ताजा खबर
Loading...
'यही हो हाम्रो रसुवा' को सूचनामूलक यस साइटमा तपाईको वरपरको महत्वपूर्ण स्थल, सम्पदा आदिको बारेमा प्रचार गरी आन्तरिक पर्यटन विकासमा सहयोग पुर्‌याउन त्यस्ता सामग्रीहरू हामीलाई पठाउनु होला । हामी तपाईका सामग्रीलाई प्रकाशन गर्नेछौं । Email : paudelprem@gmail.com (9843508470 Whatsapp)
Showing posts with label Natural View Towers. Show all posts
Showing posts with label Natural View Towers. Show all posts

Saturday, May 11, 2024

स्वर्गको एक अंश : नागथली

नागथली पर्वत दृश्य
नागथलीबाट देखिने हिमशृङ्खलाको मनोरम दृश्य — स्वर्गको टुक्रा
नागथली गुगल
नागथलीको गुगल नक्सा-Location
पर्यटकीय स्थल
पर्यटकीय स्थल — नागथलीबाट देखिने लाङटाङ हिमाल
Highlights
यहाँबाट देखिने गणेश हिमाल, पाल्दोरपिक, साञ्जेन, लाङटाङ लिरूङ, गोसाइँकुण्ड क्षेत्रका हिमशृङ्खलालगायत तिब्बतका गगनचुम्बी हिमाल तथा वस्तीका मनोरम दृश्यले जो कोहीलाई पनि मोहित बनाउँदछ ।
========================================= -->
नागथलीको परिचय
रसुवा जिल्ला गोसाइँकुण्ड गाउँपालिका, वडा नं १ मा पर्ने नागथली आन्तरिक तथा बाह्य पर्यटकको अधिकतम रोजाईमा पर्ने गन्तव्य हो । 

स्थानीयहरू यस स्थानलाई 'नगथली' भन्दछन् । तीन हजार १ सय ६५ मीटर उचाईमा अवस्थित नागथलीलाई स्वर्गको टुक्रा मानिन्छ । गुम्बाको नजिकै नागको थान रहेको कारण यस स्थानको नामाकरण 'नागथली' भएको हो ।

यहाँबाट देखिने गणेश हिमाल, पाल्दोरपिक, साञ्जेन, लाङटाङ लिरूङ, गोसाइँकुण्ड क्षेत्रका हिमशृङ्खलालगायत तिब्बतका गगनचुम्बी हिमाल तथा वस्तीका मनोरम दृश्यले जो कोहीलाई पनि मोहित बनाउँदछ । थुमन गाउँबाट चार घण्टाको ठाडो उकालो चढेपछि पुगिने यस स्थानमा रहेको नागथली गुम्बामा वर्षेनी पूजाआजा गर्ने गर्दछन् । चन्द पात्रो अनुसार बैशाख र असोज महिनाको पूर्णिमाका दिन यहाँ मेलासहित गुम्बामा पूजापाठ हुने गर्दछ । गुम्बाभित्र भगवान बुद्द, चेंरेसी र गुटासिङ्तोङको मूर्ति रहेको छ । टाँगिएका फरफराई रहेका लुङ्तरसहितको दृश्यले अझै मनमोहक बनाउँदछ । 

 जनविश्वास अनुसार उहिले गुरू रिम्बोर्छे यस क्षेत्रमा तपस्या गर्न आएका र आफैंले गुम्बा निर्माण गरेका थिए । उक्त गुम्बा नागथली गुम्बादेखि उत्तर पश्चिमको कुनामा छ । यस वरपर गुरू रिम्बोर्छेको पैतालाको डोब, पापधर्म छुट्याउने सुरूङ, खण्डोमो क्षाम्सा अर्थात् देवी नाँच्ने थान, ढुङगे गुफाहरू, गुरू रिम्बोर्छेले मन्त्र गरी निकालेको कहिल्यै नसुक्ने तर सानो पानीको मुहान, जसलाई पबित्र जलको रूपमा प्रयोग गरिन्छ, याक/चौंरी, भेडा चरन र खर्क, विभिन्न किसिमका फूल, लालीगुँरास आदिका बृक्षहरूको दृश्यहरू यहाँका महत्वपूर्ण आकर्षणहरू हुन् । नागथलीबाट गणेश हिमालको फेदि करीब १ दिनको पैदलयात्रामा अवस्थित छ । 

यहाँबाट करीब २ घण्टा पैदलयात्रा गरी मनोरम दृश्यावलोकनको थलो तरूचे पुग्न सकिन्छ । जहाँबाट चीनतर्फका ठोङ्सा, नेस्यारगाउँ, च्याङगाउँ वरपरका दृश्यहरू देख्न सकिन्छ ।

नागथली तथा वरपरका आकर्षण (किन जाने?)
  • प्रलयका उथुलपुथुलले ठडिएका गगनचुम्बी हिमश्रृङ्खला, 
  • ग्ल्यासियर आदिको दृश्यावलोकन 
  •  चौरी गाई, लोपोन्मूख वन्यजन्तुको आश्रयस्थल
  •  कतै झुरूप्प त कतै अलि बाक्लो वस्ती, 
  • पदमार्गका वरिपरि रहेका माने, छुर्तेन, गोम्बा, लालीगुँरास, 
  • मार्गको नजिकै रहेको नदीको सुस्याहट, चराचुरूङ्गीको गायन, हिमचितुवा, घोरल, थारल, बँदेल, भालु, लङ्गुर बाँदर यहाँका मुख्य आकर्षण हुन् । 
  • यस वरपर गुरू रिम्बोर्छेको पैतालाको डोब, पापधर्म छुट्याउने सुरूङ, खण्डोमो क्षाम्सा अर्थात् देवी नाँच्ने थान, ढुङगे गुफाहरू, गुरू रिम्बोर्छेले मन्त्र गरी निकालेको कहिल्यै नसुक्ने तर सानो पानीको मुहान, जसलाई पबित्र जलको रूपमा प्रयोग गरिन्छ, याक/चौंरी, भेडा चरन र खर्क, विभिन्न किसिमका फूल, लालीगुँरास आदिका बृक्षहरूको दृश्यहरू यहाँका महत्वपूर्ण आकर्षणहरू हुन् । -
  • चौंरी र भेडापालनको मुख्य क्षेत्र - तिब्बतीयन / शेर्पा संस्कृति, भेषभूषा र रहनसहन पनि यहाँको आकर्षण हो । 
  • होटल, लज तथा रेष्टुरेन्टको व्यवस्था
कसरी पुग्ने नागथली ?
  • पासाङल्हामु राजमार्ग स्याफ्रुबेंसी-टिमुरे खण्डमा पर्ने रोङ्गाबाट मेन्दो, थुमन हुँदै 
  •  पासाङल्हामु राजमार्ग स्याफ्रुबेंसीबाट गोल्जुङ/गतलाङ, चिलिमे (तातोपानी) हुँदै 
  •  अर्थात् तामाङ सम्पदा मार्गको प्रयोग गरेर                
उस्तै उस्तै ठाउँहरू

नागथली सम्बन्धित लेखहरू

    नागथलीसँग सम्बन्धित् भिडियोहरू


    Wednesday, August 2, 2023

    दृश्यावलोकनका लागि उपयुक्त : रमिते ढुङ्गो

    रमिते दृश्य
    रमिते ढुङ्गोको मनोरम दृश्य
    रमितेबाट दृश्य
    रमिते ढुंगोबाट देखिने जिबजिबे, कालिकास्थान र नुवाकोटसम्मका दृश्य
    पर्यटकीय स्थल
    रमिते ढुंगोबाट देखिने कालिका र नौकुण्डका बस्तीहरू
    Highlights
    पर्यटकीय विकासका लागि विभिन्न स्थानमा भ्यूटावर बनाउने जस्ता कार्यहरू भईरहँदा आफैंमा भ्यूटावर बनिरहेका, न डिपिआर चाहिन्छ, न उपभोक्ता समिति चाहिन्छ, न २/४ लाखको बजेट नै चाहिन्छ, यस्ता स्थलहरूको पहिचान गरी पर्यटकीय पूर्वाधार व्यवस्था गर्न सके पक्कै पनि आन्तरिक तथा बाह्य पर्यटन विकासमा सहयोग पुग्छ ।
    ========================================= -->
    रमिते ढुङ्गोको परिचय
    कालिका गाउँपालिका, वडा नं ५ गैरीनागीको ताप्लोमा अवस्थित रमिते ढुङ्गो एक पर्यटकीय आकर्षणको रूपमा रहेको छ । 

    पासाङल्हामु राजमार्गको स्याउबारी-गोम्बोडाँडाबाट नजिकै रहेको भएपनि प्रचारप्रसारको अभावले रमिते ढुङ्गो ओझेलमा परेको छ । यहाँबाट साँच्चिकै रमिता देखिने भएकोले पनि यसलाई रमिते ढुङ्गो भनिएको हो । यहाँबाट वरपरका दृश्य हेर्दा हेलोकप्टरबाट हेरिरहेको छु भन्ने आभाष दिलाउँछ ।

     सूर्योदय तथा सूर्यास्तको दृश्य पनि मनोरम देखिने यस स्थानबाट नौकुण्डस्थित सातधारे, यार्सा, सरमथली, खाल्चेत, चिती, रूप्सेपानी, जिबजिबे, भदौरे, कालिकास्थान, धारापानी, डाँडागाउँ, ठूलोगाउँदेखि नुवाकोटको लच्याङ, लिखु, बागेश्वरी, मभीर, कुवापानी, केराघारी, त्रिशूली, कोलनीदेखि धादिङसम्म र ककनी, शिवपूरी चिसापानीसम्मका दृश्यहरू देख्न सकिन्छ । यसका वरपरबाट गणेश हिमाल पनि देख्न सकिन्छ । 

     पर्यटकीय विकासका लागि विभिन्न स्थानमा भ्यूटावर बनाउने जस्ता कार्यहरू भईरहँदा आफैंमा भ्यूटावर बनिरहेका, न डिपिआर चाहिन्छ, न उपभोक्ता समिति चाहिन्छ, न २/४ लाखको बजेट नै चाहिन्छ, यस्ता स्थलहरूको पहिचान गरी पर्यटकीय पूर्वाधार व्यवस्था गर्न सके पक्कै पनि आन्तरिक तथा बाह्य पर्यटन विकासमा सहयोग पुग्छ । 

     लाङटाङ राष्ट्रिय निकुञ्ज क्षेत्रभित्र रहेको यस स्थानमा पुग्नका लागि स्याउबारी वा गोम्बोडाँडा वा जिबजिबे हुँदै मुडुल्लीभञ्ज्याङ- सिङ्गीलामा च्यानडाँडाबाट सिधै पैदलमार्ग छ र लोकिल (भूमेस्थान) बाट राम्चे सुधारोन्मुख सडक मार्गको प्रयोग गरेर यहाँ पुग्न सकिन्छ । यहाँबाट २+ घण्टाको हिँडाईमा प्राकृतिक अर्को भ्यूटावर जुरेढुङ्गा अर्थात् सिप्पुङ पुग्न सकिन्छ ।यहाँबाट नै अर्को नव पर्यटकीय गन्तव्य बिजिङ जोङ्ग अर्थात् बिजुली ढुङ्गा पुग्न सकिन्छ ।
    आकर्षण
    • पर्यटकीय स्थल 
    • पिक्निक स्पोट 
    • अध्ययन अवलोकनका लागि महत्वपूर्ण 
    • गणेश हिमाल, सातधारेलगायत हिमशृङ्खलाको मनोरम दृश्य अवलोकन 
    • लाङटाङ राष्ट्रिय निकुञ्ज र विभिन्न वनस्पतिहरू
    कसरी पुग्ने ?
    लाङटाङ राष्ट्रिय निकुञ्ज क्षेत्रभित्र रहेको यस स्थानमा पुग्नका लागि स्याउबारी वा गोम्बोडाँडा वा जिबजिबे हुँदै मुडुल्लीभञ्ज्याङ- सिङ्गीलामा च्यानडाँडाबाट सिधै पैदलमार्ग छ र लोकिल (भूमेस्थान) बाट राम्चे सुधारोन्मुख सडक मार्गको प्रयोग गरेर यहाँ पुग्न सकिन्छ । यहाँबाट २+ घण्टाको हिँडाईमा प्राकृतिक अर्को भ्यूटावर जुरेढुङ्गा अर्थात् सिप्पुङ पुग्न सकिन्छ ।यहाँबाट नै अर्को नव पर्यटकीय गन्तव्य बिजिङ जोङ्ग अर्थात् बिजुली ढुङ्गा पुग्न सकिन्छ ।
    उस्तै उस्तै ठाउँहरू
    सम्बन्धित सामग्रीहरू
    यस स्थलको बारेमा तपाई यी भिडियोहरूबाट धेरै जानकारी लिन सक्नुहुनेछ ।
    यस स्थल तथा वरपरका बारेमा केही जानकारी छन् भने हामीलाई जानकारी दिनुहुन अनुरोध छ ।

    Sunday, July 23, 2023

    प्राकृतिक भ्यू-टावर जुरेढुङ्गा (सिप्पुङ)

    नगथली पर्वत दृश्य
    जुरेढुंगाको मनोरम दृश्य
    गोसाइँकुण्ड झरना
    जुरेढुंगा वा सिप्पुङ (गोरूको जुरो जस्तो)
    पर्यटकीय स्थल
    जुरेढुंगाबाट देखिने दक्षिणतर्फको दृश्य
    Highlights
    नौकुण्ड गाउँपालिका वडा नं १ मा पर्ने जुरेढुङ्गा २९८० मी. उचाईमा अवस्थित छ । यसको पुच्छारमा सिप्पुङ (सिपाङ) खर्क रहेको छ । यहाँ पदार्पण गरिसकेपछि नौकुण्डका वस्तीहरू थाङ्दोर, लाङ्बु, यार्सा, आरूखर्क, लार्च्याङटार, फाम्चेत, पार्‍याङ, चिलाउने गाउँ, पाटीखर्क, भञ्ज्याङडाँडा, सरमथली,सातधारे हिमाल र नुवाकोटका बोहोरे,कटुञ्जेदेखि ककनी, चिसापानीलगायतका वस्ती र डाँडाकाँडा हेर्न सकिन्छ । जुरेढुङ्गाको तलतिर रहेका वस्तीहरू हेर्दा लाग्छ कि हेलिकप्टरबाट हेरिहरेको छु ।
    ========================================= -->
    जुरेढुंगा अर्थात् सिप्पुङको परिचय
    रसुवा जिल्लाको नौकुण्ड गाउँपालिका वडा नं ६ मा रहेको जुरेढुङ्गा मनोरम स्थलमध्येको एक हो । लोकिल-सिपाङ पदमार्ग अन्तर्गत् पर्ने यो स्थान  पछिल्लो समय आन्तरिक पर्यटकहरूको रोजाईमा पर्दै आएको छ । पासाङल्हामु राजमार्ग कालिकास्थान-गोम्बोडाँडा वा स्याउबारीबाट ३ घण्टाको पैदल यात्रामा सहजै यस स्थानमा पुग्न सकिन्छ । भूमेस्थान वा सानोआलेसम्म सडक सवारीको प्रयोग गरेर पनि यस स्थानमा सजिलै पुग्न सकिन्छ । 

    स्थानीय भाषामा सिप्पुङ पनि भनिन्छ यसलाई । गोरूको जुरोजस्तो भन्ने अर्थ रहेको छ सिप्पुङको । यहाँबाट विकसोन्मुख पर्यटन पदमार्गको रूपमा रहेको नौकुण्ड ताल पनि पुग्न सकिन्छ । सूर्योदय, सूर्यास्त तथा भूधरातलको मनोरम दृश्यावलोकनका लागि एकपटक यस स्थानमा पुग्नै पर्छ । मौषम सहज भएको अवस्थामा काठमाण्डौंसम्मको दृश्य पनि देख्न सकिन्छ ।

    नौकुण्ड गाउँपालिका वडा नं १ मा पर्ने जुरेढुङ्गा २९८० मी. उचाईमा अवस्थित छ । यसको पुच्छारमा सिप्पुङ (सिपाङ) खर्क रहेको छ । यहाँ पदार्पण गरिसकेपछि नौकुण्डका वस्तीहरू थाङ्दोर, लाङ्बु, यार्सा, आरूखर्क, लार्च्याङटार, फाम्चेत, पार्‍याङ, चिलाउने गाउँ, पाटीखर्क, भञ्ज्याङडाँडा, सरमथली, सातधारे हिमाल र नुवाकोटका बोहोरे, कटुञ्जेदेखि ककनी, चिसापानीलगायतका वस्ती र डाँडाकाँडा हेर्न सकिन्छ । जुरेढुङ्गाको तलतिर रहेका वस्तीहरू हेर्दा लाग्छ कि हेलिकप्टरबाट हेरिहरेको छु ।

    लाङटाङ राष्ट्रिय निकुञ्ज क्षेत्रभित्र रहेको यस जुरेढुङ्गाको वरपर पनि थुप्रै खर्क र आकर्षक स्थलहरू रहेका छन् । चैत्र-बैशाखको समयमा यहाँ विभिन्न किसिमका लालीगुँरासहरू फुल्ने गर्दछन्, जुन् दृश्यले यहाँ आउने सबैलाई मोहित बनाउँदछ । नजिकको वा १ दिनमात्र समय छुटाएर रसुवा-नुवाकोट तथा काठमाण्डौंदेखि नै यहाँको यात्रा तय गर्न सकिनेछ । लोपोन्मुख रेडपाण्डा (रातोहाब्रे) को यहाँ वासस्थान रहेको छ । ठूलाठूला गगनचुम्बी गुँरास, खस्रु, गोब्रेसल्लाहरू रहेका छन् ।

     सिप्पा अर्थात् सिप्पुङलाई भू-उपग्रहको एक अंशको रुपमा बुझ्ने गरिन्छ । जुरेढुङ्गाभन्दा दक्षिण-पूर्वतर्फ लाङ्बु गाउँको सिरानमा अवस्थित बिजिली (बिजुली) ढुङ्गा र निर्कुभूमेसँग जोडिएको एक धार्मिक कथन समेत् रहेको छ ।

    जुरेढुङ्गालगायत बिजिली ढुंगाबाट समेत् परापूर्व कालमा विवाह, ब्रतबन्धलगायतका शुभकार्यका लागि आवश्यक भाडाकुँडा पाईने गरेको किंबदन्ती रहेको छ भने पछि भाडाकुँडा प्रयोग पश्चात् सफा गरेर एकदिनमै त्यहाँ पुर्‍याईदिनु पर्नेमा भोलिपल्ट पुर्‍याईदिएकोले सिप्पा देवता रिसाएर  पछिल्लो समयमा भाडाकुँडा नदिन थालिएको भन्ने स्थानीयको भनाई रहेको छ।
    जुरेढुंगा वरपरका आकर्षणहरू (किन जाने?)
    • ३२ भन्दा बढी प्रजातिका लालीगुँरासहरू
    • ठूलाठूला गगनचुम्बी गुँरास, खस्रु, गोब्रेसल्लाहरूको मनोरम घना दृश्यावलोकन
    • जंगली जनावर, चरा अवलोकन
    • तामाङ भेषभूषा र संस्कृति
    • मनोरम वस्तीहरूको दृश्यावलोकन
    • सूर्योदय र सूर्यास्तका दृश्यावलोकन
    • चौंरी, गाई भेडा गोठ र खर्कहरू
    • पिकनिक स्पटहरू
    • कृषि तथा तरकारी फार्महरू
    जुरेढुंगा/सिप्पुङ कसरी पुग्ने त ?
    • पासाङल्हामु राजमार्गको गोम्बोडाँडा- स्याउबारीबाट गैरीनागी, भूमेस्थान, लोकिल, सानोआले, दिलिङ हुँदै पासाङल्हामु राजमार्गको कालिकास्थान, घुम्तीबाट जिबजिबे, ज्याङलाङ, आहालडाँडा, गैरीनागी, भूमेस्थान, लोकिल, सानोआले, दिलिङ हुँदै 
    •  नुवाकोटको बिदुरबाट नुवाकोट दरबार, चोकदे, लच्याङ, सरमथली, पार्‍च्याङ, लाङ्बु (बिजिली जोङ्ग) हुँदै 
    •  यसको अलावा बेत्रावतीबाट नौकुण्ड गापा, पार्‍च्याङ पुगेर पनि यस स्थानमा पुग्न सकिन्छ ।
    उस्तै उस्तै ठाउँहरू
    सम्बन्धित सामग्रीहरू
    यस स्थलको बारेमा तपाई यी भिडियोहरूबाट धेरै जानकारी लिन सक्नुहुनेछ ।
     
     -----------------------‍‍‍‍--------  


     ----------------------------
     

     ------------------------------

    तपाईलाई यो सामग्री कस्तो लाग्यो कृपया सुझाब दिनुहोला । आन्तरिक पर्यटन प्रवर्दनमा हाम्रो प्रयास