Posts

Showing posts with the label Uttargaya Important Places

आज उत्तरगयाधाममा पितृको उद्धारका लागि श्रद्धा गरिदै -सोमबार परेकोले विशेष महत्व

Image
रसुवा, पितृ तीर्थ धामका नामले प्रसिद्ध  रसुवाकाे प्रसिद्ध उत्तरगयाधाममा क्षेत्रमा हजारौँ भक्तजनले पितृको सम्झनामा श्राद्ध गर्दछन् ।  यस वर्षको पौषेऔंसी अझै विशेष महत्वको रहेको छ। किनकी सोमबार परेको छ। बिरलै प्राप्त हुने यो अवसर यसभन्दा अघि २०३६ पौष ०९ गते, २०५७ पौष १० गते र २०७४ पौष ०३ गते सोमबार परेको पुरोहित गूरु रमेश पौडेलले बताउनुभयो। प्रत्येक वर्ष पौष कृष्ण औँसीका दिन गरिने दर्श एवं तीर्थ वा गया श्राद्ध गर्न आज बिहानैदेखि राजधानीको गोकर्णेश्वर पितृ तीर्थ धाम, नुवाकोट र रसुवाको सङ्गमस्थल बेत्रावतीस्थित उत्तरगयाधाममा हजारौँ भक्तजनको भीड लाग्ने गर्दछ ।  प्रत्येक वर्ष चान्द्रमासअनुसार पौष कृष्ण औँसीका दिन गरिने दर्श एवम् तीर्थ वा गया श्राद्ध गर्न देशका विभिन्न भागबाट आज राजधानीको गोकर्ण उत्तरगया, त्रिवेणीधाम, देवघाट, रिडी, नुवाकोट र रसुवाको सङ्गमस्थित वेत्रावतीलगायत तीर्थस्थलमा विधिपूर्वक श्राद्ध गर्ने भक्तजनको भीड लाग्छ । गयालगायत तीर्थमा गरिने श्राद्ध भएकाले आज गरिने श्राद्धलाई गया श्राद्ध पनि भनिन्छ । आज विक्रम संवत् २०८१ साल पुस १५ गते सोमबार, तमू गुरुङ  ल्होसार...

प्रवर्दनको पर्खाईमा कल्लेरीका भूमे

Image
  परापूर्व कालमा गुरूङ पुर्खाले पत्ता लगाएका र पूजाआजा चलाउँदै आएका भूमेस्थान रसुवा जिल्ला उत्तरगया गाउँपालिका, वडा नं ३, ठूलोगाउँ मा अवस्थित छ । कल्लेरी (ठूलोगाउँ) का भूमे तस्वीर : गौेरव सापकोटा यसभित्र कल्लेरीका भूमेको परिचय परापूर्व कालमा गुरूङ पुर्खाले पत्ता लगाएका र पूजाआजा चलाउँदै आएका भूमेस्थान रसुवा जिल्ला उत्तरगया गाउँपालिका, वडा नं ३, ठूलोगाउँमा अवस्थित छ । किंवदन्ती अनुसार कल्लेरीका भूमे हाल जुन् ठाउँमा छ, त्यसको आधा किमी तल्लो क्षेत्रमा ठूलो तलाउमा रहेको थियो छ । जुन् अहिले   तलाउ लोप भई खेतीयोग्य जमिनको रूपमा परिणत भएको छ । प्राचीन भनाई अनुसार एक महिलाले स्नान गरी कपडासमेत् धोएको कारण भूमेदेवी रिसाएर तलाउ लोप भएको भनिएको छ । रिसाएका भूमेलाई बौसाउन देवीसँगै पूजाआजा गर्न थालिएको भन्ने भनाई रहेको छ । जुन् देवीलाई कल्लेरीका देवी भनिन्छ । रसुवा नुवाकोटका स्थानीयहरू धुपधुँवार गर्दा कल्लेरीका भूमे र देवीलाई पुकार्ने गर्दछन् । भूमे भने अगाडिदेखि मानिँदै आएकोमा यहाँ रहेको  देवी भने परापूर्व कालमा एक महिलाले बारी खन्दा पत्ता लागेको विषयमा सुँनि...

ऐतिहाँसिक पौवाघरको नाम निसाना मेटिँदै

Image
  यो पौवाघर संरक्षणको लागि राज्यका कुनै पनि निकायको ध्यान गएको देखिँदैन । यहाँ लहरै डाँडामा तीनवटा पौवाघर निर्माण गरी गोसाइँकुण्ड आउने जाने तीर्थालुलाई सातु सामलको प्रवन्ध गरिएसँगै यहाँको वस्तीको नामाकरण समेत् लहरै पौवा वा अपभ्रंश भई लहरेपौवा भएको हो । गौरीदेवीले निर्माण गरेको पौवाघरको पुरानो तस्वीर विषयसूचि पौवाघरको परिचय रसुवा जिल्ला, उत्तरगया-५, माझगाउँमा अवस्थित ऐतिहाँसिक पौवाघरको नाम निसाना मेटिँदै छ । संरक्षणको अभावमा जीर्ण बन्दै गएको उक्त पौवाघर २०७२ को भूकम्पसँगै नाम निसाना मेटिन लागेको हो । विभिन्न ऐतिहाँसिक तथ्य अनुसार यो पौवाघर पृथ्वीनारायण शाहले नेपाल एकीकरण गर्ने समयदेखि नै निर्माण भएको हो । युद्द जित्ने कामनासहित यहाँ धैबुङमा रहेका सिद्द योगी अगस्तीबाट खड्गसिद्दि प्राप्त गरेवापत पृथ्वीनारायण शाहले अगस्तीलाई बेत्रावतीदेखि माथिको धैबुङ गाउँ सदावर्त गुठीको रूपमा बिर्ता दिएका थिए । उनै सिद्द योगीले आफ्नो धर्म चेली गौरादेवीलाई कुश बिर्ताको रूपमा दिएका थिए । बेत्रावतीमा राममन्दिर निर्माण गरी नियमित पूजाआजा चलाउने र बेत्र...

बेत्रावती/बेत्रगंगा वा उत्तरगया धाम

Image
  यसभित्र बेत्रावती/बेत्रगंगा वा उत्तरगया धामको परिचय   बेत – ना. (सं. बेत / बेत्र) बाँसको जस्तो आँख्ला र पात हुने, सन्दुक, लौरी आदि निर्माण गर्न प्रयोग हुने एक जातको लहरो र वपी – ना. (सं.) सानो जलाशय वा कुवा भन्ने अर्थ जनाउँदछ ।भगवान शिवले बेतको लौरोद्‍वारा जलाशय निर्माण गरेको भन्ने धार्मिक तथा पौराणिक कथन अनुसार यस स्थानको नाम 'वेत्रवपि' वा बेत्रवति रहन गएको हो ।बोलीचालीमा अपभ्रम्श भई बेत्रावती भनिएको छ । जसलाई चारधाममध्येको एक उत्तरगया धाम पनि भनिन्छ । संक्षिप्त परिचय : स्थानको नाम : बेत्रावती / बेत्राती अवस्थिति : रसुवा-नुवाकोटको सिमाना, उत्तरगया गाउँपालिका-५ उचाई : ७१४ मीटर   बेत्रगंगा उत्पत्तिको कथन : देवता र दानव मिली समुद्र मथन गर्दा निस्केको 'हलाहल' नामक कालकूट विषले संसार दग्ध गर्न लाग्दा विश्वको रक्षार्थ सो विषलाई भगवान शिवजीले निल्न खोज्दा घाँटीमा अड्कन गयो ।   घाँटीमा अड्केको 'हलाहल' नामक कालकूट विषका कारण डाहा भई सो डाहा शान्त पार्न भगवान शिवजी नेपालका विभिन्न स्थललाई तीर्थाटन बनाई यह...

ऐतिहाँसिक स्थल : घलेगढी

Image
नेपाल-चीन युद्दका बेलामा पुर्खाहरूद्वारा लडाई लड्नका लागि बनाईएको गढी हो यो । घले राजाद्वारा शासित क्षेत्र हुनाले पनि यस गढीको नामाकरण घलेगढी भएको हो । यहाँ वरपर विभिन्न ऐतिहाँसिक स्थलहरू रहेका छन्   । केही माथि कमारेगढी, पूर्वपट्टि धैबुङ कोतघर (अवशेष नरहेको)  कालिका मन्दिर  तथा बेत्रावतीमा  उत्तरगयाधाम  रहेको छ । रसुवा जिल्लाको दक्षिणी क्षेत्र उत्तरगया गाउँपालिका -४ मा अवस्थित घलेगढी एक महत्वपूर्ण ऐतिहाँसिक स्थल हो । नेपाल-चीन युद्दका बेलामा पुर्खाहरूद्वारा लडाई लड्नका लागि बनाईएको गढी हो यो । घले राजाद्वारा शासित क्षेत्र हुनाले पनि यस गढीको नामाकरण घलेगढी भएको हो ।   यहाँ नेपाल-चीन युद्दका समयमा बर्षेका तोपहरू डोब र घले राजाका दरबारका भग्नावशेषहरू देख्न पाईन्छ । ऐतिहाँसिक रूपमा खासै उल्लेख नभएको यस घलेगढीबाट विभिन्न दृश्यावलोकन गर्न सकिन्छ । पछिल्लो समयमा चर्चामा रहेको भाङ्गे झरना , रसुवाका डाँडागाउँ , ठूलोगाउँ , नुवाकोटको मनकामना (अर्चले) , गोगने , किस्पाङ , सातदबाटो , फिकुरी , तादी , गणेश हिमाल , वरपरका वस्तीहरूको मनोरम दृश्यावलोकन गर्न पा...

रोजाईको गन्तव्य बन्दै भाँङ्गे झरना अर्थात् तारे छाँगो

Image
बेत्रावती-मैलुङ-स्याफ्रुबेंशी सडकमार्गमा पर्ने यो झरना वर्षौंदेखि यहाँबाट झरिरहेको भएपनि खासै चर्चामा आएको थिएन । स्थानीयहरूले तारे छाँगोको चिन्दै आएका यस झरनालाई बिस्तारै भाङ्गे झरना भन्न थालिएको हो । पछिल्लो समय बाहुबली झरनाको रूपमा पनि चिनिदै आएको छ ।  रसुवा जिल्लाको उत्तरगया गाउँपालिका वडा नं २ मा रहेको भाँङ्गे झरना अर्थात् स्थानीय रूपमा तारे छाँगो पछिल्लो समय आन्तरिक पर्यटकहरूका लागि नजिकको गन्तव्य बन्दैछ । रसुवा-नुवाकोट सिमाना बेत्रावतीबाट कैदलटार, पैरेबेंशी, अर्चले शान्तिबजार हुँदै यस झरनाको मनोरम दृश्यावलोकनमा पुग्न सकिन्छ । पासाङल्हामु राजमार्गबाट नजिकैको गन्तव्य भएकोले पनि रसुवा, नुवाकोट, धादिङ, काठमाण्डौं, भक्तपूर, ललितपूर, काभ्रेलगायतका जिल्लाबाट आन्तरिक पर्यटकहरू दिनहुँजसो नै घुम्न आउन थालेका छन् ।  यहाँ आईसकेपछि प्राय : पर्यटकहरू नुहाउने, धुने, भिडियो बनाउने, टिकटक बनाउने कार्यहरू गर्दछन् । यहाँबाट केही किमी यात्रा गरेपछि मैलुङ जलविद्युत आयोजना तथा त्रिशूली ३ A आयोजनास्थलहरूको अवलोकन गर्न सकिन्छ । बेत्रावती-मैलुङ-स्याफ्रुबेंशी सडकमार्गमा पर्ने यो झरना वर्षौ...