ताजा खबर
Loading...
'यही हो हाम्रो रसुवा' को सूचनामूलक यस साइटमा तपाईको वरपरको महत्वपूर्ण स्थल, सम्पदा आदिको बारेमा प्रचार गरी आन्तरिक पर्यटन विकासमा सहयोग पुर्‌याउन त्यस्ता सामग्रीहरू हामीलाई पठाउनु होला । हामी तपाईका सामग्रीलाई प्रकाशन गर्नेछौं । Email : paudelprem@gmail.com (9843508470 Whatsapp)
Showing posts with label Kalika5 Important Places. Show all posts
Showing posts with label Kalika5 Important Places. Show all posts

Wednesday, August 2, 2023

दृश्यावलोकनका लागि उपयुक्त : रमिते ढुङ्गो

रमिते दृश्य
रमिते ढुङ्गोको मनोरम दृश्य
रमितेबाट दृश्य
रमिते ढुंगोबाट देखिने जिबजिबे, कालिकास्थान र नुवाकोटसम्मका दृश्य
पर्यटकीय स्थल
रमिते ढुंगोबाट देखिने कालिका र नौकुण्डका बस्तीहरू
Highlights
पर्यटकीय विकासका लागि विभिन्न स्थानमा भ्यूटावर बनाउने जस्ता कार्यहरू भईरहँदा आफैंमा भ्यूटावर बनिरहेका, न डिपिआर चाहिन्छ, न उपभोक्ता समिति चाहिन्छ, न २/४ लाखको बजेट नै चाहिन्छ, यस्ता स्थलहरूको पहिचान गरी पर्यटकीय पूर्वाधार व्यवस्था गर्न सके पक्कै पनि आन्तरिक तथा बाह्य पर्यटन विकासमा सहयोग पुग्छ ।
========================================= -->
रमिते ढुङ्गोको परिचय
कालिका गाउँपालिका, वडा नं ५ गैरीनागीको ताप्लोमा अवस्थित रमिते ढुङ्गो एक पर्यटकीय आकर्षणको रूपमा रहेको छ । 

पासाङल्हामु राजमार्गको स्याउबारी-गोम्बोडाँडाबाट नजिकै रहेको भएपनि प्रचारप्रसारको अभावले रमिते ढुङ्गो ओझेलमा परेको छ । यहाँबाट साँच्चिकै रमिता देखिने भएकोले पनि यसलाई रमिते ढुङ्गो भनिएको हो । यहाँबाट वरपरका दृश्य हेर्दा हेलोकप्टरबाट हेरिरहेको छु भन्ने आभाष दिलाउँछ ।

 सूर्योदय तथा सूर्यास्तको दृश्य पनि मनोरम देखिने यस स्थानबाट नौकुण्डस्थित सातधारे, यार्सा, सरमथली, खाल्चेत, चिती, रूप्सेपानी, जिबजिबे, भदौरे, कालिकास्थान, धारापानी, डाँडागाउँ, ठूलोगाउँदेखि नुवाकोटको लच्याङ, लिखु, बागेश्वरी, मभीर, कुवापानी, केराघारी, त्रिशूली, कोलनीदेखि धादिङसम्म र ककनी, शिवपूरी चिसापानीसम्मका दृश्यहरू देख्न सकिन्छ । यसका वरपरबाट गणेश हिमाल पनि देख्न सकिन्छ । 

 पर्यटकीय विकासका लागि विभिन्न स्थानमा भ्यूटावर बनाउने जस्ता कार्यहरू भईरहँदा आफैंमा भ्यूटावर बनिरहेका, न डिपिआर चाहिन्छ, न उपभोक्ता समिति चाहिन्छ, न २/४ लाखको बजेट नै चाहिन्छ, यस्ता स्थलहरूको पहिचान गरी पर्यटकीय पूर्वाधार व्यवस्था गर्न सके पक्कै पनि आन्तरिक तथा बाह्य पर्यटन विकासमा सहयोग पुग्छ । 

 लाङटाङ राष्ट्रिय निकुञ्ज क्षेत्रभित्र रहेको यस स्थानमा पुग्नका लागि स्याउबारी वा गोम्बोडाँडा वा जिबजिबे हुँदै मुडुल्लीभञ्ज्याङ- सिङ्गीलामा च्यानडाँडाबाट सिधै पैदलमार्ग छ र लोकिल (भूमेस्थान) बाट राम्चे सुधारोन्मुख सडक मार्गको प्रयोग गरेर यहाँ पुग्न सकिन्छ । यहाँबाट २+ घण्टाको हिँडाईमा प्राकृतिक अर्को भ्यूटावर जुरेढुङ्गा अर्थात् सिप्पुङ पुग्न सकिन्छ ।यहाँबाट नै अर्को नव पर्यटकीय गन्तव्य बिजिङ जोङ्ग अर्थात् बिजुली ढुङ्गा पुग्न सकिन्छ ।
आकर्षण
  • पर्यटकीय स्थल 
  • पिक्निक स्पोट 
  • अध्ययन अवलोकनका लागि महत्वपूर्ण 
  • गणेश हिमाल, सातधारेलगायत हिमशृङ्खलाको मनोरम दृश्य अवलोकन 
  • लाङटाङ राष्ट्रिय निकुञ्ज र विभिन्न वनस्पतिहरू
कसरी पुग्ने ?
लाङटाङ राष्ट्रिय निकुञ्ज क्षेत्रभित्र रहेको यस स्थानमा पुग्नका लागि स्याउबारी वा गोम्बोडाँडा वा जिबजिबे हुँदै मुडुल्लीभञ्ज्याङ- सिङ्गीलामा च्यानडाँडाबाट सिधै पैदलमार्ग छ र लोकिल (भूमेस्थान) बाट राम्चे सुधारोन्मुख सडक मार्गको प्रयोग गरेर यहाँ पुग्न सकिन्छ । यहाँबाट २+ घण्टाको हिँडाईमा प्राकृतिक अर्को भ्यूटावर जुरेढुङ्गा अर्थात् सिप्पुङ पुग्न सकिन्छ ।यहाँबाट नै अर्को नव पर्यटकीय गन्तव्य बिजिङ जोङ्ग अर्थात् बिजुली ढुङ्गा पुग्न सकिन्छ ।
उस्तै उस्तै ठाउँहरू
सम्बन्धित सामग्रीहरू
यस स्थलको बारेमा तपाई यी भिडियोहरूबाट धेरै जानकारी लिन सक्नुहुनेछ ।
यस स्थल तथा वरपरका बारेमा केही जानकारी छन् भने हामीलाई जानकारी दिनुहुन अनुरोध छ ।