Posts

Showing posts with the label Historical Places

एकपटक पुग्नै पर्ने गन्तव्य-धैबुङ कालिका

Image
शैली खतिवडा   गोसाइँकुण्डको यात्रा गर्ने क्रममा कालिकामाईको दर्शन गर्नाले यात्रा सहज हुने र गोसाइँकुण्डबाट फर्कंदा कुण्डको जल कालिका मन्दिरमा चढाउँदा कालिका प्रसन्न भई भक्तजनले मागेको वरदान पाउने र दुःख–कष्ट नाश हुने विश्वास छ ।   कालिकामाई मन्दिर रसुवाको दक्षिणी भेगको कालिका गाउँपालिका–२ स्थित कालिका बजारनजिकै रहेको धार्मिक तथा पर्यटकीय गन्तव्य हो । यसलाइ धैबुङ कालिका पनि भन्दछन् । यहाँ बोका, कुखुरा, हाँस बलि दिने चलन पनि छ । मागेका कुरा पूरा हुने जनविश्वास रहिआएको छ । मन्दिरमा बडादसैँ तथा मुख्य चाडहरू र शनिबार धेरै भक्तजन पूजाआजा गर्न आउँछन् ।  गोसाइँकुण्डको यात्रा गर्ने क्रममा कालिकामाईको दर्शन गर्नाले यात्रा सहज हुने र गोसाइँकुण्डबाट फर्कंदा कुण्डको जल कालिका मन्दिरमा चढाउँदा कालिका प्रसन्न भई भक्तजनले मागेको वरदान पाउने र दुःख–कष्ट नाश हुने विश्वास छ । कालिका मन्दिर काठमाडौँबाट ९३ किलोमिटर सवारीसाधनको यात्रापछि पुग्न सकिन्छ । कालिका मन्दिर काठमाडौँबाट तीन वटा बाटो भएर पुग्न सकिन्छ कलंकी–नागढुङ्गा–गल्छी, टोखा–छहरे–सडक र बालाजु–माछापोखरी–ककनीको बाटो हुँदै पनि पुग्न सकि...

ऐतिहाँसिक पौवाघरको नाम निसाना मेटिँदै

Image
  यो पौवाघर संरक्षणको लागि राज्यका कुनै पनि निकायको ध्यान गएको देखिँदैन । यहाँ लहरै डाँडामा तीनवटा पौवाघर निर्माण गरी गोसाइँकुण्ड आउने जाने तीर्थालुलाई सातु सामलको प्रवन्ध गरिएसँगै यहाँको वस्तीको नामाकरण समेत् लहरै पौवा वा अपभ्रंश भई लहरेपौवा भएको हो । गौरीदेवीले निर्माण गरेको पौवाघरको पुरानो तस्वीर विषयसूचि पौवाघरको परिचय रसुवा जिल्ला, उत्तरगया-५, माझगाउँमा अवस्थित ऐतिहाँसिक पौवाघरको नाम निसाना मेटिँदै छ । संरक्षणको अभावमा जीर्ण बन्दै गएको उक्त पौवाघर २०७२ को भूकम्पसँगै नाम निसाना मेटिन लागेको हो । विभिन्न ऐतिहाँसिक तथ्य अनुसार यो पौवाघर पृथ्वीनारायण शाहले नेपाल एकीकरण गर्ने समयदेखि नै निर्माण भएको हो । युद्द जित्ने कामनासहित यहाँ धैबुङमा रहेका सिद्द योगी अगस्तीबाट खड्गसिद्दि प्राप्त गरेवापत पृथ्वीनारायण शाहले अगस्तीलाई बेत्रावतीदेखि माथिको धैबुङ गाउँ सदावर्त गुठीको रूपमा बिर्ता दिएका थिए । उनै सिद्द योगीले आफ्नो धर्म चेली गौरादेवीलाई कुश बिर्ताको रूपमा दिएका थिए । बेत्रावतीमा राममन्दिर निर्माण गरी नियमित पूजाआजा चलाउने र बेत्र...

ऐतिहाँसिक तर अवशेष नरहेको धैबुङ कोतघर

Image
भग्नावशेष नरहे पनि यहाँ थियो है भनेर देखाउन वा यसको महत्व स्थापित गर्न सामान्य रूपमा भए पनि सूचना केन्द्र वा संग्रहालय जस्तो वा प्रतिमा वा साइन बोर्ड मात्रैको भनेपनि व्यवस्था गर्न सके पक्कै पनि यहाँको पर्यटकीय विकासमा सहयोग पुग्नेछ । नेपाल-चीन युद्द हुँदा युद्द व्यवस्थापनका लागि बनाईएको कोतघर अवशेष वा भग्नावशेष विहीन बनेको छ । पासाङल्हामु राजमार्ग कालिकास्थान, च्यूरी बोट नजिकै जस्ताघरेको घर रहेको स्थानमा धैबुङ कोतघर थियो भनिएको छ । गोसाइँकुण्ड आउने-जाने तीर्थालुलाई सेवा दिनका लागि समेत् निर्माण भएको यही कोत घरको नामबाट यहाँको वस्तीको नामाकरण समेत् धैबुङकोत वा धैबुङकोट रहन गएको हो । भग्नावशेष नरहे पनि यहाँ थियो है भनेर देखाउन वा यसको महत्व स्थापित गर्न सामान्य रूपमा भए पनि सूचना केन्द्र वा संग्रहालय जस्तो वा प्रतिमा वा साइन बोर्ड मात्रैको भनेपनि व्यवस्था गर्न सके पक्कै पनि यहाँको पर्यटकीय विकासमा सहयोग पुग्नेछ ।

ऐतिहाँसिक स्थल : घलेगढी

Image
नेपाल-चीन युद्दका बेलामा पुर्खाहरूद्वारा लडाई लड्नका लागि बनाईएको गढी हो यो । घले राजाद्वारा शासित क्षेत्र हुनाले पनि यस गढीको नामाकरण घलेगढी भएको हो । यहाँ वरपर विभिन्न ऐतिहाँसिक स्थलहरू रहेका छन्   । केही माथि कमारेगढी, पूर्वपट्टि धैबुङ कोतघर (अवशेष नरहेको)  कालिका मन्दिर  तथा बेत्रावतीमा  उत्तरगयाधाम  रहेको छ । रसुवा जिल्लाको दक्षिणी क्षेत्र उत्तरगया गाउँपालिका -४ मा अवस्थित घलेगढी एक महत्वपूर्ण ऐतिहाँसिक स्थल हो । नेपाल-चीन युद्दका बेलामा पुर्खाहरूद्वारा लडाई लड्नका लागि बनाईएको गढी हो यो । घले राजाद्वारा शासित क्षेत्र हुनाले पनि यस गढीको नामाकरण घलेगढी भएको हो ।   यहाँ नेपाल-चीन युद्दका समयमा बर्षेका तोपहरू डोब र घले राजाका दरबारका भग्नावशेषहरू देख्न पाईन्छ । ऐतिहाँसिक रूपमा खासै उल्लेख नभएको यस घलेगढीबाट विभिन्न दृश्यावलोकन गर्न सकिन्छ । पछिल्लो समयमा चर्चामा रहेको भाङ्गे झरना , रसुवाका डाँडागाउँ , ठूलोगाउँ , नुवाकोटको मनकामना (अर्चले) , गोगने , किस्पाङ , सातदबाटो , फिकुरी , तादी , गणेश हिमाल , वरपरका वस्तीहरूको मनोरम दृश्यावलोकन गर्न पा...

ओझेलमा मालागढी

Image
रसुवा जिल्लाको थुमन अर्थात् गोसाइँकुण्ड गाउँपालिका-१ मा रहेको मालागढी नेपाल-चीन प्रवेश गर्ने दोस्रो नाकाको रूपमा रहेको छ । पैदल पदमार्ग मात्र रहेको यस नाकामा सुरक्षालगायतका व्यवस्था नभएका कारण पनि यो नाका ओझेलमा परेको हो । नेपालकी विभूति भृकुटी (लिच्छबी शासक अंशुबर्माकी छोरी) चीनका शासक स्रोङचोङ गोम्पोसँग विवाह गरेपछि यहीबाटोबाट पहिलोपटक तिब्बत प्रस्थान गरेको भन्ने ऐतिहाँसिक तथ्यहरु रहेका छन् ।  tab level 0 tab level 1 tab level 2

जंगबहादुरको बीरताको चिनो : रसुवा/रासोवागढी

Image
यो रसुवागढी नाका वा गढी चीन-भारत जोड्ने नेपालको सबैभन्दा छोटो नाकाको रूपमा पनि परिचित छ । यो गढीमा श्री ३ भईसकेका जङबहादुर राणा पनि आफैं हातहतियारसहित यहाँ युद्द लडेका थिए । रसुवागढीको पुरानो तस्वीर  जङ्गबहादुर राणाको पालामा निर्माण भएको रसुवागढी नाका डेढ शताब्दि पुरानोr ऐतिहाँसिक धरोहर हो । तेस्रोपटक भएको नेपाल-चीन युद्दपश्चात् थापाथली सन्धी पछि निर्माण भएको यो गढी रसुवा-चीनको सिमाना, गोसाइँकुण्ड गाउँपालिका-२, खम्पाटारमा पर्दछ । लाङटाङ राष्ट्रिय निकुञ्ज क्षेत्रभित्र अवस्थित बि.सं १९१२ सालमा निर्माण भएको यही नाकाको नामबाट रसुवा जिल्लाको नामाकरण भएको हो । तिब्बतीयन भाषामा रासोवा भनिदै आएको यस जिल्लाको अपभ्रम्शित रूप रसुवा हो ।  'रा'  को अर्थ 'भेडाच्याङ्ग्रा' र  'सोवा'  को अर्थ 'चराउने वा राख्ने ठाउँ' भन्ने बुझिन्छ । बाँयातर्फ केरूङ र दाँयात्रफबाट आएको लिङ्देखोलाको दोभान अर्थात् संगम रहेको यस स्थान ऐतिहाँसिकसहित पर्यटकीय, सांस्कृतिक तथा आर्थिकनाकाको रूपमा पनि परिचित छ यो गढी वा नाका । गढी निर्माण हुँदा यहाँ मुख्यतः ३ गढीहरू रहेका थिए । एउटा फौजीका लागि दोस...

धार्मिक आस्थाको धरोहर : गोसाइँकुण्ड

Image
यो कुण्डको उत्पत्तिको कथा हिन्दु र बौद्द धर्ममा भिन्नाभिन्नै रहेको छ । दुवै धर्मअनुसार शिवजीले नै सिर्जना गरेका हुन् भनिएको छ । गोसाइँकुण्ड र भैरवकुण्ड । फोटो स्रोत :  Wiki Media Commons  यसभित्र गोसाइँकुण्डको परिचय वैदिक युगदेखि ऐतिहाँसिक पोखरी वा ताल हो गोसाइँकुण्ड । धार्मिक आस्थाको धरोहर र पर्यटकीय गन्तव्य पनि हो यो कुण्ड तथा वरपरका क्षेत्रहरू । सांस्कृतिक र प्राकृतिक छटाले परिपूर्ण छ यो क्षेत्र । पवित्र त्रिशूली नदीको उद्गमस्थल पनि हो यो कुण्ड । 'गो' गाई र 'स्वामी' मालिक अर्थात् संस्कृतको 'गोस्वामी' शब्द जनजिब्रोले बोल्दै जाँदा अपभ्रम्श भई 'गोसाइँकुण्ड' भएको हो । गोस्वामी अर्थ धेरै गाई हुने व्यक्ति भन्ने बुझिन्छ । त्यस्तै 'गो' शब्दले 'इन्द्रिय' भन्ने पनि बुझाउँदछ, स्वामी भन्नाले जितेन्द्रिय भन्ने बुझिन्छ । देवता वा ठूला ऋषिहरू इन्द्रियजयीहरूमा पर्दछन् भने सबैभन्दा श्रेष्ठ जितेन्द्रिय भगवान शिव हुन् । संक्षिप्त जानकारी कुण्डको नाम : ...