'यही हो हाम्रो रसुवा' को सूचनामूलक यस साइटमा तपाईको वरपरको महत्वपूर्ण स्थल, सम्पदा आदिको बारेमा प्रचार गरी आन्तरिक पर्यटन विकासमा सहयोग पुर्‌याउन त्यस्ता सामग्रीहरू हामीलाई पठाउनु होला । हामी तपाईका सामग्रीलाई प्रकाशन गर्नेछौं । Email : paudelprem@gmail.com (9843508470 Whatsapp)

रसुवा चिनाउँदै 'जाँउ घुम्न रसुवा'

साउन २४, रसुवा । लोकगायक रेशम थापा, रामकुमार देवकोटा र पार्वतीको कार्कीको स्वरमा रहेको गीत 'जाँउ घुम्न रसुवा' सार्वजनिक भएको छ । शब्द तथा लय गायकद्वय रेशम थापा र रामकुमार देवकोटा रहेको छ भने रामकुमार देवकोटा र भीम बगालेको संगीत रहेको छ । रेशम थापाको अफिसियल युट्युब च्यानलबाट २३ जुन २०२३ मा सार्वजनिक भएको हो ।

 


 

राम्री भेंटे मन् छैन गुमाउन

सँगै लान्छु हे कान्छी ! रसुवा घुमाउन ।

 

यही गीतबाट सुरू भएको 'जाँउ घुम्न रसुवा' का गीतका टुक्काहरू टिकटक पनि बनिरहेका छन् । 

राष्ट्रिय संगीतकर्मी संघ कालिका गाउँपालिका समितिको प्रस्तुती रहेको सो गीतमा भीम बगाले, दावा फिन्जो तामाङ, श्याम माया गुरुङ (तामाङ) र दीक्षा घिमिरेको अभिनय म्युजिक भिडियोमा अभिनय रहेको छ ।

उत्तरगया कालिका दर्शन

जुरेढुङ्गा हे कान्छी ! घुम्नलाई छ मन  ।


रामकुमार देवकोटाले यसअघि पनि २ वटा गीत बजारमा ल्याएका थिए । पहिलो 'पीर पर्छ साह्रै यो मनमा' र दोस्रो 'देउराली पाखैमा' । पहिलो रिल एल्बम भएकोले अहिले सुन्न भने पाईदैन । दोस्रो 'देउराली पाखैमा युट्युबमा हेर्न पाईन्छ ।


रामकुमार देवकोटाले गायका प्रत्यक्ष दोहोरी तथा गीतहरू सुन्न तपाईहरू यहाँ जानुहोस्




Share on Google Plus

About This is Our Rasuwa

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.
    Site Comment
    Facebook Comment

0 Comments :

Post a Comment

• Articles • Book Introduction • Culture • Bhajan • Songs /Music