ताजा खबर
Loading...
'यही हो हाम्रो रसुवा' को सूचनामूलक यस साइटमा तपाईको वरपरको महत्वपूर्ण स्थल, सम्पदा आदिको बारेमा प्रचार गरी आन्तरिक पर्यटन विकासमा सहयोग पुर्‌याउन त्यस्ता सामग्रीहरू हामीलाई पठाउनु होला । हामी तपाईका सामग्रीलाई प्रकाशन गर्नेछौं । Email : paudelprem@gmail.com (9843508470 Whatsapp)
Showing posts with label Dhunche Important Places. Show all posts
Showing posts with label Dhunche Important Places. Show all posts

Tuesday, May 7, 2024

दुङ्‌ल्हाङ वा धुन्चे, पर्यटकीय नगरी : एक परिचय

दुङ्‌ल्हाङ वा धुन्चे, पर्यटकीय नगरी : एक परिचय
दुङ्‌ल्हाङ वा धुन्चे, पर्यटकीय नगरी 

रसुवा जिल्लाको सदरमुकाम धुन्चेको पुरानो वा स्थानीय नामाकरण दुङ्‌ल्हाङ हो । दुङ्‌ल्हाङको अर्थ शंख ठड्याउने भन्ने हुन्छ ।


    दुङ्‌ल्हाङ (शंख ठड्याउने) वा धुन्चे कसरी भयो ?

    किंबदन्ती अनुसार उहिले बारपाकमा बौद्द धर्मका शक्तिशाली तान्त्रिक एकजना घले राजा (ग्याल्बो) थिए ।उनले आफ्ना केही छोराहरूलाई उपयुक्त ठाउँ खोजेर पठाउन चाहे । तीमध्ये एक छोरालाई बोलाएर भनेछन् 'म मन्त्र गरेर यो शंखलाई यहाँबाट फाल्छु, तिमी त्यसलाई खोज्दै जाउ र जहाँ भेटिन्छ त्यही राजा भएर राज्य चलाउनु ।'

    ती राजाले शंखलाई मन्त्र गरी उडाए । शंख आकाशमा उड्यो, उनका छोरा ठिसुम देप्के घले शंख उडेको तिर खोज्दै गए । गोरखाको बारपाकबाट धादिङको तिप्लिङ हुँदै धुन्चे पछाडिको ब्राबल आईपुगे । भीरको टुप्पोमा आकाशतिर ठडिएर बसेको अवस्थामा शंख फेला पर्‍यो । ढुङ्‌गेभीरको टुप्पोमा शंख फेला परेको हुनाले भीरको नामाकरण 'दुङ्‌ल्हामो' भयो र यस वरपरको क्षेत्रको 'दुङ्‌ल्हामो' बाट 'दुङ्‌लाङ' अपभ्रम्श भई 'दुङ्‌जे वा धुन्चे' रहन गएको हो ।

    दुङ्‌ल्हाङ वा धुन्चे, पर्यटकीय नगरी : एक परिचय
    धुन्चेको मध्य बजारमा रहेको शंखपार्क


    ती ठिसुम देप्के घलेले आफूलाई राजा घोषित गरी 'गोङ्‌गाङ' भन्ने ठाउँमा राजा भएर राज्य चलाउन थाले । उनले थोक्रा बंशका तामाङलाई काजी पद दिए ।

    दुङ्‌ल्हाङ वा धुन्चे, पर्यटकीय नगरी वरपरका मुख्य आकर्षणहरू

    • पासाङल्हामु राजमार्गमा अवस्थित
    • तामाङ संस्कृति, परम्परा र भेषभूषा
    • टुल्कु क्षेलिङ गुम्बा
    • तामाङ संग्रहालय
    • ह्युल्साङ, ल्होसार, बुद्दजयन्ति जस्ता पर्व
    • मानी डुप, मानी ङ्आ, मानीकोर, काङ्नी मानी, ङ्यारूङ टुल्कु क्षोर्तेन, सेरा खनेन मानी जस्ता आकर्षकीय तथा ऐतिहाँसिक सांस्कृतिक स्थलहरूको अवलोकन  
    • पर्यटकीय गन्तव्यको बिन्दु
    • लाङटाङ राष्ट्रिय निकुञ्ज क्षेत्रको अवलोकन
    • रमणीय प्राकृतिक भ्यूटावरहरू

     

    दुङ्‌ल्हाङ वा धुन्चे, पर्यटकीय नगरी कसरी पुग्ने ?

    पासाङल्हामु राजमार्गको प्रयोग गरेर, सदरमुकाम धुन्चेबजारको बीच भागमा अवस्थित छ ।

    दुङ्‌ल्हाङ वा धुन्चे, पर्यटकीय नगरीसँग सम्बन्धित सामग्रीहरू

     

    स्रोत : जैविक विविधता संरक्षण, पर्यटन विकासमा धर्म संस्कृतिको महत्व – फूर्पा तामाङ, रसुवाली 

    Friday, May 3, 2024

    टुल्कुपेमा ज्युङ्नी अर्थात् टुल्कुक्षेलिङ गुम्बा, धुन्चे

    टुल्कुपेमा ज्युङ्नी अर्थात् टुल्कुक्षेलिङ गुम्बा, धुन्चे
    टुल्कुपेमा ज्युङ्नी अर्थात् टुल्कुक्षेलिङ गुम्बा, धुन्चेको गाउँतिरबाट 
    आउने गेट

    टुल्कुपेमा ज्युङ्नी अर्थात् टुल्कुक्षेलिङ गुम्बा, धुन्चे
    पुरानो गेट


    गुम्बामा गुरू रिम्बोर्छे, चेंरेसी, छेर्पामे र खैण्डेमोको मूर्तिहरू रहेका छन् । करीब ४ दशक अघि धुन्चे निवासी कार्‌सिङ्गी तितुङ र उनकी  पत्नी बुटी साङ्‌मोले जीर्णोद्वार गरी ठूलो आकारमा निर्माण गरेका थिए ।

      टुल्कुपेमा ज्युङ्नी अर्थात् टुल्कुक्षेलिङ गुम्बा, धुन्चेको परिचय

      रसुवा जिल्ला गोसाइँकुण्ड गाउँपालिका, वडा नं ६ मा रहेको टुल्कु क्षेलिङ गुम्बा सदरमुकाम धुन्चेको एकमात्र गुम्बा हो । पौराणिक वा उत्पत्तिको नामाकरण टुल्कुपेमा ज्युङ्नी अर्थात् गुरू पद्‌म सम्भव हो ।

       

      पासाङल्हामु राजमार्गसँग जोडिएको यो गुम्बा कुन् समयमा बनेको हो भन्ने तिथिमिति थाहा नभएपनि सेराप तेन्जिन र गोम्बो तेन्जिनले निर्माण गरेका हुन् भनेर सोल्तेब ग्रन्थमा उल्लेख गरिएको छ भनेर 'जैविक विविधता संरक्षण, पर्यटन विकासमा धर्म संस्कृतिको महत्व' नामक पुस्तकमा लेखक फूर्पा तामांङले उल्लेख गरेका छन् ।

      गुम्बामा गुरू रिम्बोर्छे, चेंरेसी, छेर्पामे र खैण्डेमोको मूर्तिहरू रहेका छन् । करीब ४ दशक अघि धुन्चे निवासी कार्‌सिङ्गी तितुङ र उनकी  पत्नी बुटी साङ्‌मोले जीर्णोद्वार गरी ठुलो आकारमा निर्माण गरेका थिए ।

      धुन्चेको एक प्रमुख आकर्षणको रूपमा रहेको यस गुम्बामा समयसमयमा पूजाआजा, तामाङ भाषा/ ग्रन्थहरू प्रवचन गरिन्छ ।

      टुल्कुपेमा ज्युङ्नी अर्थात् टुल्कुक्षेलिङ गुम्बा वरपरका आकर्षण र महत्व

      -         धार्मिक, ऐतिहाँसिक, पर्यटकीय, सांस्कृतिक तथा जैविक विविधताको महत्वले परिपूर्ण

      -         लोपोन्मुख रेडपाण्डा अवलोकन

      -         लाङटाङ राष्ट्रिय निकुञ्ज क्षेत्र (वनस्पति, वन्यजन्तु र चराचुरूङ्गी अवलोकन) लालीगुँरास, धुपी, गोब्रे सल्लो आदि ।

      -         लोपोन्मुख जडिबुटीहरूको भण्डार ।

      -         हिमाल, झरना, बहुसंख्यक तालतलैयाको हब ।

      -         प्राय: सबै किसिमका लालीगुँरास र अन्य सुगन्धित फूलहरूको अवलोकन ।

      -         नेपालको तेस्रो पर्यटकीय मार्गमा पर्ने (लाङटाङदेखि गोसाइँकुण्ड- हेलम्बु पदयात्रा)

      -         सुविधा सम्पन्न आवास तथा होटल, लजहरूको सुविधा

      -         माने, छुर्तेन, गुम्बा, शंखपार्क, तामाङ संग्रहालय तथा मन्दिरहरूको अवलोकन

       

      टुल्कुपेमा ज्युङ्नी अर्थात् टुल्कुक्षेलिङ गुम्बा कसरी पुग्ने ?

      • पासाङल्हामु राजमार्गमा धुन्चे-स्याफ्रुबेंसी सडक खण्डको प्रयोग गरेर
      • धुन्चे बजारको मध्य भाग 'शंखपार्क'सँग जोडिएको
      • गोसाइँकुण्ड वा लाङटाङको यात्राबाट ठूलोस्याफ्रु- भार्खु हुँदै ।
      • यहाँबाट गोसाइँकुण्ड पदमार्ग (सिङ्गोम्बा) जाने पदमार्ग रहेको छ ।

       

      टुल्कुपेमा ज्युङ्नी अर्थात् टुल्कुक्षेलिङ गुम्बासँग सम्बन्धित सामग्रीहरू