Posts

Showing posts with the label dhunche

लोकतन्त्रकाे रक्षा र प्रतिगामी गतिविधि बिरुद्ध एमाले रसुवाकाे जनप्रदर्शन

Image
रसुवा, नेकपा (एमाले) रसुवा जिल्ला कमिटीले संविधानको रक्षा, लोकतान्त्रिक शासन व्यवस्थाको स्थायित्व र प्रतिगामी गतिविधि बिरुद्ध जनस्तरको एकता सुदृढीकरणको लक्ष्य सहित शनिबार धुन्चेमा जनप्रदर्शन कार्यक्रम सम्पन्न गरेको छ। प्रतिगामी षड्यन्त्र बिरुद्ध लोकतन्त्र र संबिधानको रक्षा गर्दै संसद पुर्नस्थापनाको माग सहित देशभरका ७४ जिल्ला सदरमुकामहरुमा जनप्रर्दशन भएकाे नेकपा एमाले रसुवाका सचिव पेम्पा तामाङले बताए ।   नेकपा एमाले रसुवाले शनिबार सदरमुकाम धुन्चेमा प्रदर्शनसहित जनसभामा संसद पुनर्स्थापना, लोकतन्त्र तथा संविधान संरक्षण, जेन–जि पुस्ताका माग सम्बोधन र सर्वपक्षीय सरकार गठनजस्ता मुद्दा उठाउँदै एमालेले धुन्चे स्वागत गेटबाट विरोध कार्यक्रम सुरु गरेको थियो । जुलुस शिव मन्दिर हुँदै शंखपार्कमा पुगेर जनसभामा परिणत भएको हो। जनसभालाई सम्बोधन गर्दै नेकपा एमालेका केन्द्रीय सदस्य यज्ञराज सुनुवारले जेन–जि आन्दोलनको नाममा केही भ्रम र अस्थिरता सिर्जना गरिएको दाबी गरे।  उनले भने यस्तो वातावरण लोकतान्त्रिक संरचनामाथि कै चुनौती भएको र एमालेको हालको अभियान त्यसको प्रतिवाद स्वरूप सुरु गरिएको हो । ...

राष्ट्रिय प्रजातन्त्र दिवस २०८१ को अवसरका संरक्षण तथा सरसफाई कार्यक्रम सम्पन्न

Image
रसुवा, राष्ट्रिय प्रजातन्त्र दिवस २०८१ को अवसरमा कर्मचारी मिलन केन्द्र रसुवा र डिभिजन वन कार्यालयको संयुक्त आयोजनामा वातावरण संरक्षण तथा सरसफाई कार्यक्रम सम्पन्न भएको छ। अभियानकै रूपमा बाटो, सडक पेटी तथा सार्वजनिक स्थल, कार्यालय परिसरमा सरसफाइ तथा वातावरणीय सचेतना फैलाउने काम भएको थियो । नेपाली सेनाकाे श्रीनाथ गण, नेपाल प्रहरी, सशस्त्र प्रहरी, निजामती कर्मचारी, नागरिक समाज, गोसाइकुण्ड गाउँपालिका, सञ्चारकर्मीलगायतको सहभागितामा सम्पन्न भएको डिभिजन वन कार्यालयले जनाएको छ ।  उक्त कार्यक्रम सदरमुकाम धुन्चे स्वागत गेटदेखि शिव मन्दिरसम्म वातावरणीय चेतना अभिवृद्धि गर्दै स्वच्छता अभियान सञ्चालन गर्ने उद्देश्यले आयोजना गरिएको थियो । कार्यक्रममा स्थानीय समूदाय, सरकारी कर्मचारी तथा विभिन्न सामाजिक संघ संस्थाका प्रतिनिधिहरू  सहभागिता रहेको थियो। कार्यक्रमको समापन गर्दै प्रमुख जिल्ला अधिकारी अर्जुन पौडेलले वातावरण संरक्षण र स्वच्छताका लागि यस्ता कार्यक्रमहरू नियमित रूपमा सञ्चालन गर्नुपर्नेमा जोड दिनुभयो। उहाँले प्रजातन्त्र दिवसको सन्दर्भमा देशप्रति हाम्रो जिम्मेवारीको महत्त्व झल्काउने यस्ता...