ताजा खबर
Loading...
'यही हो हाम्रो रसुवा' को सूचनामूलक यस साइटमा तपाईको वरपरको महत्वपूर्ण स्थल, सम्पदा आदिको बारेमा प्रचार गरी आन्तरिक पर्यटन विकासमा सहयोग पुर्‌याउन त्यस्ता सामग्रीहरू हामीलाई पठाउनु होला । हामी तपाईका सामग्रीलाई प्रकाशन गर्नेछौं । Email : paudelprem@gmail.com (9843508470 Whatsapp)
Showing posts with label Aamachhodingmo Important Places. Show all posts
Showing posts with label Aamachhodingmo Important Places. Show all posts

Tuesday, July 28, 2026

वनमा ड्रोनमार्फत वनमा बीउ छर्न सुरु


रसुवा, लामो समयदेखि कुनै बिरुवा नउम्रेपछि सामुदायिक वनमा हरियाली बनाउन वनस्पत्ति र घाँसका बीउ छर्ने कार्य सुरु गरिएको छ ।

२०६५ सालमा डढेलोबाट उजाड बनेको वन क्षेत्रलाई पुनः हरियाली बनाउने उद्देश्यले आमाछोदिङ्मो गाउँपालिका–३ गतलाङ स्थित ज्यार्सा गोठिन सामुदायिक वनमा ड्रोनमार्फत बीउ छर्न सुरु गरिएको हो । 

सामुदायिक वन समुहको सक्रियता तथा डिभिजन वन कार्यालय आयोजनामा १०० केजी बीउ छर्ने लक्ष्य राखिएको छ । प्रतिकूल मौसमका कारणले पहिलो दिन २० केजी बीउ मात्र छर्न सकिएको डिभिजन वन कार्यालयले जनाएको छ ।

डिभिजन वन कार्यालय रसुवाका प्रमुख शम्भु तामाङका अनुसार स्थानीय हावापानीअनुकूल सल्लो, धुपी लगायतका वनस्पतिका बीउसँगै राई घाँस र ह्वाइट क्लोभरजस्ता घाँसका बीउ पनि मिसाएर छरिएको छ । लामो समयदेखि डढेलोलो कालो बनेको वन पुनस्र्थापनासँगै खर्क व्यवस्थापनलाई समेत प्रभावकारी बनाउने उद्देश्यले वनस्पति र घाँस दुवैका बीउ छरेको तामाङले बताए । 

विसं २०६५ मा भीषण डढेलोका कारण यस क्षेत्रमा झण्डै साढे ४ सय हेक्टर वन उजाड बनेको थियो । त्यहाँ रहेका सल्ला, लालीगुराँस, धुपी, खस्रुलगायत हजारौँ ठूला रुखहरू तथा विभिन्न वनस्पति नष्ट भएका थिए । दुर्गम भौगोलिक अवस्था र कठिन भू–भागका कारण परम्परागत रूपमा बिरुवा रोप्न चुनौती भएपछि ड्रोन प्रविधिको प्रयोग गरिएको हो । 

डढेलोबाट प्रभावित ४ सय ५५ हेक्टर क्षेत्रमध्ये पहिलो चरणमा ३० हेक्टर जमिनमा बीउ छर्ने योजना रहेको छ । यो अभियान लगातार तीन वर्षसम्म सञ्चालन गरिने वन कार्यालयले जनाएको छ । यस अघि रोपिएका विरुवा खुल्ला चरिचरण भएकोले चौरीले खाने ड्रोनबाट बीउ छर्न लागिएको हो स्थानीय फुर्पु तामाङले बताए । 

त्रिभुवन विश्वविद्यालय वन विज्ञान अध्ययन संस्थानका प्राध्यापक राजेश राईले ड्रोन प्रविधिबाट बीउ छर्दा समय, श्रम र लागत पनि बचत हुने बताए । “डढेलोपछि माटोको उमार शक्ति कमजोर हुने भएकाले बीउमा आवश्यक पोषक तत्वसमेत मिसाएर छरिएको छ । यसले बिरुवा उम्रने सम्भावना बढाउँछ,” उनले भने ।

अभियानमा त्रिभुवन विश्वविद्यालय वन विज्ञान अध्ययन संस्थान र वन तथा भू–संरक्षण विभागको प्राविधिक सहयोग रहेको छ । डढेलोबाट १६ हजारभन्दा बढी सल्ला तथा अन्य बहुमूल्य प्रजातिका ठूला रुख नष्ट भएको डिभिजन वन कार्यालय रसुवाका सन्तोष तिम्सिनाले बताए ।   

अघि पुनःस्थापनाअन्तर्गत ३० हजार भन्दा बढी बिरुवा रोपिएको छ भने ती बिरुवाको संरक्षणका लागि तारबारसमेत गरिएको छ । ड्रोनमार्फत बीउ छर्ने यो नवीन अभ्यासले डढेलो प्रभावित सामुदायिक वन क्षेत्रको पुनःस्थापनामा नयाँ सम्भावना सिर्जना गर्ने अपेक्षा गरिएको जार्सागोठेन सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष निमासाङजे तामाङले बताए । डढेलाेले जलेर कालो भएको वनमा पुन हरियाली बढाएर पर्यापर्यटन तथा अन्य सम्भावना रहेको तामाङ बताउछन् । 





Monday, July 27, 2026

साङजेन हिमालको काखमा अवस्थित डिल्पु कुण्ड

 


डिल्पु कुण्ड (Dilpu Kund) परिचय

रसुवा, डिल्पु कुण्ड रसुवा जिल्लाको आमाछोदिङ्मो गाउँपालिका अन्तर्गत साङजेन (Sanjen) हिमालको काखमा अवस्थित एउटा प्राकृतिक हिमाली कुण्ड हो। यो कुण्ड हालसम्म गोसाइँकुण्ड वा पार्वतीकुण्डजस्तो व्यापक रूपमा प्रचारित नभए पनि प्राकृतिक सौन्दर्य, शान्त वातावरण र धार्मिक–पर्यटकीय सम्भावनाका कारण विशेष महत्व राख्छ। स्थानीय सञ्चारमाध्यमहरूले यसलाई "पर्यटकको पर्खाइमा रहेको रहस्यमय कुण्ड" भनेर उल्लेख गरेका छन्।

अवस्थिति

  • जिल्ला: रसुवा
  • गाउँपालिका: आमाछोदिङ्मो गाउँपालिका
  • क्षेत्र: साङजेन हिमाल आसपास
  • प्राकृतिक विशेषता

    • हिमाली स्रोतबाट भरिने स्वच्छ र चिसो पानीको प्राकृतिक कुण्ड।
    • वरिपरि अल्पाइन घाँसे मैदान, चट्टानी भूभाग र हिमाली वनस्पति पाइन्छ।
    • मौसम सफा हुँदा वरपरका हिमशृङ्खलाको सुन्दर दृश्य देख्न सकिन्छ।
    • गर्मीयाममा दुर्लभ हिमाली फूलहरू फुल्ने भएकाले प्रकृतिप्रेमीका लागि आकर्षक गन्तव्य हो।

    धार्मिक तथा सांस्कृतिक महत्व

    स्थानीय तामाङ समुदायले डिल्पु कुण्डलाई पवित्र स्थलका रूपमा सम्मान गर्ने परम्परा रहेको बताइन्छ। केही स्थानीयले विशेष अवसरमा पूजा तथा धार्मिक अनुष्ठान गर्ने चलन रहेको उल्लेख गर्छन्, यद्यपि यसको लिखित ऐतिहासिक अभिलेख सीमित छ।

    पुग्ने सम्भावित मार्ग

    सामान्यतया यात्रा यसरी गरिन्छ:

    • काठमाडौं → धुन्चे
    • धुन्चे → चिलिमे
    • चिलिमेबाट स्थानीय पदमार्ग हुँदै साङजेन क्षेत्र
    • त्यसपछि पदयात्राबाट डिल्पु कुण्ड

    मार्ग मौसम, स्थानीय बाटो र अनुमति व्यवस्थाअनुसार फरक हुन सक्छ। स्थानीय गाइड लिएर जानु उपयुक्त हुन्छ।

    घुम्न उपयुक्त समय

    • वैशाख–जेठ (अप्रिल–मे)
    • असोज–कात्तिक (अक्टोबर–नोभेम्बर)

    यी समयमा मौसम प्रायः सफा हुने भएकाले हिमाल र कुण्डको दृश्य राम्रो देखिन्छ।

    चुनौतीहरू

    • पर्याप्त पर्यटकीय पूर्वाधारको अभाव
    • स्पष्ट संकेत बोर्ड र पदमार्ग व्यवस्थापन आवश्यक
    • प्रचारप्रसार कम भएकाले धेरैलाई जानकारी छैन
    • संरक्षण तथा फोहोर व्यवस्थापनमा ध्यान आवश्यक

    पर्यटनको सम्भावना

    डिल्पु कुण्डलाई पार्वतीकुण्ड, साङजेन क्षेत्र र आमाछोदिङ्मोका अन्य प्राकृतिक तथा सांस्कृतिक गन्तव्यसँग जोडेर विकास गर्न सके रसुवाको नयाँ आकर्षक पदयात्रा गन्तव्य बन्न सक्ने सम्भावना देखिन्छ। 



पहिलो पटक ड्रोनबाट वनस्पति र घाँसका बीउ छरियो


रसुवा, पहिलो पटक ड्रोनमार्फत आमाछोदिङ्मो गाउँपालिका–३ काे सामुदायिक वनमा वनस्पति र घाँसका बीउ छर्ने कार्य सुरु गरिएको छ ।

डढेलोबाट उजाड बनेको वन क्षेत्रलाई पुनः हरियाली बनाउने उद्देश्यले सोमबार आमाछोदिङ्मो गाउँपालिका–३ गतलाङ गाउँमाथिको ज्यार्सा गोठिन सामुदायिक वनमा ड्रोनमार्फत बीउ छरिएको हो ।

सामुदायिक वनको सक्रियता तथा डिभिजन वन कार्यालय रसुवाको आयोजनामा पहिलो वर्ष १०० केजी बीउ छर्ने लक्ष्य राखिएको छ । प्रतिकूल मौसमका कारण पहिलो दिन २० केजी बीउ मात्र छर्न सकिएको डिभिजन वन कार्यालयले जनाएको छ ।

२०६५ सालमा डढेलोले क्षतिग्रस्त गत्लाडको वनक्षेत्रको पुनरुत्पादन प्रवर्द्धनको लागि ड्रोनद्वारा सीड सोइङ गरिएकाे डिभिजन वन कार्यालयका डिभिजनल वन अधिकृत शम्भु तामाङले बताए ।

डढेलोबाट क्षतिग्रस्त गत्लाड वन क्षेत्रको पुनरुत्पादन प्रवर्द्धनका लागि ड्रोनमार्फत सीड बल छर्ने (सीड सोइङ) अभियान सुरु गरेको छ। वन क्षेत्रमा प्राकृतिक पुनर्जननलाई प्रोत्साहन गर्ने उद्देश्यले तयार गरिएका सीड बलहरू ड्रोनको प्रयोगबाट छर्ने कार्य अघि बढाइएको हो। यस अघि धेरै पटक स्थलगत अध्ययन गरेर त्रिभुवन विश्व विद्यालयका प्राध्यापक राजेश राइकाे नेतृत्वमा ड्रोनमार्फत बीउ छरिएको हाे ।

अभियानमा डिभिजन वन कार्यालय रसुवाको प्राविधिक टोली, वन कर्मचारी तथा सम्बन्धित सरोकारवालाहरूको सक्रिय सहभागिता रहेको छ।

दुर्गम तथा कठिन भूभागमा छिटो, प्रभावकारी र वातावरणमैत्री रूपमा वृक्ष पुनर्स्थापना गर्ने उद्देश्यसहित सञ्चालन गरिएको यस अभियानले डढेलो प्रभावित वन क्षेत्रको हरियाली पुनःस्थापनामा महत्वपूर्ण योगदान पुग्ने विश्वास गरिएको छ।



Sunday, May 3, 2026

रसुवामा ‘याक तथा चौँरी महोत्सव २०८३’ सम्पन्न



रसुवा, आमाछोदिङ्मो गाउँपालिका–३ गतलाङ स्थित पार्वती कुण्ड  पहिलो पटक आयोजना गरिएको ‘याक तथा चौँरी महोत्सव २०८३’ सम्पन्न भएको छ । महोत्सव बैशाख १३ देखि १५ गतेसम्म तीन दिन सञ्चालन भएको थियो ।

आमाछोदिङ्मो गाउँपालिकाको सहयोगमा याक तथा चौँरीको संरक्षण र प्रवर्द्धन गर्दै स्थानीय पर्यटन, कला–संस्कृति तथा पशुपालन व्यवसायलाई टेवा पुर्‍याउने उद्देश्यले महोत्सव आयोजना गरिएको हाे । 

महोत्सवको पहिलो दिन सयौँ चौँरी महोत्सव स्थलमा प्रदर्शन गरिएको थियो । साथै, उत्कृष्ट चौँरीपालक किसानलाई सम्मान तथा पुरस्कार प्रदान गरिएको आयोजकले जनाएको छ ।

महोत्सवका अवसरमा पालिकास्तरीय सांस्कृतिक प्रतियोगिता तथा म्याराथन प्रतियोगिता पनि आयोजना गरिएको थियो । समापन समारोहमा स्थानीय तथा राष्ट्रिय कलाकारहरू सुमन घले, शिशिर थोक्रा र छेवाङ तामाङले विशेष सांगीतिक प्रस्तुति दिएका थिए ।

महोत्सव अवधिभर चौँरीजन्य परिकारको प्रदर्शनीका साथै भेडाको ऊनबाट घरेलु रूपमा तयार गरिएका राडी, पाखी, गलैँचा, स्वेटर, टोपी तथा पटुकाजस्ता सामग्री बिक्रीका लागि राखिएको थियो । 

युवा पलायन बढ्दै जाँदा पुस्तौँदेखि चल्दै आएको चौँरीपालन पेशा संकटमा परेको र चरन क्षेत्रको अभावका कारण उच्च पहाडी तथा हिमाली क्षेत्रमा चौँरी गोठ घट्दै गएको सन्दर्भमा संरक्षणको सन्देश दिन तथा चौँरीजन्य उत्पादनको बजार विस्तार गर्ने उद्देश्यले महोत्सव आयोजना गरिएको महोत्सव मूल समितिका संयोजक तथा  आमाछोदिङ्मो गाउँपालिका–३ का वडा अध्यक्ष सुरेन्द्र तामाङले जानकारी दिए । 

यस क्षेत्रका बासिन्दाको प्रमुख आयस्रोत कृषि तथा पशुपालन भएकाले महोत्सवले किसानलाई थप हौसला मिलेको स्थानीय फुर्पुसिङ्गी तामाङले बताए । 

याक र चौँरी पालनका लागि चरिचरण क्षेत्र प्रसस्त भएको, ठाँउमा चिज उत्पादन केन्द्र भएकोले बजार र अवसर दुवै भएकोले चौँरी पालनलाई प्रोत्साहन गर्न कार्यक्रम, संरक्षण र प्रवद्र्धनमा जोड् दिने प्रमुख अतिथि प्रतिनिधि सभा सदस्य माेहन आचार्यले बताए । 

महोत्सवले हिमाली क्षेत्रको जनजीवन, परम्परा र उत्पादनलाई प्रवर्द्धन गर्दै आन्तरिक तथा बाह्य पर्यटक आकर्षित गर्न महत्वपूर्ण भूमिका  खेलेकाे आमाछोदिङ्मो गाउँपालिका अध्यक्ष बुचुङ तामाङले बताए ।



Tuesday, April 21, 2026

रसुवामा पहिलाे पटक याक दिवस


रसुवा, रसुवामा पहिलाे पटक याक दिवस मनाइएको छ । सो अवसरमा चौरी तथा याक पालक किसानहरूलाई सम्मान तथा सोलार बितरण भयो । 

नेपाल सरकार संघीय सरकारको कृषि तथा पशुपंक्षी मन्त्रालय पशुसेवा बिभागको आयोजनामा आमाछोदिङमो गाउँपालिकामा राष्ट्रिय याक दिवस मनाइएको छ । 

याक तथा चौरी महोत्सव मुल समिति आमाछोदिङमो गाउँपालिकाको सहाकार्यमा दोस्रो राष्ट्रिय याक दिवस आमाछोदिङमो गाउँपालिकास्थित पार्वतीकुण्डमा साँस्कृतिक कार्यक्रमसहित सम्पन्न गरिएको स्थानीय अगुवा फुर्पुसिङ्गी तामाङले बताए ।  

उक्त दिवसमा पशुसेवा बिभागको महानिर्देशक डा सकुन्तला श्रेष्ठले, राष्ट्रिय याक महासंघको अध्यक्ष पबिहाङ राइलगायतको उपस्थिति रहेको थियो । सो अवसरमा ५५ जना स्थानीय किसानलाइ सम्मान गरी सोलार बितरण समेत गरियो । दिवसमा याक तथा चौरी संरक्षण गरी कृषि पर्यटनको प्रवद्र्धन हुने अपेक्षा गरिएको बताइएको छ ।

रसुवामा मनाइएकाे दिवसले याक संरक्षण र प्रवर्द्धनका लागि महत्वपूर्ण मानिएको छ। यस दिवास मनाउनलाई याक तथा चौरी महोत्सव मूल समारोह समिति, आमाछोदिङमो–गतलाङको सहजिकरणमा हुने उक्त कार्यक्रममा याक महासंघ नेपाल, एफएओ (FAO) र इसिमोड (ICIMOD) को आर्थिक सहयोग रहेकाे थियाे ।

याक तथा चौरी पालनले हिमाली समुदायको आयआर्जन खाध्य र पोशण सुरक्षा बाताबरणीय सन्तुलन तथा प्रङगारिक खेतीका लागि सहयोग पुग्ने छ । याक तथा चौरीहरूमा चरण क्षेत्रमा देखिने रागेको समस्या पशु बीमा तथा समयमा उपचार पाउने आशा गरेकाे पशुपालन ब्यबसायीहरू बताउछन् । हिमाली क्षेत्रका तामाङ समुदायका पशुपालन ब्यबसायीहरुको प्रमुख आम्दानीको श्रोत रहेको याक चीज,घिउ तथा छुर्पी लगायतका बस्तुहरु लगायत हिमाली सभ्यता र सौन्दर्यको रुपमा रहेका याक को संरक्षण प्रबद्धनमा जोड दिन सहयोग पुग्ने संरक्षण स्थानीय बताउछन् ।
याकलाई राष्ट्रिय निकुञ्ज तथा बन्यजन्तु संरक्षण ऐन २०२९ ले संरक्षित बन्य जन्तुको सूचिमा राखेको छ । दिबसका अबसरमा बिभागले याकको साँस्कतिक महत्व ,स्थानीय झाँकी, तथा याक चौरी पशुपालन ब्यबसायीहरुको समस्यामा समेत छलफलको कार्यक्रम भएकाे थियाे ।



Monday, January 19, 2026

चिलिमे तातोपानीमा स्नान गर्नेको घुइँचो

रसुवा, स्थित चिलिमे तातोपानीमा स्नान गर्ने भक्तजनको सङ्ख्या पछिल्लो समयमा पुनः वृद्धि हुन थालेको छ। तातोपानीमा स्नान गरेमा विभिन्न रोगको निदान हुने विश्वास गरिन्छ ।

विसं २०७२ बैशाख १२ को विनासकारी भूकम्पले आमाछोदिङ्मो गाउँपालिका–५ स्थित तातोपानी कुण्डलाई असर पारेको थियो। कुण्डमा पुनः तातोपानी निस्केपछि स्नान गर्ने भक्तजनको सङ्ख्या वृद्धि हुनथालेको हो।  २ हजार छ सय मिटर उचाइमा तातोपानी नुहाउनका लागि दैनिक रूपमा सरदर १०–१५ जना आउने स्थानीयवासी नाेर्चेल तामाङले जानकारी दिए ।  उनले भने , ‘तातोपानी धारामा स्नान गरेपछि शरीरका रोग निको हुन्छ।’

करिब दुई दशक अगाडि ग्रामीण गरिबी निवारणका लागि पर्यटन कार्यक्रमले सो स्थानमा ढुङ्गेधारा तथा पोखरी निर्माणमा सहयोग गरेको थियो। नुवाकोट मेघाङ गाउँपालिका–२ बुङ्ताङ निवासी ६४ वर्षीया लालीमाया तामाङले तातोपानी नुहाउँदा आफ्नो शरीरका विविध रोग निको भएको दाबी गरिन् ।

विदुर नगरपालिका बट्टार निवासी रामप्रसाद पौडेल र देवकी पौडेलले शारीरिक रोग निधानका लागि तातोपानी अत्यन्तै उपयोगी भएको बताए। अन्यत्र जिल्लाबाट समेत सो स्थानमा स्नान गर्न यात्रीहरू आकर्षित भइराखेका छन् ।



Wednesday, December 4, 2024

बागमती प्रदेशका वन मन्त्री समक्ष माग पत्र पेस


रसुवा, बागमती प्रदेशका वन तथा वातावरण मन्ती कृष्णप्रसाद सिलवाल समक्ष आमाछोदिङमो गाउँपालिकामा स्थानीयले सामुदायिक वन पुनस्थापना गर्न माग पत्र पेस गरेका छन् । 

आमाछोदिङमो गाउँपालिका-३ को गतलाङमा भएको एक कार्यक्रममा सामुदायिक वनका पदाधिकारी तथा जनप्रतिनिधिहरूले माग पत्र पेस गरेका हुन् । 

सामुदायिव वन उपभाेक्ता समुहका तर्फबाट प्रताप तामाङ र जनप्रतिनिधिका तर्फबाट स्थानीय वडा सदस्य  निमा काल्तेन तामाङले मन्त्री समक्ष छुट्टाछुट्टै माग-पत्र पेस गरेका थिए । 

डिभिजन वन कार्यालय धादिङ र रसुवाका कार्यालय  प्रमुख, सामुदायिक वन उपभाेक्ता महासंघका पदाधिकारी, स्थानीय जनप्रतिनिधि, सामुदायिक वन उपभाेक्ता समुह, राजनीतिक दलका प्रतिनिधि सहभागी कर्यक्रममा ज्यार्सा गोठेन र बोङजोमाने सामुदायिक वनमा १५ वर्ष अघिदेखि लागेको डँढेलोले नष्ट भएको ३ सय ६४ हेक्टर सामुदायिक वनमा हराभरा बनाउन सरकारले योजना बनाउनु पर्ने, पर्यापर्यटन तथा पार्वतीकुण्ड संरक्षाण र वन ब्यवस्थापनमा जोडदिनुपर्ने माग राखेका हुन् । 

जिल्ला समन्वय समितिका प्रमुख अशाेक घिमिरेले लामाे समयदेखि डँढेलाे लागेर ध्वत वनलाइ हराभरा बनाउन सामुदायिक वन पुनस्थापना गर्न र वन तथा वातावरण संरक्षण गरी जनताकाे जिविकामा सुधार ल्याउनुपर्ने बताउनुभयाे । 

गाउँपालिका उपाध्यक्ष चण्डिका तामाङ तथा जनप्रतिनिधिहरू र स्थानीयले मन्त्रीलाइ स्वागत गरेका थिए । मन्त्री सिलवालले जनताका जायज माग रहेकाे र यस्ताे माग पूरा गर्न बागमती प्रदेश  सरकारले ध्यान जाने र चाँढै विज्ञ सहितकाे टाेली गठन हुने बताउँनुभयाे । 

कार्यक्रममा धादिङका पूर्व सांसद खेम लाेहनी, जिल्ला समन्वय समितिका उप प्रमुख विजय लामा, नेकपा एमाले रसुवा जिल्ला कमिटी सचिब पेम्पा लामा, सामुदायिव वन उपभाेक्ता महासंघ रसुवा, स्थानीय वन समुहका प्रतिनिधहरूलगायत सहभागी थिए । 


    स्थानीय उपभोक्ता समुहका तर्फबाट मागपत्र पेस गर्दै


Monday, April 22, 2024

पर्यटकीय सम्भावना बोकेको (जेसुर) जागेश्वरकुण्ड

पर्यटकीय सम्भावना बोकेको (जेसुर) जागेश्वरकुण्ड

रसुवा, आमाछोदिङमो गाउँपालिका–३ मा पर्ने जागेश्वर कुण्डलाइ स्थानीयवासीले जेसुर कुण्ड भन्दछन् । यसलाइ रसुवाकाे एक पर्यटकीय गन्तव्यको रुपमा लिन सकिन्छ । 

स्थानीय ओझेलमा परेका स्थानहरूलाई महत्वका साथ प्रचार प्रसार गरी पर्यटन प्रर्वद्धन गर्न आवश्यक योजना बनाउन आवश्यक रहेको छ । जनै पूर्णिमाका दिन मेला लाग्ने याे ठाउँमा आफ्ना परम्परागत भेषभुषा पहिरिएर बाटा भरी मनोरञ्जन गदै तामाङ सेलो गाउँदै सहभागी हुन्छन् ।  समुन्दी सतहदेखि ४ हजार २ सय तीस मीटर उचाइमा रहेको कुण्डमा केही  वर्ष पहिले स्थानीय मानबहादुर बिकले झाँक्री ढ्याङ्ग्रो बजाउँदै त्यहाँ पुगेपछि पानी सुक्ने र झाँक्रीले तान्त्रिक बिधिले पानी निकाल्ने गरेको स्थानीयवासी बताउँछन् ।

कुण्ड नजिकै रहेको मन्दिरको खोपिल्टोमा झाँक्रीले तान्त्रिक बिधिबाट नाङ्गै ढ्याङ्ग्रो बजाएर पानी निकाल्ने परम्परा रहेको छ । यस पल्ट पानी सुकाउने र निकाल्नको लागि गत्लाङ र स्याफु गाविसको झाँक्रीहरू बीचमा प्रतिस्प्रर्धा भयो थियो । सुरूमा कुण्डमा झाँक्रीहरू पुगेपछि मानिस पुगेको हल्लाले कुण्ड नजिकको रहेको मन्दिरको खोपिल्टोमा रहेको पानी सुक्ने र त्यस स्थानमा झाँक्री गएर ड्याग्रो बजाएर आफ्नो तान्त्रिक शक्तिले पानी निकाली अनौठोँ कला प्रर्दशन गर्ने गर्छन् । 

१ सय ८ वटा कुण्ड रहेको रसुवामा प्रचार प्रसार र सम्बद्र्धनको अभावमा आझेलमा परेका छन् । यस्ता सम्पादाहरूको समयमै उचित  संरक्षण र सम्र्बद्धन गरी प्रचार गर्न सके जिल्लामा आन्तरीक तथा बाह्य पर्यटकहरूको आगमनमा बृद्धि हुनेमा गत्लाङका युवा विकास लामा बताउँछन् ।  

जागेश्वर कुण्ड गोसाँईकुण्ड र पार्वती कुण्ड आपसमा सम्बन्धित छन् । पहिले खुज्याप र नुर्पुबोम्बोले पानी निकालेको आफुले देखेको र पहिले गोठालाले कुण्ड पत्ता लगाएपछि पुस्तौदेखि यहाँ मेला लाग्ने गरेको झाँक्री मानबहादुर बिकले बताए । 

 गत्लाङका झाँक्रीले थोरै भएपनि पानी निकालेको र आफुले पुजाआजा गरी प्रयास गर्दा अनौठो आवाज दिएकोले त्यहाँ दैवी शक्ति रहेको विश्वास लागेको  स्याफ्रुका झाँक्री युवा कामीढिण्डुप तामाङले बताए ।  

गत्लाङ गाउँबाट दुईदिनमा पुग्न सकिने कुण्डमा यसवर्ष उत्तरी क्षेत्रका गत्लाङ, गोल्जुङ, चिलिमे, थुमनबाट तथा जिल्लाभरीबाट यात्रीहरू आउछन् । गत्लाङको पार्वतीकुण्ड हुँदै विभिन्न किसिमका रमणीय प्राकृतिक दृष्यहरू अवलोकन गर्न सकिने भएकोले यहाँको पर्यटकीय सम्भावनालाई ध्यान दिएर यसवर्ष जागेश्वर कुण्ड मिनी मेला मेलाको आयोजना गरिएको गत्लाङका गाविसका सहायक छेवाङ तामाङ बताउँछन् । 

गत्लाङबाट पार्वतीकुण्ड, गोठेन, माङचेत, नाग कुण्डहुँदै युब्री खर्क पुगिन्छ । यहाँबाट लाङटाङ हिमालको रमणीय दृष्य देख्न सकिन्छ । यहाँबाट खुर्पुभन्ज्याङ हुँदै याग्रा खर्क पुगिन्छ यहाँबाट पाल्दोर पिक, गणेश हिमाल, गोसाँईकुण्ड गत्लाङ गाउँको रमणीय दृष्यहरू देख्न सकिन्छ । 

जागेश्वर कुण्डबाट ककनी, त्रिशुली, गणेश हिमाल लाङटाङ हिमाल देखिन्छ । यस्ता पर्यटकीय सम्पदाको संरक्षण गर्न युवाहरू जुटेर लागेका छन् पर्यटन प्रवद्धर्नमा टेवा पु¥याउन सवै सरोकारवालाहरूलाई अग्रह गरिएको गत्लाङका फुर्पुसिङ्गी तामाङले बताए ।  

‘उनीहरूलाई राम्रो खानपान र पर्यटकलाई नकरात्मक असर पर्ने काम गर्नु भएन पर्यटन व्यावसाय फस्टाउछ उनले भने । ’ बेत्रावतीबाट ठुलोगाउँ, डाडाँगाउँ, हाकु, गे्र गाउँबाट गत्लाङ हुँदै जागेश्वर कुण्ड भएर चिलिमेको तातोपानी पुग्ने पुरानो पर्यटकीय पदमार्गमा अहिले पनि विदेशि पर्यटक आउने गरेको र प्रचार तथा भौतिक विकास गरेर पर्यटक आगमनमा बृद्धि गर्नु पर्ने स्थानीय युवा विकास लामा बताउँछन् । 

यहाँबाट साङजेन खर्कहुँदै तातोपानीबाट नागथली पुग्न सकिन्छ । बीच बीचमा बिभिन्न भ्युप्वाईटहरू बन्ने सम्भावनाका ठाउँहरू छन् । 

धार्मिक तथा पर्यटकीय महत्वको पवित्र तीर्थस्थल जागेश्वर कुण्डमा दर्शन गर्नाले पापबाट मुक्ति पाई पुण्य कमाउने आशामा यहाँ भक्तजनहरू कठिनाइपूर्ण यात्रा गरेर भएपनि जागेश्वर कुण्ड पुग्छदन् । कुण्डमा गएर एक माग गरेमा पुरा हुने विश्वास रहेको छ ।

बाटोघाटोको निर्माण हुन सकेमा मात्र पर्यटक आगमनमा बृद्धि हुने देखिन्छ यस ठाउँले गोसाँईकुण्ड र लाङटाङको जत्तिकै पर्यटक आर्कशित गर्न सक्छ स्थानीय जीवन लामाले भने । 

कुण्डको संरक्षणमा सम्बन्धित क्षेत्रले चासो दिएका यहाँका जनताको आय आर्जनमा टेवा पुग्ने निकै सम्भावना छ । बाटो निर्माण गरी ठाउँ ठाउँमा विश्राम स्थल , चिया पसल , निर्माण गर्न सकेमा जिल्ला मात्र होईन देश विदेशका पर्यटक यहाँ पदयात्रा गर्न आउने भएकाले उचित विकासका लागि पहल गर्न आवश्यक रहेकाे बताउँछन् । 




Thursday, August 24, 2023

कमै सुनिएको कुण्ड : चिलिमेको ग्रुब्राकुण्ड

 बोल्न नसकेका  बालकलाई यस कुण्डमा स्नान गराउदा बोली फुट्ने, कान नसुन्नेका लागि स्मरण शक्ति बढ्ने, गानुगोला हराउने, छाला सम्वन्धि समस्या हराउने जनविश्वास समेत् रहेको छ ।



    ग्रुबाकुण्डको परिचय

    रसुवा जिल्लाको आमाछोदिङ्मो गाउँपालिका वडा नं ५ टेकाङ्चे र सिम्बु क्षेत्रको ठीक माथि टेताङ्चेमा रहेको गुब्रा कुण्डको नाम कमै मानिसले मात्र सुनेका छन् ।

    विभिन्न बिशेषता रहेको यस कुण्डमा हरेक वर्ष जनै पूर्णिमाका दिन मेला लाग्ने गर्दछ ।

    प्रायः स्थानीय समुदायको मात्र आवागमन हुने यस कुण्डका विभिन्न विशेषताहरू रहेका छन् ।


    ग्रुबाकुण्ड तथा यस क्षेत्रका आकर्षणहरू

    - नेपालको उत्तराखण्डमा रहेको १०८ कुण्ड मध्ये यो गुब्राकुण्ड पनि एक हो ।
    - यो कुण्डमा स्नान र पुजा आराधना गर्दा धार्मिक लाभ प्राप्त भइ आफुले सोचेका सबै खालका मनोञ्कांक्षा पुरा हुने जनविश्वास रही आएको छ ।
    - बोल्न नसकेका बालकलाई यस कुण्डमा स्नान गराउदा बोली फुट्ने, कान नसुन्नेका लागि स्मरण शक्ति बढ्ने, गानुगोला हराउने, छाला सम्वन्धि समस्या हराउने जनविश्वास समेत् रहेको छ ।
    - यस क्षेत्रमा अवलोकनका लागि तामाङ संस्कृतिको भेषभूषा नाँचगान, हिमाली कुनाको गाउँ बस्ती
    - १४ दशमलव आठ मेगावाट क्षमताको अपर साङ्जेन जलविद्युत् केन्द्र , रामरामको भीर , तिलुचे बगर, मिश्रित वनस्पति, दर्जनौं प्रजातिका जनावर आदि यस क्षेत्रका आकर्षणहरू हुन् ।

    कसरी पुग्ने ग्रुबाकुण्ड ?

    - काठमाडौंबाट त्रिशूली, धुञ्चे, स्याफ्रुबेँसी, गोल्जुङ, थाम्वुचेत, चिलिमे गाउँ हुँदै यहाँ पुग्न सकिन्छ ।
    - कुण्डको नजिकैसम्म सडक मार्ग रहेको छ । अशक्तहरू पनि जान सक्ने ।

    यो सामग्रीको बारेमा तपाईलाई कस्तो लाग्यो ? कृपया कमेन्ट गर्नुहोला ।

    सन्दर्भ स्रोत : ज्ञानु दाईको फेसबुकबाट

    Monday, August 14, 2023

    लुकेको पर्यटकीय गन्तव्य : साङ्जेन भ्याली

     

    साञ्जेन खर्क/भ्याली, रसुवा 

    तामाङ सम्पदामार्गमा रहेको थाम्बुचेतबाट तातोपानी हुँदै वा पर्यटकीय गाउँ गत्लाङ, सोमदाङ, जागेश्वर कुण्ड हुँदै साङ्जेन भ्यालीमा पुग्न सकिन्छ ।करीव १० घण्टाको पैदल यात्रा रहेको यस क्षेत्रमा सडक विस्तार भएसँगै सातघण्टामा पुग्न सकिने भएको छ ।


     यसभित्र

      साञ्जेन भ्यालीको परिचय

      -- रसुवा जिल्ला, आमाछोदिङ्मोा गाउँपालिका अन्तर्गत रहेको साङ्जेन भ्याली (उपत्यका) समुद्री सतहबाट ३७४० मीटर उचाईमा अवस्थित छ ।

      -- रमणीयस्थल हुँदाहुँदै पनि साङ्जेन भ्याली स्वदेशी तथा विदेशी पर्यटकको गन्तव्य बन्न सकेको छैन ।

      -- तामाङ सम्पदामार्गमा रहेको थाम्बुचेतबाट तातोपानी हुँदै वा पर्यटकीय गाउँ गत्लाङ, सोमदाङ, जागेश्वर कुण्ड हुँदै साङ्जेन भ्यालीमा पुग्न सकिन्छ । करीव १० घण्टाको पैदल यात्रा रहेको यस क्षेत्रमा सडक विस्तार भएसँगै सातघण्टामा पुग्न सकिने भएको छ ।


      चीनको स्वशासित क्षेत्रको सिमानामा रहेको यो क्षेत्रमा लोपोन्मुख जडीबुटी पाइन्छन् ।यार्सागुम्बा, कुटकी, सर्पगन्धा, पाँचऔँले, जटामसीलगायतका बहुमूल्य जडीबुटीको धनी क्षेत्र पनि हो साङ्जेन भ्याली । घाँसेमैदानको पर्याप्तता रहेको यस क्षेत्र चौँरी, भेडा र च्याङ्ग्रापालनको लागि पनि उपयुक्त रहेको छ ।

      साञ्जेन उपत्यकाको नजिकबाट गणेश हिमाल, साङ्जेन हिमाल र पाल्दोर पिकलाई देख्न पाईन्छ । हिमाली ग्ल्यासियरको दृश्यले सबैलाई मोहित बनाउँछ ।


      -- आवास पूर्वाधारको व्यवस्था नभएपनि क्याम्पिङ ट्रेकिङ गर्न सकिन्छ । स्थानीयहरू चौंरी र भेडी गोठहरूमा बास बसेर पनि यात्रा गर्ने गर्दछन् ।

      साञ्जेन भ्याली र वरपरका आकर्षणहरू

      -- विभिन्न खर्कहरू : सुन्दुर खर्क , खोला खर्क, डिल्पु कुण्ड, मुलखर्क, नादाङ खर्क, डाडाँ खर्क मनोरम पाल्दोर पिक, याङरा, गणेश हिमाल, साङ्जेन हिमाल, तिबब्तीयन हिमालका दृष्यले यहाँको सौन्दर्य थपेको छ ।

      -- वन्यजन्तुहरू झारल, घोरल, थार, कस्तुरी, मृग, बँदेललगायतसँग जम्काभेट यहाँको अर्को आकर्षण हो।

      -- तामाङ संस्कृति, भेषभूषा र रहनसहन अर्को महत्वपूर्ण आकर्षकीय पाटो हो ।

      कसरी पुग्ने साञ्जेन भ्याली ?

      -- चिलिमे थाम्वुचेतवाट तातोपानी हुँदै एकदिन पैदल यात्रा हिंडाई पछि यो खर्क पुग्न सकिन्छ । तातोपानीदेखि छरप्चुङ वगर, साङजेन खोला भित्रका जेजुङमा खोला, साङजेन खर्क भित्रका मोरप्पा खर्क, मल्र्कु खर्क, छुलिङ खर्क, मरकोङ खर्क, ज्यार्के वासा, चेरा वासा, सादी, नादाङ, चेदाङ, पराङ, दोगोरग, व्राङजे ९ खोला खर्क हुँदै जागेश्वर कुण्ड, साञ्जेन, पाल्दोर पिक, याङरा, गणेश हिमाल, साङ्जेन हिमालका वरपर पुग्न सकिन्छ ।

      -- गतलाङको पार्वतीकुण्ड हुँदै जागेश्वर कुण्ड हुँदै पनि साञ्जेन भ्यालीसम्म पुग्न सकिन्छ ।

      तपाईलाई यो सामग्री कस्तो लाग्यो, कृपया कमेन्ट गर्नुहोला । तपाईबाट सुधारको आशा सहित