गोसाइँकुण्ड तथा वरपर रहेका कुण्डहरूको संक्षिप्त जानकारी

एक्सय आठ् जम्न पुगे कुण्ड कतिकति सँगसँगै जम्न पुगे भैरब् र सर्स्वती । त्रिशूली बनी बगिन् बढाउँदै शान त्यै कुण्डमा पसी शिब भए बिराज्मान ।। यसभित्र गोसाइँकुण्ड तथा वरपरका कुण्डहरूको उत्पत्तिको बारेमा सत्ययुगमा देवता र दानव मिली गरेको समुन्द्र मथनबाट निस्केको ‘ हलाहल ’ नामक कालकुट विष संसारको रक्षार्थ भगवान शिवले निल्दा घाँटीमा अड्कन गई डाहा हुँदा सो डाहाबाट मुक्ति पाउन भगवान् शिवजी हिमवत् खण्डमा जहाँ अहिले प्रख्यात गोसाइँकुण्ड रहेको छ, यही स्थानमा आउनुभई त्रिशूलले खोपेर कुण्ड उत्पत्ति गर्नुभएको भन्ने धार्मिक कथन रहेको छ । भगवान् शिवजीको कण्ठमा अड्केको विषले डाहा भई उनको कण्ठ / घाँटी नीलो भएको कारण उनलाई नीलकण्ठ पनि भनिएको हो । नीलो कण्ठ भएका शिवजीले उत्पत्ति गर्नुभएको कारण गोसाइँकुण्डलाई नीलकण्ठ दह पनि भनिन्छ । जुन् कुण्डलाई शिवकुण्ड भनेर पनि चिनिन्छ । त्रिशूलले खोपेर निस्केको तीनधारा जसलाई त्रिशूलधाराका नामले चिनिन्छ, सोही त्रिशूलधारा ज...