ताजा खबर
Loading...
'यही हो हाम्रो रसुवा' को सूचनामूलक यस साइटमा तपाईको वरपरको महत्वपूर्ण स्थल, सम्पदा आदिको बारेमा प्रचार गरी आन्तरिक पर्यटन विकासमा सहयोग पुर्‌याउन त्यस्ता सामग्रीहरू हामीलाई पठाउनु होला । हामी तपाईका सामग्रीलाई प्रकाशन गर्नेछौं । Email : paudelprem@gmail.com (9843508470 Whatsapp)
Showing posts with label Uttargaya Important Places. Show all posts
Showing posts with label Uttargaya Important Places. Show all posts

Monday, May 4, 2026

ठूलाेगाउँमा ‘सती घाँटु नाच’ जाेगाउँदै स्थानीय


रसुवा, उत्तरगया गाउँपालिका–३, ठूलोगाउँस्थित ठूलो आँगनमा बुद्ध पूर्णिमाको अवसर पारेर वर्षेनी नाचिने ‘सती घाँटु नाच’ यस वर्ष पनि भव्य रूपमा सम्पन्न भएको छ ।

विधिपूर्वक पूजा–अर्चना गरी सुरु गरिएको यो नृत्य तीन दिनसम्म सञ्चालन गरिएको थियो । नाच्ने स्थान ९चँदुवा० निर्माणका लागि निश्चित विधिअनुसार फिकुरीको लेकबाट धुपीको काठ ल्याएर तयार पारिएको स्थानीयहरूले बताएका छन् ।

गुरुङ समुदायको पहिचान बोकेको यस नृत्यलाई केवल मनोरञ्जन मात्र नभई गहिरो आध्यात्मिक तथा ऐतिहासिक महत्व बोकेको सांस्कृतिक सम्पदाका रूपमा लिइन्छ । पौराणिक कथामा आधारित यो लोकनृत्य पछिल्लो समय लोप हुने अवस्थामा पुगे पनि स्थानीय समुदाय यसको संरक्षणमा सक्रिय देखिएका छन् ।


सती घाँटु नाचमा प्राचीन कालका राजा परशुराम र रानी यम्फावतीको जीवनकथा, प्रेम, युद्ध तथा वियोगलाई नाटकीय रूपमा प्रस्तुत गरिन्छ । कथाअनुसार रानी यम्फावती आफ्नो श्रीमानको मृत्युपछि सती गएको प्रसंगका आधारमा यस नृत्यलाई ‘सती घाँटु’ नाम दिइएको हो ।


नृत्यको विशेषता अनुसार दुई जना कुमारी कन्यालाई कुवा वा धारामा स्नान गराई शुद्ध बनाइन्छ । त्यसपछि गुरुवा–गुरुआमाको नेतृत्वमा मन्त्र उच्चारण गर्दै देवी–देवताको आवाहन गरिन्छ र ती कुमारीहरूमा दैवी शक्ति प्रवेश गरेको विश्वास गरिन्छ । यसरी देवीको अंश चढेको कुमारीलाई ‘घाँटुसारी’ भनिन्छ । उनीहरू रजस्वला नभएका र धार्मिक रूपमा शुद्ध हुनुपर्ने मान्यता रहेको छ ।

नाचका क्रममा गुरुवा–गुरुआमाले गीत गाउँदा गीतबाट घाँटुसारीहरूको आँखा बाधिन्छ । जसलाई स्थानीय भाषामा ‘घाँटु जगाउने’ भनिन्छ । नृत्यमा कुमारीहरूलाई राजा र रानीको रूपमा प्रस्तुत गरिन्छ । उनीहरूलाई छिटको गुन्यू, चोली, पटुकी र घलेक लगाइने तथा शिरमा विभिन्न रङका फूलले सजाइन्छ ।


पौराणिक कथाअनुसार नृत्यमा राजा सिकार खेल्न जंगल जाने, मृग सिकार गर्ने प्रयास गर्ने र अन्ततः राजाको मृत्यु भएपछि रानी पनि सती जाने कथा प्रस्तुत गरिन्छ । यसले प्रेम, समर्पण र विरहको भाव झल्काउँछ ।

नाच अवलोकन गर्न तथा आशीर्वाद लिन छिमेकी गाउँहरूबाट ठूलो संख्यामा दर्शकहरू भेला हुने गरेका छन् । विशेषगरी रानी सती जाने दृश्य प्रस्तुत हुँदा वातावरण अत्यन्त भावुक बन्ने गर्दछ ।

स्थानीय युवा क्लब तथा आमा समूहहरूले यस सांस्कृतिक सम्पदाको संरक्षणमा सक्रिय भूमिका खेल्दै आएका छन्, ताकि परम्परा आगामी पुस्तामा हस्तान्तरण हुन सकोस् ।

नाचको अन्तिम दिन घाँटुलाई गाउँ नजिकैको देउरालीमा लगेर विसर्जन गरिन्छ र सामूहिक रूपमा दही–चामल खाएर कार्यक्रम समापन गरिन्छ ।



Thursday, January 15, 2026

बेत्रावतीमा २१ वटा गोरु जाुधइयो, हेर्ने दर्शकको भिड्


रसुवा, रसुवा र नुवाकोट जिल्लाको सिमानामा रहेको ऐतिहासिक तथा धार्मिक तीर्थस्थल उत्तरगया स्थित वेत्रावतीमा बिहिबार २१ वटा गोरु जुधाइएका छन् । गोरु जुधाइको मनोरञ्जन लिन दर्शकको भिड् नै लागेको थियो । 

प्रत्येक वर्ष मकर संक्रान्तिको दिन वेत्रावतीमा गोरु जुधाउने परम्परा रहँदै आएको छ । यस वर्ष पनि मकर संक्रान्तिको अवसरमा २२ जना कृषकले आफ्ना बलिया गोरु प्रतियोगिताका लागि वेत्रावतीमा ल्याएका थिए । 

स्थानीयवासीहरूले संस्कृति, परम्परा र पर्यटन प्रवद्र्धनसँग जोडेर गोरु जुधाइलाई निरन्तरता दिँदै आएका छन्। पछिल्ला वर्षहरूमा मेलालाई थप व्यवस्थित बनाइएको छ। रसुवा र नुवाकोटका स्थानीय कृषकहरूले वर्षभरि पोषिलो आहार खुवाएर गोरु तयार पार्ने गरेका छन् । 


यस पटक ११ हल गोरु जुधाउन दर्ता भए पनि २१ वटा गरु जुधाइएको छ । प्रथम हुनेलाई १६ हजार, दोस्रो हुनेलाई १४ हजार रुपैयाँका दरले पुरस्कार वितरण गरिएको थियो । 

कार्यक्रममा प्रमुख अतिथि विदुर नगरपालिकाका मेयर राजन श्रेष्ठ थिए । कार्यक्रममा कालिका गाउँपालिका उपाध्यक्ष मिरा लामा डंगाेल, उत्तरगया गाउँपालिका उपाध्यक्ष चमेली गुरूङ, विदुर नपाकी उपमेयर प्रभा बाेगटीलगायतका जनप्रतिनिधिहरूले मन्तब्य दिएका थिए । बिदुर नगरपालिका वडा नम्वर १० का वडा अध्यक्ष गणेश नेपाललगायत जनप्रतिनिधि तथा स्थानीयकाे उल्लेखनीय सहभागी थिए । 

गोरु जुधाइ मेला हाल मनोरञ्जन तथा खुसी साटासाट गर्ने थलोका रूपमा विकास हुँदै गएको छ । गोरु जुधाइ अवलोकन गर्न बिहिबार हजारौँ दर्शक वेत्रावतीमा भेला भएका थिए । रसुवा र नुवाकोटका स्थानीय कृषकहरूले वर्षभरि पोषिलो खानेकुरा खुवाएर गोरु पालेर तयार पार्ने गरेका छन् । 


विदुर नगरपालिका ७ का जितसिं तामाङ र कुलबहादुर तामाङको गोरुले १६ विजयी भएर हजार पुरस्कार प्राप्त गरे । जुधइमा गोरुलाइ चोट लागेको तथा सिङ भाँचिएको ८ हजार रुपैयाँ दिने र मृत्यू भएमा ३५ हजार दिने आयोजकले व्यवस्था गरेको थियो । 

मेलाले आन्तरिक तथा बाह्य पर्यटन प्रवद्र्धनमा सहयोग पुग्ने पर्यटन व्यवसायीहरूले बताएका छन्। प्रतियोगितामा सहभागी गोरुका धनीहरूका लागि नगद पुरस्कारको व्यवस्था गरिएको छ भने जुधारु गोरुलाई भिटामिन प्रदान गर्नुका साथै सहभागी गोरुको बीमा समेत गरिएको आयोजकले जनाएको छ ।



वि.सं. १८४९ साल असोज १७ गते नेपाल–चीनबीच वेत्रावतीमा भएको सन्धिको खुसीयालीमा यहाँ गोरु जुधाउने मेला सञ्चालन हुँदै आएको गोसाइकुण्ड युवा क्लबका अध्यक्ष सुभाष डंगोलले बताए ।

हरेक वर्ष माघे सङ्क्रान्तिको अवसरमा आयोजना हुँदै आएको गोरु जुधाइ मेला यस वर्ष पनि निरन्तरता दिन लागिएको हो। स्थानीय गोसाईंकुण्ड युवा क्लवले वि स २०६२ देखि प्रत्येक वर्ष माघे सङ्क्रान्तिका दिन वेत्रावतीमा गोरु जुधाइ उत्सव आयोजना गर्दै आएको छ। 


प्रतियोगितामा भाग लिनेको लागि ११ हल गोरु दर्ता भएको आयोजक गोसाइँकुण्ड युवा क्लबले जनाएको छ । 

गोरु जुधाइ अवलोकन गर्न आउने दर्शकका लागि पार्किङ स्थल, शौचालय तथा पिउने पानीको व्यवस्था गरिएको छ। साथै सस्तो मूल्यमा खाजा तथा खानाका लागि स्टलको समेत व्यवस्था गरिएको स्थानीय थियो ।  

नेपाल र तिब्बतबीच १८४९ साल असोज १७ गते सम्पन्न बेत्रावती सन्धिको खुसीयालीमा मनाइँदै आएको गोरु जुधाइ मेलाले उत्तरगया धामलगायतका ग्रामीण पर्यटन प्रवद्र्धनमा महत्त्वपूर्ण योगदान पु¥याउँदै आएको छ। मेला अवलोकन गर्न रसुवासहित नुवाकोट, काठमाडौं, धादिङ, सिन्धुपाल्चोक, भक्तपुर र ललितपुरलगायतका देशभरबाट हजारौँ दर्शक सहभागी थिए । 


कृषिमा आधुनिकीकरणसँगै हाते ट्याक्टरको प्रयोग बढ्दै जाँदा गाउँघरमा गोरु पाल्ने चलन घट्दै गएको कारण प्रतियोगिता सञ्चालनमा देखापर्न थालेको स्थाननीय गणेश श्रेष्ठले बताए ।   

प्रतियोगितामा सहभागी गोरु धनीहरूका लागि नगद पुरस्कारको व्यवस्था गरिएको छ भने जुधारु गोरुलाई भिटामिन तथा प्रतिस्पर्धामा सहभागी गोरुको बीमा समेत गरिएको आयोजकले जनाएको छ ।

तिब्बती सेना र नेपाली सेनाबीच वेत्रावतीमा सन्धि भएपछि खुसीयालीमा गोरु जुधाएर रमाइलो गर्ने चलन थालनी भएको स्रानीय बताउछन् । भोटतिब्बत र नेपालको युद्धका कारण युद्धग्रस्त क्षेत्रको अनुभव भोगेका यहाँका बासिन्दाले युद्ध समाप्त भएको खुसीयालीमा गोरु जुधाउएर उत्सव मनाउँन थालिएको हो भने सन्धिको प्रसङ्गमा इतिहासमा लेखिए पनि कहिलेदेखि  गोरु जुधाउने उत्सव सुरु भएको कुराको एकीन अभिलेख चाहिँ अहिलेसम्म फेला परेको छैन । 


गोरु जुधाइ छिमेकी जिल्ला नुवाकोट र धादिङमा पनि हुने गर्दछ । बझाङ्गी राजा जयपृथ्वीबहादुर सिंह तारुकामा मामाघर जाँदा उनलाई मनोरञ्जन दिलाउन गोरु जुधाइ मेलाको सुरुवात गरिएको किम्बदन्ति रहेको छ । 

सिंह विसं १९७८ सालमा नुवाकोटको तारुकाको चन्दनीस्थित मामाघर आउँदा भानिजलाई मनोरञ्जन दिन उनका मावलीले बाजागाजा सहित गोरु जुधाउने परम्परा आयोजना गराएका थिए । 

यही परम्परा अन्ततः वरपरको गाँउलेहरूको लागि पनि मनोरञ्जनको माध्यम र खेल जात्रा बनेको हो । मेला अवलोकनका लागि काठमाडौँ, रसुवा, काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोक, मकवानपुर, चितवनलगायतका जिल्लाबाट दर्शकहरु आएका थिए ।

स्थानीय तथा राट्रिय कलाकारहरु सहभागी भइ साँझ साँस्कृतिक कार्यक्रम तथा रोचक कन्सर्टको प्रस्तुती रहेको थियो । साे अवसरमा गाेसाइकुण्ड युबा क्लबकाे सहयाेगर्थ सञ्चालित चिठ्ठा पनि खाेलिएकाे थियाे । 




Sunday, August 4, 2024

प्रवर्दनको पर्खाईमा कल्लेरीका भूमे

 परापूर्व कालमा गुरूङ पुर्खाले पत्ता लगाएका र पूजाआजा चलाउँदै आएका भूमेस्थान रसुवा जिल्ला उत्तरगया गाउँपालिका, वडा नं ३, ठूलोगाउँमा अवस्थित छ ।

कल्लेरी (ठूलोगाउँ) का भूमे
तस्वीर : गौेरव सापकोटा

    कल्लेरीका भूमेको परिचय

    परापूर्व कालमा गुरूङ पुर्खाले पत्ता लगाएका र पूजाआजा चलाउँदै आएका भूमेस्थान रसुवा जिल्ला उत्तरगया गाउँपालिका, वडा नं ३, ठूलोगाउँमा अवस्थित छ ।

    किंवदन्ती अनुसार कल्लेरीका भूमे हाल जुन् ठाउँमा छ, त्यसको आधा किमी तल्लो क्षेत्रमा ठूलो तलाउमा रहेको थियो छ । जुन् अहिले  तलाउ लोप भई खेतीयोग्य जमिनको रूपमा परिणत भएको छ । प्राचीन भनाई अनुसार एक महिलाले स्नान गरी कपडासमेत् धोएको कारण भूमेदेवी रिसाएर तलाउ लोप भएको भनिएको छ ।

    रिसाएका भूमेलाई बौसाउन देवीसँगै पूजाआजा गर्न थालिएको भन्ने भनाई रहेको छ । जुन् देवीलाई कल्लेरीका देवी भनिन्छ । रसुवा नुवाकोटका स्थानीयहरू धुपधुँवार गर्दा कल्लेरीका भूमे र देवीलाई पुकार्ने गर्दछन् । भूमे भने अगाडिदेखि मानिँदै आएकोमा यहाँ रहेको  देवी भने परापूर्व कालमा एक महिलाले बारी खन्दा पत्ता लागेको विषयमा सुँनिदै आएको छ । कोदालाले खन्दा अलिकति चोईटिएको र सो भागबाट रगत आएका कारण शक्ति मानी देवीको नामले पुकारिन थालेको हो । जुन् चोइटिएको भाग हाल पनि देख्न सकिन्छ । 

    भूमेस्थानमा पाठी र देवीस्थानमा बोको बली चढाउने परम्परा रहेको यस स्थानमा वर्षैभरि भक्तजनहरू दर्शन गर्न आउने गरेका छन् ।

    एकपटकको दर्शनमा एक वर माग्ने परम्परा रहेको यस मन्दिरमा अहिले पनि विशेष गरी वैदेशिक यात्राको कामना गरिन्छ ।

    विशेष गरी ठूली एकादशी, माघेसंक्रान्तिमा यहाँ विशेष मेला लाग्ने गर्दछ । भौगोलिक दृष्टिकोणले विषम स्थानमा रहेको यस धार्मिक स्थललाई प्रचारप्रसार र संरक्षणका कार्यहरू गर्न सके आन्तरिक पर्यटन विकासका माध्यमबाट आर्थिक विकास गर्न सकिने छ ।

    -----(स्थानीय टिकादत्त पौडेलको कुराकानीमा आधारित )

    रसुवा जिल्लाको पश्चिम दिशातर्फ कल्लेरी वा ठूलोगाउँका भूमेदेवी र पूर्वतर्फ निर्कुभूमे रहेका छन् । 

     कल्लेरीका भूमे र वरपरका आकर्षण र महत्वहरू

    • आन्तरिक पर्यटकको रोजाईको क्षेत्र
    • छाँगा, झरनाहरूको अवलोकन,
    • स्थानीय गुरूङ संस्कृति अध्ययनको क्षेत्र
    • चराचुरूङ्गी तथा बासस्थान अवलोकन

    कसरी पुग्ने कल्लेरीका भूमे 

    पासाङल्हामु राजमार्गको बेत्रावती (रसुवा-नुवाकोटको सिमाना) बाट पश्चिम - उत्तरतिर अवस्थित पैरेबेंसी/शान्तिबजारबाट यस स्थानको लागि यात्रा तय गर्न सकिन्छ । मनोरम झरना 'भाँगे झरना' को अवलोकन गर्दै यस स्थानमा पुग्न सकिन्छ । 

     

    कल्लेरीका भूमेसँग सम्बन्धित भिडियो तथा थप सामग्रीहरू


    Wednesday, August 23, 2023

    ऐतिहाँसिक पौवाघरको नाम निसाना मेटिँदै

     यो पौवाघर संरक्षणको लागि राज्यका कुनै पनि निकायको ध्यान गएको देखिँदैन । यहाँ लहरै डाँडामा तीनवटा पौवाघर निर्माण गरी गोसाइँकुण्ड आउने जाने तीर्थालुलाई सातु सामलको प्रवन्ध गरिएसँगै यहाँको वस्तीको नामाकरण समेत् लहरै पौवा वा अपभ्रंश भई लहरेपौवा भएको हो ।
    गौरीदेवीले निर्माण गरेको पौवाघरको पुरानो तस्वीर

      पौवाघरको परिचय

      रसुवा जिल्ला, उत्तरगया-५, माझगाउँमा अवस्थित ऐतिहाँसिक पौवाघरको नाम निसाना मेटिँदै छ । संरक्षणको अभावमा जीर्ण बन्दै गएको उक्त पौवाघर २०७२ को भूकम्पसँगै नाम निसाना मेटिन लागेको हो ।

      विभिन्न ऐतिहाँसिक तथ्य अनुसार यो पौवाघर पृथ्वीनारायण शाहले नेपाल एकीकरण गर्ने समयदेखि नै निर्माण भएको हो । युद्द जित्ने कामनासहित यहाँ धैबुङमा रहेका सिद्द योगी अगस्तीबाट खड्गसिद्दि प्राप्त गरेवापत पृथ्वीनारायण शाहले अगस्तीलाई बेत्रावतीदेखि माथिको धैबुङ गाउँ सदावर्त गुठीको रूपमा बिर्ता दिएका थिए । उनै सिद्द योगीले आफ्नो धर्म चेली गौरादेवीलाई कुश बिर्ताको रूपमा दिएका थिए । बेत्रावतीमा राममन्दिर निर्माण गरी नियमित पूजाआजा चलाउने र बेत्रावतीदेखि ठीक माथि माझगाउँमा पौवाघर निर्माण गरी गोसाइँकुण्ड आउने-जाने तीर्थालुलाई सेवा सत्कार वा सातु सामलको प्रवन्ध गर्ने शर्तमा गौरीदेवीले धैबुङ गाउँ गुठीको रूपमा प्राप्त गरेकी हुन् ।

      यो पौवाघर संरक्षणको लागि राज्यका कुनै पनि निकायको ध्यान गएको देखिँदैन । यहाँ लहरै डाँडामा तीनवटा पौवाघर निर्माण गरी गोसाइँकुण्ड आउने जाने तीर्थालुलाई सातु सामलको प्रवन्ध गरिएसँगै यहाँको वस्तीको नामाकरण समेत् लहरै पौवा वा अपभ्रंश भई लहरेपौवा भएको हो ।

      पौवाघर तथा वरपरका आकर्षणहरू

      - ऐतिहाँसिक स्थल

      - वरपर रहेका विभिन्न मठमन्दिर (राम, सीता, हनुमान आदि)

      - पवित्र नदी (बेत्रगंगा, रूद्रगंगा र त्रिशूली गंगा)
      - तीर्थ श्राद्द, तर्पणको लागि महत्वपूर्ण क्षेत्र
      - सांस्कृतिक विविधता

      कसरी पुग्ने पौवाघर ?

      - यो स्थान पासाङल्हामु राजमार्गको माझगाउँ सडकखण्डबाट केही तल, भीमसेन आवासीय प्राविको ठीक माथि अवस्थित छ ।

      - पासाङल्हामु राजमार्गबाट २ मिनेटको पैदलयात्रामा पौवाघरको भग्नावशेषमा पुग्न सकिन्छ ।

      तपाईलाई यो सामग्री कस्तो लाग्यो, कृपया कमेन्ट गर्नुहोला, तपाईबाट सुधारको आशासहित ।


      सन्दर्भ स्रोत : गोसाइँकुण्ड, प्रकृति संरक्षण र इतिहाँस, सुवास आचार्य (आगमन)

      Friday, August 11, 2023

      बेत्रावती/बेत्रगंगा वा उत्तरगया धाम

      Rammandir_Parisar
      बेत्रावती राममन्दिर परिसर
      Betraganga_Google_Map
      बेत्रावती र राममन्दिर क्षेत्रको नक्सा १
      betrawati_Views
      सालघारी माथिबाट देखिने बेत्रावती बजारको दृश्य
      betrawati_google
      राममन्दिर क्षेत्रको गुगगल नक्सा
      Hightlights
      विभिन्न ऐतिहाँसिक तथ्य अनुसार रसुवा र नुवाकोट जिल्लाको सिमानामा पर्ने बेत्रावती (उत्तरगयाधाम) मा अवस्थित राममन्दिर पृथ्वीनारयण शाहले नेपाल एकीकरण गर्ने समयदेखि नै निर्माण भएको हो । युद्द जित्ने कामनासहित यहाँ धैबुङमा रहेका सिद्द योगी अगस्तीबाट खड्गसिद्दि प्राप्त गरेवापत पृथ्वीनारायण शाहले अगस्तीलाई बेत्रावतीदेखि माथिको धैबुङ गाउँ सदावर्त गुठीको रूपमा बिर्ता दिएका थिए । उनै सिद्द योगीले आफ्नो धर्म चेली गौरादेवीलाई कुश बिर्ताको रूपमा दिएका थिए । बेत्रावतीमा राममन्दिर निर्माण गरी नियमित पूजाआजा चलाउने र बेत्रावतीदेखि ठीक माथि माझगाउँमा पौवाघर निर्माण गरी गोसाइँकुण्ड आउने-जाने तीर्थालुलाई सेवा सत्कार गर्ने शर्तमा गौरीदेवीले धैबुङ गाउँ गुठीको रूपमा प्राप्त गरेकी हुन् ।

      रसुवा जिल्लाको ऐतिहासिक धार्मिक तथा पर्यटकीय स्थल

      बेत – ना. (सं. बेत/बेत्र) बाँसको जस्तो आँख्ला र पात हुने, सन्दुक, लौरी आदि निर्माण गर्न प्रयोग हुने एक जातको लहरो र वपी – ना. (सं.) सानो जलाशय वा कुवा भन्ने अर्थ जनाउँदछ । भगवान शिवले बेतको लौरोद्‍वारा जलाशय निर्माण गरेको भन्ने धार्मिक तथा पौराणिक कथन अनुसार यस स्थानको नाम 'वेत्रवपि' वा बेत्रवति रहन गएको हो ।बोलीचालीमा अपभ्रम्श भई बेत्रावती भनिएको छ । जसलाई चारधाममध्येको एक उत्तरगया धाम पनि भनिन्छ । 

      बेत्रावती रसुवा जिल्लाको प्रवेशद्‍वार हो । रसुवा-नुवाकोटको सिमानामा पर्ने यो स्थल धार्मिक, ऐतिहाँसिक, सांस्कृतिक तथा पर्यटकीय दृष्टिकोणले अत्यन्त महत्वपूर्ण रहेको छ । रसुवा र नुवाकोटका अधिकाँश क्षेत्रका मानिस (हिन्दु) हरूको मृत्युपश्चात यही नदीमा देहदहन गर्ने गरिन्छ । यस पुण्यभूमिमा देहदहन, वितेका पुर्खाको नाममा श्रद्धा तथा यस क्षेत्रमा धार्मिक कार्य गर्दा मृत्युपर्यन्त मानिस सिधै कैलाशमा जान्छ भन्ने विश्वास गरिन्छ । 

      नेपाल तथा भारत र अन्य देशबाट विशेष गरी पौषे औंशीका दिन पुर्खाको नाममा श्रद्धा गर्नेको भीड लाग्ने गरेको छ । अधोगति (असामयिक निधन वा दुर्घटनामा परी मरेका) परेका पुर्खाको नाममा यहाँ पुगेर तर्पण मात्र दिए पनि उनीहरूको देह मोक्ष हुने जनविश्वास रही आएको छ । 

      संसारका चार धाममध्ये एक धामका रूपमा आफ्नो परिचय बनाइसकेको बेत्रावतीले पर्यटकीय सम्भावनालाई नियाली रहेको छ । बेत्रावती नदीलाई आकर्षण केन्द्र बनाएर यहाँ धेरै कार्यक्रमहरू आयोजना गरिन्छन् । दुई जिल्ला बीचको व्यापारिक केन्द्रको रूपमा रहेकोले पनि यहाँ धेरै मानिसहरूको आवातजावत हुने गर्दछ । रामनवमी, ठूली एकदशी, गाइजात्रा, पौषे औंशी तथा माघे संक्रान्ति (गोरू जुधाउने पर्व) का दिन यहाँ विशाल मेला लाग्ने गर्दछ । 

      त्यसबाहेक विभिन्न अवसरहरूमा पनि यहाँ जात्रा लाग्ने गरेको पाइन्छ । सन् १८४९ मा भएको नेपाल चीन युद्ध रोक्न गरिएको बेत्रावती सम्झौता, यहाँको राम, लक्ष्मण, सीता, हनुमान, त्रिवेणीधाम, उत्तरगया, पौषेऔंशी, एकादशी, गाइजात्रा तथा मात्रेसंक्रान्ति पर्वका गोरू जुधाइ जस्ता पर्व, जात्रा र उत्सवको प्रवर्दन गर्न सके पक्कै पनि बेत्रावती र यसका आसपासमा पर्यटन विकास भई जनताको आर्थिक सुधार तथा जीविकोपार्जनमा टेवा पुग्नेछ । 

      बेत्रावतीको धार्मिक, ऐतिहाँसिक तथा पर्यटकीय महत्व विभिन्न ऐतिहाँसिक तथ्य अनुसार रसुवा र नुवाकोट जिल्लाको सिमानामा पर्ने बेत्रावती (उत्तरगयाधाम) मा अवस्थित राममन्दिर पृथ्वीनारयण शाहले नेपाल एकीकरण गर्ने समयदेखि नै निर्माण भएको हो । युद्द जित्ने कामनासहित यहाँ धैबुङमा रहेका सिद्द योगी अगस्तीबाट खड्गसिद्दि प्राप्त गरेवापत पृथ्वीनारायण शाहले अगस्तीलाई बेत्रावतीदेखि माथिको धैबुङ गाउँ सदावर्त गुठीको रूपमा बिर्ता दिएका थिए । उनै सिद्द योगीले आफ्नो धर्म चेली गौरादेवीलाई कुश बिर्ताको रूपमा दिएका थिए । बेत्रावतीमा राममन्दिर निर्माण गरी नियमित पूजाआजा चलाउने र बेत्रावतीदेखि ठीक माथि माझगाउँमा पौवाघर निर्माण गरी गोसाइँकुण्ड आउने-जाने तीर्थालुलाई सेवा सत्कार गर्ने शर्तमा गौरीदेवीले धैबुङ गाउँ गुठीको रूपमा प्राप्त गरेकी हुन् । 

      गौरादेवी पृथ्वीनारायण शाहकी कान्छी रानी नरेन्द्रलक्ष्मीको दिक्षामन्त्र सुनाउने गुरूआमा थिईन् । उनको विवाह पं जयमङ्गल पौडेल (नेपालका मुख्तियार पं रंगनाथ पौडेलको हजुरबा) सँग भएको थियो । उनीहरूका चार छोरामध्ये जेठो रघुनाथ रामभक्त थिए, उनैले बेत्रावतीको किनारमा राममन्दिर बनाएर पूजाआजा चलाएका हुन् भनिएको छ । धैबुङ गाउँलाई उनी रामपूर भनेर चिनाउन चाहन्थे ।

      देवता र दानव मिली समुद्र मथन गर्दा निस्केको 'हलाहल' नामक कालकूट विषले संसार दग्ध गर्न लाग्दा विश्वको रक्षार्थ सो विषलाई भगवान शिवजीले निल्न खोज्दा घाँटीमा अड्कन गयो । घाँटीमा अड्केको 'हलाहल' नामक कालकूट विषका कारण डाहा भई सो डाहा शान्त पार्न भगवान शिवजी नेपालका विभिन्न स्थललाई तीर्थाटन बनाई यहाँ आईपुगे र आफूसँग रहेको बेतको लौरोले खोपेर जलाशय उत्पत्ति गरी प्यास मेटाएको भनिएको छ । जुन् कुवाबाट नदी बनिन् जसलाई बेत्रगंगा भनियो । यो स्थानलाई त्रिशूली, रूद्रगंगा (फलाँखु) र बेत्रगंगा (जुन् लोप भईन) ले त्रिवेणीको रूप प्रदान गरेको छ । 

      त्रिवेणीधाम वा उत्तरगया धाम बेत्रावतीमा स्नान, जप, ध्यान र श्रद्दादि गर्दा मानिसको जीवन सफल भई मृत्युपर्यन्त कैलाश पद पाउने र दिवंगत पितृहरूको मोक्ष हुने जनविश्वास गरिदै आएको छ । यो स्थान पवित्र घाटको रूपमा पनि स्थापित छ ।

      बेत्रगंगा उत्पत्ति सम्बन्धि डा. सत्यराज थपलियाको नीलकण्ठ महिमाबाट यो कविता
      लठ्ठी गाड्नुभयो जहाँ गिरिशले त्यो वेतको क्यै अघि । 
      हो त्यैँ मूल फुटी कुवा पनि बन्यो त्यो कूपबाटै छुटी ।। 
      मीठो शब्द गरी बगिन् कलकली प्रख्यात वेत्रावती 
      गङ्गा पुण्यदिने यिनैकन सबै भन्छन् फलाँखू नदी ।।४२
       
      यो देखी अति हर्ष भै ऋषिहरू सद्भक्ति ली चित्तमा । 
      आए किन्नर, यक्ष, मानिस सबै वेत्रावती तीर्थमा ।। 
      न्वाए सज्जनले महेशजलमा आनन्द भै आखिर । 
      “गङ्गा वेत्र” भनेर पूजन गरी फर्की गए ती घर ।।४३।। 

      जल्ले गर्छ सभक्ति स्नान शिवको वेत्रावती घाटमा 
      यद्वा यज्ञ र दान, ध्यान, जप वा श्राद्धादि गर्ला त्यहाँ । 
      पुर्खा क्वै त्यसका अधोगति भए उद्धार होलान् अझ ।। 
      चढ्दै दिव्य विमानमा शिवपुरी जाला स्वयम् आखिर ।।४४।

      सन् १८४९ मा भएको नेपाल चीन युद्ध रोक्नका लागि यहाँ दुई देश बीच सन्धी वा सम्झौता गरिएको थियो । दोस्रो पटक भएको युद्दमा नेपाली फौज र चिनीयाँ फौज बीच यहाँ घमासान लडाई भएको थियो । 

      करीव १२०० संख्यामा चिनीयाँ फौज यहाँ मारिएका थिए, युद्दबाट हारेर कतिपय चिनीयाँ फौजले त्रिशूली नदीमा हामफालेर देहवरण गरेका थिए भने ३०० संख्यामा नेपाली फौजले पनि विरगति प्राप्त गरेका थिए । 

      त्यतिखेर चिनीयाँ फौजले भनेको एक भनाई यहाँ प्रस्तुत गरिन्छ । 

      'उँधो जाउँ त काटलासी, उँभो जाउँ त मार्लासी, माझै गंगा सोलोलो ।' 

      यो कथन सायद त्यतिखेर नेपालीहरूले नै चिनीयाँ फौजको स्थितिलाई हेरेर सिर्जना गरेका हुन सक्छन् । यो भनाई केही फरक शब्दमा पनि हुनसक्छ । तर जे होस् शब्दार्थ भन्दा पनि यसको भावार्थ के हो भने – नेपाली फौजले चारैतिरबाट घेरेर चिनीयाँ फौजलाई उम्कन नदिएर कब्जामा पारेका हुन् वा चिनीयाँ फौज हार्ने स्थितिमा पुगेको हो भन्ने हुन्छ । यसबाट नेपालीहरूको बहादुरी देखिन्छ । त्यही सन्धिका कारण बेत्रावती दुई देश बीचको सिमाना हुन पुग्यो । तेस्रोपटक भएको युद्दबाट मात्र रसुवागढी सिमाना बन्न पुगेको हो । 

      सांस्कृतिक तथा पर्यटकीय महत्व : यस क्षेत्रमा हुने विभिन्न पर्व, उत्सव तथा जात्राहरूले धार्मिकसहित सांस्कृतिक महत्व पनि झल्काइरहेको छ । यहाँको भेषभूषा विशेष गरी लाखेनाँचले सांस्कृतिक पक्षलाई समेत् उजागर गर्दछ । जसका माध्यमबाट यहाँ धार्मिक पर्यटन विकास भईरहेको पनि छ ।

      सन् १८४९ मा भएको नेपाल चीन युद्ध रोक्नका लागि यहाँ दुई देश बीच सन्धी वा सम्झौता गरिएको थियो । दोस्रो पटक भएको युद्दमा नेपाली फौज र चिनीयाँ फौज बीच यहाँ घमासान लडाई भएको थियो । करीव १२०० संख्यामा चिनीयाँ फौज यहाँ मारिएका थिए, युद्दबाट हारेर कतिपय चिनीयाँ फौजले त्रिशूली नदीमा हामफालेर देहवरण गरेका थिए भने ३०० संख्यामा नेपाली फौजले पनि विरगति प्राप्त गरेका थिए । 

      त्यतिखेर चिनीयाँ फौजले भनेको एक भनाई यहाँ प्रस्तुत गरिन्छ ।
       'उँधो जाउँ त काटलासी, उँभो जाउँ त मार्लासी, माझै गंगा सोलोलो ।' 

      यो कथन सायद त्यतिखेर नेपालीहरूले नै चिनीयाँ फौजको स्थितिलाई हेरेर सिर्जना गरेका हुन सक्छन् । यो भनाई केही फरक शब्दमा पनि हुनसक्छ । तर जे होस् शब्दार्थ भन्दा पनि यसको भावार्थ के हो भने – नेपाली फौजले चारैतिरबाट घेरेर चिनीयाँ फौजलाई उम्कन नदिएर कब्जामा पारेका हुन् वा चिनीयाँ फौज हार्ने स्थितिमा पुगेको हो भन्ने हुन्छ । यसबाट नेपालीहरूको बहादुरी देखिन्छ । त्यही सन्धिका कारण बेत्रावती दुई देश बीचको सिमाना हुन पुग्यो । तेस्रोपटक भएको युद्दबाट मात्र रसुवागढी सिमाना बन्न पुगेको हो । 

      संसारका चार धाममध्ये एक धामका रूपमा आफ्नो परिचय बनाइसकेको बेत्रावतीले पर्यटकीय सम्भावनालाई नियाली रहेको छ । बेत्रावती नदीलाई आकर्षण केन्द्र बनाएर यहाँ धेरै कार्यक्रमहरू आयोजना गरिन्छन् । दुई जिल्ला बीचको व्यापारिक केन्द्रको रूपमा रहेकोले पनि यहाँ धेरै मानिसहरूको आवातजावत हुने गर्दछ । 

      रामनवमी, ठूली एकादशी, गाइजात्रा, पौषे औंशी तथा माघे संक्रान्ति (गोरू जुधाउने पर्व) का दिन यहाँ विशाल मेला लाग्ने गर्दछ । त्यसबाहेक विभिन्न अवसरहरूमा पनि यहाँ जात्रा लाग्ने गरेको पाइन्छ । 

      सन् १८४९ मा भएको नेपाल चीन युद्ध रोक्न गरिएको बेत्रावती सम्झौता, यहाँको राम, लक्ष्मण, सीता, हनुमान, त्रिवेणीधाम, उत्तरगया, पौषेऔंशी, एकादशी, गाइजात्रा तथा मात्रेसंक्रान्ति पर्वका गोरू जुधाइ जस्ता पर्व, जात्रा र उत्सवको प्रवर्दन गर्न सके पक्कै पनि बेत्रावती र यसका आसपासमा पर्यटन विकास भई जनताको आर्थिक सुधार तथा जीविकोपार्जनमा टेवा पुग्नेछ ।

      संसारका चार धाममध्ये एक धामका रूपमा आफ्नो परिचय बनाइसकेको बेत्रावतीले पर्यटकीय सम्भावनालाई नियाली रहेको छ । लाङटाङ राष्ट्रिय निकुञ्ज तथा नेपालको तेस्रो पर्यटकीय स्थलमा जाने प्रमुख प्रवेशद्वार भएका कारण पनि यस स्थानको महत्व रहेको छ । होटल तथा लज आवासको व्यवस्था भएको यो क्षेत्र प्राचीन कालदेखि रसुवा-नुवाकोटको प्रमुख व्यापारिक मार्ग हो ।

      धार्मिक, ऐतिहाँसिक तथा पर्यटकीय दृष्टिकोणले महत्वपूर्ण यो स्थल प्राचीन समयदेखि रसुवा नुवाकोटको प्रमुख व्यापारिक क्षेत्र हो । होटल, लज वा खाना बासको प्रशस्त पूर्वाधार रहेको यस क्षेत्रमा पर्यटकको आवागमन बृद्दि गराउन सके यहाँको जनताको आर्थिक उन्नयनमा भूमिका खेल्दछ र खेलिरहेको पनि छ ।यस क्षेत्रमा हुने विभिन्न पर्व, उत्सव तथा जात्राहरूले धार्मिकसहित सांस्कृतिक महत्व पनि झल्काइरहेको छ । यहाँको भेषभूषा विशेष गरी लाखेनाँचले सांस्कृतिक पक्षलाई समेत् उजागर गर्दछ । जसका माध्यमबाट यहाँ धार्मिक पर्यटन विकास भईरहेको पनि छ ।

      बेत्रावती नदीलाई आकर्षण केन्द्र बनाएर यहाँ धेरै कार्यक्रमहरू आयोजना गरिन्छन् । दुई जिल्ला बीचको व्यापारिक केन्द्रको रूपमा रहेकोले पनि यहाँ धेरै मानिसहरूको आवातजावत हुने गर्दछ । रामनवमी, ठूली एकदशी, गाइजात्रा, पौषे औंशी तथा माघे संक्रान्ति (गोरू जुधाउने पर्व) का दिन यहाँ विशाल मेला लाग्ने गर्दछ । त्यसबाहेक विभिन्न अवसरहरूमा पनि यहाँ जात्रा लाग्ने गरेको पाइन्छ । 

      सन् १८४९ मा भएको नेपाल चीन युद्ध रोक्न गरिएको बेत्रावती सम्झौता, यहाँको राम, लक्ष्मण, सीता, हनुमान, त्रिवेणीधाम, उत्तरगया, पौषेऔंशी, एकादशी, गाइजात्रा तथा मात्रेसंक्रान्ति पर्वका गोरू जुधाइ जस्ता पर्व, जात्रा र उत्सवको प्रवर्दन गर्न सके पक्कै पनि बेत्रावती र यसका आसपासमा पर्यटन विकास भई जनताको आर्थिक सुधार तथा जीविकोपार्जनमा टेवा मात्र नभई आपसी सामाजिक सद्भाव तथा मेलमिलापको अवस्था सिर्जना गरिरहेको छ ।
      • काठमाडौँ → गल्छी → त्रिशूली → बेत्रावती
      • काठमाडौँ → टोखा-छहरे → त्रिशूली → बेत्रावती
      • काठमाडौँ → ककनी → त्रिशूली → बेत्रावती
      • स्याफ्रु → धुन्चे → कालिकास्थान → बेत्रावती
      सम्बन्धित लेखहरू

      बेत्रावती सम्बन्धित् भिडियोहरू

         

      -------------------------
      सन्दर्भ स्रोत :

      Tuesday, August 1, 2023

      ऐतिहाँसिक स्थल : घलेगढी

      नेपाल-चीन युद्दका बेलामा पुर्खाहरूद्वारा लडाई लड्नका लागि बनाईएको गढी हो यो । घले राजाद्वारा शासित क्षेत्र हुनाले पनि यस गढीको नामाकरण घलेगढी भएको हो ।


      यहाँ वरपर विभिन्न ऐतिहाँसिक स्थलहरू रहेका छन्   । केही माथि कमारेगढी, पूर्वपट्टि धैबुङ कोतघर (अवशेष नरहेको) कालिका मन्दिर तथा बेत्रावतीमा उत्तरगयाधाम रहेको छ ।



      रसुवा जिल्लाको दक्षिणी क्षेत्र उत्तरगया गाउँपालिका -४ मा अवस्थित घलेगढी एक महत्वपूर्ण ऐतिहाँसिक स्थल हो । नेपाल-चीन युद्दका बेलामा पुर्खाहरूद्वारा लडाई लड्नका लागि बनाईएको गढी हो यो । घले राजाद्वारा शासित क्षेत्र हुनाले पनि यस गढीको नामाकरण घलेगढी भएको हो ।

       


      यहाँ नेपाल-चीन युद्दका समयमा बर्षेका तोपहरू डोब र घले राजाका दरबारका भग्नावशेषहरू देख्न पाईन्छ । ऐतिहाँसिक रूपमा खासै उल्लेख नभएको यस घलेगढीबाट विभिन्न दृश्यावलोकन गर्न सकिन्छ । पछिल्लो समयमा चर्चामा रहेको भाङ्गे झरना, रसुवाका डाँडागाउँ, ठूलोगाउँ, नुवाकोटको मनकामना (अर्चले), गोगने, किस्पाङ, सातदबाटो, फिकुरी, तादी, गणेश हिमाल, वरपरका वस्तीहरूको मनोरम दृश्यावलोकन गर्न पाईन्छ ।

       

      यहाँ वरपर विभिन्न ऐतिहाँसिक स्थलहरू रहेका छन्   । केही माथि कमारेगढी, पूर्वपट्टि धैबुङ कोतघर (अवशेष नरहेको) कालिकामन्दिर तथा बेत्रावतीमा उत्तरगयाधाम रहेको छ ।

         

       पासाङल्हामु राजमार्गको बनुँवा घुम्तीबाट मनीगाउँ हुँदै र कालिकास्थानको च्यूरीबोटबाट कर्मीडाँडा हुँदै यस ऐतिहाँसिक स्थलमा पुग्न सकिन्छ । 


       घलेगढी तथा यहाँबाट देखिने दृश्यहरू :

      उत्तरगया-२ भाँड्गे झरना




      सम्बन्धित भिडियोहरू 


        














      Monday, July 31, 2023

      रोजाईको गन्तव्य बन्दै भाँङ्गे झरना अर्थात् तारे छाँगो


      बेत्रावती-मैलुङ-स्याफ्रुबेंशी सडकमार्गमा पर्ने यो झरना वर्षौंदेखि यहाँबाट झरिरहेको भएपनि खासै चर्चामा आएको थिएन । स्थानीयहरूले तारे छाँगोको चिन्दै आएका यस झरनालाई बिस्तारै भाङ्गे झरना भन्न थालिएको हो । पछिल्लो समय बाहुबली झरनाको रूपमा पनि चिनिदै आएको छ । 

      रसुवा जिल्लाको उत्तरगया गाउँपालिका वडा नं २ मा रहेको भाँङ्गे झरना अर्थात् स्थानीय रूपमा तारे छाँगो पछिल्लो समय आन्तरिक पर्यटकहरूका लागि नजिकको गन्तव्य बन्दैछ । रसुवा-नुवाकोट सिमाना बेत्रावतीबाट कैदलटार, पैरेबेंशी, अर्चले शान्तिबजार हुँदै यस झरनाको मनोरम दृश्यावलोकनमा पुग्न सकिन्छ । पासाङल्हामु राजमार्गबाट नजिकैको गन्तव्य भएकोले पनि रसुवा, नुवाकोट, धादिङ, काठमाण्डौं, भक्तपूर, ललितपूर, काभ्रेपलाञ्चाेक, सिन्धुपाल्चाेकलगायतका जिल्लाबाट आन्तरिक पर्यटकहरू दिनहुँजसो नै घुम्न आउन थालेका छन् । 


      यहाँ आईसकेपछि प्राय: पर्यटकहरू नुहाउने, धुने, भिडियो बनाउने, टिकटक बनाउने कार्यहरू गर्दछन् । यहाँबाट केही किमी यात्रा गरेपछि मैलुङ जलविद्युत आयोजना तथा त्रिशूली ३ A आयोजनास्थलहरूको अवलोकन गर्न सकिन्छ ।

      बेत्रावती-मैलुङ-स्याफ्रुबेंशी सडकमार्गमा पर्ने यो झरना वर्षौंदेखि यहाँबाट झरिरहेको भएपनि खासै चर्चामा आएको थिएन । स्थानीयहरूले तारे छाँगोको चिन्दै आएका यस झरनालाई बिस्तारै भाङ्गे झरना भन्न थालिएको हो । पछिल्लो समय बाहुबली झरनाको रूपमा पनि चिनिदै आएको छ ।  

      वर्षात्को समयमा मात्र झर्ने यो झरना तथा वरपर रहेका विभिन्न प्राकृतिक, सांस्कृतिक तथा ऐतिहाँसिक स्थलहरूको प्रचार-प्रसार गरेमा पक्कै पनि यहाँ वरपरका वस्तीहरू पर्यटकीय वस्तीको रूपमा आफ्नो परिचय बनाउन सक्छ ।