ताजा खबर
Loading...
'यही हो हाम्रो रसुवा' को सूचनामूलक यस साइटमा तपाईको वरपरको महत्वपूर्ण स्थल, सम्पदा आदिको बारेमा प्रचार गरी आन्तरिक पर्यटन विकासमा सहयोग पुर्‌याउन त्यस्ता सामग्रीहरू हामीलाई पठाउनु होला । हामी तपाईका सामग्रीलाई प्रकाशन गर्नेछौं । Email : paudelprem@gmail.com (9843508470 Whatsapp)
Showing posts with label Political News. Show all posts
Showing posts with label Political News. Show all posts

Monday, June 8, 2026

रास्वपा रसुवाको प्रथम जिल्ला अधिवेशन सम्पन्न सभापतिमा पुनः वसन्त भट्ट निर्वाचित


रसुवा, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) रसुवाको प्रथम जिल्ला अधिवेशन शनिबार राति  सदरमुकाम धुन्चेमा सम्पन्न भएको छ ।

अधिवेशनबाट पुनः वसन्त भट्ट सभापतिमा निर्वाचित भएका छन् । भट्टले ६६ मत प्राप्त गरी विजयी हासिल गरेका हुन् भने उनका निकटतम प्रतिद्वन्द्वी सविन सापकोटाले ४१ मत प्राप्त गरे।

प्रतिनिधि सभा सदस्य निर्वाचन २०८२ मा उम्मेदवार भएका उत्तरगया गाउँपालिका-५ निवासी भट्ट यसअघि तदर्थ समितिकाे सभापतिमा पनि निर्वाचित भएका थिए । 

अधिवेशनअन्तर्गत सभापति, सचिव, खुला सदस्य र जनजाति सदस्य पदका लागि निर्वाचन भएको थियो । उपसभापति पदमा दावा लामा निर्विरोध निर्वाचित भएका छन् भने सह–सचिव पदमा रविन्द्र तामाङ निर्विरोध चयन भएका छन् ।

सचिव पदमा रविन्द्र लोप्चन ७४ मत प्राप्त गर्दै निर्वाचित भएका छन् । उनका प्रतिद्वन्द्वी तेजप्रसाद खतिवडाले २७ मत प्राप्त गरेका थिए । त्यस्तै, महिला सदस्य पदमा सानुदेवी तामाङ निर्विरोध निर्वाचित भएकी छन् । खुला सदस्यतर्फ सुशिल खतिवडा २८ मत प्राप्त गर्दै निर्वाचित भएका छन् भने जनजाति सदस्यतर्फ युवराज घले ७८ मतसहित निर्वाचित भएका छन् ।

Sunday, March 29, 2026

अध्यक्ष अ‍ोलीको रिहाइको माग गर्दै एमाले रसुवाले बुझायो ज्ञापनपत्र

 

रसुवा, नेपाल कम्युनिस्ट पार्टी  एमाले जिल्ला कमिटी रसुवाले पार्टी अध्यक्ष एवं  पूर्वप्रधानमन्त्री केपी शर्मा अ‍ोलीलाई पक्राउ गरिएको घटनाप्रति आपत्ति जनाउँदै रिहाइको माग गर्दै  जिल्ला प्रशासन कार्यालय रसुवा मार्फत नेपाल सरकार समक्ष पुराउन ज्ञापन पत्र चैत १५ गते बुझाएको छ ।



जिल्ला कमिटी अध्यक्ष कैसाङ नुर्पु तामाङले हस्ताक्षर गरिएको ज्ञापनपत्रमा  फागुन २१ गते सम्पन्न भएको निर्वाचन पछि नव गठित सरकारले छानबिन आयोगको प्रतिवेदन कार्यान्वयनका नाममा पूर्वाग्रह पूर्ण तथा प्रतिशोधको कदम चालेको आरोप लगाइएको र यस्तो कार्यले मुलुकलाई द्वन्द्व र अस्थिरता तर्फ उन्मुख गराउने उल्लेख गरिएको छ।

एमाले रसुवाले पक्राउ परेका नेता तथा कार्यकर्ताहरूको अविलम्ब रिहाइ, प्रतिशोधपूर्ण कार्यको अन्त्य तथा लोकतान्त्रिक प्रक्रियाको सम्मान गर्न सरकारसँग माग गरेको छ। जिल्ला कमिटी अध्यक्ष केसाङनुर्पु तामाङद्वारा हस्ताक्षरित ज्ञापनपत्रमा सरकारलाई जिम्मेवार बन्न आग्रह गरिएको छ।

यसै गरी, भाद्र २३ गते नवयुवाहरूले सञ्चालन गरेको शान्तिपूर्ण आन्दोलनमाथि दमन गरिएकोप्रति पनि आपत्ति जनाइएको छ। गैरसंवैधानिक प्रक्रियाबाट गठन भएको सरकारको गतिविधिले लोकतान्त्रिक मूल्य र मान्यतामाथि आघात पुगेको ज्ञापनपत्रमा उल्लेख छ।



Thursday, February 26, 2026

दलहरू निर्वाचन प्रचारमा जुटे, घोषणा पत्र सार्वजनिक


रसुवा, प्रतिनिधि सभा निर्वाचन २०८२ का लागि प्रचारमा गाउँगाउँमा घरदैलाेमा जुटेका दलहरुले आफ्ना प्रतिवद्धता पत्र सार्वजनिक गरेको छ ।

नेकपा एमाले, नेकपा, नेपाली काँग्रेस र रास्वपाले आफ्नो प्रतिवद्धता पत्र सार्वजनिक गरेका हुन् । एमाले उम्मेदवार उम्मेद्धवार प्रेमबहादुर तामाङले उत्तरगयाधाममा प्रतिवद्धता पत्र पढेर सार्वजनिक गरे । प्रतिवद्धतामा जिल्लाको शिक्षामा समग्र गुणस्तर कायम गर्न ध्यान दिई सामुदायिक विद्यालयहरूमा सुधार, शिक्षालाई पूर्णतः निःशूल्क गरिनेछ, आधारभूत तहदेखि नै विद्यार्थी र शिक्षकलाई प्रविधिमा पहुँच पुर्याइने, हाम्रो लगानीमा हाम्रै दक्ष जनशक्ति (डाक्टर, इञ्जिनियर, नर्स, कृषि विज्ञान, पशु विज्ञान, वन विज्ञान, गणित, अंग्रेजी, विज्ञान विषयका शिक्षक) तयार गर्न, स्थानीय, प्रदेश र सङ्घीय सरकारसँग समन्वय गरिने, सामुदायिक विद्यालयहरूलाई विद्यार्थी सङ्ख्याको आधारमा मर्जरमा लाने र आवश्यकता अनुसार आवासीय विद्यालयहरूको स्थापना गर्दै लैजान पहल गर्ने उल्लेख छ । 


त्यसैगरी स्वास्थ्य सेवालाई जनताको पहुँचमा पुर्याइने छ, स्वास्थ्य सेवा पूर्णतः निःशूल्क गर्न समन्वय एवं पहल गरिनेछ । वन्यजन्तुबाट (बाँदर, बदेल, भालु, मृग, दुम्सीलगायत) हुने अन्नबाली क्षतिको उचित संरक्षण र किसानलाई क्षतिपूर्तिको ग्यारेण्टी गर्नको लागि आवश्यक नीति निर्माण र कार्यान्वयन, रसुवागढी नाकामा रहेको पशु क्वारेन्टाइन कार्यालयलाई व्यवस्थित बनाई जिल्लाको उत्पादनलाई जोड्दिन उल्लेख छ । पासाङल्यामू सडकको बेत्रावती, कालिकास्थान, धुन्चेदेखि स्याफ्रुबेसीसम्म स्तरउन्नती र राष्ट्रिय गौरवको योजनाको रूपमा रहेको गल्छी–त्रिशुली–मैलुङ, स्याफ्रुबेसी र रसुवागढी नाकासम्मको सडकको निर्माण कार्य छिटो सम्पन्न गर्नको लागि पहल र पैरवी गरिने छ । 

सवै दलले जिल्लामा हाल निर्माणाधिन जलविद्युत आयोजनाको निर्माण कार्य सम्पन्न गर्नको लागि आवश्यक सहयोग र सहजीकरण गरिने छ । साथै रोजगारीमा स्थानीय जनशक्तिलाई प्राथमिकता दिन पहल लिई, रोजगारी सुनिश्चितता गरिने छ । जलविद्युत् निर्माणकै चरणमा  सम्बन्धित कम्पनीहरूले अनिवार्य गर्नुपर्ने सामुदायिक विकास सहयोगका कार्यक्रमहरू स्थानीय तहसँग समन्वय गरी सञ्चालन गर्न सहजीकरण गरिने प्रतिवद्धता गरेका छन् ।  

एमालेले जिल्लामा एक नगरपालिका घोषणा र कार्यान्वयनको लागि आवश्यक पहल गरिने छ । युवा बेरोजगारी न्युन गर्नका लागि कम्तीमा एक घर, एक रोजगार कार्यान्वयनको लागि पहल गरिने छ । यसको लागि जिल्लामा रहेको जलविद्युत् कम्पनी, विभिन्न उद्योग, निर्माण क्षेत्र, सरकारी कार्यालय, गैरसरकारी संघ संस्था, सहकारी, उद्यमी एवं व्यापार–व्यावसायीहरूसँग समन्वय र सहकार्य गरिने बताइएको छ । 

प्रतिवद्धता पत्रमा रसुवागढी अन्तर्राष्ट्रिय नाकालाई व्यवस्थित र प्रविधिमैत्री आधारित सेवा प्रवाहको लागि सहजीकरण गरिनेछ । रसुवाबाट केरुङतर्फ जाने प्रवेश पासमा भइरहेको अनियमिततालाई रोक्न पहल गरिने उल्लेख छ ।

रसुवागढी र केरुङ बजारमा रसुवावासीले गर्दै आएको पेशा, व्यवसाय र रोजगारीमा जोडिएका जनताहरूको सुरक्षा र सम्बर्दन साथै केरुङ बजारसम्म निजी सवारी साधानहरूलाई निर्वाध रुपम आवातजावत गर्न लागि आवश्यक पहल गरिने घोषणा पत्रमा उल्लेख छ । 

नेपाली काँग्रेसको तर्फबाट रसुवाका प्रतिनिधिसभा सदस्य उम्मेदवार मोहन आचार्यले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि आफ्नो घोषणापत्र (प्रतिज्ञापत्र) सार्वजनिक गरे । 

बुधबार आमाछोदिङ्मो गाउँपालिका–५ थाम्बुचेतमा आयोजित कार्यक्रममा आचार्यले ‘समुन्नत रसुवाको आधार ः शिक्षा, स्वास्थ्य, पर्यटन र पूर्वाधार’ भन्ने मूल नारासहित प्रतिज्ञापत्र सार्वजनिक गरेका हुन् । 

त्यसैगरी नेपाली कम्युनिष्ट पार्टीका उम्मेदवार माधब लामिछाने, राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार बसन्त भट्टले पनि आफ्नो प्रतिवद्धता पत्र सार्वजनिक गरी जिल्लाको समृद्धिका लागि बिभिन्न विषयहरु उल्लेख गरेका छन् । उनीहरुले भ्रष्टाचारको अन्त्य गरी जिल्लाका सम्भावना खोजेर समृद्ध रसुवाका लागि जोड्दिने जनाएका छन् । 

राष्ट्रिय स्वतन्त्र पार्टी रसुवाका प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार बसन्त भट्टले सुशासन, कृषि, पर्यटन तथा संस्कृति, जडिबुटी, शिक्षा, स्वास्थ्य र रसुवागढी नाकाको समग्र विकासलाई प्राथमिकतामा राख्दै आफ्नो चुनावी वाचापत्र सार्वजनिक गरे । 



Tuesday, January 20, 2026

रसुवामा १२ जनाले उम्मेदवारी मनोनयन दर्ता गरे



रसुवा, फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि एक मात्र निर्वाचन क्षेत्र रहेकाे रसुवा जिल्लामा ९ वटा राजनीतिक दल र ३ स्वतन्त्र गरी  १२ जनाले माघ ६ गते उम्मेदवारी मनोनयन दर्ता गराएका छन् । 

सदरमुकाम स्थित मूख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार मंगलबार साँझसम्ममा नाै राजनीतिक दल र तीन जना स्वतन्त्र उम्मेदवार गरी १२ जनाको उम्मेदवारी दर्ता गरेका हुन् । 


प्रतिनिधिसभा निर्वाचनका लागि नेपाली कांग्रेसको तर्फबाट इन्जिनियर मोहन आचार्यले तेस्रो पटक उम्मेदवारी मनोनयन दर्ता गराए । आचार्य २०७४ र २०७९ सालको प्रतिनिधिसभा निर्वाचनमा दुई पटक निर्वाचित भइसकेका छन् । 


नेकपा एमालेका केन्द्रीय सदस्य प्रेमबहादुर तामाङले उम्मेदवारी दर्ता गरेका छन् । तामाङ २०६४ सालमा संविधानसभा सदस्यमा निर्वाचित हुनुका साथै २०७० सालको दोस्रो संविधानसभा निर्वाचनमा उम्मेदवार र २०७४ सालमा प्रदेशसभा सदस्यमा निर्वाचित भएका थिए । त्यसै गरी नेपाली कम्युनिष्ट पार्टीका तर्फबाट माधव लामिछानेले उम्मेदवारी मनोनयन दर्ता गराए । उनी पहिलो पटक निर्वाचनमा होमिएका हुन् । 


राष्ट्रिय स्वतन्त्र पार्टीका तर्फबाट युवा बसन्त भट्टले उम्मेदवारी मनोनयन दर्ता गरे । जेएनजीको प्रतिनिधित्व गर्दै उनी पहिलो पटक राष्ट्रिय स्वतन्त्र पार्टीबाट प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवार बनेका हुन् । त्यसैगरी राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का तर्फबाट हरिप्रसाद घिमिरेले उम्मेदवारी मनोनयन दर्ता गराएका छन् । घिमिरे २०७९ सालको प्रदेशसभा निर्वाचनमा उम्मेदवार रहेका थिए ।


त्यसैगरी मंगोल नेशनल अर्गनाइजेसनका विनोद थिङ, प्रगतिशील लोकतान्त्रिक पार्टीका दाबासाङ्बो तामाङ, कम्युनिष्ट पार्टी (माओवादी) का होमप्रसाद आचार्य तथा उज्यालो नेपाल पार्टीका तर्फबाट मानबहादुर तामाङले मनोनयन दर्ता गराएको जिल्ला निर्वाचन अधिकारी राजन रायले बताए । 

यस अघि रास्वपाका जिल्ला संयोजक रहेका मानबहादुरले राजिनामा गरी उज्यालो नेपालको उम्मेदवार बनेका हुन् । 


स्वतन्त्रतर्फबाट सागर लामा, दावामिङमर तामाङ र चित्रकुमारी देवकोटाले उम्मेदवारी दिए ।  उम्मेदवारहरू पार्टीका कार्यकर्ता तथा समर्थकसहित नारा जुलुस सहित गर्दै मूख्य निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारी मनोनयन दर्ता गराएका छन्।


दलका तर्फबाट महिला उम्मेदवार छैनन् भने स्वतन्त्रबाट १ जना महिलाले उम्मेदवारी मनोनयन दर्ता गराएका छन्। 



Monday, January 19, 2026

नेकपाबाट लामिछाने उम्मेदवार


रसुवा, नेपाली कम्युनिष्ट पार्टीबाट माधब लामिछानेले उम्मेदवारी दिने भएका छन् । 

उम्मेदवारका लागि धेरै आकांक्षी रहेकोले पार्टीले हिजो रातिमात्र उम्मेदवार टुङ्गो लगाएको जिल्ला नेता पुष्पराज न्यौपानेले बताए । उत्तरगया गापा - ४ निवासी लामिछाने ०५२ सालदेखि तत्कालीन बिद्रोही माओवादीका नेता हुन् । 


रास्वपा सभापति मानबहादुरले पार्टी छाडे उम्मेदवार भट्ट


रसुवा, राष्ट्रिय स्वतन्त्र पार्टी, रसुवाका सभापति मानबहादुर तामाङले सामाजिक सञ्जाल फेसबुकबाट राष्ट्रिय स्वतन्त्र पार्टीको साधारण सदस्य समेत नरहने गरी राजिनामा घोषणा गरेका छन् । 

फागुन २१ गते हुन प्रतिनिति सभा सदस्य निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीले उम्मेद्धवारको टिकट आफुलाई नदिई पार्टीमा हालसम्म कुनै काम नगरेको व्यक्तिलाई उम्मेद्धवार बनाउने भएपछि पार्टीबाट बिद्राेह गरी असन्तुटी प्रकट गर्दै सभापति तामाङले सामाजिक सञ्जालबाट राजिनामा दिएको जानकारी दिए ।  

तामाङले आफु आदिवासी जनजाति कोटाबाट पार्टीको तर्फबाट प्रतिनिधि सभा सदस्य समानुपातिक सदस्य बन्न इच्छुक भएको समानुपातिक तर्फ पनि तामाङलाई नसमेटेको र प्रत्यक्षक टिकट पनि अरुलाई दिने भएपछि पार्टी सभापति तामाङले  राजिनामा दिएको बताएका छन् । 

राष्ट्रिय स्वतन्त्र पार्टीले फागुन २१ गते हुन प्रतिनिति सभा सदस्य निर्वाचनमा नेपाली कांग्रेस पार्टी रसुवाका क्रियाशील सदस्य समेत रहेको बसन्त भट्टलाई उम्मेद्धवार बनाउने भएकाे उनले बताएकाछन् । 

Tuesday, December 9, 2025

प्रतिनिधिसभा निर्वाचनका लागि नेपाली कांग्रेसले उमेदवार सिफारिस गर्याे


रसुवा, आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि नेपाली कांग्रेस जिल्ला कार्यसमिति रसुवाले उमेदवार सिफारिस गरेको छ ।  

मंगलबार कालिका गाउँपालिका–२ कालिकास्थानमा सम्पन्न जिल्ला कार्यसमितिको बैठकले नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा विघटित प्रतिनिधि सभाका सदस्य इञ्जिनियर मोहन आचार्यलाई एकल नाम सिफारिस गर्ने निर्णय गरेको पार्टी सभापति पेम्बाछिरिङ तामाङले जानकारी दिए ।

कांग्रेस रसुवाका अनुसार लोकतान्त्रिक मूल्यप्रति प्रतिवद्धता, विकासमा सक्रिय भूमिका र जनताप्रति उत्तरदायी नेतृत्व प्रदान गर्ने क्षमताका आधारमा आचार्यको नाम अघि सारिएको हो । यस्तै, समानुपातिक तर्फ सभापति पेम्बाछिरिङ तामाङ र सार्किबुटी तामाङको नाम सिफारिस गरिएको छ । 

साथै राष्ट्रिय सभातर्फ जनकजीवन उपाध्यायको नाम सिफारिस नेपाल नेपाली काँग्रेस रसुवाले जनाएकाे छ ।

Saturday, November 15, 2025

लोकतन्त्रकाे रक्षा र प्रतिगामी गतिविधि बिरुद्ध एमाले रसुवाकाे जनप्रदर्शन



रसुवा, नेकपा (एमाले) रसुवा जिल्ला कमिटीले संविधानको रक्षा, लोकतान्त्रिक शासन व्यवस्थाको स्थायित्व र प्रतिगामी गतिविधि बिरुद्ध जनस्तरको एकता सुदृढीकरणको लक्ष्य सहित शनिबार धुन्चेमा जनप्रदर्शन कार्यक्रम सम्पन्न गरेको छ।

प्रतिगामी षड्यन्त्र बिरुद्ध लोकतन्त्र र संबिधानको रक्षा गर्दै संसद पुर्नस्थापनाको माग सहित देशभरका ७४ जिल्ला सदरमुकामहरुमा जनप्रर्दशन भएकाे नेकपा एमाले रसुवाका सचिव पेम्पा तामाङले बताए ।  



नेकपा एमाले रसुवाले शनिबार सदरमुकाम धुन्चेमा प्रदर्शनसहित जनसभामा संसद पुनर्स्थापना, लोकतन्त्र तथा संविधान संरक्षण, जेन–जि पुस्ताका माग सम्बोधन र सर्वपक्षीय सरकार गठनजस्ता मुद्दा उठाउँदै एमालेले धुन्चे स्वागत गेटबाट विरोध कार्यक्रम सुरु गरेको थियो । जुलुस शिव मन्दिर हुँदै शंखपार्कमा पुगेर जनसभामा परिणत भएको हो।

जनसभालाई सम्बोधन गर्दै नेकपा एमालेका केन्द्रीय सदस्य यज्ञराज सुनुवारले जेन–जि आन्दोलनको नाममा केही भ्रम र अस्थिरता सिर्जना गरिएको दाबी गरे। 

उनले भने यस्तो वातावरण लोकतान्त्रिक संरचनामाथि कै चुनौती भएको र एमालेको हालको अभियान त्यसको प्रतिवाद स्वरूप सुरु गरिएको हो ।

सुनुवारले देशको सार्वभौमसत्ता तथा स्वाभिमानमा बाह्य हस्तक्षेपको प्रयास भइरहेको भन्दै एमालेले यसलाई स्वीकार गर्न नसक्ने बताए। संविधान, समृद्धि र स्थिरताका पक्षमा नागरिक समाज र सबै राजनीतिक शक्तिहरू एकजुट भएर उभिनु पर्ने आवश्यकता रहेकाे उनले बताए । जिल्ला कमिटी उपाध्यक्ष कैसाङनुर्पु तामाङकाे अध्यक्षतामा भएकाे जनसभामा केन्द्रीय नेता, प्रदेश कमिटीका नेताहरू, सवै वडाबाट कार्यकर्ताहरू पार्टीका जिल्ला नेताहरू सहित झण्डै १ हजार जना सहभागी थिए । 






Saturday, February 8, 2025

गठबन्धन सरकार ढल्दैन : पुर्व उपप्रम इश्वर पोखरेल


रसुवा, नेकपा एमालेका बरिष्ठ उपाध्यक्ष तथा पूर्व उपप्रधान मन्त्री इश्वर पोखरेलले वर्तमान सरकार राष्ट्रिय समस्या समाधान गर्न इमान्दारीका साथ लागिरहेको बताए । 

शनिबार रसुवाको कालिकास्थामा एमाले रसुवाको आयोजनामा भएको तीनमहिने जरा केन्द्रित अभियानको अभिमुखीकरण शुभारम्भ गर्दै बरिष्ठ उपाध्यक्ष पोखरेलले विगतमा बिभिन्न आन्दोनमा सहकार्य हुने गरेको नेपाली कांग्रेससँग बलियो सहकार्य रहेकाले सरकार ढल्ने कुनै सम्भावना नरहेकाे बताए । 

प्रमुख अतिथि पाेखरेलले टोल र बस्तीमा पुगेर जनताको बीचमा पार्टी र बर्गिय संगठन सुदृढ गर्न आग्रह गरे । बिभिन्न आन्दोलनहरूमा सहकार्य हुने गरेको स्मरण गर्दै नेपाली काँग्रेससँग सहकार्य र प्रतिस्पर्धा दुवै हुने बताए । उनले भने सरकारमा रहेका दलहरुमा बेइमानी नहुने उनले बताउदै ०८४ सालको निर्वाचनमा एमालेले बहुमत ल्याउने र त्यसतर्फ लाग्न जनतामा जानका लागि पार्टीले जरा अभियान थालेको उनले बताए ।


नेकपा एमाले स्थायी कमिटी सदस्य तथा तथा बाग्मती प्रदेश इ्न्चार्ज डा. राजन भट्टराईले जनतामा आधारित टोलटोलमा मजवुत सङ्गठनले मात्र सफलता मिल्ने बताए । जिल्ला उपाध्यक्ष कैसाङनुर्पु तामाङद्धारा स्वागत गरिएकाे कार्यक्रममा पार्टी केन्द्रीय सदस्य प्रेम तामाङ, जिल्ला अध्यक्ष जनार्दन ढकाललगायतका बक्ताले आफ्नो धारणा राखेका थिए ।  

साे अवसरमा कार्यक्रम तथा याेजना तयार गरी वडा र टाेलमा भेला तथा जनतासँग भेटघाट तथा संगठन  संगठन सुदृढ गर्ने पार्टी सचिव पेम्पा लामाले बताए ।




Thursday, December 26, 2024

रसुवामा नेपाली काँग्रेसकाे सय दिने अभियान सुरू


 रसुवा, रसुवामा नेपाली काँग्रेसकाे सय दिने अभियान सुरू भएकाे छ । अभियानमा क्रियाशील सदस्ता नविकरण, नयाँ वितरणलगायतका विषयमा छलफल भएकाे छ ।

अभियान अन्तर्गत भेला तथा सदस्यता पुरानो नविकरण गराउनको लागि नजिकै रहेको नेपाली काङ्ग्रेसको पार्टी कार्यालय तथा ताेकिएकाे ब्यक्तिहरूमार्फत पार्टीको सदस्यता कार्ड नविकरण तथा नयाँ बितरण भैरहेकाे नेपाल काङ्ग्रेस रसुवाले जनाएकाे छ ।

जिल्ला कार्यसमिति बैठकले निर्णय गरे बामोजिम १०० दिने अभिमुखीकरण कार्यक्रम क्रियाशील सदस्यता नविकरण, वितरणलगायत विभिन्न महत्वपूर्ण विषयमा सवै पालिकामा छलफल भइरहेकाे छे

Monday, May 6, 2024

एमाले रसुवाका अध्यक्षमा जनार्दन ढकाल सर्वसम्मत

एमाले रसुवाका अध्यक्षमा ढकाल सर्वसम्मत

रसुवा, नेकपा एमाले रसुवाको ९ औं जिल्ला अधिबेशनबाट अध्यक्षमा जनार्दन ढकाल सर्वसम्मत चयन भएका छन् ।  

अधिबेशनको बन्दसत्रले उपाध्यक्षमा कैसाङनुर्पु तामाङ, सचिमा पेम्बा तामाङ, सहसचिबमा चमेली गुरूङ र शुकबहादुर थोक्रा समेत ७८ सदस्य रहेको कमिटी सर्वसम्मत भएका हुन् । 

२ दिन चलेकाे बन्दसत्रले प्रस्तुत राजनीतिक तथा सांगठनिक र आर्थिक तथा रसुवा समृद्धिको खाकामाथि प्रतिनिधीहरुले समुहगत छलफल तथा प्रस्तुती गरेर टिप्पणी तथा सुझाव समेटेर पास गरी नेतृत्व चयनमा छलफल गरेका थिए । 

जिल्ला कमिटीमा धेरै नयाँ अनुहार तथा युवा समेटिएका छन् । नेतृत्व नै नयाँ पुस्तामा हस्तान्तरण भएको एमाले रसुवा इन्चार्ज सोम मिश्रले पत्रकारलाइ जानकारी दिए । 

अधिबेशनलाइ पूर्व प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले २२ गते धुन्चेमा उद्घाटन गरेका थिए ।

अधिबेशले जिल्लाभरबाट कुल ३ हजार १ सय ९ जना सदस्यबाट पाँचवटै पाउँपालिकाको भूगोल १० जना सदस्य बराबर १ जना, दलित ७ सदस्य बराबर १ जना, युवा १० प्रतिसत, महिला ३३ प्रतिसत गरी अधिबेशनमा ३ सय ९० जना प्रतिनिधी सहभागी थिए । 

अध्यक्ष ढकाल यसअघि सचिवको जिम्मेवारीमा थिए । ०७० सालको संबिधान सभा सदस्यमा निर्वाचित भएपछि एमालेको राजनीतिक नेतृत्वमा छन् । उपाध्यक्ष तामाङ २ पटक निर्वाचित गाेसाइकुण्ड गाउँपालिका अध्यक्ष तथा पार्टीका पूर्व उपसचिव हुन् । सचिव तामाङ पूर्व प्रदेश कमिटी सदस्य तथा युवा नेता हुन् । उपसचिव गुरूङ २ पटक निर्वाचित उत्तरगया गाउँपालिका उपाध्यक्ष तथा जिल्ला नेतृ हुन् । त्यसै गरी लेखा कमिटीको  संयाेजक गोविन्द घिमिरे र सचिव कैसाङ डिण्डुप तामाङ रहेका छन् । 

जिल्ला अधिबेशन पछि नयाँ टिमलाइ बधाइ तथा शुभकामना दिने कार्यक्रममा पार्टी जिल्ला इन्चार्रज साेम मिश्र, केन्द्रीय सदस्य माधब अर्याल, पुर्व अध्यक्ष तथा केन्द्रीय सल्लाहाकार परिषदका सदस्य छाेवाङ तेन्जिङ तामाङले बधाइ दिएका थिए ।  अध्यक्ष ढकालले अधिबेशन सफलपार्न सहयाेग गर्ने अध्यक्ष मण्डल तथा निर्वाचन कमिटी लगायत सवैलाइ धन्यवाद दिएका थिए । 

 एमाले रसुवाका अध्यक्षमा ढकाल सर्वसम्मत

Saturday, May 4, 2024

मुलुकको समृद्धिका लागि एमाले सरकार आवश्यक : अध्यक्ष ओली

मुलुकको समृद्धिका लागि एमाले सरकार आवश्यक : अध्यक्ष ओली

रसुवा, पूर्व प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले लामो संक्रमणमा गुज्रेको मुलुकको समृद्धिको लागि नेकपा एमालेले आगामी सरकारको नेतृत्व गर्ने बताए । 

आफुले सरकारको नेतृत्व गरेको समयमा थालेको अधुरा योजना पूरा गर्न अबको निर्वाचनमा नेकपा एमालेले देशको नेतृत्व लिने यसका लागि मिसन ८४ को अभियान सुरु गरेकाे उनले बताए । 

एमाले अहिले देश बनाउने अभियानमा लागेको छ,देश अधोगतिमा लैजाने गठबन्धन खरानीको डल्लो फुटेजस्तै फुटेपछि नयाँ समीकरण बनेको र लथालिङ्ग अवस्थामा पुगेको देशलाई सुधारको बाटोमा ल्याउने प्रयास भइरहेको उनले बताए ।   

अध्यक्ष ओलीले अब को प्रधानमन्त्री बन्ने-नबन्ने भन्दा पनि वर्तमान सरकार चलाएर, देश बनाएर जनताको समस्या समाधान गर्नतिर लागौँ भन्ने आफ्नो धारणा रहेको स्पष्ट राखेका थिए । 

नेकपा (एमाले) प्रधानमन्त्री बन्ने वा कसैलाई प्रधानमन्त्री बनाउने र हटाउने काममा नलागेको र मिसन–२०८४ अधियानमा केन्द्रित रहेको बताए । 

अध्यक्ष ओलीले माधव नेपाललाई पुरा नहुने सपना नदेख्न,  देश बनाउन र जनतालाई समृद्ध बनाउने अभियानमा सहकार्य गर्नेतर्फ लाग्न आह्वान गरे ।

ओलीले भने 'पर्यटकीय क्षेत्र गोसाइकुण्ड केबुलकार चल्छ र चलाउने हाे ।' केबुलकारको विकासले रेडपाण्डाको बसोबासमा समेत कुनै असर नपर्ने भएकाले सबैले आआफ्नो क्षेत्रबाट सहयोग गरी त्यसलाई सम्भव बनाउनुपर्ने उनको भनाई थियो ।

उनलेओलीले  केरुङ -काठमाण्डौ -रक्सौल रेलमार्गको अवधारणा पुरा गर्ने बताए । नेकपा एमाले रसुवाको ९ औ जिल्ला अधिबेशन उद्घाटन गदैं उनले स्थानीय सरकारले युवालाइ अवसर प्रदान गर्नुपर्ने र युवाहरूलाइ सामाजिक बिकृति र बिसंगती अन्त्य गरी सभ्य समाज निर्माणमा लाग्न आग्रह गरे । 

ओलीले केरुङ–काठमाडौँ रेलमार्गको सर्भे कार्य भइसकेकाले २४ किमी टनेल निर्माण भएमा आधा घण्टामै स्याफ्रुबेँसीबाट बेत्रावती पुग्ने बताए । 



कार्यक्रममा रक्षामन्त्री हरिप्रसाद उप्रेती तथा एमाले नेताहरु सहभागी थिए । अध्यक्ष ओली तथा रक्षामन्त्री उप्रेतीले धार्मिक पर्यटकीय क्षेत्र गोसाइकुण्डको भ्रमण सकेर अधिबेशन उद्घाटन गरेका थिए । नेता ओलीलाइ कार्यकर्ताले स्वागत गरेका थिए । 

पार्टीमा योगदान गर्ने नेता तथा कार्यकर्तालाइ सम्मान गरिएको थियो । कार्यक्रममा पाँचवटै गाउँपालिकाबाट साँस्कृतिक झाँकी प्रर्दशन गरिएको थियो । 

जिल्ला उपाध्यक्ष अधिबेशन प्रचार प्रसार कमिटीका संयोजक डिल्ली सुबेदीका अनुसार १५ गते जिल्लाभरका वडा कमिटी र जनबर्गिय संगठनबाट अधिबेशन प्रतिनिधी छानिएर अधिबेशनमा सहभागी छन् ।  

जिल्लाभर कुल ३ हजार १ सय ९ जना सदस्य रहेका छन् । पाँचवटै पाउँपालिकाको भूगोल १० जना सदस्य बराबर १ जना, दलित ७ सदस्य बराबर १ जना, युवा १० प्रतिसत, महिला ३३ प्रतिसत गरी अधिबेशनमा ३ सय ९० जना प्रतिनिधी मतदाताका रूपमा सहभागी छन् ।  बन्द सत्र भने भोली मात्र सुरु हुने छ । 

भिडियाे 




Saturday, April 20, 2024

एमाले ९ औं जिल्ला अधिबेशनका लागि मतदान अधिकृत खटिए

एमाले ९ औं जिल्ला अधिबेशनका प्रतिनिधि छनौट गर्न मतदान अधिकृत


रसुवा, नेकपा एमाले रसुवाको ९ औं अधिबेशनका लागि निर्वाचन कमिटीले २७ वटै वडामा निर्वाचन अधिकृत खटाएको छ । 

वैशाख २२ गते धुन्चेमा उद्घाटन हुने ९ औं जिल्ला अधिबेशनका लागि वडा कमिटीबाट प्रतिनिधी छनोट गर्नका लागि निर्वाचन अधिकृत तोकेर प्रतिनिधी छनोट बारे छलफल समेत गरेको पार्टी जिल्ला कमिटी उपाध्यक्ष तथा प्रचार प्रसार संयोजक डिल्ली सुवेदीले बताए । 

शनिबार कालिकास्थानमा भएकाे निर्वाचन अधिकृतहरूकाे भेलामा वैशाख १५ गते एकैदिन प्रतिनिधी छनोटका लागि निर्वाचन अधिकृत तोकेर खटाइएको छ उनले भने जिल्लाका पाँचवटै पालिकामा रहेका ३ हजार १ सय ९ जना सदस्यहरुले वडा तह तथा जनवर्गिय संगठनहरूबाट गरी कुल ४ सय जना प्रतिनिधी छानिने छन् । 

भेलामा पार्टी उपसचिव कैसाङनुर्पु तामाङ, जिल्ला नेताहरू उद्दव रिजाल, निर्वाचन कमिटी संयाेजक नारायण देवकाेटालागायत नेताहरूले प्रतिनिधी छनाेटकाे बिधि तथा निर्वाचन प्रक्रिया बारे सहजिकरण गरेका थिए ।