ताजा खबर
Loading...
'यही हो हाम्रो रसुवा' को सूचनामूलक यस साइटमा तपाईको वरपरको महत्वपूर्ण स्थल, सम्पदा आदिको बारेमा प्रचार गरी आन्तरिक पर्यटन विकासमा सहयोग पुर्‌याउन त्यस्ता सामग्रीहरू हामीलाई पठाउनु होला । हामी तपाईका सामग्रीलाई प्रकाशन गर्नेछौं । Email : paudelprem@gmail.com (9843508470 Whatsapp)
Showing posts with label Economic News. Show all posts
Showing posts with label Economic News. Show all posts

Sunday, August 23, 2026

अवरुद्ध पासाङल्हामु सडक खुल्ला

रसुवा, गएरातिदेखि पहिरोका कारण ठाडे–धुन्चेको बोकेझुण्डा क्षेत्र तथा ठाउँठाउँमा पहिरो खसेर अवरुद्ध रहेको पासाङल्हामु सडक खुल्ला भएको छ ।  

माथिबाट पहिरोका कारण सवारी तथा मानिसहरूको आवत–जावतसमेत बन्द भएकोमा सडक बिभाग तथा अन्य सरोकारवालाहरुसँगको समन्वयमा अबरुद्ध सडक खुलाइएको जिल्ला प्रहरी कार्यालय रसुवाले जनाएको छ ।  

अब कतै सडक अवरुद्ध छैन । गोसाइँकुण्ड जाने तीर्थयात्री तथा मानसरोवरतर्फ जाने यात्रुहरूढुक्कसँग यात्रा गर्न सक्ने जिल्ला प्रहरी कार्यालयले जनाएको छ । वर्षातकाे पहिराेले धारापानी, ठाडेदेखि धुन्चेसम्म सडक अवरूद्ध थियाे । 

ठूलो रुख ढलेको र अरु रुखपनि ढल्न लागेकोले घटनास्थलमा प्रहरी पुगेको र आवश्यक उपकरण ल्याएर अवरुद्ध सडक खुलाएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नावय उपरीक्षक अशोक थापाले जानकारी दिए । 

स्क्याभेटर तथा उपकारणहरु तयारी अवस्थामा रहेकोले गोसाइँकुण्ड मेला अवधिमा सडक कतै अवरुद्ध भएमा तत्काल खुलाउने जिल्ला प्रशासन कार्यालयका सहायक प्रमुख जिल्ला अधिकारी द्रुबप्रसाद अधिकारीले बताए । 




Wednesday, August 12, 2026

केरुङमा करोडौँको कृषि उपज बिग्रिँदै


रसुवा, सामान ढुवानीको लागि केरुङमा नेपाली गाडीको अभाव भएको छ । 

गाडी अभाव हुँदा  केरुङ पाङसिङ क्षेत्रमा नेपाल ल्याउनका तयारी अवस्थामा रहेको अदुवा, लसुन, स्याउ, ड्रागन फ्रुट र सुन्तला लगायतका कृषि तथा फलफूलजन्य सामानहरू रोकिएका छन् । 

गाडीको अभावमा लामो समयदेखि सामान अलपत्र परेको केरूङबाट पुरूषोत्तम पौडेलले बताए ।  पर्याप्त ढुवानी साधन नहुँदा ठूलो परिमाणमा कृषि उपज नासिने अवस्थामा पुगेको पौडेलले भने ।

नेपाली गाडीको सहज व्यवस्था हुन नसक्दा विशेष गरी छिट्टै बिग्रिने तरकारी तथा फलफूल व्यापारमा जोडिएका व्यवसायीहरू ठूलो आर्थिक क्षति व्यहोर्न अबस्थामा पुगेका  छन् । 

सम्बन्धित निकायले तत्काल नेपाली गाडीको व्यवस्था गरी रोकिएका सामान नेपाल भित्र्याउने वातावरण नबनाए व्यापारीको भारी लगानी डुब्नुका साथै नेपाली बजार र उपभोक्तासमेत प्रत्यक्ष प्रभावित हुने देखिएको छ।

तस्वीर र समाचार : पुरूषोत्तम पौडेल

Saturday, May 2, 2026

सामुदायिक वन वातावरण संरक्षणका लागि बागमती प्रदेश स्तरिय अनुभव आदानप्रदान सम्पन्न


रसुवा, सामुदायिक वन उपभोक्ता महासङघ नुवाकोटको आयाेजना तथा लिखु गाउँपालिकाकाे सहयाेगमा वन सरक्षण बारे बागमती प्रदेश स्तरिय अनुभव आदान प्रदान कार्यक्रम सम्पन्न भयाे ।                 

लिखु गाउँपालिका अध्यक्ष ध्रुब श्रेष्ठकाे प्रमुख आतिथ्यतामा भएको कार्यक्रम जिल्ला महासङ्घ नुवाकोटका अध्यक्ष सम्झना सेढाई महासङ्घका केन्द्रीय काेषाध्यक्ष शान्ता न्यौपाने , बागमती प्रदेश अध्यक्ष विनाेद सापकोटालगायतले आफ्नाे धारणा राखेका थिए । 

दाेस्राे सत्रमा भएको छलफलमा लिखुका समुहका समस्या तथा बागमती प्रदेशकाभरका पदाधिकारी र जिल्ला अध्यक्षहरु तथा सहभागीहरुले सामुदायिक वनका समस्या र समाधानका उपाय बारे छलफल गरेका थिए ।  त्यसैगरी नुवाकोटमा सामुदायिक वन उपभोक्ता महासङघ बागमती प्रदेश समितिकाे ९ औ पूर्ण बैठक समेत सम्पन्न भएको प्रदेश अध्यक्ष बिनाेद सापकोटाले बताए । 



Sunday, February 1, 2026

रसुवा जिल्लाको जनसंख्या ४६ हजार ६ सय


रसुवा,  राष्ट्रिय जनगणना २०७८ अनुसार रसुवा जिल्लाको जनसंख्या ४६ हजार ६ सय ८९ सार्वजनिक भएकाे छ । 

राष्ट्रिय जनगणना २०७८ जनगणना अनुसार रसुवा जिल्लामा पुरुषको संख्या धेरै देखिएको छ । जस मध्ये पुरुषको संख्या २४ हजार ३५ र महिलाको संख्या २२ हजार ६ सय ५४ रहेको छ । 

राष्ट्रिय तथ्याङ्ग कार्यालयका अनुसार सवै भन्दा बढी जनसंख्या नौकुण्ड गाउँपालिकामा १२ हजार ३ सय ४४ र सवै भन्दा कम आमाछोदिङ्मो गाउँपालिकामा ६ हजार ६ सय ७३ रहेको देखिएका छन् । त्यस्तै कालिका गाउँपालिकामा १० हजार १ सय १५ उत्तरगया गाउँपालिका ८ हजार ५ सय ५५ र गोसाईकुण्ड गाउँपालिमा ७ हजार ७ सय ८८ जनसंख्या रहेको तथ्याङ्ग नतिजा सार्वजानिक गरिएको छ ।

एक सय ८८ जनामात्र महिलाको घर जग्गामा स्वामित्व



रसुवा, राष्ट्रिय जनगणना २०७८ अनुसार जिल्लामा एक सय ८८ जनामात्र महिलाको घर र जग्गामा स्वामित्व रहेकाे छ । 

राष्ट्रिय जनगणना २०७८ काे तथ्यांक अनुसार  घर र जग्गामा महिलाको स्वामित्वलाई हेर्दा रसुवामा घर मात्रै आफ्नो नाममा भएका महिला १८८ जना, जग्गा मात्र नाममा भएका महिला ६३८ जना, घर र जग्गा दुवै नाममा भएका महिला ९५० जना रहेका छन् ।

महिला सशक्तीकरणको सोचले नै सरकारले महिलाको नाममा जग्गा पास गर्दा राजस्वमा छुट दिने नीति ल्याएको हो, यसबाट महिलाको नाममा जग्गा पास गर्ने  देशभर महिलाdf उल्लेख्य वृद्धि भए पनि रसुवामा सन्ताेषजनक भएकाे देखिदैन । 

रसुवाबाट अक्सर विदेशमा बस्ने २ हजार जना


रसुवा, राष्ट्रिय तथ्याङ्ग कार्यालय,  राष्ट्रिय जनगणना २०७८ अनुसार अक्सर विदेशमा बस्ने २ हजार जना रहेका छन् ।

राष्ट्रिय जनगणना जसमध्ये २ हजार ३ सय २ जना रहेका छन् । पुरुष १ हजार ३ सय २९ जना, महिला ९ सय ७३ जना रहेका छन भने जिल्ला छोडी अक्सर नेपालकै अन्य ठाँउमा बस्ने ४ हजार ८ सय ३६ जना रहेका छन ।

खानेपानीको श्रोतलाइ मध्यनजर गर्दा रसुवामा ४ हजार १ सय ३५ परिवारको घर परिसर भित्र धारा रहेको छ, घर परिसर वाहिर धारा रहेका ६ हजार ३ सय परिवार, ७८ परिवारले खुला ईनार, १० परिवारले ढाकेको ईनार, ५ सय ३७ परिवारले मुल धारा, ६४ परिवारले खोलाको पानीलाई पिउन र खाना पकाउन प्रयोग गरेको पाईयो ।


Wednesday, January 14, 2026

काठमाडौँमा दुई दिने थारु राष्ट्रिय माघी महोत्सव हुने

काठमाडौँ। थारु समुदायको महान पर्वका रूपमा रहेको माघीलाई लक्षित गर्दै दुईदिने ‘थारु राष्ट्रिय माघी महोत्सव’ आयोजना हुने भएको छ । यो पर्वलाई पूर्व मेचीदेखि पश्चिम महाकालीसम्मका थरुहट तराई क्षेत्रमा बस्ने थारु समुदायले माघरमाघीरतिला सङ्क्राइतरखिँचरारखिँचरीरखिँचडीका नामले हर्षोल्लासपूर्वक मनाउँदै आएका छन् ।


थारु कल्याणकारिणी सभा ९थाकस० केन्द्रीय समितिको संयोजन तथा ३० वटा थारु सङ्घसंस्थाको संयुक्त आयोजनामा यही पुस ३० र आगामी माघ १ गते काठमाडौँको टुँडीखेलमा महोत्सवको आयोजना हुने भएको हो ।

महोत्सवबारे जानकारी दिन आज यहाँ आयोजित पत्रकार सम्मेलनमा मूल आयोजक समितिका संयोजक प्रेमीलाल चौधरीले यस महोत्सवले थारु संस्कृतिको संरक्षण एवं प्रवर्द्धन गर्दै आन्तरिक तथा बाह्य पर्यटकलाई महोत्सवमा सहभागी गराई नेपालको अर्थतन्त्रमा विकास गर्न मद्दत पुर्‍याउने विश्वास लिइएको बताए।  

उनले भने, 'थारु समुदायमा माघी पर्वलाई नयाँ वर्ष, स्वतन्त्रता दिवस, सामाजिक कार्यका लागि गाउँको नेतृत्व चयन, खोजनी बुझनी ९समीक्षा० तथा सामाजिक, सांस्कृतिक, धार्मिकलगायत पक्षको महत्वलाई जोड दिन्छ ।”

थारु समुदायले माघी आउनु अगाडिदेखि दुनाटपरी बनाउने र खानपानको जोहो गर्दै पर्वको तयारी गर्छन् । पुस मसान्तको दिन सुङ्गुररबङ्गुर ‘जिता मार्ने’ गरिन्छ भने सोही दिन आगोको धुनी बाल्दै डफ र मादलसँगै धुमरु गाउँदै रातभर जाग्राम बस्ने गरिन्छ । माघ १ गते बिहानै नजिकको खोला, नदी, ताल, तलैया आदिमा स्नान गरिन्छ, जसलाई ‘माघ लहान’ भन्ने गरिन्छ ।

स्नानपश्चात् पूजा र भाकल गरे सन्तान सुख प्राप्ति र मनोकाङ्क्षा पूरा हुने जनविश्वास रहिआएको छ । ढुङ्गाको महादेव बनाई जल, फूलमाला, सिक्का पैसा राखी पूजा गर्ने र आफूभन्दा अग्रजबाट आर्शिवादसहित चामलको सेतो टीका लगाई घरमा आएर ‘निसराउ काढ्ने’ र घरपरिवार इष्टमित्रमा साइनोअनुसार ‘स्यावा ढोग’ लिँदै माघका मिठामिठा परिकार खाने सांस्कृतिक प्रचलन रहँदै आएको छ ।

थारु कल्याणकारिणी सभाको अगुवाइमा काठमाडौँमा विसं २०५९ देखि महोत्सव मनाउन थालिएको हो । ‘थारू कला संस्कृति हाँसो पहिचान, यसलाई संरक्षण र संवर्द्धन गर्ने हाम्रो अभियान’ भन्ने मूल नाराका साथ मनाइने यस महोत्सवका मुख्य आकर्षक थारु समुदायको सांस्कृतिक झाँकीसहित र्‍याली प्रदर्शन, मूल समुद्घाटन समारोह, विविध थारु सांस्कृतिक प्रस्तुति, थारु खानाका परिकार प्रदर्शनी एवं बिक्री, थारु सीप हस्तकला, पुस्तक प्रदर्शनी एवं बिक्री, मोटरसाइकल र्‍याली, ‘जिता मर्ना’ र विभिन्न क्षेत्रमा विशेष योगदान पुर्‍याएका थारु विशिष्ट व्यक्तित्वलाई सम्मान गर्ने कार्यक्रम समावेश गरिएको संयोजक चौधरीले जानकारी दिए ।

उनका अनुसार महोत्सवमा थारु खानपिन, हस्तकला, पुस्तक प्रदर्शनीका करिब १०० वटा कक्ष ९स्टल० रहने छन् । खानाका स्टलमा थारु जातिले माघी पर्वमा ढिक्री, घोङ्गी, अन्डिक भात, खिँचरी, तिलको लड्डुु, अन्डिको जाँडको झोल, खँरिया, सुँगुरको मासु, गङ्गटो, सिँधरा, आलुसिन्की, बयरको चटनी, बरिया, तेलपौर रोटीलगायत विभिन्न खानाका परिकारको स्वाद महोत्सवमा सहभागीले लिन पाउने आयोजकले जनाएको छ ।

राष्ट्रिय जनगणना २०७८ का अनुसार चौथो ठूलो जातिका रूपमा रहेको थारुको कूल जनसङ्ख्याको छ दशमलव दुई प्रतिशत छ । २६ जिल्लामा फैलिएका थारु जातिको जनसङ्ख्या १८ लाख सात हजार १२४ रहेको छ । यद्यपि, थारु समुदायले भने यो भन्दाबढी रहेको अनुमान गर्दै आएका छन् । 

Tuesday, December 9, 2025

भूमिहीन दलित र भूमि अधिकार : नीति र कार्यान्वयनको चुनौती विषयक संवाद्


काठमाडाै, सामुदायिक आत्मनिर्भर सेवा केन्द्रलगायत ९ वटा दलित, भूमि र मानव अधिकारको क्षेत्रमा कार्यरत संस्था एवं सङ्गठनको अयोजनामा आज 'भूमिहीन दलित र भूमि अधिकार : नीति र कार्यान्वयनको चुनौती विषयक संवाद् कार्यक्रम' भयो ।

  मानव अधिकार राष्ट्रिय महाभेला-२०२५, सन्दर्भमा आयोजित कार्यक्रममा भूमिहीन दलित प्रतिनिधिहरु, दलित भूमिहीनता अन्त्य गर्न क्रियाशील संघ सङ्गठनका प्रतिनिधिहरु, जेनजी समूहका प्रतिनिधिहरु, भूमि अधिकार मञ्चका अभियन्ता एवं सदस्य तथा यस क्षेत्रका सरोकारवाला प्रतिनिधिहरुसमेत ८५ (४७ महिला, ३३ दलित, २१ जनजाति) जना सहभागी भएका थिए ।

राष्ट्रिय मानव अधिकार आयोग कार्यालय आयोजना गरिएको कार्यक्रममा दलित भूमिहीनता सम्बन्धमा गरिएको दुई अध्ययन (सामुदायिक आत्मनिर्भर केन्द्रबाट डा. सुरेश ढकाल र विश्वास नेपाली र र नाफान पवन ढकालबाट) को सार प्रस्तुती गरिएको थियो । समुदायबाट सहभागी भएका ४ जना भूमिहीन दलित अगुवाहरुले सङ्घर्षपूर्ण अनुभूति सुनाएका थिए ।

त्यसपछि विभिन्न सरोकारवालाको सहभागितामा निर्धारित विषयमा प्यानल छलफल गरिएको थियो । प्यानल छलफलमा राष्ट्रिय दलित आयोगका अध्यक्ष मा. देवराज विश्वकर्मा, भूमि समस्या समाधान आयोगका विज्ञ सदस्य, डा. जगत बस्नेत, भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्रालयका सहसचिव एवं प्रवक्ता, गणेशप्रसाद भट्ट, राष्ट्रिय मानव अधिकार आयोगका उपसचिव, श्यामबाबु काफ्ले, वरिष्ठ अधिवक्ता, राजुप्रसाद चापागाइँ, दलित नागरिक समाजका संयोजक, मोती लाल नेपाली, राष्ट्रिय भूमि अधिकार मञ्च नेपालका अध्यक्ष ल्यामबहादुर दर्जी, दलित गैरसरकारी संस्था महासंघका अध्यक्ष जेवी विश्वकर्मा, अधिवक्ता देवी सुनार, नाफानका कार्यकारी निर्देशक भोला भट्टराई सहभागी हुनु भइ दलित भूमिहीता र यसको अन्त्य र उनीहरुको समृद्ध जीवनको विषयमा नीतिगत समीक्षा वर्तमान अभ्यास र आगामी बाटोको विषयमा गहन छलफल तथा अनुभूतिहरु आदान प्रदान गरिएको थियो । कार्यक्रमको सहजीकरण सामुदायिक आत्मनिर्भर केन्द्रबाट अभियान संयोजक सुष्मा न्यौपाने र प्यानल सहजीकरण नेपाल महिला एकता समाजबाट कार्यक्रम व्यवस्थापक सावित्री थापाले गर्नुभएको थियो ।

झण्डै ४ घण्टा चलेको कार्यक्रममा भूमिहीन दलितका जग्गा अधिकार र यसबाट परेको असर र समाधानको लागि राज्यले दिनुपर्ने ध्यानको विषयमा सहभागी अधिकारवाला तथा सरोकारवालाहरुले निकै आवाज उठाएका थिए । सहभागीहरुबीच भएको अन्तरक्रियात्मक छलफलमा भूमिहीन दलितको भूमि अधिकारको सन्दर्भमा सघन कार्य गर्न निम्न सुझावहरु प्राप्त भएको छ :

·       भूमिहीन दलितको आर्थिक र सामाजिक अवस्था कमजोर छ । उनीहरु शिक्षा र रोजगारीको अवसरबाट समेत वञ्चित छन् । जीविकाको लागि कठोर परिश्रम गर्न बाध्य छन् । बसोबास सुरक्षित छैन ।

·       भूमिहीन दलितलाई सुरक्षित घरबास र खेती गर्ने दलित परिवारलाई पर्याप्त जग्गा राज्यले सुनिश्चित गर्नुपर्छ । अहिलेको कानुनअनुसार राज्यले भूमिहीन परिवारलाई दिने भनेको जग्गाको क्षेत्रफल साह्रै सानो भएकाले भूमिहीन दलित परिवारको दीर्घकालिन समाधान हुँदैन त्यसैले कानुन संशोधनमा आवाज उठाउनु जरुरी छ ।

·       भूमिसम्बन्धी अधिकारको क्षेत्रमा काम गर्ने र दलित अधिकारको क्षेत्रमा कार्यरत सङ्गठनहरुको सहकार्य जरुरी छ । सङ्गठित आवाज उठाउन सकियो भने मात्रै दलित भूमिहीनता अन्त्य भइ समृद्धिको बाटो सम्भव छ ।

·       नयाँ राजनीतिक परिवेशमा पनि सर्वोच्च अदालतले भूमि समस्या समाधान आयोगलाई काम गर्न पाउने गरी आदेशद्धार व्युउँताएको हुँदा यो अवसरलाई आयोग र भूमि अधिकारको क्षेत्रमा क्रियाशील सङ्गठनहरु र स्वयम् भूमिहीन समुदायले पनि सदुपयोग गर्नुपर्छ । र सबैले राज्यलाई सकारात्मक दबाब सिर्जना गरी छिट्टै सम्पूर्ण भूमिहीन दलितलाई भूमिको अधिकार दिलाउन भूमिका खेल्न  जरुरी छ ।

·       देशभरका भूमिहीन दलितहरुलाई सङ्गठित हुन समुदाय जागरण ल्याउनुपर्छ । दलित-गैरदलितबीचको सहकार्य र संवाद् बढाउनुपर्छ ।

·       राज्यले बनाउने नीति निर्माणमा भूमिहीन दलितहरुको प्रतिनिधित्व छैन । कार्यान्वयन गर्ने ठाउँमा पनि भूमिहीन दलितहरुको प्रतिनिधित्व नभएकाले भएको नीतिहरु प्रभावकारी कार्यान्वयन नभएको हो । यसको लागि राज्यको उचित ध्यानकर्षण गरी जसको सवाल उसकै अगुवाइ हुने वातावरण गराउनुपर्छ र सोअनुसार नीतिको लागि पैरवी गर्नुपर्छ ।




 

 

Monday, February 24, 2025

रसुवामा वन अतिक्रमण हुन नदिन नियमित अनुगमन


रसुवा, जिल्लाका विभिन्न क्षेत्रमा भएको वन अतिक्रमण हुन नदिन नियमित अनुगम गर्ने डिभिजन वन कार्यालयले जनाएको छ । 

डिभिजन वन कार्यालय रसुवाका डिभिजनल वन अधिकृत शम्भु तामाङका अनुसार वन अतिक्रमण नियन्त्रण समितिको बैठकमा जिल्लाभर ३६ दशमलव २७ हेक्टर वन अतिक्रमणमा परेको तथ्यांक सार्वजनिक गरी पुरानो अतिक्रमण क्षेत्र विस्तार हुन नदिने तथा नयाँ वन अतिक्रमण हुन नदिन नियमित अनुगमन तथा गस्ती गर्ने बताए । 

रसुवाको गोसाइकुण्ड गाउँपालिका १ नागथलीमा ६, आमाछोदिङमो गाउँपालिका ३ मा २२, वडा नं ४ मा ५ , वडा नं ५ मा ४८ र उत्तरगया गाउँपालिका–१ बौंसेमा ९० घरधुरी गरी कुल १७१ घरधुरीले वन अतिक्रमण गरेर बसेका छन् । जिल्लाभर कुल ३६ दसमलव २७ हेक्टर वन अतिक्रमण गरी घर बनाएर बसोबास गरेका छन् ।  पछिल्लो अतिक्रमणको तथ्याङ भने लिएको छैन । 

०५१ सालदेखि अतिक्रमण वन ऐन २०४९ र नियामावली ०५१ अनुसार सामुदायिक वन क्षेत्रमा कुनै पनि संरचना बनाउन पाइदैन । वन ऐन २०७६ अनुसार राष्ट्रिय वन भित्रको जग्गा कसैले पनि दर्ता गर्र वा गराउन हुँदैन भन्ने कानुनी व्यवस्था छ ।

वन ऐनको दफा ७ (२) दर्ता स्वत बदर हुने– कसैले राष्ट्रिय वन भित्रको जग्गा दर्ता गराएको भएमा त्यसरी दर्ता भएको आधारमा त्यस्तो जग्गामा दावी लाग्ने छैन र त्यस्तो दर्ता स्वतः बदर भएको मानिने उल्लेख छ ।

ऐनकाे दफा ७ (३) यो ऐन प्रारम्भ हुनु भन्दा अघि कसैले राष्ट्रियको कुनै भाग गैरकानुनी रुपले दर्ता गराएको रहेछ भने त्यस्तो दर्ता समेत यो ऐन प्रारम्भ भएपछि स्वतः बरद हुने व्यवस्था छ ।

दफा ४२(१) वनक्षेत्रको प्रयोग– यस ऐनमा अन्यत्र जुनसुकै कुरा लेखिएको भएता पनि राष्ट्रिय प्राथमिकता आयोजना, लगानी बोर्डबाट लगानी स्वीकृत भएको योजना, राष्ट्रिय गौरबका आयोजना सञ्चालन गर्न वनक्षेत्रको प्रयोग गर्नु बाहेक अन्य कुनै पनि विकल्प नभएमा र प्रचलित कानुन बमोजिमको वातावरणीय परिक्षणबाट त्यस्तो योजना सञ्चालन गर्दा वातावरणमा उल्लेखनीय असर नपर्ने देखिएमा नेपाल सरकारले राष्ट्रिय वनको कुनै भाग तोकिए बमोजिम स्वीकृति दिन सक्ने प्रावधान रहेको छ ।  

राष्ट्रिय वन फाँड्ने वा वनक्षेत्रको जोत्ने, खन्ने, खनिजकार्य उत्खनन गर्ने, आवाद गर्ने, सडक तथा अन्य पूर्वाधार निर्माण गर्ने वा अतिक्रमण गर्ने काम गरे वा गराएमा दफा ५० (३) मा सजायः दफा ४९ को खण्ड ग अन्तर्गतको कसुर गर्नेलाई पाँच वर्षसम्म कैद वा एक लाख रुपैयाँसम्म जरिबाना वा दुबै सजाय गरी त्यस्तो जग्गा राष्ट्रिय वनमा समावेश गरी सो जग्गामा बनाएको घर वा छाप्रो र प्रयोग भएका मेशिनरी औजार, साधन समेत जफत हुने। त्यस्तो कसुर गर्दा वन पैदावार हटाएको भए निजलाई सो बापत हुने सजाय समेत हुने प्रावधान छ । 

वन अतिक्रमण नियन्त्रण समितिका अध्यक्ष तथा प्रमुख जिल्ला अधिकारी अर्जुन पाैडेल, नेपाली काँग्रेसका िजल्ला सभापति पेम्बाछिरिङ तामाङ, नेकपा एमाले जिल्ला नेता विजय लामा, सामुदायिव वन उपभाेक्त महासंघ रसुवा, प्रहरी प्रमुखहरू तथा सराेकारवालाहरू सहभागी थिए । 




Friday, December 27, 2024

टिमुरेमा निर्माणाधीन सुक्खा बन्दरगाह ७२ प्रतिशत पूरा

रसुवा,  चीनसँग सीमा जोडिएको मुलुकको उत्तरी नाका रसुवाको टिमुरेमा निर्माणाधीन सुक्खा बन्दरगाह ७२ प्रतिशत पूरा भएको छ ।

चीन सरकारको आर्थिक तथा प्राविधिक सहयोगमा निर्माणाधीन बन्दरगाहको काम ७२ प्रतिशत पूरा भएको नेपाल इन्टर मोडल यातायात विकास समितिका कार्यकारी निर्देशक आशिष गजुरेलले बताए।

भोटेकोशी बगरमा सात सय मिटर लामो र साढे पाँच मिटर अग्लो सिमेन्टको पिलरसहित तटबन्ध निर्माण, बन्दरगाह प्रवेश र त्यहाँबाट प्रस्थान गर्ने सहायक मार्गको निर्माण, बगर सम्म्याउने, गोदामका दुई भवन निर्माण भएका छन् ।

आगामी असार मसान्तसम्ममा निर्माण सम्पन्न गर्ने लक्ष्यका साथ धमाधम काम भइरहेको उनीले बताए। बन्दरगाहमा संयुक्त निरीक्षणस्थल, गोदाम भवन, तीन सय मालबाहक र एक सय साना सवारी साधन पार्किङ गर्न सकिने छ ।



Wednesday, May 29, 2024

कालिका गाउँपालिका बढी बेरुजु, उतरगयामा सबैभन्दा कम

कालिका गाउँपालिका बढी बेरुजु,  उतरगयामा सबैभन्दा कम

रसुवा, पाँचवटा गाउँपालिका रहेको रसुवाको जिल्लामा सबैभन्दा बढी बेरुजु कालिका गाउँपालिकामा देखिएको छ । महालेखा परीक्षकको कार्यालयले ६१ औँ वार्षिक प्रतिवेदन स्वरूप आर्थिक वर्ष २०७९र८० को लेखाजोखा प्रतिवेदन विवरणमा सबैभन्दा भन्दा बढी बेरुजु कालिका गाउँपालिका र सबैभन्दा कम उतरगयामा देखिएको हो । 

कालिकाको बेरुजु ४ दशमलव २४ प्रतिशत रहेको छ । उतरगयाको सबैभन्दा कम बेरुजु शून्य दशमलव ६० प्रतिशत रहेको छ । यस्तै गोसाईंकुण्ड गाउँपालिकाको बेरुजु १ दशमलव ८५ प्रतिशत छ भने नौकुण्ड गाउँपालिकाको २ दशमलव २३ प्रतिशत रहेको छ । 

आमाछोदिङमो गाउँपालिकाको बेरुजु ३ दशमलव ५३ प्रतिशत रहेको महालेखा परीक्षकको कार्यालयले जनाएको छ । कार्यालयले देशैभरिका ७ सय ५३ मध्ये ४ सय ४८ गाउँपालिकाहरूको बेरुजु सार्वजनिक गरेको छ । 


 

Tuesday, May 28, 2024

रेलमार्ग विकासका लागि ३ अर्ब ८८ करोड बजेट



रसुवा,  सरकारले केरुङ काठमाडौं लगायत रेलमार्ग विकासका लागि ३ अर्ब ८८ करोड रुपैयाँ विनियोजन गरेको छ। 

मंगलबार आगामी आर्थिक वर्ष २०८१र०८२ को बजेट वक्तव्य प्रस्तुत गर्दै अर्थमन्त्री वर्षमान पुनले जयनगर–बर्दिवास रेलमार्ग अन्तर्गत विजलपुरा बर्दिवास खण्ड तथा बथनाहा विराटनगर खण्डमा जग्गा प्राप्तिको कार्य सम्पन्न गर्ने घोषणा गरे। 

‘पूर्व पश्चिम विद्युतीय रेलमार्गको बर्दिबास चोचा खण्डको निर्माणाधीन कार्य सम्पन्न गरिनेछ। केरुङ काठमाडौं रेलमार्गको सम्भाव्यता अध्ययन सम्पन्न गरिनेछ,’ उनले भने, ‘रेलमार्ग विकासका लागि ३ अर्ब ८८ करोड विनियोजन गरेको छु।’ निर्माणाधीन रसुवागढीमा सुख्खा बन्दरगाह निर्माणका लागि पनि सम्पन्न हुने बजेटमा उल्लेख छ । 

Monday, May 27, 2024

स्थानीय साबुन रसुवा र नुवाकाेटकाे बजारमा

स्थानीय साबुन रसुवा र नुवाकाेटकाे बजारमा

रसुवा, नुवाकाेट र रसुवाकाे बजार लक्षित गरी स्थानीय साबुन उद्योग संचालनमा आएको छ । राष्ट्रिय सहकारी महासंघका केन्द्रीय उपाध्यक्ष तथा नेपाल उद्योग बाणिज्य संघका केन्द्रीय सदस्य डि बी बस्नेतले एक कार्यक्रमका बीच नुवाकाेटकाे कृपाशिल सहकारीद्धारा संचालनमा आएको कृपाधुन साबुन उद्योगकाे उद्घाटन गरे । 

उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै उपाध्यक्ष बस्नेतले सहकारीद्धारा उद्योग संचालन गर्न नीति नियमले निकै अफ्ट्यारो पारेकोे बताउदै तत्काल ऐन संसोधन गर्न नेपाल सरकार समक्ष मागपत्र पेस गरेकाे बताए । 

बस्नेतले नुवाकोटमै पहिलो पटक सहकारीको तर्फबाट उद्योग सुरु भएकाेमा प्रशंसा गर्दै उनले स्थानीय सरकारले स्थानीय उद्योग स्थापना तथा संचालनमा बिशेष सहयोग र नियमित अनुगमन गर्नु पर्नेमा जाेड्दिए । 


कुल पैसठ्ठी लाख रूपैयाँ बराबरको लगानीमा संचालनमा आएको उद्योगमा १ सय आठ जना शेयर सदस्यहरू रहेको छन् भने ८ जनाले दैनिक प्रत्यक्ष रुपमा रोजगारी पाएका छन् । भैरबी साबुनको बजार नुवाकोट र रसुवा रहेको उद्योगका ब्यवस्थापक नारायणप्रसाद नेपालले जानकारी दिए । 

कृपाधुन कम्पनीबाट उत्पादन भएको भैरबी साबुन कपडाधुने साबुन अधिकांश नागरिकहरूले अत्याधिक रुचाएको बताए ।  गत फागुनदेखि परीक्षण उत्पादन सुरु भएकाे उद्योगले छोटो समय मै ५ लाख रुपैँयाको साबुन बिक्री गरेको  ब्यावस्थापक नेपालले जानकारी  दिए । 



Wednesday, May 8, 2024

चीनबाट विद्युतीय कार भित्रिदै

चीनबाट  विद्युतीय कार भित्रिदै


 रसुवा, चीनबाट रसुवागढी नाकाहुँदै नेपाल तर्फबाट विद्युतीय कार काठमाडौँ तर्फ भित्रिने क्रम बढेकाे छ । 

रसुवागढी नाकाबाट दैनिक रूपमा कार भित्रिने क्रम रहेपनि  मङ्गलबार एकै दिनमा ३१ वटा राजधानी काठमाडौँ ल्याउने भएको  छ ।  

ठूलो सङ्ख्यामा एउटै लस्करका लागेर आयात भएको चिनियाँ विद्युतीय कार आएको स्थानीयको भनाई छ ।

Wednesday, August 9, 2023

माथिल्लो सान्जेन (१४.८) ले सुरू गर्‍यो उत्पादन


साउन २५। रसुवामा निर्माण सम्पन्न  भएको माथिल्लो सान्जेन (१४.८) ले उत्पादन सुरू गरेको छ । सान्जेन जलविद्युत कम्पनी लिमिटेडले निर्माण गरेको आयोजनाको काम पूरा गरी उत्पादन परीक्षण सुरु गरिएको हो ।

आयोजना प्रमुख सुदन सिंहका अनुसार साउन २० गतेबाट उत्पादन परीक्षण सुरू गरिएको हो । राष्ट्रिय प्रणालीमा जोडिएको उक्त आयोजनाले २ सातासम्म प्राधिकरणलाई निःशुल्क विद्युत दिनेछ । व्यापारिक उत्पादनलाई चिलिमेको प्रवाह हुने प्रसारण लाईनमार्फत् जोड्ने आयोजनाले बताएको छ ।

 

दुई अर्ब २१ करोड ८० लाख रुपैयाँ लागत अनुमान गरिएको उक्त आयोजनाबाट वार्षिक ८५.८७ गिगावाट घन्टा विद्युत उत्पादन हुनेछ । जसमा सुख्खायाममा ११.०२ र बर्खायाममा ७४.८५ गिगावाट घन्टा विद्युत उत्पादन हुनेछ ।  

 

यही कम्पनीले निर्माण गरिरहेको ४२.५ मेगावाटको सान्जेन पनि अन्तिम चरणमा पुगेको छ । यस आयोजनाको सबै काम पुरा गरी आगामी पुसदेखि उत्पादन थाल्ने कम्पनीले जनाएको छ ।