ताजा खबर
Loading...
'यही हो हाम्रो रसुवा' को सूचनामूलक यस साइटमा तपाईको वरपरको महत्वपूर्ण स्थल, सम्पदा आदिको बारेमा प्रचार गरी आन्तरिक पर्यटन विकासमा सहयोग पुर्‌याउन त्यस्ता सामग्रीहरू हामीलाई पठाउनु होला । हामी तपाईका सामग्रीलाई प्रकाशन गर्नेछौं । Email : paudelprem@gmail.com (9843508470 Whatsapp)
Showing posts with label Book Introduction. Show all posts
Showing posts with label Book Introduction. Show all posts

Thursday, February 20, 2025

नाटक ‘जुन त लग्यो ताराले’

 


बाध्यता, रहर अनि सपनाहरुले नेपाली समाजलाई जसरी एक्लो बनाइरहेछ र निरन्तर रुपमा एउटा मनहरु एक्लो बनिरहने अनि सधैं पर्खिरहने क्रम चलिरहेको छ । जुन राज्य अनि समाजले निर्माण गरेको विश्वास र संस्कार जसरी पनि स्थापित भएको छ । तर राज्य अनि समाज यो कुराबाट बेखबर बसिदिन्छ । त्यहि क्रममा वैदेशिक रोजगार नै नेपाली समाजको समुन्नत बन्ने सुरु अनि अन्तिम विकल्प बनेको हो ।


यहि कारणहरुले गर्दा सम्बन्धहरुमा भएको स्नेह, माया, साथ, विश्वास, महसुस, न्यानोपन छुटिरहेको छ । छुटेका त्यही एक्लो मनहरुले स्नेह, माया, साथ, विश्वास, महसुस, न्यानोपन खोजिरहेछ । नाटक ‘जुन त लग्यो ताराले’, यो त्यही छोडिगएका, छुटिगएका एक्लो मनहरुको कथा हो । छोडिगएका, छुटिगएका एक्लो सम्बन्धहरुको कथा हो ।


लेखक, निर्देशकको भनाई


म आफूभित्र भएका भोगाइ, महसुस अनि आफ्नै आँखाले देखेका तर बेवास्ता गरिएका साधारण कथाहरु भन्न रुचाउँछु र भन्नु पर्छ भन्ने पनि लाग्छ । यो नाटकमा भनिएको कथा ‘भन्छु’, भन्ने विचार मलाई पाँच, छ वर्षअघिदेखि नै आएको थियो । तर यसपटक मण्डला थिएटरले, ‘ल्याब १६ का प्रशिक्षार्थीहरुलाई प्रशिक्षण गराउनुका साथै नाटक निर्देशन पनि गर्नुपर्नेछ’, भन्ने जिम्मेवारी सुम्पिनु भएपछि कथाहरु सोच्दै जाने क्रममा ‘यो कथा भन्छु’, भन्ने निर्णय लिए ।


आफै प्रशिक्षार्थी भएर प्रशिक्षण प्राप्त गरेको ठाउँमा रंगमञ्चको यात्रा गरिरहँदा आफै प्रशिक्षक भएर नाटक निर्देशन गर्न पाउनु मेरो लागि अकल्पनीय सौभाग्य अनि अवसर सृजना भएको छ । जुन कुराले म औधी खुशी छु ।


मलाई विश्वास गर्नुहुने मण्डला थिएटर समुह, व्यवस्थापक समुह, पिलो प्लानर साथै यति लामो समयसम्म मलाई विश्वास गरेर मेरो कुरा सुनिदिनु हुने ल्याब १६ का प्रशिक्षार्थीहरु अनि प्रत्यक्ष, अप्रत्यक्ष रुपमा साथ दिनुहुने हितकारी मनहरु सम्पूर्णमा नमन अनि अनेकौं धन्यवाद ।


Saturday, August 10, 2024

घिमिरेको पहिलो हास्यव्यङ्ग्य निवन्ध संग्रह 'चौध मगज' प्रकाशित


रसुवा, उत्तरगया गाउँपालिका -५ उपल्लोपौवाका दिपक घिमिरेको हास्यव्यङ्ग्य निवन्ध संग्रह 'चौध मगज' बजारमा आएको छ ।  

उनले 'चौध मगज' नामक हास्यव्यङ्ग्य निवन्ध संग्रह प्रकाशन गरी बजारमा ल्याएका हुन् । १४ वटा निवन्धहरू संग्रहित उक्त पुस्तकमा समाज, मानिसको चेतना, आधुनिकताबाद, सम्बन्ध, सरकार र मानिसको भ्रम र सामाजिक अवस्थामाथि व्यङ्ग्यात्मक प्रहार गरिएको छ । 

अक्षरधाम प्रकाशन प्रालिले उक्त निवन्ध संग्रह प्रकाशन गरेको हो । निजामति सेवामा कार्यरत घिमिरेका कविता, कथा, लेख, निवन्धलगायतका रचना विभिन्न पत्रपत्रिका तथा अनलाइमा प्रकाशित भइसकेका छन् । याे उनको  पहिलो प्रकाशित कृति हो ।