Posts

Showing posts with the label Culture

लाङटाङको संस्कृति डुक्पा छेच्यु

Image
डुक्पा छेच्युमा सहभागी क्याञ्नेगोम्बाका स्थानीयहरू - केही वर्ष अघि लाङटाङ गाउँको एक सांस्कृतिक पर्व हो डुक्पा छेच्यु । फागुनदेखि सुरू भएर छैठौं महिना वा साउनको दशौं तिथिका दिन मुख्य गरी डुक्पा छेच्यु मनाईन्छ । सामुहिक रूपमा गुम्बा वा परिसरमा पूजा आजा र नाँचगानसहित डुक्पा छेच्यु मनाईन्छ । बौद्द धर्मका ग्रन्थहरू पाठ गर्दै गाउँमा बिमार, रोग ब्याधी हराओस् भन्ने कामनासहित पूजापाठ र आराधना गरिन्छ । डुक्पा छेच्यु मनाउनुको मुख्य उद्देश्य भगवान बुद्दको शिक्षा, अर्ती र उपदेश बाँड्नु हो । सृष्टिका हरेक जीवजन्तुलाई बचाउनु र हिंसाको बाटोलाई सदाका लागि त्याग्न लामा गुरूहरूले आव्हान गर्दछन् । लाङटाङ गाउँमा  डुक्पा छेच्यु सहित्  ग्याल्बो ल्होसार, ल्हाबाप द्वीक्षेन, बुद्द जयन्ति ( ठुङ्कर द्वीक्षेन), सार्का दावा ङ्युङ्ने, कार्तिक ङ्युङ्ने जस्ता परम्परागत धार्मिक संस्कृतिहरू मनाईन्छ ।  स्रोत :   जैबिक विविधता संरक्षण : पर्यटन विकासमा धर्म संस्कृतिको महत्व – फूर्पा तामाङ  

छत्र, भजन र बालुननाँच : एक परिचय

Image
हिराकी मन्दिर सुन गजुर ...२ प्रभूज्यू सैं औरै चली जाए , आज बसे ललना बंशीनाथ कृष्ण आए आज बसे ललना राधासाथ कृष्ण आए आज बसे ललना हरिसाथ खेलन आए आज बसे ललना ललना सैं , खेलना सैं आए आज बसे ललना ..   " औरै गृहे खेलन जाउँ माता मालिका औरै गृहे खेलन जाउँ" भन्दै अन्य स्थल वा निमन्त्रणा गरिएको ठाउँमा छत्र लिएर नाँच देखाउन छत्रीय भाइहरू तल्लीन रहन्छन् ।  यस्तै यस्तै भजन गाएर छत्रीय भाइहरू आँगनमा छत्र लिएर नाँच्दा सोह्रवर्षे तन्नेरीदेखि सत्तरी वर्षे बृद्धासम्म मोहित हुन्छन् । लोकप्रिय भजननाँच , छत्रनाँच र बालुननाँचले सबैलाई आकषिर्त गर्दछ । माथिको भजन छत्रनाँच शुरू गर्दा वा निमन्त्रणा भएको घरमा छत्र लिएर जान लाग्दा गाईन्छ । छत्रनाँच पन्ध्रौ सोह्रौ शताब्दीतिर लोकप्रिय थियो भन्ने संस्कृतिविद्हरूको अनुमान छ । देशका अन्य भागमा यो नाँचको स्वरूप कस्तो छ , हामी त्यहाँसम्म पुग्न सकेका छैनौं । तर रसुवा र नुवाकोटका केही भागमा आज पनि प्राथमिकताका साथ नाँचिदै छ छत्रनाँच । फूलको माला वा सप्तरंगी कपडाको आकर्षक छत्र , भजननाँच र बालुननाँचको त्रिपक्षीय सम्बन्ध नै छत्रनाँच हो । समाजमा यस्ता कार्यले ...