुसार नेपालको साक्षरता दर ७६।३ प्रतिशत पुगेको हो ।
Saturday, February 1, 2025
बहुगुणी अमलाका धेरै फाइदा
Sunday, January 12, 2025
रसुवामा ३६ प्रतिसत नागरिकले मात्र स्वास्थ्य बिमा गरे
रसुवा, गुणस्तरीय स्वास्थ्य सेवाको पहुँच र उपयोगमा सुधार ल्याई स्वास्थ्य बीमाको आधारमा सबैका लागि स्वास्थ्य सेवा सुनिश्चित गर्ने उद्देश्यले सरकारले ल्याएको सामाजिक शुरक्षाको महत्वपूर्ण कार्यक्रम स्वास्थ्य बीमा २०७२ देखि लागू भएपनि यसवर्ष ३६ प्रतिसत नागरिकले मात्र स्वास्थ्य बिमा सेवा लिएका छन् ।
स्थानीय सरकारले स्वास्थ्य बिमा बारे सचेतना मुलक कार्यक्रम गर्न नसकेकोले बीमा प्रति नागरिक आकर्शण नभएको गुनासो छ ।
स्वास्थ्य बीमा बोर्डले समस्त नेपाली नागरिकलाई सर्वसुलभ गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्ने र स्वास्थ्य सेवा उपभोगमा सुधार ल्याउनका लागि सामाजिक स्वास्थ्य बीमाको आधारमा सबैका लागि स्वास्थ्य सेवा सुनिश्चित गर्न कार्यक्रम सुरु भएको हो ।
जिल्लाको कुल जनसङ्ख्या ४६,६८९ रहेका छ । ११ हजार १ सय ४० घरपरिवार रहेकाे छ । यस वर्ष सवै भन्दा धेरै स्वास्थ्य बिमा कार्यक्रममा समेटिएको कालिका गाउँपालिका हो ।
स्वास्थ्य बीमा बोर्ड रसुवा शाखाका संयाेजक सृष्टि श्रेष्ठका अनुसार जिल्लाको उत्तरगयामा ९६६ घरमा २९५८ जना, कालिकामा ३२८६ घरका ११,४६६ जना , नौकुण्डमा ५०८ घरमा १११३ जना, गोसाइकुण्डमा ३४६ घरका ८७० र आमाछोदिङमो गाउँपालिकामा ३३० घरका ५८२ जना गरी जिल्ला भर कुल ५ हजार ४ सय ३६ घरपरिवारका १६ हजार ९ सय ८९ जनाले स्वास्थ्य बिमा गरेका छन् ।
Friday, May 10, 2024
मोती बिन्दुको निःशुल्क शल्यक्रिया
रसुवा, सामुदायिक आँखा केन्द्र रसुवाको आयोजनामा कालिकास्थानमा निःशुल्क मोती विन्दुको शल्यक्रिया शिविर सम्पन्न भयो ।
ग्रामीण क्षेत्रमा आँखाका समस्या भएकाहरुलाइ शल्यक्रिया सेवा दिने उद्देश्यले तिलगंगा आँखा केन्द, सामुदायिक आँखा केन्द्र रसुवा, नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखाको समन्वयमा कालिकास्थानमा दुईदिने निःशुल्क मोतीविन्दुको शल्यक्रिया शिविरमा ७९ जनाले आँखाको अप्रेसन गराएका छन् ।
तिलगंगा आँखा प्रतिष्ठानका वरिष्ठ आँखा शल्यचिकित्सक डा. श्याम व्यासको नेतृत्वमा भएको शिविरमा ७९ जनाको मोतीविन्दु र दुईजनाको मासु पलाएको उपचार गरिएको सामुदायिक आँखा केन्द्रकी इन्चार्ज उर्मिला तामाङले जानकारी दिइन् ।
शिविरमा स्वास्थ्य कार्यालय रसुवा, कालिका ग्रामीण आँखा चिकित्शालय, उत्तरगया आँखा केन्द्र, जिल्लाको पाँचवटै पालिकाको स्वास्थ्य शाखाले सहयोग गरेका थिए ।























