Posts

Showing posts with the label शार्दुलबीक्रिडित छन्द

गोसाइँकुण्डको नालीबेली - नीलकण्ठ महिमा

Image
धारा तीन त्रिशूलको जब बन्यो ठन्डा त्यही निर्मल । पानी जम्न गई बडो दह बन्यो नीलाद्रिमा सुन्दर ।। खाल्टा आठ तथा अगाध गहिरो कल्लोलले शोभित । देखी दिव्य विशाल कुण्ड शिवजी ज्यादै भए मोहित ।।५३।।    यो सामग्री रसुवाको कला संस्कृति, परम्परा, धार्मिक, ऐतिहाँसिक पक्षको खोजी, प्रवर्दन र संरक्षणका लागि तयार गरिएको हो । जसबाट आन्तरिक पर्यटन विकासमा समेत् सहयोग पुग्नेछ । - प्रकाशक  डा. सत्यराज थपलिया थानसिङ ,  नुवाकोट  नीलकण्ठ महिमा द्यौता दानवका “ निकै दुःख पर्यो ” भन्ने सुनी प्रार्थना । खाएथे विष कालकूट जसले यो विश्व रक्षार्थमा ।। त्यस्ता दक्ष , दयावतार भगवान् श्रीशंभुका पाउमा । श्रद्धा , भक्ति , सुभावले , प्रणयले अर्पन्छु सद्वन्दना ।।१।।   लेख्ने शक्ति दिँदै गजानन छिटै आई बसून् हातमा । मेधा शक्ति बढाउँदै शिव सदा मेरै बसून् माथमा ।। बोलीमा त सरस्वती बसिदिऊन् मेरो छ यै प्रार्थना । पाऊँ शक्ति म “ नीलकण्ठ महिमा ” लेख्दैछु सङ्क्षेपमा ।।२।।   दामी , सुन्दर , दिव्य रत्न सहसा क्वै कल्पका अन्त्यमा । डुब्दा क्षीर – समुद्रमा प्रलय भै बाँकी रहेनन् त्...