ताजा खबर
Loading...
'यही हो हाम्रो रसुवा' को सूचनामूलक यस साइटमा तपाईको वरपरको महत्वपूर्ण स्थल, सम्पदा आदिको बारेमा प्रचार गरी आन्तरिक पर्यटन विकासमा सहयोग पुर्‌याउन त्यस्ता सामग्रीहरू हामीलाई पठाउनु होला । हामी तपाईका सामग्रीलाई प्रकाशन गर्नेछौं । Email : paudelprem@gmail.com (9843508470 Whatsapp)
Showing posts with label Tamang Related. Show all posts
Showing posts with label Tamang Related. Show all posts

Friday, May 10, 2024

लुङ्तरबारे जानकारी

लुङ्तरबारे जानकारी


बौद्द धर्ममार्गी विशेष गरी तामाङहरूले गुम्बा, माने, छुर्तेन, घरअगाडि वा मठमन्दिरमा टाँग्ने ध्वजापताकालाई लुङ्तर भनिन्छ । नेपाली भाषामा 'तोरण' भन्न मिल्छ । तामाङ समुदायमा लुङ्तर एउटा पहिचानको रूपमा स्थापित भएको छ ।

स्रोत : निमा ब्लग 

     

    लुङ्तर टाङ्ने प्रचलनको शुरुवात :

    बुद्धले बुद्धत्व प्राप्त गरेपछि धर्मप्रचार गर्न देवलोकमा पुग्दा देवताहरू र असुर बीचको लडाइमा देवताहरू पराजित भएपछि बुद्धले ल्हयी ओङ्बु ग्याचेन (इन्द्र भगवान) मार्फत दिनुभएको ग्याल्जेन चेमु (विजय शक्ति मन्त्र) प्रचार भएपछि देवताहरूले विजय प्राप्त गरेकाले त्यसबेलादेखि ग्याल्जेन चेमु मन्त्र लेखिएको लुङ्तर टाङ्ने प्रचलन शुरु भएको मानिन्छ ।

     

    लुङ्तरको पाँच रंगको अर्थ 

    पञ्चबुद्ध (ग्याल्वा रिङा) को रङ हो । जसअनुसार :

    १) सेतो : भैरोचना बुद्ध (नम्बर नाङजे)

    २) निलो : अक्षोभ्य बुद्ध (दोर्जे सेम्बा)

    ३) पहेंलो : रत्न सम्भव बुद्ध (रिङछेन जङदेन)

    ४) रातो : अमिताभ बुद्ध (नाङवाङ थाये)

    ५)  हरियो : अमोदसिद्धि बुद्ध (तोन योत ठुप्पी)

     

    गणितीय ज्योतिष विद्याको आधारमा लुङ्तरमा पाइने पाँच रङलाई धातुको रङ मानिन्छ । जसअनुसार :

    १) सेतो : फलाम

    २) नीलो : पानी

    ३) पहेंलो : माटो

    ४) रातो : आगो

    ५) हरियो : काठ

     

    लुङ्तरमा पाइने पाँच रंगले प्रकृतिका पाँच वस्तुलाई पनि जनाउँदछ । जसअनुसार :

    १) निलो : आकाश

    २) सेतो : बादल,

    ३) रातो : आगो,

    ४) हरियो : पानी,

    ५) पहेंलो : धर्ती

     


    लुङ्तरको प्रकार :

    १) शान्तिको ध्वजा (लुङ्तर) सेतो : कु-लक्षण (बाधा अड्चन ) निर्मुल, शान्ति पार्नको निमित्त लगाईन्छ।

    २) बिस्तारको ध्वाजा पहेँलो : आयु सौभाग्य,एश्वर्य,कीर्ति (ख्याती)बिस्तारको निमित्त लगाईन्छ।

    ३) अधिकारको ध्वजा रातो : सुर (देवता) मृतहङ्श र मनुष्यदि आफ्नो वश (अधीन) मा पार्नको निमित्त लगाईन्छ

     

    ताकेको आटेको कार्यादी चिताए अनुसार सिद्ध हुन र लडाइँ - झगडा,दुर्घटना शोक द्वारा मुक्त हुनको निमित्त लुङतर फर्याउछ  । सम्पर्ण प्राणी जगतमा शान्तिको कामनाको लागि लुङ्तर टाँङ्ने गरिन्छ । लुङ्तरलाई कुनैबेला पनि खुल्चिनु टेक्नु हुँदैन ।

     

    लुङ्तर टाङ्नु अगाडि लुङ्तरलाई धर्मगुरुबाट अभिषेक (रब्ने) गरिन्छ ।

    Sunday, August 6, 2023

    तामाङ जातिको विवाह संस्कार, उत्पन्न भ्रम, विवाद र वास्तविकता

    फुपुचेला-मामाचेली विवाह संस्कार वा पद्धति

     @ सरोजमोहन लामा

    खासमा विवाह पूर्व पनि यौन सम्बन्ध त हुने गर्दथ्यो नै तर विवाह भित्र यौन सम्बन्धसन्तान उत्पादन र सृष्टि वा वंशलाई निरन्तरता दिने कार्यलाई नै अत्यावश्यक चीजमा स्वीकारेको पाइयो । यसलाई व्यवस्थित गर्नका लागि भने अनेक परम्पराहरूप्रचलनरीतिथितिसंस्कार संस्कृति र नीति नियम कानुन विकसित बन्न पुगे । यस्ता परम्पराहरू जातिधर्मक्षेत्रस्थान अनुसार पनि फरक फरक ढङ्गले विकसित बन्न पुगेका छन् ।


        विगत केही दिन अघि प्राइम टेलिभिजनमा प्रसारित चिया गफ टक शोमा शितलभनिने अधिवक्ता भगवती पाण्डेले तामाङ, मगर लगायत आदिवासी जनजाति समुदायको प्रथाजनित विवाह संस्कार वा पद्धतिको अभ्यासप्रति गलत ढङ्गले व्याख्या गर्नुको साथै आनुवंशिक रूपमा नै समस्त समुदायलाई अपराधीकरण गर्ने र मान्छेलाई जनावरसँग तुलना गर्ने गरी दिएको कपोलकल्पित, भ्रामक र तथ्यहीन अभिव्यक्ति पश्चात् तामाङ जातिमा विशेष त फूपुचेलामामाचेली विवाह संस्कार वा पद्धति बारे बहस र विवादहरू भइरहेका छन् ।

    त्यति मात्रै होइनन् मुलुकमा त्यो विषयले अहिले कतिपय राज्य संयन्त्रमा प्रायः हिंस्रक जनवारहरूले मात्रै पो नेतृत्व गरिरहेका छन् कि क्या हो जस्तो भान पीडित समुदायलाई भइरहेका छन् । राजनीतिक तथा सामाजिक माहौल तातिरहेको छ, अशान्ति हुँदै गइरहेका छन् । सर्वप्रथम त उनीले समयमा नै उक्त गलत भनाई बोलेकोमा माफी माग्नुपर्थ्यो तर त्यो गरिएन । जब सो समुदायहरूले कानुन बमोजिम मुद्दा दर्ता गरे त्यसपछि उनीले ढिलो गर्दै शब्दमा कन्जुस्याइँ गरेर गल्तीको महसुस गरे । तत्पश्चात् राज्य संयन्त्रले उनीलाई तत्काल पक्राउ गर्न ढिला गरे ।