Posts

Showing posts from October, 2025

कालिका गाउँपालिकामा जेन्जीकाे मागपत्र पेस

  रसुवा , जेन्जी (नयाँ पुस्ताका युवा)ले  कालिका गाउँपालिकामा मागपत्र पेस गरेका छन् ।  घुम्ती बजारदेखि कालिकास्थान बजार परिक्रमा गरि नारा जुलुस सहित गाउँपालिकामा छलफल गरि अध्यक्ष हरिकृष्ण देवकोटा समक्ष समसामयिक विषयमा ३० बुदे मागपत्र पेस गरेका हुन् । 

निलकण्ठ माविमा शैक्षिक सामग्री वितरण

Image
  रसुवा, कालिका गाउँपालिका–५ को सहयोगमा निलकण्ठ नमूना माध्यमिक विद्यालयमा अध्ययनरत विद्यार्थीहरूलाई शैक्षिक सामग्री वितरण गरिएको छ। १ सय ५ जना विद्यार्थीहरूलाई जुत्ता, मोजा, झोला, पानीको बोतल, कपीलगायत शैक्षिक सामग्रीहरू वितरण गरिएको हो। वडा नं। ५ का वडाध्यक्ष तथा विद्यालय व्यवस्थापन समिति अध्यक्ष सन्दीप पौडेल, वडा सदस्यहरू र विद्यालय व्यवस्थापन समितिका सदस्यहरूको उपस्थितिमा इसीडिदेखि कक्षा ५ सम्म अध्ययनरत सम्पूर्ण विद्यार्थीहरूलाई शैक्षिक वर्षभरीका लागि पुग्ने गरी सामग्री वितरण गरिएको विद्यालयका प्रधानाध्यापक नारायणप्रसाद देवकोटाले जानकारी दिए। विद्यालयले यसरी वितरण गरिएको शैक्षिक सामग्रीले विद्यार्थीहरूको उत्साह र शैक्षिक सहभागिता अझ बढ्ने विश्वास व्यक्त गरेको छ।  

राष्ट्रिय भूमि अधिकार मञ्चद्धारा सरकारलाई ११ बुँदे मागपत्र पेश

Image
रसुवा, राष्ट्रिय भूमि अधिकार मञ्च नेपालले अन्तरिम सरकारलाई ११ बुँदे मागपत्र पेश गरेको छ ।मञ्चका अध्यक्ष ल्यामबहादुर दर्जी नेतृत्वको टोली मंगलबार सिंहदरबारमा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री अनिलकुमार सिन्हालाई मागपत्र बुझाएको हो । मागपत्रमा भूमि समस्या समाधान आयोग किन खारेज गरियो ? भन्ने कारण सार्वजनिक गर्न, भूमिहीन, दलित, सुकुमबासी र अव्यवस्थित बसोबासीलाई जग्गा वितरण र व्यवस्थापनको काम नियमितरूपमा सञ्चालन गर्न, र आयोग विघटनअघि संकलित लगत तथा अभिलेख सुरक्षित राखी तथ्याङ्क प्रणालीमा प्रविष्ट गर्नुपर्नेलगायतका मागहरू समावेश छन्। त्यसैगरी, भूमिहीन परिवारका लागि आवास तथा कृषि प्रयोजनका न्यूनतम जग्गा सीमा तोक्न, बिर्ता, गुठीका किसान, मोही, हरुवा–चरवा आदिलाई भूमि अधिकार दिलाउन, त्रुटिपूर्ण छूट जग्गा दर्ता प्रक्रिया बन्द गर्न, र मालपोत तथा नापी कार्यालयमा हुने भ्रष्टाचार अन्त्य गर्नुपर्ने माग पनि गरिएको छ । मञ्चले हदबन्दीभन्दा बढी जग्गा भूमिहीन, दलित र सुकुमबासीलाई वितरण गर्न, मध्यवर्ती क्षेत्रका भूमिहीनको अधिकारमा कुनै बाधा नपुग्ने सुनिश्चितता गर्न, र मोही जग्गा बाँडफाँडको कार्...

लाङटाङ घुम्न जाने भक्तपुरका चारमध्ये तीन जना एउटै परिवारका

रसुवा, लाङटाङ घुम्न जाने क्रममा रसुवाको गोसाइँकुण्ड गाउँपालिका–४ को बेरिङ खोल्साले बगाएर बेपत्ता भएका भक्तपुरका चारमध्ये तीन जना एउटै परिवारको भएको खुल्न आएको छ ।  गोसाइँकुण्ड–५ स्थित ब्याम्बो होटलमा बास बसेर लाङटाङतर्फ जाने क्रममा शनिबार चार जनालाई बेरिङ खोल्साले बगाएर बेपत्ता बनाएको थियो । बेपत्ता हुनेहरुमा भक्तपुर नगरपालिका–१० क्वाठण्डौंँ बस्ने वर्ष २३ का रवि श्रेष्ठ, सूर्यविनायक नगरपालिका–४ दधिकोट बस्ने २३ वर्षीया संस्कृति श्रेष्ठ, २१ वर्षीय किशन श्रेष्ठ र २६ वर्र्षीया सनिता श्रेष्ठ रहेका छन् । संस्कृति, किशन र सनिता एउटै परिवारका रहेको सूर्यविनायक नगरपालिका–४ का वडाध्यक्ष लच्छुराम न्यौपानले जानकारी दिनुभयो ।  उनीहरु रामेछापबाट बसाइँसराइ गरेर दधिकोटमा बसोबास गर्दै आएको न्यौपानले बताउनुभयो । उनीहरुको अवस्था अझै अज्ञात रहेको छ । उनीहरुको खोजीकार्य जारी रहेको जिल्ला प्रहरी कार्यालय रसुवाका सूचना अधिकारी प्रहरी निरीक्षक राजु शाहले जानकारी दिनुभयो । बेपत्ताहरूको खोजीका लागि प्रहरी र नेपाली सेनाको टोली नुवाकोटको सिमानासम्म परिचालन गरिएको र नुवाकोट प्रहरीलाई पनि घटनाबारे जानकारी ...

अभियान कै रूपमा राष्ट्रिय भिटामिन ‘ए खुवाउने

Image
  रसुवा, कात्तिक २० र २१ गते राष्ट्रिय भिटामिन ‘ए’ तथा जुकाको औषधि खुवाइने भएको छ । सरकारले प्रत्येक वर्ष दुई चरणमा यो कार्यक्रम सञ्चालन गर्दै आएको छ । पहिलो चरणमा कात्तिक २ र ३ र वैशाख ६ र ७ गते यो कार्यक्रम सञ्चालन हुँदैन आएको छ ।  यस वर्ष सोही मितिमा दिपावलीको लक्ष्मी पूजा पर्न गएकाले स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको सचिवस्तरीय निर्णयअनुसार कार्यक्रम सारिएको स्वास्थ्य सेवा विभागअन्तर्गत परिवार कल्याण महाशाखाले जनाएको छ । महाशाखाका निर्देशक डा विवेककुमार लालले ७५३ स्थानीय तहमा दुई दिने अभियानमा पाँच वर्षमुनिका करिब २८ लाख बालबालिकालाई भिटामिन ‘ए’ र करिब ३० लाख बालबालिकालाई जुकाको औषधि खुवाइने लक्ष्य राखिएको जानकारी गराए । यस अभियानका लागि ५२ हजार स्वास्थ्य स्वयंसेविका र १५ हजार जना स्वास्थ्यकर्मी परिचालन गरिने उनले बताए ।

पीडित परिवारलाइ क्षतिपूर्ति दिने सहमति , रसुवा बन्द फिर्ता

Image
  रसुवा,  पीडितका परिवारलाइ २५ लाख रुपैयाँ क्षतिपूर्ति तथा रोजगारी सुनिश्चित गर्ने सहमति पछि रसुवा बन्द फिर्ता भएको छ ।  गोसाइँकुण्ड गाउँपालिका–२ टिमुरेमा शनिबार दिउँसो १ बजे करेन्ट लागेर मृत्यू भएका कालिका गाउँपालिका ३ का स्क्याभेटर चालक ५० वर्षीय शिव पौडेलका आफन्त तथा स्थानीयले जिल्ला बन्द गरेका थिए ।    रसुवागढी जलविद्युत आयोजना सरकारी सुरक्षा निकाय, स्थानीय जनप्रतिनिधि र पीडितका तर्फबाट कालिका गाउँपालिकामा भएको छलफल पछि मृततका परिवारलाइ २५ लाख रुपैयाँ क्षतिपूर्ति र परिवारका १ जनालाइ रोजगारीको सुनिश्चितता गर्ने सहमति पछि बन्द फिर्ता भएको हो ।  प्रहरी, कालिका गाउँपालिकाका जनप्रतिनिधि, रसुवागढी जलविद्युत कम्पनी तथा पीडित परिवारसँग कालिकास्थानमा छलफल पछि सो सहमति भएको जिल्ला प्रहरी कार्यालय रसुवाका प्रहरी नायव उपरिक्षक हेमबहादुर शाहीले बताए ।   

पीडित परिवारबाट क्षतिपूर्ति माग गरी रसुवा बन्द

Image
  रसुवा,  गोसाइँकुण्ड गाउँपालिका–२ टिमुरेमा शनिबार दिउँसो १ बजे करेन्ट लागेर मृत्यू भएका कालिका गाउँपालिका ३ का स्क्याभेटर चालक ५० वर्षीय शिव पौडेलको परिवारले रसुवा बन्द गरेका छन् ।   बन्दको अब्हान गरेपछि पासाङल्हामु सढकको रसुवा खण्डमा सवारी साधन चलेका छैनन् । काठमाण्डौका लागि कुनै सवारी चलेनन्। भने राजधानीबाट रसुवातर्फ जाने सवारी पनि बन्द छ । बन्दकर्ताले एम्बुलेन्स र विदेशी पर्यटक बाहेक मोटरसाइकल पनि ठप्प पारेका छन् । बन्दकर्ताहरूले बेतिनी, बनुवालगायत ठाउँठाउँमा सडक अवरुद्ध पारेका छन् ।  रसुवागढी जलविद्युत कम्पनीमा कार्यरत मृतकका परिवारलाइ काजक्रिया र क्षतिपूर्ति वापत ३५ लाख रूपैयाँ , पत्नीलाइ रोजगारी र छोराछेरीको उच्च शिक्षा अध्ययनकाे सुनिश्चित हुनुपर्ने जस्ता माग राख्दै जिल्ला प्रशासन कार्यालय र रसुवागढी जलविद्युत कम्पनीको ध्यानाकर्षण गराएको स्थानीय पुष्पराज न्यौपानेले बताए । उचित माग पुरा नभएसम्म लास बुझेर सदगत गर्ने बताएका छन् भने रसुवा जिल्ला बन्द घोषणा गरेपछि सार्वजनिक यातायात चनेका छैनन् ।  कम्पनी तथा पीडित परिवारसँग कालिकास्थानमा छलफल हुन लागेको जि...

रेडियो लाङटाङकाे ११ औँ वार्षिक साधारणसभा सम्पन्न

Image
  रसुवा, रेडियो लाङटाङ ९०।३ मेगाहर्जको ११ औँ वार्षिक साधारणसभा शनिबार कालिका गाउँपालिकाको सभाहलमा सम्पन्न भयो ।  पर्यटन विकस तथा सञ्चार केन्द्र नेपालद्वारा सञ्चालति रेडियाे लाङटाङ ९०.३ मेगाहर्जको ११ औँ वार्षिक साधारणसभा कार्यक्रमको अवसरमा जिल्लामा कार्यक्षेत्र बनाई नेपाल टेलिभिजन जिल्ला संवाददाता सुशील कोईरालालाई यस वर्षको स्वर्गीय रामकृष्ण आचार्य स्मृति पत्रकारिता पुरस्कार २०८२ प्रदान गरियो ।  उनलाइ नगद पुरस्कार ११ हजार १ सय ११ रुपैयाँ र सम्मान पत्र प्रदान गरिएको हो । यस्तै योगमाया अधिकारी (ईश्वरी) स्मृति महिला स्वयंसेवीका पुरस्कार २०८२ बाट कालिका-३ की महिला स्वास्थ्य स्वयंसेवीका कुलकुमारी न्यौपाने नगद पाँच हजार पाँच सय पचपन्न रुपैयाँ सहित सम्मानित भइन् । साे अवसरमा नेपाल स्काउटका राष्ट्रिय प्रशिक्षक श्यामबहादुर पुडासैनी पनि सम्मानित भए ।  जिल्ला समन्वय समिति रसुवाका उपप्रमुख विजय लामाको प्रमुख आतिथ्यता रहेको कार्यक्रममा बोल्दै प्रमुख अतिथिले तामाङले समाज रुपान्तरणको मुख्य आधार पत्रकार रहेको बताउदै समुन्नत, सुसंस्कृत, सभ्य समाज निर्माणमा सामुदायिक रेडियोको निर्णायक ...

करेन्ट लागेर एक जनाको मृत्यु

Image
रसुवा, गोसाइँकुण्ड गाउँपालिका-२, टिमुरेमा शनिबार दिउँसो १ बजे करेन्ट लागेर एक जनाको मृत्यु भएको छ।   सडक निर्माणको क्रममा स्काभेटर चालक पौडेललाई एक्कासि करेन्ट लागेर कालिका गाउँपालिका–३ का ५० वर्षीय शिव पौडेलको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रसुवाका प्रहरी नायब उपरीक्षक हेमबहादुर शाहीले बताए।   मृतकको रसुवा अस्पतालमा पोस्टमार्टम भएको प्रहरीले जनाएको छ।

एक सय ८४ औं पटक रक्तदान गर्ने सतक रक्तदाता प्रेमसागर रसुवामा सम्मानीत

Image
रसुवा, नेपालका सर्वाधिक स्वयंसेवी शतक रक्तदाता एवं नेपाल स्वयंसेवी रक्तदाता समाजका केन्द्रीय अध्यक्ष प्रेमसागर कर्माचार्यले कालिका गाउँपालिका–२ मा ०८२ असाेज २५ गते १८४औं पटकको रक्तदान गरे ।   नेपाल स्वयंसेवी रक्तदाता समाज रसुवा शाखा र कालिका हिमालय एसएलसी २०५६ व्याचकाे संयुक्त रुपमा शनिबार आयोजित ७ औं रक्तदान कार्यक्रममा सर्वाधिक स्वयंसेवी शतक रक्तदाता कर्माचार्यले १८४औं पटकको रक्तदान गरेका हुन् ।  कार्यक्रममा कर्माचार्यलाई जिल्लावासी तथा कालिका गाउँपालिकाले पनि छुट्टछुट्टै सम्मान पत्र प्रदान गरे । प्रमुख अथिति रसुवा नागरिक समाजका अध्यक्ष तथा नेपाल रेडक्रस साेसाइटीका सभापति बाबुलाल तामाङ, कालिका गाउँपालिका अध्यक्ष हरिकृष्ण देवकोटा, जनस्वास्थ्य प्रमुख झमप्रसाद आचार्यलगायका जनप्रतिनिधि तथा स्थानीयले  उनलाइ दोसल्ला तथा सम्मानपत्र प्रदान गरेर सम्मान गरेका थिए ।  सम्मान ग्रहण गर्दै कर्माचार्यले याे सम्मानले अभियानमा अझै बढी लाग्ने र रक्तदानका क्षेत्रमा काम गर्न जिम्मेवारी थपिएको महसुस गरेको बताए ।  सर्वाधिक स्वयंसेवी शतक रक्तदाता कर्माचार्यललाइ देशब्यापी रूपमा र...

लाङटाङ घुम्न गएका ४ जना बेपत्ता, खोजी कार्य जारी

Image
रसुवा , गोसाइँकुण्ड गाउँपालिका–४ मा रहेको पेदिङ खोल्सामा आएको बाढीले बगाउँदा लाङटाङ भ्रमणमा गएका ४ जना बेपत्ता भएका छन् ।  जिल्ला प्रहरी कार्यालय रसुवाका प्रमुख प्रहरी नायब उपरीक्षक ९डीएसपी० हेमबहादुर शाहीका अनुसार भक्तपुरबाट आएका १६ जनाको टोली मध्ये ४ जनालाई शनिबार खोल्साले बगाएको हो । घटनास्थल लाङटाङ पदमार्गको घोडातबेला भन्दा तल पर्छ ।  बेपत्ता हुनेहरूमा भक्तपुर ठिमी नगरपालिकाका संस्कृति श्रेष्ठ, किशन श्रेष्ठ र सँगिता श्रेष्ठ रहेका छन् भने रवि श्रेष्ठ भक्तपुर नगरपालिकाका भएको प्रहरीले जनाएको छ ।  भिषण झरी सहित आएको हिम पहिरोमा परेको हुनसक्ने स्थानीय ग्याल्बो लामाले बताए ।  खोजीका लागि लाङटाङ र स्याफ्रु प्रहरी चौकीबाट टोली खटाइएको तर भेटिने सम्भावना न्युन देखिएको डीएसपी शाहीले जानकारी दिए ।  उनीहरुको खोजी कार्य जारी रहेको छ ।