ताजा खबर
Loading...
'यही हो हाम्रो रसुवा' को सूचनामूलक यस साइटमा तपाईको वरपरको महत्वपूर्ण स्थल, सम्पदा आदिको बारेमा प्रचार गरी आन्तरिक पर्यटन विकासमा सहयोग पुर्‌याउन त्यस्ता सामग्रीहरू हामीलाई पठाउनु होला । हामी तपाईका सामग्रीलाई प्रकाशन गर्नेछौं । Email : paudelprem@gmail.com (9843508470 Whatsapp)
Showing posts with label Educational News. Show all posts
Showing posts with label Educational News. Show all posts

Tuesday, September 29, 2026

बाढीले विस्थापित बालबालिका आफनै विद्यालय बेत्रावती फर्कन थाले

 


बेत्रावती, रसुवा भदाै १० गतेकाे विनाशकारी बाढीले बाहिर पुगेका बालबालिकाहरू विद्यालय खुलेर पठनपाठन सुरू भएकाे सूचना पाएपछि धमाधम आफ्नै विद्यालय फर्कन थालेका छन् ।

उत्तरगया गाउँपालिका -५ स्थित नीलकण्ठ मावि बाेगटीटारका बालबालिकाहरू आफ्नै विद्यालय फर्केका हुन् । नीलकण्ठ माविका शिक्षक कृष्णप्रसाद अधिकारीकाे नेतृत्वमा ३३ जना बालबालिकाहरू शान्ति बजार तथा खाेलेबेसीबाट सलाखु खोला तरेर घण्टौं हिँडेर, बोलेरो गाडीको पछाडि झुन्डिँदै, तुइनमा घण्टौ प्रतीक्षा गर्दै ढुङ्गे, आङ्गिटार, सिगाले गाउँहुँदै बेत्रावतीको फड्के पुल तरेर विद्यार्थी अभिभावक सहित आफ्नै विद्यालय फर्केकाे र बालबालिकाहरू विद्यालय हाेस्टलमा बसेकाे नीलकण्ठ माविका प्रधानाध्यापक माधबप्रसाद लामिछानेले बताए ।

त्यसै गरी बिदुर नपा- ५ पिपलबाटरबाट पनि ७ जना विद्यार्थी फर्केर आफ्नै विद्यालय नियमित पठन पाठनमा लागेका छन् । बालबालिकाहरू बाढी पछि धेरैलाइ हेलिकाेप्टरबाट उद्धार अभिभावकसँग गरी पठाइएकाे थियाे । धेरै बालबालिकाहरू बेपत्त भएकाे तथा जिविहरू सम्पर्कमा रहेकाेले फर्कने तयारीमा रहेकाे पनि विद्यालयले जनाएकाे छ ।

विद्यालयले होस्टेलमा राखेर सबैखाले व्यवस्थापन गरिने प्रअ लामिछानेले बताए । यस्ताे तस्वीर र खबर सामाजिक संजालमा देखेपछि कालिका हिमालय माविका शिक्षिका पार्वती आचार्यले सामाजिक संजालमा लेखेकी छिन् ,‘होस्टेलमा राखेर व्यवस्थापन गर्नु पर्छ। नीलकण्ठ मावि फेरि उठ्नुपर्छ । गुरुहरु हजुरहरुले पीडालाई सहासमा बदलेर अघि बढ्नु हुनेछ । हजुरहरुको प्रयासलाई हार्दिक नमन।’

Monday, September 28, 2026

बाढीका कारण चार विद्यालयका शिक्षक तथा कर्मचारी, १ सय ३६ जना विद्यार्थी बेपत्ता


 


रसुवा, लेन्दे खोला हुँदै भोटेकोशी नदीमा आएको बाढीका कारण रसुवामा शिक्षक, विद्यार्थी र अभिभावक प्रभावित भएका छन्। जिल्ला प्रशासन कार्यालयका अनुसार जिल्लाका चार विद्यालयका शिक्षक तथा कर्मचारी गरी १६ जना बेपत्ता छन् भने उत्तरगया गाउँपालिकाका १ सय ३६ जना विद्यार्थीसमेत बेपत्ता भएका छन्।


निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) रसुवाका अध्यक्ष पासाङ लामाका अनुसार जिल्लाका संस्थागत विद्यालयमा अध्ययनरत ३८ जना  विद्यार्थी बेपत्ता छन्।


गोसाइँकुण्ड बोर्डिङ स्कुलका १९, मोडर्न ट्रिनिटी बोर्डिङ स्कुलका १० र हाइल्याण्ड आवासीय माविका नौ जना विद्यार्थी बेपत्ता भएका हुन्। बाढीकै कारण २ सय १ जना अभिभावक बाढीमा बेपत्ता भएका छन् । मोडर्न ट्रिनिटीका संस्थापक प्रधानाध्यापक सुरोज डङ्गोल र एक शिक्षिकासमेत बाढीमा बेपत्ता भएको प्याब्सनले जनाएको छ।


बाढीबाट अभिभावक बेपत्ता भएपछि धेरै बालबालिकाको पठनपाठन प्रभावित भएको छ। बाढीबाट विद्यालयका भवन तथा अन्य संरचनामा समेत क्षति पुगेको छ। यद्यपि, जिल्लाका सात संस्थागत विद्यालयमध्ये पाँचवटा पुनः सञ्चालनमा आइसकेका छन्।


उत्तरगया गाउँपालिकाले बाढीबाट प्रभावित विद्यालयलाई नजिकका विद्यालयमा गाभेर भदौ २४ गतेदेखि पठनपाठन सुरु गरेको छ। अभिभावक फर्किन थालेसँगै विद्यार्थी पनि विद्यालय आउन थालेको नीलकण्ठ माध्यमिक विद्यालयका प्रधानाध्यापक माधव लामिछानेले बताए । 


प्याब्सनले अभिभावकविहीन तथा प्रभावित बालबालिकाको शिक्षालाई निरन्तरता दिन छात्रावासमा खानपान र आवश्यक सामग्रीको व्यवस्था गरेको जनाएको छ। केन्द्रीय प्याब्सनको समन्वयमा प्रभावित बालबालिकालाई निःशुल्क पठनपाठनको व्यवस्था मिलाउने प्रयास भइरहेको प्याब्सन रसुवाका अध्यक्ष पासाङ लामाले बताउनुभयो।

Sunday, September 20, 2026

विद्यालयमा त्रास बिर्साउन बाढी प्रभावित विद्यालय खुल्यो

 


रसुवा, भदौ १० गते लेन्देखोला हुँदै भोटेकोसीमा आएको बाढीका कारण क्षतिग्रस्त विद्यालयहरूको अध्ययन सुरु भएको छ । जिल्लाभरका ४ विद्यालय पूर्ण रुपमा क्षतिग्रस्त छन् । 

विनाशकरी बाढीमा परेर उत्तरगया गाउँपालिका–२ स्थित चिप्लेटी आधारभूत विद्यालयमा १ जना विद्यार्थी बेपत्ता छन् । उत्तरगया गाउँपालिका–४ मा रहेको मालिकादेवी आधारभूत विद्यालयमा ११ जना विद्यार्थी बेपत्ता छ् । उत्तरगया गाउँपालिका –५ मा रहेको मोर्डन ट्रिनिटी इङलिस स्कुल ८ जना विद्यार्थी बेपत्ता छन् । 

धेरै विद्यार्थीहरू बचेका अभिभावकहरूसँग अन्यत्र गएका छन् । नजिकै रहेका वा होल्डिङ सेन्टरमा रहेका बालबालिकाहरू विद्यालय पढ्न आउन थालेका छन् । उनीहरूलाइ खेल्ने, आवश्यकताको आधारमा प्रभावित विद्यार्थीलाइ मनोसामाजिक परामर्श दिने र नियमित अध्ययनमा फर्काउने प्रयास भइरहेको छ । 

उत्तरगया गाउँपालिकाले सूचना प्रकाशन गरेर विद्यालय खुल्ला गरेको छ । मोर्डन ट्रिनिटी स्कुल बगेपछि त्यहाँ अध्ययनरत विद्यार्थीहरू नीलकण्ठ, शिवालय लगायतनजिकका विद्यालयमा पढ्न थालेका छन् । 

गोसाइकुण्ड गाउँपालिका–२ मा नेपाल राष्ट्रिय आधारभूत विद्यालयमा २५ जना विद्यार्थीहरू बेपत्ता छन् । जिल्लाभरका २८५ जना विद्यार्थी बेपत्ता भएका छन् । सबैभन्दा धेरै विद्यार्थी बेपत्ता छन् । 

उत्तरगया गाउँपालिका -५ स्थित नीलकण्ठ माविमा अध्ययनरत ५०८ जना विद्यार्थी मध्ये भदौ १० गतेको बाढीमा परेर झण्डै १५० जना विद्यार्थी बेपत्ता भएका छन् । नीलकण्ठ माविका प्रधानाध्यापक माधव लामिछाने भन्छन् “हाम्रो विद्यालयमा अध्ययनरत विद्यार्थीहरू विद्यालय बसको प्रतिक्षमा थिए । बसले एक पटक विद्यार्थी लिएर अर्को ठाउँमा विद्यार्थी लिन गएको समयमा त्यही समयमा कैदलेटार, खाल्टे क्षेत्रका धेरै विद्यार्थी बाढीमा बेपत्ता भए ।”

गोसाइकुण्ड गाउँपालिका–२ मा धेरै संरचना ध्वस्त भएको छ । चीन सरकारले बनाएको २८ कोठे नयाँ सुविधा युक्त भवन पूर्ण रुपमा क्षती भएपछि त्यहाँ पठन पाठन गराउन कठिन भएको छ । नेपाल राष्ट्रिय आधारभूत विद्यालय बाहेक अरुमा पठन पाठन सुरु भएको जिल्ला शिक्षा समन्वय इकाइका प्रमुख दुर्गा सिलवालले बताए । 

नेपाल राष्ट्रिय आवि टमुरेका प्रधानाध्यापक फुर्पु दोर्जे घलेले भने “धेरै आफन्त गुमे बचेकाहरू ५ सेकेन्डले बँचेका छन् । विद्यालयका ३५ जना विद्यार्थी मध्ये २५ जना विद्यार्थी, ३ शिक्षक र ३ शिक्षिकाहरू बाढीमा बेपत्ता भएका छन् । आफ्नो ठाउँमा मान्छे फर्कन चाहेको छ तर वातावरण सरकारले बनाउनुपर्छ ।” 

नीलकण्ठ माविमा रहेको राहत संकलन केन्द्र तथा प्रहरी आवास लगायतको भिडभाड व्यवस्थापन गरी विद्यालय सुचारु गरिएको छ । गत विहिबारबाट पठनपाठन सुरु भएको छ । विद्यालयमा होल्डिङ सेन्टर र राहत बितरण केन्द्र पनि विद्यालयमा रहेकोले समस्या भएको छ । बालबालिकाहरु साथी सबै जम्मा नहुदाको समस्या छ । सुरुमा १ सय २० जना थिए अहिले २ सय ४० जना विद्यार्थी विद्यालयमा आएका छन् प्रधानाध्यापक लामिछानेले बताए । 

उत्तरगया गाउँपालिका शिक्षा शाखा प्रमुख बोदराज पाठक भन्छन् “हाम्रो पालिकाबाट ५ कर्मचारी र शिक्षकहरू रमेश लामिछाने, मीननाथ न्यौपाने, संजिव तामाङ, नारायणवहादुर थापा, अजयकुमार यादव, विद्यालय नर्स ममता श्रेष्ठ, वालविकास शिक्षक मनमाया तामाङ र सुकवहादुर तामाङ अझै बेपत्ता छन् ।”

बाढीका कारण कर्मचारीहरु, जनप्रतिनिधि बेपत्ता छन् । विदेशी नागरिक २९०, रसुवाका २६७४, जिल्ला बाहिरका २८३४, कर्मचारी, सुरक्षाकर्मी गरी ३७९८ जना बेपत्ता रहेका छन् । हालसम्म १४६१ जनाको उद्धार भएको छ । जिल्लामा रहेका ९ वटा होल्डिङ सेन्टरमा २०० जना रहेका छन् । पक्कीपुल ६, झोलुङ्गे पुल १०, आर्च पुल १, बेली÷ट्रस ब्रिज ८ वटा पुर्ण रुपमा क्षती भएको छ । 


Saturday, May 16, 2026

एइइमा जिल्ला प्रथम छात्रा सोनिया तामाङ सम्मानीत


रसुुवा, माध्यामिक शिक्षा परीक्षा नतिजा मा ४ जिपिए ल्याई जिल्ला प्रथम हुनु भएको नमुना एभरग्रिन ईङलिस वोडिङ स्कुल का छात्रा सोनिया तामाङलाई गोसाईकुण्ड गाउँपालिकाले सम्मान गरेको छ ।

गोसाईकुण्ड गाउँपालिका भित्र रहेका विघालय मन अध्ययनरत छात्रा सोनिया तामाङ धुन्चे स्थित नमुना एभरग्रिन ईङलिस वोडिङ स्कुल को छात्रा हुन ।उनलाइ सम्मान गरिएको हो ।

नेपाल भरिको गाउँपालिकाहरू मध्ये रसुवाको गोसाइकुण्ड गाउँपालिका प्रथम भएको छ र उक्त गाउँपालिका भित्रका चार विधालय रसुवा मावि धुन्चे,कोमिन श्यामेवाङफेल मावि स्याफ्रुवेसी, नमुना एभरग्रिन वोडिङ स्कुल र हाईल्याण्ड मावि धुन्चे रहेको छ ।र जुन विघालयले सतप्रतिशत विधार्थि उर्तिण गरेका थिए ।


Tuesday, October 14, 2025

नीलकण्ठ माविमा शैक्षिक सामग्री वितरण

 


रसुवा, कालिका गाउँपालिका–५ को सहयोगमा निलकण्ठ नमूना माध्यमिक विद्यालयमा अध्ययनरत विद्यार्थीहरूलाई शैक्षिक सामग्री वितरण गरिएको छ।

१ सय ५ जना विद्यार्थीहरूलाई जुत्ता, मोजा, झोला, पानीको बोतल, कपीलगायत शैक्षिक सामग्रीहरू वितरण गरिएको हो। वडा नं। ५ का वडाध्यक्ष तथा विद्यालय व्यवस्थापन समिति अध्यक्ष सन्दीप पौडेल, वडा सदस्यहरू र विद्यालय व्यवस्थापन समितिका सदस्यहरूको उपस्थितिमा इसीडिदेखि कक्षा ५ सम्म अध्ययनरत सम्पूर्ण विद्यार्थीहरूलाई शैक्षिक वर्षभरीका लागि पुग्ने गरी सामग्री वितरण गरिएको विद्यालयका प्रधानाध्यापक नारायणप्रसाद देवकोटाले जानकारी दिए।


विद्यालयले यसरी वितरण गरिएको शैक्षिक सामग्रीले विद्यार्थीहरूको उत्साह र शैक्षिक सहभागिता अझ बढ्ने विश्वास व्यक्त गरेको छ।


 

Wednesday, June 11, 2025

सुन्धरा माध्यमिक विद्यालयको ४८ औं वार्षिकउत्सव सम्पन्न


रसुवा, रसुवाको कालिका गाउँपालिका- ३ धारापानीमा रहेको सुन्धरा माध्यमिक विद्यालयको ४८ औं वार्षिकाेत्सव सम्पन्न भएको छ ।

वार्षिकाेत्सव कार्यक्रममा विद्यालयका प्रधानाध्यापक खिलप्रसाद आर्चायले प्रगति प्रतिवेदन र आगामी भावी योजना तथा रणनीति प्रस्तुत गरे । कार्यक्रमा विद्यालयका शिक्षक तथा विद्यार्थीहरुले नृत्य , कविता, गजल, मनाेरन्जनात्मक प्रस्तुति र विभिन्न विषयमा भनाई राखेका थिए । साे अवसरमा विद्यालय सेवा क्षेत्रका जेष्ठ नागरिक तथा सामुदायिक विद्यालय प्रति उत्प्रेरित अभिभावक, विद्यालयका लागि सहयाेग दाताहरूलाइ सम्मान गरिएकाे थियाे ।

कार्यक्रममा बोल्दै कार्यक्रमका प्रमुख अतिथि कालिका गाउँपालिकाका अध्यक्ष हरिकृष्ण देवकोटले हरेक क्षेत्रको विकासको लागि शैक्षिक क्षेत्र महत्वपूर्ण हुने बताए । 

शैक्षिक सुधारका लागि गाउँपालिकाले महत्वपुर्ण काम गर्दै आएको छ र हाम्रो क्रम जारी नै छ। त्यसमा सहकार्य गर्नको लागि आफुहरु निरन्तर लागि परेको अध्यक्ष देवकोटाले बताए । कार्यक्रममा शैक्षिक सत्र २०८१ मा कक्षागत रुपमा र विद्यालयबाट प्रथम, द्धितीय र तृतीय स्थान हासिल गर्ने विद्यार्थीहरुलाई पुरस्कार र प्रमाण-पत्र वितरण गरिएको थियो। कार्यक्रममा जिल्ला समन्वय समितिका सदस्य खिलबहादुर न्याैपाने, वडा अध्यक्ष फणिन्द्र प्रसाद न्याैपाने, वडा सदस्य, पूर्व विद्यालय व्यवस्थापन समितिका पदाधिकारीलगायतको उपस्थिति रहेको थियो । कार्यक्रम विधालय व्यवस्थापन समितिका अध्यक्ष गणेश विकको अध्यक्षतामा भएको थियो ।

साे अवसरमा विद्यार्थीहरूलाइ पुरस्कार प्रदान गरिएकाे थियाे । 

Monday, May 12, 2025

कालिका हिमालय माविकाे स्वर्ण जयन्तीमा संचारकर्मीहरू पूर्व विद्यार्थी तथा समाजसेवीहरू सम्मानित

रसुवा, कालिका हिमालय माविकाे स्वर्ण जयन्तीकाे अवसरमा यस विद्यालयका पूर्व विद्यार्थी पत्रकारहरू पूर्व विद्यार्थी तथा समाजसेवी, शिक्षक, पूर्व प्रअहरूलाइ सम्मानित गरिएकाे छ । 

सम्मानित हुनेहरू पूर्व विद्यार्थी तथा पत्रकारहरूमा हिमाल मिडियाका रमेशकुमार न्यौपाने,अन्नपूर्ण पाेस्ट्रका जिल्ला प्रतिनिधि तथा नेपाल पत्रकार महासंघ रसुवाका पूर्व अध्यक्ष हेमनाथ खतिवडा, कान्तिपुर मिडियाका बलराम घिमिरे, सगरमाथा टिभीका राधिका लो तामाङलाइ पत्रकारितामार्फत योगदान गरेकाेमाा सम्मान पत्रद्वारा प्रमुख अतिथि उपप्रधान तथा शहरी विकास मन्त्री प्रकाशमान शिंहले सम्मानित गरेका हुन् । 




सम्मानित हुनेहरूमा विद्यालयका संस्थापक अध्यक्ष उत्तम प्रसाद न्यौपाने, सदस्य  बागदल मोक्तान, सदस्य  अमर बहादुर ढकाल, विद्यालय व्यवस्थापन समितिका हालसम्मका अध्यक्षहरू खेसम बहादुर मगर, बालचन्द्र पौडेल,  भवानी प्रसाद ढकाल, रेबकुमार पौडेल, प्रेमबहादुर तामाङ, कृष्णबहादुर आचार्य, मेघनाथ घिमिरे, बिक्रम लोप्चन, तारा अधिकारी कार्की, उमेश बहादुर न्यौपाने, शिक्षाको चौतार्फी विकासमा योगदान गर्ने नबराज आचार्य एसिया अनलुस , तोयानाथ न्यौपाने  दुर्गाप्रसाद न्यौपाने रसुवा रसुवा ट्रेक्स एण्ड एक्सपीडिसन प्रा लि,लाइ पनि सम्मान पत्र प्रदान गरिएकाे थियाे । 

साे अवसरमा पूर्व विद्यार्थी तथा साहित्यकार दिपा न्याैपानेलाइ पनि सम्मान गरिएकाे थियाे । त्यसै गरी राजनीति क्षेत्रबाट समाजसेवामा महत्वपूर्ण योगदान गर्नुहुनेमा संबिधानसभा सदस्य तथा पूर्व विद्यार्थी जनार्दन ढकाल, पूर्व बागमती प्रदेश सभा सदस्य शान्ति थिङलाइ पनि प्रमुख अतिथिले सम्मान पत्र र खादाले सम्मानित गरे ।


  

सम्मानित हुनेहरूमा दुर्गाप्रसाद पौडेल धैबुङ्ग गा पं पूर्व प्रधानपञ्च, रामप्रसाद ढकाल धैबुङ्ग गाविस पूर्व अध्यक्ष  तिर्थराज न्यौपाने धैबुङ्ग गाविस पूर्व अध्यक्ष , माधब प्रसाद अर्याल उत्तरगया गाउँपालिका अध्यक्ष, कालिका गाउँपालिका का. वा. अध्यक्ष तथा ब्यवस्थापन समितिमा समेत लामो समय रहेर सेवा प्रदान गर्नुहुनेभवानीप्रसाद न्यौपाने ,  सिता पौडेल अधिकारी कालिका गाउँपालिका पूर्व अध्यक्ष, सरस्वती रिजाल खडका किर्तिपुर नगरपालिका पूर्व उप प्रमुख , हरिकृष्ण देवकोटा कालिका गाउँपालिका अध्यक्ष , मिरा लामा कालिका गाउँपालिका उपाध्यक्ष, ठाकुरप्रसाद देवकोटा कालिका ४, सुधुराम पौडेल कालिका ५,भिम बहादुर तामाङ कालिका गाउँपालिका १ ,र  मंगलमान तामाङ कालिका ४ रहेका छन् । 



कालिका हिमालय माध्यमिक विद्यालयको स्वर्ण जयन्तीको उद्घाटन समारोहलाई संम्बोधन गर्दै उपप्रधान तथा सहरी विकास मन्त्री प्रकाशमान सिंहले सरकारलाई स्थायित्व दिएर देश विकासमा योगदान गर्न नेकपा एमाले सँग सहकार्य गरिएको बताए । राज्यलाई अस्थिर बनाएर मौका छोप्ने हरू देखा परेपछि काँग्रेसले टुलुटुलु हेर्न नसकी स्थिरतासँगै विकासमा गति दिन यो गठबन्धन गरिएको उनले बताएका हुन् । 

उपप्रधानमन्त्री सिंहले भने “यस अगाडि बनेका सरकार धेरै समय टिकेनन्, छिनछिनमा परिवर्तन भए, जनताले पनि आवाज उठाउन थाले, एउटा स्थितरता दिनका लागि दुई दल मिलेर सरकार गठन ग¥यौँ, त्यसमा अन्य पार्टीहरूले पनि साथ दिएका छन्, हामी नागरिकका समस्यालाई प्राथमितामा राखेर काम गर्न थालेका छौँ यसले परिणम अवस्य ल्याउने छ । 



प्रतिनिधि सभाका सदस्य मोहन आचार्य, प्रतिनिधि सभाका सदस्य राजन केसी तथा संबिधान सभा सदस्य जर्नादन ढकाल, बागमती प्रदेशसभा सदस्य प्रभात लामा, इन्द्र गाेतामेलगायतले मन्तब्य दिएका थिए । 

कार्यक्रममा पूर्व विद्यार्थी नेपाल प्रहरीका प्रहरी नावय महानिरीक्षक दिनेश आयार्य, अधिकृत तहका हरिप्रसाद भट्ट,  अणप्रसाद पौडेल, बुद्धिनाथ न्यौपाने,  गोबिन्द प्रसाद आचार्य,  मीननाथ पौडेल,  ई बिकेश न्यौपाने, डा प्रियांका भट्ट,  सुनिता न्यौपाने, नारायण प्रसाद पाैडेल, डा प्रभा मोक्तान, नरनाथ न्यौपाने, ध्रबराज न्यौपाने, क्याम्पस प्रमुख  कमलनाथ आचार्य, झंकनाथ न्यौपाने, केशब रिजाल, शिक्षक (अधिकृत स्तर ), राजन न्यौपाने, पवन पौडेल,  नबराज घिमिरे, बिन्दा न्यौपाने, तारानाथ न्यौपाने, देवकीदेवी न्यौपाने, राधा पाण्डे, होमप्रसाद देवकोटा, माधबप्रसाद लामिछाने, शिब देवकोटालाइ सम्मानित गरिएकाे थियाे । 


कार्यक्रममा कुटनीति नियोग तर्फका राजकुमार भट्ट , राजु न्यौपाने र लाक्पा तामाङ र शिक्षक श्यामप्रसाद नेपाल, चोपप्रसाद न्यौपाने, डिल्लीराज घिमिरे, कृष्ण प्रसाद लामिछाने, खेलकुद क्षेत्रका जिल्ला खेलकुद क्षेत्र विकास समिति अध्यक्षहरु हरिप्रसाद ढकाल, सुजन न्यौपाने,  दावा तामाङ, बिराज तामाङ, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पुरस्कार प्राप्त खेलाडी कुमार नगराकोटी कराते स्वर्ण, सुरज न्यौपाने कराते स्वर्ण, मनिष श्रेष्ठ कराते स्वर्ण, गौरव आचार्य कराते स्वर्ण , विशाल घले कराते काष्य, काल्साङ तामाङ म्याराथुनलाइ सम्मानित गरिएकाे थियाे । 



कार्यक्रममा प्रधानाध्यापक राधा पाण्डेले विद्यालयकाे तर्फबाट प्रतिवेदन प्रस्तुत गरिन् । विसं २०३२ मा स्थापना भएको कालिका हिमालय माविमा हाल शैक्षिक सत्रमा ७ सय बढी विद्यार्थी अध्ययनरत रहेका छन्। 
 
विद्यालयका शिक्षिका पार्वती आचार्यले एकलाख रूपैयाँकाे अक्षय काेष स्थापना गर्न चेक हस्तान्तरण गरिन भने कालिका हिमालय एसएलसी ब्याच २०५६ बाट १ लाख १७ रूपैयाँ प्रदान गरेका छन् । 

साे अवसरमा छत्र भजन तथा स्थानीय परम्परागत साँस्कृतिक कार्यक्रम भएकाे थियाे । त्यसै गरी श्याम प्रसाद नेपालले पनि १ लाख ५ सय रूपैयाँकाे अक्षय काेष स्थापना गरेका छन् ।  कालिका गाउँपालिका अध्यक्ष तथा  स्वर्ण जयन्ती २०८२ मूल समारोह समिति संयाेजक हरिकृष्ण देवकोटाले सबैलाइ धन्यवाद दिएका थिए । कार्यक्रममा राजनीतिक दलका प्रतिनिधि, पत्रकार, समाजसेवी, शिक्षक, विद्यार्थी, अभिभावकलगायतकाे सहभागिता रहेकाे थियाे । 


कदर पत्रद्वारा सम्मानित हुनेकरूकाे सूची

१ नेपाल स्वंसेवी रक्तदाता समाज जिल्ला शाखा रसुवा, अध्यक्ष श्री रामशरण गजुरेल (निशान)
२ कालिका हिमालय एस.एल.सी. २०५६ ब्याच, कालिका–२ रसुवा, अध्यक्ष श्री राम प्रसाद ढकाल
३ श्री धैबुङ्ग कालिका खैजडी भजन कृतन समाज कालिका ३ रसुवा, अध्यक्ष श्री भूमिनन्द न्यौपाने 
४ श्री उत्पन्नेश्वर भजन समुह कालिका –५ रसुवा, अध्यक्ष , श्री पुष्पराज देवकोटा 
५ श्री नीलकण्ठ भजन समुह कालिका– ५ रसुवा, श्री भवनाथ पौडेल
६ श्री महांकाली देवी भजन कालिका–४ रसुवा, अध्यक्ष श्री ध्रुब प्रसाद पौडेल
७ श्री ठूलीभूमे भजन समुह, अध्यक्ष श्री हरिप्रसाद न्यौपाने 
८ श्री महांकाली पञ्चेबाज समुह, अध्यक्ष श्री रामकुमार देवकोटा 
९ श्री तल्लोरुप्सेपानी पञ्चेबाजा समुह, श्री मान वहादर तामाङ
१० श्री गैरीगाउँ चौतारा भक्ति अनुष्ठान,कालिका–५, समुह अध्यक्ष श्री दुर्गा देवी देवकोटा 
११ श्री टासीलिङ्ग गोम्बा लामा प्रमुख लामा कालिका–२, श्री दावा पासाङ लामा 
१२ श्री कालिका हिमालय पूर्व विद्यार्थी समाज, अध्यक्ष श्री झंकनाथ न्यौपाने
१३ श्री कालिका हिमालय एसएलसी २०५८ ब्याच, रसुवा
१४ श्री रेडियो लाङटाङ ९०.३ मगाहर्ज कालिका–२ रसुवा
१५ श्री रेडियो रसुवा १०२.१ मेगाहर्ज गोसाइकुण्ड–६ रसुवा 

Sunday, May 4, 2025

कालिका हिमालय माध्यमिक विद्यालयले स्वर्ण उत्सव मनाउदै


 रसुवा, रसुवाको कालिका हिमालय माध्यमिक विद्यालयले  स्वर्ण उत्सव मनाउने भएको छ। विद्यालयले स्थापनाकाे ५० वर्षकाे अवसरमा विभिन्न कार्यक्रम आयोजना गरी स्वर्ण महोत्सवका रूपमा मनाउने घोषणा गरेको हो।

कालिका गाउँपालिका अध्यक्ष हरिकृष्ण देवकाेटाकाे अध्यक्षातामा मूल समिति गठन गरी स्वर्ण उत्सव मनाउन तयारी थालेकाे छ । यस अवसरमा विद्यालयले स्मारिका लाेकार्पण तथा विविध सांस्कृतिक, खेलकुद र शैक्षिक गतिविधि गर्ने जनाएको छ। स्वर्ण जयन्तीलाई सफल बनाउन मूल समारोह आयोजक समिति गठन गरिएको छ। प्रमुख अतिथीका रूपमा राष्ट्रपति रामचन्द्र पाैडेल आउने विद्यालय जनाएको छ । 


कालिका हिमालय माध्यमिक विद्यालय २९ वैशाख २०३२ मा स्थापना भएको थियो र यसले ५० वर्षको यात्रामा शिक्षा र समूदायका क्षेत्रमा महत्वपूर्ण योगदान पुर्‍याउँदै आएको प्रअ राधा पाण्डेले जानकारी दिए ।  पाण्डेका अनुसार यो सबै कार्यगर्न आर्थिक सहयोगको लागि सहयाेगी, सराेकारवाला तथा पूर्वविद्यार्थीलाई अनुरोध गनुभएको छ ।



Monday, February 3, 2025

शिक्षा बिधेयक ल्याएर शिक्षा क्षेत्रलाइ अस्तब्यस्त हुन नदिने : शिक्षा मन्त्री भट्टराइ


रसुवा, शिक्षा विज्ञान तथा प्रविधि मन्त्री विद्या भट्टराईले शिक्षकहरुलाइ अन्यौलमा नरहन अनुरोध गर्दै अबको अबिधेशनमा शिक्षा बिधेयक ल्याएर शिक्षा क्षेत्र अस्तब्यस्त रहन नदिने बताउनुभयाे । गौतमबुद्ध माविको ४८ औ वार्षिक उत्सव तथा अभिभावक भेला उद्घाटन गर्दै प्रमुख अतिथि मन्त्री भट्टराइले साे कुरा बताउनु भएकाे हाे । 

उहाँले सरकारले चाँढै दरबन्दी पुनरावलोकन गरी निबृत्तिभरण कोष बनाउन लागेको बताउनुभयाे । उहाँले  सरकारले हिमाली छात्रावासको अवधारणा पनि ल्याएको जानकारी दिनुभयाे । अब शिक्षकहरु याेगदानमा आधारित सुरक्षा कोषमा समावेश हुने बताउनुभयाे । 

बिशेष अतिथि संबिधान सभा सदस्य तथा नेकपा एमालेका अध्यक्ष जनार्दन ढकालले आजको युग अनुसारको शिक्षाका विकासको लागि जोड्दिनुपर्ने बताउँदै स्मार्ट स्कुल आवश्यकता रहेको बताउदै स्वर्गीय नेता रबिन्द्र अधिकारी योगदान स्मरण गर्दै जिल्लाको विकासका लागि विगतमा आफुले पहल लिए अनुरुप विकासका कामहरु अहिले भैरहेको र पछि परेका क्षेत्रहरुको विकास गर्ने बताउनुभयो । 


जिल्ला समन्वय समिति प्रमुख अशोककुमार घिमिरेले विकास क्षेत्रमा पछि परेको नौकुण्ड गाउँपालिका अघि बढेको बताउदै स्थानीयको माग अनुसार एसइइ सेन्टर सिफारिस भएको बताउनुभयो । 

नौकुण्ड गाउँपालिका अध्यक्ष नुर्पसाङबो घलेले पहिलो पटक संघीय सरकारका मन्त्री नौकुण्डमा आउनु भएकोमा खुसी लागेकाे बताउनुभयो । उहाँले विद्यालयमा शिक्षक दरबन्दी सिर्जना गर्न अनुरोध गर्दै २९ वटा विद्यालय रहेकाे यस पालिकामा एसइइ परीक्षा सेन्टर माग गरे । 

पुर्व जिल्ला समन्वय समिति प्रमुख कुलप्रसाद भट्टलगायतका बक्ताले शुभकामना दिनुभएको थियो । सो अवसरमा विद्यालय पुर्व व्यवस्थान समिति अध्यक्षहरू तथा पुर्व प्रधानाध्यापकहरुलाइ दाेलल्ला र सम्मान-पत्र प्रदान गरी सम्मान गरिएको थियो । साे अवसरमा विद्यार्थीहरुले रोचक नृत्य तथा साँस्कृतिक कार्यक्रम प्रस्तुत गरेका थिए । स्थानीयले लामा, झाँक्री, स्याब्रु नाच प्रस्तुत समेत गरेका थिए । 

साे अवसरमा  जिल्लाका शिक्षक, बुद्दिजिवी, जनप्रतिनिधिहरू, कर्मचारी, पत्रकार, शिक्षा सेवी सहभागी थिए । 



Sunday, November 17, 2024

सरकारी विद्यालयलाई बोर्डिङ सरह बनाउन लागेकी प्रधानाध्यापक शिला मगरको संघर्षपूर्ण यात्रा

सरस्वती न्यौपाने

गरे जे हुने एक उदारण देखिएकाे छ । नेपालको पहाडी गाउँहरूमा गुणस्तरीय शिक्षा प्राप्त गर्न बालबालिकाका लागि ठूलो चुनौती रहँदै आएको छ। तर, यो चुनौतीलाई अवसरमा बदल्न एक दृढ नारीले आफ्नो जीवनको सपना बनाइन्। त्यो नारी हुन्– शिला मगर । 

एक सरकारी विद्यालयकी प्रधानाध्यापक, जसले आफ्नो विद्यालयलाई अब्बल (बोर्डिङ स्कूल सरह) बनाउने अठोटका साथ ठूलो यात्रा तय गरिन् । कालिका गाउँपालिका -१ राम्चे स्थित एकमात्र विद्यालय हाे सेतीभूमे मावि यहाँका विद्यार्थी पढाइमा अघि बढ्दै  जिल्ला स्तरिय खेलहरूमा उत्कृष्ट प्रस्तुती गर्दै छन् । उनकाे प्रेरणले धेरैले जन्मदिनकाे अवसरमा सहयाेग पनि प्रदान गरेका छन् । 

चुनौतीहरूको सामना



प्रअ शिला मगरको पहिलो कदम सरकारी विद्यालयमा प्रधानाध्यापकको रूपमा नेतृत्व लिएर जब उनले हात हालिन्, तब विद्यालयको अवस्था अत्यन्तै कमजोर थियो। विद्यार्थीहरूको संख्या कम, शिक्षकहरूमा प्रेरणाको अभाव र शैक्षिक गुणस्तर न्यून थियो। स्थानीय समाजमा सरकारी विद्यालयहरूलाई ‘गुणस्तरहीन’ को रूपमा लिइन्थ्यो । जहाँ अभिभावकहरूले आफ्ना बालबालिकालाई पढाउन उत्साहित हुँदैनथे। धेरैजसो विद्यार्थी निजी बोर्डिङ स्कूलमा पढ्न जान्थे, किनभने त्यहाँ राम्रो वातावरण र शैक्षिक गुणस्तरको ग्यारेन्टी हुन्थ्यो।

हिजाे घरघरमा भेटिने बालबालिका अहिले सबै विद्यालय भर्ना भएका छन् । नियमित विद्यालय पुग्छन् । पढ्ने मात्र नभइ जिल्लाभरका अतिरिक्त क्रियाकलापमा जित्छन् । पालिकामा त धेरै ठूला पुरस्कार हात परेका छन् । उत्कृष्ट विद्यालयकाे लयमा गति लिन लागेकाे सराेकारवालाहरू बताउँछन् । 

तर शिला मगरले यी चुनौतीहरूलाई आफ्नो प्रेरणा बनाएर काम गर्न थालिन्। उनले आफ्नो विद्यालयलाई बोर्डिङ सरह बनाउन योजनाबद्ध तरिकाले अघि बढ्न थालेकी थिइन्।

शैक्षिक सुधारको पहल

शिलाको पहिलो कदम भनेको शैक्षिक गुणस्तर सुधार गर्नु थियो। उनले नयाँ शिक्षण सिकाइ विधि अपनाउन प्रेरित गरिन्। स्थानीय तहका जनप्रतिनिधिहरूसँग सहकार्य गर्दै उनले विद्यालयमा आवश्यक स्रोतसाधन जुटाउन थालिन्। पुस्तकालय, विज्ञान प्रयोगशाला र कम्प्युटर कक्षाको सुरुवात गरिन्, जसले गर्दा विद्यार्थीहरूको पढाइमा ठूलो परिवर्तन देखिन थाल्यो। समन्वय र सहकार्यकाे कला जानेकी शिलाले जनप्रतिनिधि तथा सवै सराेकारवाकाे हातेमालाेमाट सवै कुरा सम्भव देख्छिन् । 

विद्यार्थीमैत्री वातावरणको सिर्जना

शिलाको दोस्रो महत्वपूर्ण कदम भनेको विद्यालयको वातावरण सुधार गर्नु थियो। उनले विद्यालयलाई विद्यार्थीमैत्री बनाउन काम गरिन्। विद्यालयको भौतिक संरचना सुधार गरिन्, सफा शौचालयको व्यवस्था र खानेपानीको राम्रो सुविधा सुनिश्चित गरिन्। विद्यालय परिसरमा बगैंचा स्थापना गरी विद्यार्थीहरूलाई प्रकृतिको नजिक राखेर अध्ययन गर्न उत्प्रेरित गरिन्। यसले विद्यालयलाई बोर्डिङ स्कूलको वातावरण जस्तै बनाउनेतर्फ ठूलो मद्दत पुर्‍यायो।

आर्थिक चुनौतीहरूको सामना

विद्यालयलाई सुधार्नका लागि आर्थिक स्रोत जुटाउनु शिलाका लागि ठूलो चुनौती थियो। तर उनले यो समस्यालाई पनि समाधान गर्ने प्रयास गरिन्। उनी स्थानीय जनप्रतिनिधि, संघसंस्था र गैरसरकारी संगठनहरूसँग मिलेर आर्थिक सहयोग जुटाउन लागि परिन्। यसबाट विद्यालयले खेल मैदान, अतिरिक्त गतिविधि कार्यक्रमहरू र पोषणयुक्त खाजाको व्यवस्था गर्न सकेको थियो।

प्राविधिक शिक्षाको सुरुवात

सिर्जनशील सोच राख्ने शिलाले परम्परागत शिक्षाबाट अगाडि बढ्दै प्राविधिक शिक्षाको सुरुवात गरिन्। उनले आफ्नो विद्यालयमा प्राविधिक शिक्षा र व्यवसायिक तालिम पनि सुरु गरिन्। कम्प्युटर विज्ञान, कृषि, सिलाइ बुनाइजस्ता सीप विकास कार्यक्रमहरूले विद्यार्थीहरूलाई अध्ययनसँगै सीप सिक्न प्रेरित गर्‍यो। यसले गर्दा विद्यार्थीहरू निस्केको बित्तिकै रोजगारीको अवसर पनि पाउन थाले।

नतिजामा उदाहरणीय सफलता



शिला मगरको अथक मेहनत र दूरदर्शी नेतृत्वले विद्यालयलाई सम्पूर्ण रूपमा परिवर्तन गर्‍यो। विद्यालयको वातावरण बोर्डिङ सरह भएपश्चात् अभिभावकहरू आफ्ना बालबालिकालाई सरकारी विद्यालयमा भर्ना गर्न उत्साहित हुन थाले। विद्यालयको शैक्षिक नतिजा उल्लेखनीय सुधार भएको छ र विद्यार्थीहरूमा आत्मविश्वास बढेको छ। 

तामाङ वस्ति भएकै कारण पढाइमा अशुद्ध हुन्थो । सवैले हेला गर्दथे । अहिले सवैको वाहवाहि भएको छ । यसैमा गर्व गर्ने ठाउँ रहेको उनी बताउँछिन् ।

‘शिला मगर बहिनी प्रधानअध्यापक भएकै कारण शैक्षिक सुधार भएकोमा हर्षविभोर भएको छु’, रसुवा नागरिक समाजका अध्यक्ष वावुलाल तामाङले भने, ‘उहाँको उदाहरणीय काम गरेर अरूले पनि सिक्नु पर्छ।’

अहिले उनको विद्यालयमा निजी बोर्डिङ सरहको स्तर छ, जहाँ विद्यार्थीहरू राम्रोसँग पढ्न, खेल्न, र अतिरिक्त क्रियाकलापमा सहभागी हुन पाउँछन्। विद्यार्थीहरुको संख्यामा पनि वृद्वि भएको छ । विद्यार्थीहरूको भविष्य उज्ज्वल बनाउन शिला मगरको यो यात्रा प्रेरणादायी छ। 

उनको यो संघर्षपूर्ण यात्राले न केवल विद्यालयलाई परिवर्तन गर्‍यो, तर सम्पूर्ण गाउँमा शिक्षा प्रतिको दृष्टिकोणलाई पनि परिवर्तन गर्न सफल भयो।

सानै देखि केही गर्नुपर्छ दुरदराज का सवै अभिभावक सम्पन्न हुदैनन वोडिङ स्कुल पढाउन  मासिक शुल्क हुदैन । त्यसलाई पनि मध्येनजर गरेर गरे सम्भावना छ भनेर लागि पर्दा नतिजा राम्रो रहेको उनी वताउछिन् ।

शिला मगरको कथा नेपालभरका सरकारी विद्यालयहरूका लागि एउटा प्रेरणाको स्रोत हो। उनीजस्ता दृढ इच्छाशक्ति भएका प्रधानाध्यापकहरूले शिक्षा क्षेत्रलाई गुणस्तरीय बनाउने र सरकारी विद्यालयको छवि परिवर्तन गर्ने सक्ने प्रमाण हुन्। शिलाको यात्राले देखाउँछ कि सही योजना, सामुदायिक सहयोग र नेतृत्वले असम्भव जस्तो देखिने परिवर्तनहरू सम्भव हुन्छन्।

सरकारी स्कूलको परिभाषा दिने एक असल उदाहरणीय शिक्षिका हुन् भन्ने कुरालाई प्रमाणित गरेकी छन् । आफू पनि सरकारि स्कुल नै पढेर दुख संर्घष गरेर यहाँसम्म आएकाले पनि अलि धेरै नै सरकारि स्कलको शैक्षिक गुणस्तर होस भनेर लागि परेकी छन् ।

सवै राम्रो सोच्ने पनि हुदैन, नराम्रो सोच्ने पनि हुदैन परिवर्तनको सुरुवात आफैबाट गर्नुपर्छ भनेर अगाडि वढेपछि सिङ्गो विधालय परिवार, अभिभावक र विधार्थिहरूले सहयात्री वनेका छन् । 

उनी साँचिकै ‘बोर्डिङसरहको सरकारी स्कूल’ को परिभाषा दिने एक असल उदाहरण हुन्। इमान्दार र निस्वार्थभावकी शिला भन्छिन समुदाय र विद्यालय परिवारकाे टिमले गरेकाे हामी सफलता चुम्न सक्छाैं । 



Saturday, July 6, 2024

एसइइकाे नतिजा प्रकाशित नमुना इभरग्रीनका विद्यार्थी शतप्रतिशत पास

रसुवा, राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालयले सार्वजनिक गरेको एसईईको नतिजा अनुसार संस्थागत विद्यालय नमुना इभरग्रीन आवाशीय माध्यमिक विद्यालयले २०८० सालको एसईई परीक्षामा शतप्रतिशत नतिजा निकाल्न सफल भई जिल्लामै अब्बल सावित हुन सफल भएको छ । रसुवाको गोसाईकुण्ड गाउँपालिका वडा नम्बर ६ स्थित रहेको नमुना इभरग्रीन आवाशीय माध्यमिक विद्यालयबाट जम्मा ११ जनाले परीक्षा दिएकोमा शतप्रतिशत नतिजा आएको हो । साथै सामुदायिक विद्यालयतर्फ निलकण्ठ नमुना माध्यमिक विद्यालय जिबजिबको अन्य विद्यालयको तुलनामा राम्रो नतिजा आएको शिक्षा समन्वय ईकाईले जनाएको छ। रसुवा जिल्ला शिक्षा समन्वय ईकाईका अनुसार जिल्लाभरमा शैक्षिक वर्ष २०८० मा जम्मा २४ वटा विद्यालय एसईईमा सहभागी भएका थिए । जसमा ५४५ विद्यार्थी सहभागी भएका थिए । कालिका हिमालय माविको छात्रा यमुना पौडेलले ३.९५ जीपीएसहित जिल्लाको उत्कृष्ट हुन सफल भएकी छन् । गएको चैत १५ गतेदेखि शुरु भएको परीक्षाको नतिजा हिजो सार्वजनिक भएको हो । परीक्षामा सहभागीमध्ये ४७ दशमलव ८६ प्रतिशत विद्यार्थीले मात्र ११ कक्षामा भर्ना हुन पाउने भएका छन् । बोर्डका अनुसार परीक्षामा सहभागी चार लाख ६४ हजार सात सय ८५ विद्यार्थीमध्ये दुई लाख २२ हजार चार सय ७२ जना कक्षा ११ मा भर्ना हुन योग्य भएका छन् । ननग्रेडिङ (एनजी) हुने विद्यार्थीको सङ्ख्या दुई लाख ४२ हजार तीन सय १३ रहेको छ । तीमध्ये दुई विषयमा एनजी हुने विद्यार्थी सङ्ख्या एक लाख १५ हजार आठ सय ३४ छ । उनीहरुले साउन १८ र १९ गते हुने ग्रेडवृद्धि परीक्षामा सहभागी हुन पाउने बोर्डले जनाएको छ । यस वर्षको एसईई परीक्षामा रसुवाबाट २५.५ प्रतिशत मात्र विद्यार्थी उत्तीर्ण भएका छन्। शिक्षा विकास तथा समन्वय इकाई रसुवाले दिएका जानकारी अनुसार सामुदायिक विद्यालय तर्फ नीलकण्ठ नमुना माविबाट ३२ जनामध्ये १९ जना पास भएका छन्।

Wednesday, May 8, 2024

शैक्षिक गुणस्तर सुधार तथा विद्यार्थीको आकर्षणका लागि विद्यालय बस

शैक्षिक गुणस्तर सुधार तथा विद्यार्थीको आकर्षणका लागि  विद्यालय बस

रसुवा, गाउँपालिकाभित्रका सामुदायिक विद्यालयलाई अब्बल बनाउँदै शिक्षामा सबैको पहुँच बढाउन गोसाईकुण्ड गाउँपालिकाले धुन्चे स्थित रसुवा माविलाइ बस प्रदान गरेको छ ।

आवश्यक इन्धन एवम् मर्मतलगायत सवै खर्च गाउँपालिकाले ब्यवस्थापन गर्ने गरी निःशुल्क बस सञ्चालन गर्न रसुवा माविलाइ प्रमुख अतिथि संविधान सभा सदस्य छोवाङतेन्जिङ तामाङ, गाउँपालिका अध्यक्ष कैसाङनुर्पू तामाङले स्कुल बस र साँचो रसुवा माविका प्रधानाध्यापक तेम्पारिसाङ घलेलाइ हस्तान्तरण गरे ।

सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधार गर्दै विद्यार्थीको आकर्षण बढाउन गाउँपालिका सामुदायिक विद्यालयलाई विद्यालय बस प्रदान गरिएको गाउँपालिका अध्यक्ष कैसाङनूर्पू तामाङले बताए । 

तामाङ समुदायका बालबालिकालाई लक्षित गरी नि:शुल्क बस सेवा संन्चलन गरिएको हो । गाँउपालिकाले २९ लाख ६२ हजार रुपैंयामा खरिद गरी रसुवा माध्यमिक विध्यालयलाई एक कार्यक्रमका बीच हस्तान्तरण गरेको हो ।

नि:शुल्क बस सेवा सञ्चालनमा आएसँगै बिद्यालय सेवा क्षेत्रभित्र रहेका बिपन्न परिवारका छात्रछात्राहरु बस चढेर विद्यालयसम्म पुग्न पाउँदा खुसी भएका छन् । बस सञ्चालनले विद्यालय सम्मको आवागमन सहज तथा छिटो छरितो हुने भएपछि विद्यार्थी र अभिभावकहरू खुशी भएका  छन् ।

गाँउपालिकाले वार्षिक रुपमा लाग्ने इन्धन, मर्मत तथा चालक सहचालक सहितको सम्पूर्ण खर्च गोसाँईकुण्ड गाँउपालिकाले गर्ने गरि बस सञ्चालनमा ल्याईएको गाँउपालिकाले जनाएको छ ।

विद्यालयमा सञ्चालन भएको नि:शुल्क बस सेवाले विद्यालयलाई अब्बल बनाउँदै शैक्षिक गुणस्तर सुधार गर्दै सामुदायिक विद्यालयमा विपन्न वर्गका बालबालिकाको शिक्षामा सहज पहुँचको लागि बस सेवाले टेवा पुग्ने गाउँपालिकाको विश्वास छ । बसले सोले, बोकेझुण्डा , भिमाली, ठाडे गाउँसम्मका विद्यार्थी लाभान्वित हुनेछन् ।