ताजा खबर
Loading...
'यही हो हाम्रो रसुवा' को सूचनामूलक यस साइटमा तपाईको वरपरको महत्वपूर्ण स्थल, सम्पदा आदिको बारेमा प्रचार गरी आन्तरिक पर्यटन विकासमा सहयोग पुर्‌याउन त्यस्ता सामग्रीहरू हामीलाई पठाउनु होला । हामी तपाईका सामग्रीलाई प्रकाशन गर्नेछौं । Email : paudelprem@gmail.com (9843508470 Whatsapp)
Showing posts with label Sport News. Show all posts
Showing posts with label Sport News. Show all posts

Monday, June 22, 2026

तेस्रो बागमती प्रदेश स्तरीय खेलकुद : रसुवा २ स्वर्ण, १४ पदक जित्न सफल



रसुवा, तेस्रो बागमती प्रदेश स्तरीय खेलकुद प्रतियोगिता–२०८३ मा रसुवाले उत्कृष्ट प्रदर्शन गर्दै २ स्वर्ण, ८ रजत र ४ कास्यसहित कुल १४ पदक जित्न सफल भएका छन् ।

जिल्ला खेलकुद विकास समिति रसुवाका अध्यक्ष विराज लोप्चनका अनुसार प्रतियोगिताका १२ खेल विधा मध्ये रसुवाले कराते, फुलकन्ट्याक कराते, तेक्वान्दो, बक्सिङ र जुडोमा पदक जितेका हुन् । "खेलाडीहरूले प्रदेशस्तरमा उल्लेखनीय सफलता हासिल गर्दै जिल्लाको गौरव बढाएका छन् " उनले भने ।

फुलकन्ट्याक करातेतर्फ रमित महर्जनले स्वर्ण पदक जित्दै रसुवालाई पहिलो स्वर्ण दिलाए । सोही विधामा सुप्रिया तामाङले रजत पदक जित्नुका साथै उत्कृष्ट खेलाडी घोषित भए । उनले २० हजार रुपैयाँ पुरस्कार समेत प्राप्त गरिन् । जुडोतर्फ सुनिल नगरकोटीले स्वर्ण पदक जित्दै रसुवाको पदक संख्या बढाए । यसैगरी जुडोतर्फ नै भुवन थापा मगर र वीरबहादुर तामाङले रजत तथा सानुमाया तामाङले कास्य पदक हात पार्न सफल भइन् ।

जिल्लाले कराते, तेक्वान्दो र बक्सिङमा पनि सफलता हात पारेको छ । करातेतर्फ दिपा स्याङ्बाले रजत तथा पासाङ ग्याल्जेन थोक्राले कास्य पदक जिते । तेक्वान्दोतर्फ सन्जय तामाङ ९८० केजी०, मेनुका तामाङ ९५३ केजी० र निस्मा तामाङ ९–७३ केजी० ले रजत पदक जिते भने कल्पना तामाङ ९ं७३ केजी० ले कास्य पदक हात पारिन् भने बक्सिङतर्फ दिव्या लिम्बुले रजत तथा फुङ्लङ कम्बङ कास्य पदक जित्न सफल भएका छन् ।

खेलाडीहरूको मेहनत, प्रशिक्षकहरूको समर्पण तथा सरोकारवालाको सहयोगका कारण रसुवाले प्रदेशस्तरीय प्रतियोगितामा सम्मानजनक नतिजा हासिल गरेको अध्यक्ष लोप्चनले बताए । उनले आगामी दिनमा खेलाडीहरूलाई थप प्रशिक्षण, प्रोत्साहन र अवसर पाए राष्ट्रियस्तरमा समेत रसुवाका खेलाडीहरूले उत्कृष्ट नतिजा ल्याउने विश्वास व्यक्त गरे ।



Tuesday, December 9, 2025

छैटौँ पालिका–स्तरीय राष्ट्रपति रनिङ शिल्डकाे उपाधि हाइल्याण्डलाई


 

रसुवा, गोसाइँकुण्ड गाउँपालिका स्तरीय यस वर्षको रनिङ शिल्डको उपाधि हाइल्याण्ड आवासीय माध्यमिक विद्यालय धुन्चेले हात पारेको छ। विद्यालयले विभिन्न खेलमा उत्कृष्ट प्रदर्शन गर्दै १० स्वर्ण, ८ रजत र ३ कास्यसहित कुल २१ पदक जित्दै उपाधि हासिल गरेको हो ।

गत वर्ष रनिङ शिल्डको उपाधि हात पारेको रसुवा मावि धुन्चे यस वर्ष ६ स्वर्ण, १० रजत र ६ कास्यसहित २२ पदक बटुलेर दोस्रो भयो। त्यस्तै, कोमिन श्यामेवाङफेल मावि स्याफ्रुले ४ स्वर्ण, २ रजत र २ कास्यसहित ८ पदक ल्याउँदै तेस्रो स्थान हासिल गर्यो। 

त्यसै गरी  नमुना एभरग्रीन बोर्डिङ स्कुल धुन्चेले ३ स्वर्ण, ३ रजत र १० कास्यसहित १६ पदक प्राप्त गरेको छ। त्यसै गरी गोसाइँकुण्ड इङ्लिस बोर्डिङ स्कुल स्याफ्रुले १ स्वर्ण, ३ रजत र ४ कास्यसहित ८ पदक प्राप्त गरेको छ भने भिमसेन आवासीय विद्यालयले १ रजत पदक मात्र प्राप्त गरेको छ।

प्रतियोगितामा गोसाइँकुण्ड गाउँपालिका अन्तर्गत रहेका सामुदायिक तथा संस्थागत विद्यालयहरूको सहभागिता रहेको गाउँपालिका अध्यक्ष कैसाङ नुर्पु तामाङले जानकारी दिए। 

समापन समारोहमा वागमती प्रदेश सरकारका प्रवक्ता तथा आर्थिक मामिला तथा योजना मन्त्री प्रभात तामाङ, वागमती प्रदेश सभा सदस्य इन्द्र गौतम, जिल्ला समन्वय समिति उपप्रमुख विजय लामा, प्रमुख जिल्ला अधिकारी राजेश पन्थीलगायतका वक्ताहरूले शुभकामना मन्तव्य दिएका थिए।


Sunday, November 16, 2025

छैठौं राष्ट्रपति रनिङ सिल्डकाे उपाधि कालिकालाइ


रसुवा, कालिका गाउँपालिकाद्वारा आयोजित छैठौं राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिता समापन समारोह, बागमती प्रदेश सरकारको प्रवक्ता एवं आर्थिक मामिला तथा योजना मन्त्री माननीय प्रभात तामाङको प्रमुख अतिथ्यतामा  समापन भयाे । 

कालिका गाउँपालिका अन्तर विद्यालय स्तरिय छैठौं राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिता २०८२ को उपाधि कालिका हिमालय माविले जितेकाे छ । कालिका हिमालय माविको खेल मैदानमा सञ्चालित छैठौं राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिता १९ स्वर्ण, १६ रजत र ७ कास्य गरी जम्मा ४२ पदक सहित कालिका हिमालय माविले रनिङ सिल्ड जितेको हो । 

त्यस्तै १५ स्वर्ण, १६ रजत र १ कास्य गरी जम्मा ३२ पदक सहित गत वर्षको बिजेता सेतीभूमे मावि राम्चे द्वितीय स्थान हाँसिल गरेकाे छ ।  ४ स्वर्ण ४ रजत ७ कास्य सहित १५ पदकका साथ सेतीदेवी मावि तृतीय भएको छ ।


कालिका गाउँपालिका भित्रका सामुदायिक तथा संस्थागत विद्यालयको सहभागिता रहेको थियो । कार्यक्रममा बागमती प्रदेश सरकारको प्रवक्ता एवं आर्थिक मामिला तथा योजना मन्त्री प्रभात तामाङकाे प्रमुख आतिथ्यता तथा कालिका गाउँपालिका अध्यक्ष हरिकृष्ण देवकोटाको अध्यक्षतामा बागमती प्रदेश सभा सदस्य ईन्द्र गौतम, जिल्ला समन्वय समितिका प्रमुख अशोककुमार घिमिरे, नौकुण्ड गाउँपालिकाअध्यक्ष नुर्वुस्याङवो घले, उपाध्यक्ष चन्द्रबहादुर ग्लान वडा अध्यक्षहरू लगायत जनप्रतिनिधिहरू सहभागी थिए । 



Thursday, May 29, 2025

बागमती प्रदेश राष्ट्रपति रनिङ शिल्डमा रसुवाबाट ७६ जना सहभागी हुँदै



रसुवा, बागमती प्रदेश स्तरिय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा रसुवाबाट बिभिन्न खेलमा भागलिन ६४ जना छनाेट भएका छन् । 

दाेलखाकाे चरिकोटमा जेठ १७ गतेदेखि १९ गतेसम्म हुने बागमती प्रदेश स्तरिय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा रसुवाबाट १६ गते बिहान प्रस्थान गर्ने भएको छ। प्रतियोगिताका लागि भलिबल तर्फ  पुरुष ९, महिला ९, तेक्वान्दाेका लागि महिला ६, ६ पुरुष ,एथ्लेटिक्स ११ पुरुष, ११ महिला र कराँतेका तर्फ महिला  ६ जना, ६ पुरुष गरी ६४ खेलाडी र अफिसियल ११ र स्वास्थ्यकर्मी १ गरि जम्मा ७६ जना सहभागी  हुने जिल्ला खेलकुद विकास समिति रसुवाका अध्यक्ष बिराज लाेप्चनले जानकारी दिए । 


Tuesday, January 21, 2025

पाँचाैं अकिआस कप फुटसल २०८१ को उपाधि नुवाकोटको सूर्यगढीलाइ


रसुवा, शैक्षिक, ज्ञानी, बाैद्विक र प्रज्वलित समाज (अकिआस) रसुवाद्वारा ०८१ माघ २ देखि ८ गतेसम्म आयाेजित  खुल्ला फुटसल खेलकाे उपाधि नुवाकोटको सूर्यगढी युवा क्लबले हात परेकाे छ । 

फुटसल कप २०८१ फाइनल खेलमा सूर्यगढी १–० गोल अन्तरले डाँडागाउँको रेडपाण्डा क्लबलाई पराजित गरेको हो । धुन्चे स्थित बालमन्दिर प्राङगणमा सञ्चालन भएको थियो । सूर्यगढीले उत्कृष्ट प्रदर्शन गर्दै रेडपाण्डालाई पराजित गर्न सफल भएको हो। फाइनल खेलमा दुवै समूहका खेलाडीहरूले राेचक र समन्वयपूर्ण खेल प्रदर्शन गरे। 


प्रतियोगितामा कुल १९ टिमहरूको सहभागिता रहेको थियो। विजेता टिम सूर्यगढी नवौं युवा क्लबले ट्रफी, मेडल र प्रमाणपत्र सहित  २ लाख २ हजार  २ सय २२ रुपैयाँ नगद पुरस्कार प्राप्त गरेका छ भने उपविजेता रेडपाण्डाले  मेडल र प्रमाणपत्र सहित १  लाख १  हजार १  सय ११  रुपैयाँ नगद पुरस्कार प्राप्त गरेको छ।

प्रमुख अतिथि  प्रतिनिधि सभा सदस्य मोहन आचार्यले खेलकुदको विकासको निम्ति सक्दो प्रयास गर्ने प्रतिबद्धता जनाए । जिल्लाभित्र छरिएर रहेका खेलप्रेमी युवाहरूलाई एकैथलोमा ल्याएर अध्ययनलाई निरन्तरता दिई खेलकुदको माध्यमबाट अगाडि बढाउने उद्देश्यले प्रतियोगिता आयोजना गरेको आयोजक अकिआसका अध्यक्ष निवेश श्रेष्ठले जानकारी दिए । 

आगामी दिनमा पनि खेललाई निरन्तर अगाडि बढाइने अकिआसका अध्यक्ष श्रेष्ठले बताए । साथै प्रतियोगिता सफलतापूर्वक सम्पन्न गर्न सहयोग गर्ने सबैलाई धन्यवाद ज्ञापन गरे ।



त्यस्तै प्रतियोगिता अवधिभर उत्कृष्ट खेल प्रदर्शन गर्ने व्यक्तिगत विधातर्फका खेलाडीलाई प्रमाणपत्र तथा ट्रफिले पुरस्कृत गरिएको छ। 

समापन कार्यक्रममा प्रमुख अतिथि आचार्य सहित प्रमुख जिल्ला अधिकारी अर्जुन पौडेल, नौंकुण्ड गाउँपालिका अध्यक्ष नुर्पुसाङ्बाे घले, मध्यवर्ती  क्ष्रेत्र व्यवस्थापन समितिका अध्यक्ष उत्तम थापा , जिल्ला खेलकुद विकास समिति अध्यक्ष बिराज लाेप्चन, नाैकुण्ड-६ का वडा अध्यक्ष याेनुर्पु तामाङ नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, विद्यार्थीलगायत पत्रकाहरूको उपस्थिति रहेको थियो। 









Wednesday, December 18, 2024

पाँचौँ राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता सुरु



रसुवा, गोसाईकुण्ड गाउँपालिका–५ स्याफ्रुवेसी स्थित खम्बाटारमा गाउँपालिका स्तरीय पाँचौँ राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता सुरु भएको छ।

मगंलबारदेखि सुरु भएर ४ गते सम्पन्न हुने प्रतियोगितामा पालिका भित्रका विभिन्न ८ वटा विद्यालयको सहभागीता रहेको छ। खम्बाटार चौर मैदानमा विभिन्न ४ विधाका प्रतियोगितात्मक खेल सञ्चालन हुने छ।

पाँचौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको जिल्ला समन्वय समितिका प्रमुख अशोक कुमार घिमिरेले उद्घाटन गर्नुभयो। त्यस अवसरमा उहाँले यस अन्य पालिकाको तुलनामा साच्चै पृथक तरिकाले संचालन गरेको पाइन्छ बताउनु भयो। खेलाडीलाई अनुशासनलाई ख्याल गरेर प्रतियोगितामा सञ्चालन हुने खेलमा प्रतिस्पर्धा गर्न आग्रह गर्नुभयो। 

प्रतियोगितामा विजेता विद्यालयलाई रनिङ शिल्ड, ट्रफी, मेडल र प्रमाण पत्रद्वारा पुरस्कृत गरिने गाउँपालिका जनाएको छ । दोस्रो र तेस्रो हुने विद्यालयलाई पनि ट्रफी, मेडल र प्रमाणपत्रद्वारा पुरस्कृत गरिनेछ । 

साथै उक्त कार्यक्रमको समापन गर्दै पालिका प्रमुख कैसाङ नुर्पू तामाङले सुरुवात राम्रो भए संगै अन्त्य पनि उतिकै राम्रो हुने आशा रहेको र पालिकाद्वारा गर्न सकिने हरेक क्रियाकापहरू जुन विद्यार्थीहरुको लागि सधाबार राम्रो हुने छ त्यसमा लागि परेको बताउनु भयो। 



Thursday, November 28, 2024

खेलकुद विकास समितिका अध्यक्षमा बिराज


रसुवा, जिल्ला खेलकुद विकास समिति रसुवाको अध्यक्षमा बिराज लोप्चन नियुक्त भएका छन् । प्रदेश खेलुकद विकास परिषद हेटौडाको निर्णयले लोप्चनलाई अध्यक्ष पदमा ०८१ कार्तिक २८ गते नियुक्त गरेको हो । 

नेकोस रसुवाका अध्यक्ष समेत रहेका कालिका गाउँपालिका-२ निवासी बिराजले जिल्ला स्तरमा लामाे समयदेखि खेलकुदका गतिबिधि अघि बढाउन निकै लागेका छन् ।  खेल क्षेत्रको प्रवर्द्धन र विकासमा आफ्नो सक्रिय भूमिका निर्वाह गर्ने नव नियुक्त अध्यक्ष लोप्चनले बताए । 

बागमती प्रदेश खेलुकद विकास परिषद हेटौडाको निर्णयले लोप्चनलाई अध्यक्ष पदमा नियुक्त गरेको हो । परिषद्का सदस्य सचिव दिपक लामाले जिल्ला खेलकुद विकास समिति ललितपुरको अध्यक्षमा विनोद महर्जनलाई पनि नियुक्त गरेका छन् । उनकाे कार्यकाल ४ वर्ष रहने छ । 

Tuesday, June 4, 2024

स्केटिङ्ग तथा स्केट संघमा : इञ्जिनियर प्रकाश श्रेष्ठ

स्केटिङ्ग तथा स्केट संघमा : इञ्जिनियर प्रकाश श्रेष्ठ

रसुवा, नेपाल स्केटिङ्ग तथा स्केट बोर्डिङ संघ, बाग्मती प्रदेशको प्रथम अधिवेशन सम्पन्न भएको छ।

अधिवेशनमा प्रदेश खेलकुद विकास परिषद, बाग्मती प्रदेशका सदस्य सचिव सूर्यलाल भण्डारीको प्रमुख आतिथ्य र सदस्य धन कुमार मैनालीको आतिथ्य रहेको थियो। संघका केन्द्रीय अध्यक्ष अच्युत खनाल, सचिव दिनेश बजगाईंलगायतकाे उपस्थिती रहेको थियो।

अधिवेशनले रसुवाका इञ्जिनियर प्रकाश श्रेष्ठको अध्यक्षतामा १९ सदस्यीय समिति गठन गरेको छ। इञ्जिनियर प्रकाश श्रेष्ठ अब बाग्मती प्रदेश स्केटिङ्ग तथा स्केट बोर्डिङ संघका अध्यक्षको रूपमा कार्यभार सम्हाल्नेछन्। समितिमा वरिष्ठ उपाध्यक्ष समन घिमिरे, उपाध्यक्षहरू सुमन कट्टेल, सन्तोष सापकोटा, र विकास लामा रहेका छन्। महासचिवमा साजन देउजा, सचिवमा बिमल कार्की, सह-सचिवमा माइकल प्रजा, र कोषाध्यक्षमा अनिश बानियाँ चयन भएका छन्।

सदस्यहरूमा राम दाहाल, सफल तामाङ, शंकर तिवारी, आरती लामा, बिपिन कुइकेल, रमेश कुमार कार्की, बिनोद महर्जन, रिमा रसाइली, बिभुशा बजगाईं, र सन्जिब भट्टराई रहेका छन्।

केन्द्रीय सचिव दिनेश बजगाईंका अनुसार, समिति अब प्रादेशिक संरचनामा विस्तार भइसकेको छ र प्रत्येक जिल्लामा यसको विस्तार गर्ने योजना सहित खेल मैदान निर्माणमा जुट्नेछ। स्केटिङ्ग तथा स्केट बोर्डिङ साहसिक खेल भएकोले अन्तर्राष्ट्रिय जगतलाई समेत केन्द्रित गर्न सकिने र नेपालले यसमा अग्रसरता लिनुपर्नेमा वक्ताहरूले जोड दिएका थिए।

नेपालमा यो खेल नयाँ भएकाले केही चुनौतीहरू भए तापनि यसको आकर्षण र फाइदाका कारण यसको सम्भाव्यता र विकासमा लाग्नुपर्नेमा विशेष जोड् दिइएको थियो।

सचिव बजगाईंले हालसम्म ५ वटा प्रदेश र ४४ वटा जिल्लामा प्रादेशिक संरचना निर्माण भइसकेको जानकारी गराए। उनले आगामी दिनमा हरेक जिल्लामा स्केटिङ्ग र स्केट बोर्डिङका लागि खेल मैदानहरूको निर्माण गर्ने योजना रहेको बताए। यस अधिवेशनले स्केटिङ्ग र स्केट बोर्डिङ खेलको विकास र प्रवर्द्धनमा ठूलो भूमिका खेल्ने विश्वास व्यक्त गरिएको छ।

अध्यक्ष श्रेष्ठले गोसाइकुण्ड क्षेत्रमा राष्ट्रिय र अन्तर्राष्ट्रिय आइस स्केटिङ प्रतियोगिता आयोजना गर्ने आफ्नो रुचि र योजना रहेको बताए। उनका अनुसार, गोसाइकुण्डको प्राकृतिक सुन्दरता र चिसो वातावरणले यस्तो प्रतियोगिता आयोजना गर्न उपयुक्त स्थान प्रदान गर्दछ, जसले पर्यटन प्रवर्द्धनमा पनि योगदान पुर्याउनेछ।

Saturday, April 20, 2024

गापा अध्यक्ष कप हाकु युवा सोसाइटी र रेडपाण्डा ट्रफी नौकुण्डलाई



रसुवा । गोसाईकुण्ड गाउँपालिका र लाङटाङ राष्ट्रिय निकुञ्जले आयोजना गरेको तेस्रो गोसाईकुण्ड गाउँपालिका अध्यक्ष कप २०८१  हाकु युवा सोसाईटी तथा १२ औं रेडपाण्डा ट्रफी पुरूष भलिबल प्रतियोगितामा  नौकुण्ड युवा सोसाइटीले उपाधि हात पारेकाे छ । 

अध्यक्ष कप फाइनल खेलमा एकीकृत नौकुण्ड युवा समाजलाई पराजित गर्दै हाकु युवा सोसाईटीले उपाधि जितेको हो । उपाधि विजेता हाकु युवा सोसाइटीले क्रमशः २ लाख नगद सहिद ट्रफी मेडल र प्रमाणपत्र प्राप्त गरेका छन् । यस्तै दोस्रो उपविजेता एकीकृत नौकुण्ड युवा समाजले १ लाख नगद सहित मेडल र प्रमाण पत्र प्राप्त गरेका छन् । उक्त प्रतियोगितामा तृतीय टीम रिस्याङ भूमि प्रगतिशील युवा क्लबले ५० हजार नगद सहित मेडल र प्रमाण पत्र प्राप्त गरेका थिए। सान्त्वना पुरस्कार नौकुण्ड एकता समाजले २५ हजार सहित प्रमाणपत्र पाएका छन् ।

शुक्रबार उपप्रधानमन्त्री एवम भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठकाे प्रमुख आतिथ्यतामा उक्त कार्यक्रम धुन्चेमा सम्पन्न भएको हो ।

विजेता खेलाडीहरुलाई आयोजक  गाउँपालिका अध्यक्ष कैसाङनुर्पु तामाङ बरिष्ठ संरक्षण अधिकृत अणनाथ वराल  प्रतियोगितामा प्रथमलाई नगद ३० हजार, द्वितीयलाई २५ हजार र तृतीयलाई २० हजार सहित प्रमाणपत्र प्रदान गरिएकाे थियाे । कार्यक्रममा विविध राष्ट्रिय एवम् स्थानीय साँस्कृतिक कार्यक्रम समेत भएको थियो । राष्ट्रिय कलाकार गायक प्रमोद खरेल र गायिका अस्मिता अधिकारीको मनोरञ्जन पूर्ण प्रस्तुति रहेको थियो।

प्रतिनिधि सभा सदस्य मोहन आचार्य, नेकपा एमालेका केन्द्रीय सदस्य तथा संबिधानसभा सदस्य प्रेमबहादुर तामाङ, जिल्ला समन्वय समिति प्रमुख अशोककुमार घिमिरे, उपप्रमुख विजय लामा,नेकपा एमालेका अध्यक्ष कर्न्याल लामालगायत खेलाडी, पत्रकारलगायत विभिन्न निकायको उपस्थिति रहेको थियो ।