ताजा खबर
Loading...
'यही हो हाम्रो रसुवा' को सूचनामूलक यस साइटमा तपाईको वरपरको महत्वपूर्ण स्थल, सम्पदा आदिको बारेमा प्रचार गरी आन्तरिक पर्यटन विकासमा सहयोग पुर्‌याउन त्यस्ता सामग्रीहरू हामीलाई पठाउनु होला । हामी तपाईका सामग्रीलाई प्रकाशन गर्नेछौं । Email : paudelprem@gmail.com (9843508470 Whatsapp)
Showing posts with label Blood Donations. Show all posts
Showing posts with label Blood Donations. Show all posts

Wednesday, October 21, 2026

राष्ट्रिय “रक्तसम्राट” कर्माचार्यको १८८औँ पटकको रक्तदान रोल्पाको लिवाङ्गमा

 

नेपालका सर्वाधिक स्वयंसेवी शतक रक्तदाता तथा ‘राष्ट्रिय रक्त सम्राट’का रूपमा परिचित नेपाल स्वयंसेवी रक्तदाता समाजका केन्द्रीय अध्यक्ष प्रेमसागर कर्माचार्यले रोल्पाको लिवाङमा १८८औँ पटक रक्तदान गरे । 

रक्तदानमार्फत समाजमा स्वयंसेवी रक्तदानको सन्देश प्रवाह गर्दै आएका कर्माचार्यले १८ वर्ष उमेर पूरा भएका तथा कम्तीमा ४५ केजी तौल भएका स्वस्थ युवायुवतीलाई रक्तदानका लागि उत्प्रेरित गर्ने उद्देश्यले  देशका विभिन्न जिल्लामा पुगेर स्वयं रक्तदान गर्दै आएका छन् । 

कर्णाली तथा लुम्बिनी प्रदेशका पहाडी जिल्लाहरूमा समेत रक्तदान अभियानलाई प्रोत्साहन गर्दै आएका  कर्माचार्यले यसअघि मुगु, जुम्ला, जाजरकोट र सुर्खेत लगायतका जिल्लामा रक्तदान गरिसकेका छन् । त्यस्तै उनले रसुवा, सिन्धुपाल्चोक, गोरखा, बाजुरा, डडेल्धुरा, नुवाकोट, स्याङ्जा, बाँके, कञ्चनपुरलगायत देशका विभिन्न जिल्लामा पुगेर रक्तदान गरेका छन् ।

अध्यक्ष  कर्माचार्यले रक्तदानलाई केवल रक्तदान केन्द्र वा शहरमा सीमित नराखी दुर्गम तथा पहाडी जिल्लासम्म पुगेर स्थानीय युवापुस्तालाई स्वयंसेवी रक्तदानमा जोड्ने अभियान सञ्चालन गर्दै आउनुभएको छ । उनको अभियानले ‘रक्तदान जीवनदान हो’ भन्ने सन्देशसँगै स्वस्थ व्यक्तिले नियमित रूपमा रक्तदान गर्न सक्छ भन्ने जनचेतना फैलाउन सहयोग पुर्‍याउँदै आएको छ ।

रक्तको अभावका कारण कुनै पनि बिरामीले ज्यान गुमाउन नपरोस् भन्ने उद्देश्यले कर्माचार्यले लामो समयदेखि स्वयंसेवी रक्तदाता अभियानमा सक्रिय भूमिका निर्वाह गर्दै आउनुभएको छ । उहाँले विभिन्न जिल्लामा पुगेर रक्तदान गर्नुका साथै स्थानीय युवायुवतीलाई नियमित रक्तदानमा सहभागी हुनसमेत आह्वान गर्दै आएका छन् ।

लिवाङमा गरिएको १८८औँ रक्तदानसँगै कर्माचार्यले देशका विभिन्न भूगोलमा पुगेर स्वयं रक्तदान गर्ने आफ्नो अभियानलाई निरन्तरता दिएका छन् ।

Saturday, October 11, 2025

एक सय ८४ औं पटक रक्तदान गर्ने सतक रक्तदाता प्रेमसागर रसुवामा सम्मानीत


रसुवा, नेपालका सर्वाधिक स्वयंसेवी शतक रक्तदाता एवं नेपाल स्वयंसेवी रक्तदाता समाजका केन्द्रीय अध्यक्ष प्रेमसागर कर्माचार्यले कालिका गाउँपालिका–२ मा ०८२ असाेज २५ गते १८४औं पटकको रक्तदान गरे ।  

नेपाल स्वयंसेवी रक्तदाता समाज रसुवा शाखा र कालिका हिमालय एसएलसी २०५६ व्याचकाे संयुक्त रुपमा शनिबार आयोजित ७ औं रक्तदान कार्यक्रममा सर्वाधिक स्वयंसेवी शतक रक्तदाता कर्माचार्यले १८४औं पटकको रक्तदान गरेका हुन् । 

कार्यक्रममा कर्माचार्यलाई जिल्लावासी तथा कालिका गाउँपालिकाले पनि छुट्टछुट्टै सम्मान पत्र प्रदान गरे । प्रमुख अथिति रसुवा नागरिक समाजका अध्यक्ष तथा नेपाल रेडक्रस साेसाइटीका सभापति बाबुलाल तामाङ, कालिका गाउँपालिका अध्यक्ष हरिकृष्ण देवकोटा, जनस्वास्थ्य प्रमुख झमप्रसाद आचार्यलगायका जनप्रतिनिधि तथा स्थानीयले  उनलाइ दोसल्ला तथा सम्मानपत्र प्रदान गरेर सम्मान गरेका थिए । 

सम्मान ग्रहण गर्दै कर्माचार्यले याे सम्मानले अभियानमा अझै बढी लाग्ने र रक्तदानका क्षेत्रमा काम गर्न जिम्मेवारी थपिएको महसुस गरेको बताए । 

सर्वाधिक स्वयंसेवी शतक रक्तदाता कर्माचार्यललाइ देशब्यापी रूपमा रक्तदान अभियान सञ्चालन गरेकाे भन्दै कालिका गाउँपािलकाले सम्मानपत्र तथा दाेसल्लाले सम्मान गरेका थिए । रक्तदान आयोजक दुवै संस्था तथाले रसुवामा याे अभियानलाइ जाेड्ने कार्यमा कर्माचार्यले र संस्थापक जिल्ला अध्यक्ष प्रमिला लामाकाे पनि याेगदान रहेकाे चर्चा गरियाे । कर्माचार्य नेपालका रेकर्डेट रक्तदातामा हालसम्मका धेरै पटक रक्तदान गर्ने हुन् ।

नेपाल स्वयंसेवी रक्तदाता समाज रसुवा शाखा र कालिका हिमालय एसएलसी २०५६ व्याचले नियमित रूपमा ७ औं पटक रक्तदान आयोजना गरेक हुन् । 

जिल्लाका बिभिन्न स्थानबाट आएर ८६ जनाले रक्तदान गरी ८६ पिन्ट रगत संकलन गरिएको रक्तदाता समाज रसुवाका अध्यक्ष रामशरण गजुरेलले बताए । संकलन भएको रगत केन्द्रीय रक्तसञ्चार केन्द्रमा पठाइएको छ । 











Saturday, June 14, 2025

रसुवाकाे उत्तरगयामा ८२ जनाले गरे रक्तदान



रसुवा, २२औं विश्व रक्तदाता दिवसकाे अवसरमा उत्तरगया गाउँपालिका, नेपाल स्वयंसेवी रक्तदाता समाज रसुवा शाखा र कालिका हिमालय एसएलसी २०५६ ब्याचको आयोजनामा भएको खुल्ला रक्तदान कार्यक्रममा ८२ जनाले रक्तदान गरेका छन् । 

प्रमुख अतिथि जिल्ला समन्वय समिति रसुवामा प्रमुख अशाेक कुमार घिमिरेले पहिलाे रक्तदाता उत्तरगया गाउँपालिका अध्यक्ष माधब प्रसाद अर्याललाइ ब्लड ब्याग हस्तान्तरण गरेर कार्यक्रमकाे उद्घाटन भयाे । 


उत्तरगया गाउँपालिका अध्यक्ष माधब प्रसाद अर्यालकाे अध्यक्षतामा भएकाे कार्यक्रममा नेपाल स्वयंसेवी रक्तदाता समाज रसुवा शाखाका अध्यक्ष रामशरण गजुरेल , कालिका हिमालय एसएलसी २०५६ ब्याचका अध्यक्ष रामप्रसाद ढकाल, मिडिया पार्टनर रेडियाे लाङटाङका गीता न्याैपाने, उत्तरगया गाउँपािलका ५ का वडाअध्यक्ष यमनाथ आचार्य, उपाध्यक्ष चमेली गुरूङ नेपाल रेडक्रस साेसाइटी रसुवा शाखाका सभापति बाबुलाल तामाङलगायत सहभागि थिए । 

साे अवसरमा जनस्वास्थ्य कार्यालयले रक्तदाता सम्मान कार्यक्रम गरेकाे छ । जनस्वास्थ्य प्रमुख झम प्रसाद आचार्यले मानव जीवनमा  महत्वपूर्ण काम रक्तदान भएकाेले रक्तदान गर्ने ८२ जना रक्तदाताहरूलाइ सम्मान गरिएकाे बताए । कार्यक्रममा स्वास्थ्यकर्मी, समाजसेवी, स्थानीयकाे उत्साहजनक सहभागिता रहेकाे थियाे । 







Monday, June 9, 2025

विस्व रक्तदाता दिवसमा खुला रक्तदान कार्यक्रम हुने

 
रसुवा, उत्तरगया गाउँपालिका, नेपाल स्वयंसेवी रक्तदाता समाज रसुवा र कालिका हिमालय एस्.एल्.सी.२०५६ ब्याच, कालिका–२, रसुवाको संयुक्त आयोजनामा जेठ ३१ गते उत्तरगया गाउँपालिका बेत्रावतीमा रक्तदान हुने भएकाे छ । 

रसुवामा नियमित हुन लागेकाे याे छैठाैं रक्तदान कार्यक्रम हाे । अस्पतालमा उपचाररत बिरामीलाइ रगत अभावले अकाल मृत्यूबाट बचाउन समय समयमा रक्तदान गराउन थालिएकाे हाे । 

त्यस दिन जनस्वास्थ्य कार्यालयले रक्तदाता सम्मान कार्यक्रम पनि आयोजना गरेकाे छ । रक्तदान गर्न इच्छुक सवैलाइ सहभागी हुन आयोजना सूचना जारी गरेकाे छ ।