रसुवा, शिक्षा विज्ञान तथा प्रविधि मन्त्री विद्या भट्टराईले शिक्षकहरुलाइ अन्यौलमा नरहन अनुरोध गर्दै अबको अबिधेशनमा शिक्षा बिधेयक ल्याएर शिक्षा क्षेत्र अस्तब्यस्त रहन नदिने बताउनुभयाे । गौतमबुद्ध माविको ४८ औ वार्षिक उत्सव तथा अभिभावक भेला उद्घाटन गर्दै प्रमुख अतिथि मन्त्री भट्टराइले साे कुरा बताउनु भएकाे हाे ।
उहाँले सरकारले चाँढै दरबन्दी पुनरावलोकन गरी निबृत्तिभरण कोष बनाउन लागेको बताउनुभयाे । उहाँले सरकारले हिमाली छात्रावासको अवधारणा पनि ल्याएको जानकारी दिनुभयाे । अब शिक्षकहरु याेगदानमा आधारित सुरक्षा कोषमा समावेश हुने बताउनुभयाे ।
बिशेष अतिथि संबिधान सभा सदस्य तथा नेकपा एमालेका अध्यक्ष जनार्दन ढकालले आजको युग अनुसारको शिक्षाका विकासको लागि जोड्दिनुपर्ने बताउँदै स्मार्ट स्कुल आवश्यकता रहेको बताउदै स्वर्गीय नेता रबिन्द्र अधिकारी योगदान स्मरण गर्दै जिल्लाको विकासका लागि विगतमा आफुले पहल लिए अनुरुप विकासका कामहरु अहिले भैरहेको र पछि परेका क्षेत्रहरुको विकास गर्ने बताउनुभयो ।
जिल्ला समन्वय समिति प्रमुख अशोककुमार घिमिरेले विकास क्षेत्रमा पछि परेको नौकुण्ड गाउँपालिका अघि बढेको बताउदै स्थानीयको माग अनुसार एसइइ सेन्टर सिफारिस भएको बताउनुभयो ।
नौकुण्ड गाउँपालिका अध्यक्ष नुर्पसाङबो घलेले पहिलो पटक संघीय सरकारका मन्त्री नौकुण्डमा आउनु भएकोमा खुसी लागेकाे बताउनुभयो । उहाँले विद्यालयमा शिक्षक दरबन्दी सिर्जना गर्न अनुरोध गर्दै २९ वटा विद्यालय रहेकाे यस पालिकामा एसइइ परीक्षा सेन्टर माग गरे ।
पुर्व जिल्ला समन्वय समिति प्रमुख कुलप्रसाद भट्टलगायतका बक्ताले शुभकामना दिनुभएको थियो । सो अवसरमा विद्यालय पुर्व व्यवस्थान समिति अध्यक्षहरू तथा पुर्व प्रधानाध्यापकहरुलाइ दाेलल्ला र सम्मान-पत्र प्रदान गरी सम्मान गरिएको थियो । साे अवसरमा विद्यार्थीहरुले रोचक नृत्य तथा साँस्कृतिक कार्यक्रम प्रस्तुत गरेका थिए । स्थानीयले लामा, झाँक्री, स्याब्रु नाच प्रस्तुत समेत गरेका थिए ।
साे अवसरमा जिल्लाका शिक्षक, बुद्दिजिवी, जनप्रतिनिधिहरू, कर्मचारी, पत्रकार, शिक्षा सेवी सहभागी थिए ।
पछिल्लो समय सडक पहुँच विस्तार भएसँगै
यहाँ विभिन्न कार्यक्रम गर्न र वनभोज (पिकनिक) लागि मानिसहरूको आवागमन हुन थालेको छ
।
लार्च्याङटारको परिचय
रसुवा जिल्ला नौकुण्ड गाउँपालिका, वडा नं ३ अवस्थित लार्च्याङटार रमणीय र पर्यटकीय गन्तव्य हो । नौकुण्ड गाउँपालिकाको कार्यालय पार्च्याङभन्दा माथिको थुम्को नै लार्च्याङटार हो ।
पछिल्लो समय सडक पहुँच विस्तार भएसँगै यहाँ विभिन्न कार्यक्रम गर्न र वनभोज (पिकनिक) लागि मानिसहरूको आवागमन हुन थालेको छ ।
नौकुन्ड
गाउँपालिका वडा नं ३ को पार्च्याङ भन्दा माथि एउटा सुन्दर गाउँ रहेको छ। उक्त गाउँलाई
घ्याङ भन्ने नामले चिनिन्छ । करीब २८ घरधुरी भएको घ्याङ गाउँ आफैमा सुन्दर गाउँ मिलेर
रहेको बस्तीसँग एउटा छुट्टै इतिहास रहेको छ जहाँ ठूलो ढुंगाको पहरा भित्र एउटा गुम्बा
समेत रहेको छ भने त्यो हो गुर्फु गुम्बा ।
गुम्बाको जन्म गराइसकेपछि लामा गुरु जिन्दा / लोमो / चेलाहरू बढाउन अर्को गाउँ अर्थात् तिब्बत खमह्युल भन्ने ठाउँतिर जानु भयो । म्हेमे लामा गुरुको तिब्बत खामह्युल भन्ने ठाउँमा बाँस बस्ने क्रममा दुश्मन लागेर त्यहीँको बासिन्दाहरुको आक्रमणमा परि हत्या भएको रहेको भनी इतिहासमा उल्लेख गरिएको छ ।
ऐतिहाँसिक गुर्फु गुम्बाको परिचय
इतिहास
अनुसार उक्त गुम्बा करिब १७ औं पुस्ता अगाडि देखिकै हो । परापूर्वकालमा एकजना कर्म
छेसाङ लामा नाम गरेको म्हेमे हजुरबुवा तिब्बतबाट बसाइ सराई गरी सिन्धुपाल्चोकको हेलम्बु
भन्ने स्थानमा आएर बस्नु भएको रहेछ । सबै दाजुभाइ जवान भैसकेपछि आ-आफ्नो जजीविकोपार्जनको
लागि आफ्नै इच्छाले विभिन्न स्थानमा बास खोज्दै जादा एकजना हजुरबुबा न्हुप ह्योल्मो
पुगेर यहाँ आउनु भएछ । जब उक्त स्थानमा आइपुग्दा अहिले रहेको गुर्फु गुम्बाभन्दा
केही तल बास बस्न पुगेछन् । जुन दिनदेखि हजुरबुबा त्यो ठाउँमा बस्न थल्नुभयो । त्यही
वरपर जङ्गल भित्र बिहान बेलुका विभिन्न बाजाहरु बजेको आवाज सुनिन थाल्यो र बाजा कता
बजेको रहेछ त भनी हजुरबुबा दिनकै खोज्न थाल्नु भयो तर ६ दिन सम्म पत्ता लगाउन सक्नुभएन
त्यसपछि बाजा बजाउने पूजापाठ गरिरहनु भएका लामा गुरुहरु त्यो ठाउँबाट काहीँ उम्केर
जान नसकुन् र बाटो नबिर्सियोस् भनेर रेशमी धागो (क टुप) को पोको लिएर बिस्तारै बाजा
बजिरहेको ठाउँमा पुग्दा जहाँ यस्तो दृश्य देखियो लामा गुरुहरू सबै विभिन्न बाजाहरु, झुर्मा, घन्टा, लाभ, ढ्याङ्ग्रो, शंख लगायतका धेरै
थरिका बाजाको साथमा पूजापाठ गर्दै गरेको देख्नुभयो र जब त्यसलाई कर्मछेसाङ म्हेमेले
छुनुभयो । सबै ढुङ्गा भएको रहेछ । र त्यो ठाउँ लाई गुर्फु भन्ने नाम दिनुभयो ।
गुम्बाको
जन्म गराइसकेपछि लामा गुरु जिन्दा / लोमो / चेलाहरू बढाउन अर्को गाउँ अर्थात् तिब्बत
खमह्युल भन्ने ठाउँतिर जानु भयो । म्हेमे लामा गुरुको तिब्बत खामह्युल भन्ने ठाउँमा
बाँस बस्ने क्रममा दुश्मन लागेर त्यहीँको बासिन्दाहरुको आक्रमणमा परि हत्या भएको रहेको
भनी इतिहासमा उल्लेख गरिएको छ ।
हत्या
पश्चात् त्यहाँका केही ब्यक्तिहरुले हजुरबुवाले लाउनुभएको बुद्दचित्तको र फ्रेङा (माला)
र टोपी ( पेस्यो) ,लौरो (बेर्गा ) ,पछ्यौरा (अर्थि/ श्हेन) लाससँगै भेटेको हुँदा ओहो
यो त लामा गुरु पो हुनुहुदो रहेछ हामीले गलत काम गरेछौं भनेर लास हेर्न खोज्दा अचानक
त्यहाँ लास नै नरहीकन गायब भएको थियो ! तर आश्चर्यको कुरो केहो भने गुरुसँग भएको सबै
बस्त्रहरू उडेर गुर्फु गुम्बामा आइसकेको थियो ।
जब कर्म
छेसाङ हजुरबुबा लामा/ गुरु/ म्हेमे को शेष पश्चात उहाँको अवतारीको रूपमा हेलम्बु सिन्धुपाल्चोकमा
खम्बा टुल्कु म्हेमेको जन्म भयो । जब खम्बा टुल्कुको जन्म भएपछि न्हुप ह्योल्मोमा हाम्रो
गुर्फु गुम्बा रहेको भनी बोलेको र खोज्दै यही गुर्फुगुम्बामा आइपुग्नु भयो र त्यही
घ्याङ गुम्बा भित्रैबाट आफैंले अदृश्य ज्ञान प्राप्त गर्नुभयो । आफ्नो सन्तान बढाउदै यही बस्नुभयो । खम्बा टुल्कुको
सन्तान सत्र पुस्ता भैसकेकोमा १६ पुस्ता सम्म सबै जना घ्याङको ओडार भित्र रहेको घरमा
नै जन्मदेखि मरणसम्म भएको इतिहास छ ।
यस गुर्फु
गुम्बा ओडारभित्र रहेको हुँदा यस्को छुट्टै इतिहास रहेको छ उक्त गुम्बा नजिकै लामा
गुफा बस्ने स्थान पनि रहेको छ । उक्त स्थानमा जब लामा गुफा बस्न सुरु गर्छन त्यही दिनदेखि
१ ठाउँबाट पानी र अर्कोबाट दुध जस्तो पानी आउन थाल्यो भनिएको छ । गुफा बस्दा निगालोलाइ कलम बनाएर टुकी बत्तीको कालोमा
तेल हालेर काठमा लेखेर सिकाउने गरिएको थियो र उक्त गुम्बाभित्र गुफा अर्थात् अन्दाजी १५ मिटर
भित्र सुरुङ समेत् रहेको छ । यस गुर्फु गुम्बाभित्र धेरै बर्ष पुरानो ढ्याङ्ग्रो पनि
देख्न सकिन्छ।
गुम्बाको
पूर्वपट्टि एउटा ढुङ्गा रहेको छ, उक्त ढुङ्गा सबभन्दा पहिला भेट्टिएको ढुङ्गा पनि हो
। यस गुम्बाभित्र
र छेउछाउमा बङ्गुरको मासु लान नहुने, भैसीको गोबर प्रयोग गर्न नमिल्ने, गुम्बा वरपरको बाटोमा
भैंसी धपाउन नमिल्ने यदि त्यसो गरेमा गाउँमा रोगब्याधी आउने,प हिरो, हावाहुरी आउने गरेको
अनुभव घ्याङ बासीको रहेको छ ।
ऐतिहाँसिक गुर्फु गुम्बा वरपरको आकर्षण
Coming soon
ऐतिहाँसिक गुर्फु गुम्बा कसरी पुग्ने ?
Coming Soon
यो सामग्री नौकुण्ड गाउँपालिका पूर्व उपाध्यक्ष सिर्जना लामाले तयार गरी पठाउनुभएको हो ।
प्रसिद्द गोसाइँकुण्डको नजिकै रहेको नौकुण्ड क्षेत्र ओझेलमा परेको छ । उचित आवासको सुविधा र प्रचारप्रसारका अभावले गोसाइँकुण्डको नजिकै रहेर पनि यसले आफ्नो पहिचान स्थापित गर्न सकिरहेको छैन । नजिकै रहेर पनि गोसाइँकुण्डको कुइनेटो बनिरहेको छ नौकुण्ड क्षेत्र ।
नौकुण्ड क्षेत्रको परिचय
रसुवा जिल्ला नौकुण्ड गाउँपालिका, वडा नं २ मा ४००० मीटरदेखि करीब ५३०० मीटर उचाईसम्म फैलिएका नौ वटा कुण्डहरूको समूहलाई नौकुण्ड भनेर चिनिएको छ । स्थानीयहरू यसलाई नाउकुण्ड भनेर चिन्दछन् । नौकुण्डका समूहभित्र पर्ने नागकुण्ड वा नाउकुण्ड नै मुख्य नौकुण्ड हो भनेर भनिएको छ ।
नौकुण्ड क्षेत्रका तालहरू
स्थानीयका अनुसार जनैपूर्णिमाका बेलामा गोसाइँकुण्डमा फोहोर मैला हुने हुनाले शिबजी सो अवधिमा यहाँ आउने गर्दछन् । जनैपूर्णिमा वा गंगा दशहरामा यहाँ स्नान गर्नाले मुक्ति मिल्ने जनविश्वास रही आएको छ ।
प्रसिद्द गोसाइँकुण्डको नजिकै रहेको नौकुण्ड क्षेत्र ओझेलमा परेको छ । उचित आवासको सुविधा र प्रचारप्रसारका अभावले गोसाइँकुण्डको नजिकै रहेर पनि यसले आफ्नो पहिचान स्थापित गर्न सकिरहेको छैन । नजिकै रहेर पनि गोसाइँकुण्डको कुइनेटो बनिरहेको छ नौकुण्ड क्षेत्र ।
यही कुण्ड वा क्षेत्रको नामबाट नै यहाँको गाउँपालिकाको नामाकरणसमेत् नौकुण्ड रहेको हो । यस नौकुण्डका समूहमा पर्ने कुण्डहरूमा १. लामो अर्थात् लम्बे कुण्ड, २. नाउ/नागकुण्ड, ३. राजा कुण्ड, ४. रानी कुण्ड, ५. कामी कुण्ड ६. एक्ले कुण्ड ७. ज्याकसन्चुली कुण्ड, ८. चिता कुण्ड, ९. कमिनी कुण्ड ।
यहाँ रहेका कुण्डहरूको नामाकरण अन्धधुन्ध जस्तै छ । ओझेलमा परेको हुनाले यसस्थानका कुण्डहरूको नामाकरणमा विविधता आएको हो । स्थानीयका अनुसार यस नौकुण्ड समूहभित्र तेम कुण्ड, छेडा कुण्ड, दि कुण्ड, चुल्हो कुण्ड र शीर कुण्ड रहेका छन् ।९ वटा कुण्डमध्ये २ वटा कुण्ड सुकिसकेको अवस्थामा छ ।
नौकुण्ड क्षेत्रका मुख्य आकर्षणहरू
-- लाङटाङ राष्ट्रिय निकुञ्ज क्षेत्र तथा विविध वनस्पतिहरू, वन्यजन्तुहरूको वासस्थान (लोपोन्मुख रेडपाण्डाको बासस्थान), विभिन्न प्रकारका फूलहरू, चराचुरूङ्गीहरूको अवलोकन, चौरीगोठ र भेडागोठहरूको अवलोकन
-- यस पदमार्गमा प्राय सबै किसिमका लालीगुँरासका फूलहरू पाईन्छन् ।
-- कुण्डैकुण्डहरूको क्षेत्र
-- विभिन्न हिमालहरू, पहाडी श्रृङ्खलाहरूको अवलोकन ।
-- सूर्योदय र सूर्यास्तका मनोरम दृस्यहरू ।
-- तामाङ, शेर्पा संस्कृति र परम्परा
कसरी पुग्ने नौकुण्ड ?
यहाँ पुग्नका लागि विभिन्न मार्गहरू रहेका छन् । पदमार्गको विवरण यसप्रकार छ ।
-- पासाङल्हामु राजमार्गको कालिकास्थान वा गोम्बोडाँडा (स्याउबारी) बाट गैरीनागी-लोकिल हुँदै जुरेढुङ्गो वा सिप्पुङबाट ढोकाभञ्ज्याङ-कानछ्याम्बा खर्क, नचोक, श्यार्मा, बक्सार, परालथला हुँदै
-- पासाङल्हामु राजमार्गको कालिकास्थान वा गोम्बोडाँडा (स्याउबारी) बाट गैरीनागी-लोकिल हुँदै लाङ्बु (विजिली जोङ्ग) – थाङ्दोर-स्याङ्ग्युल, सिम्बन्दी-श्यार्मा, बक्सार, परालथला हुँदै
-- रसुवाको सदरमुकाम धुन्चे वा स्याफ्रुबाट वा लाङटाङ पुगेर चन्दनबारी, लौरीविना, गोसाइँकुण्ड-भैरवकुण्ड हुँदै
-- नुवाकोटको बिदुर-लच्याङ, सरमथली (निर्कुभूमे), पार्च्याङ, यार्सा हुँदै सिम्बन्दी-श्यार्मा, बक्सार, परालथला हुँदै वा यार्साबाट राउचुली हुँदै
-- काठमाण्डौंको नारायणस्थानबाट वा नुवाकोटको दुप्चेश्वर (शिखरबेशी) उर्लेनी-राउचुली हुँदै
-- काठमाण्डौंको सुन्दरीजल-चिसापानी- कुटुमसाङ-ठाडेपाटी- फेदि-सूर्यकुण्ड – गोसाइँकुण्ड – भैरवकुण्ड हुँदै
सायद सिप्पुङलाईमन नपराउनुको कारण तिनै निर्कुभूमेकी छोरी विजिली जोङ्ग भएर आकर्षण गरिरहेको छ जनजनलाई पनि भन्न मिल्छ ।
आन्तरिक पर्यटन प्रवर्दन अभियान
रसुवा
जिल्ला नौकुण्ड गाउँपालिका वडा नं १ मा रहेको विजिलीजोङ्ग
अर्थात् बिजुली ढुङ्गा आन्तरिक पर्यटकहरूका लागि नयाँ गन्तव्य बन्दैछ । पासाङल्हामु
राजमार्गको स्याउबारी-गुम्बुडाँडा-कालिकास्थानबाट सहजै पुग्न सकिने भएकोले पनि घुम्नका
लागि उपयुक्त स्थलको रूपमा यस्ता स्थानहरूले परिचय स्थापित गर्दैछन् ।
विजिली जोङ्ग वरिपरि फोहोर गर्ने, मासु पोल्ने लसुन, सिस्नु बनाउने जाँड रक्सी खाने जस्ता गतिविधि गर्न नहुने र महिलाहरु ढुङगा माथि चढ्न नहुने विश्वास समेत् रहेको छ । यस्तो कार्य अनिष्ठ हुने विश्वास पनि गरिन्छ ।
लाङ्बु
गाउँको सिरानमा अवस्थित विजिली जोङ्गको उत्पत्ति कसरी भयो भन्ने धार्मिक कथन जोडिएको
छ । जुरेढुङ्गा अर्थात् सिप्पुङ, सरमथलीकी निर्कुभूमे र विजिली जोङ्गको जोडिएको धार्मिक
कथन यसप्रकार छ ।
कथन
अनुसार बिजिली जोङ्ग सरमथलीकी निर्कुभूमेकी छोरी हुन् ।उनलाई सिप्पुङ अर्थात् जुरेढुङ्गाले
औधी मन पराउँथे तर हाल बिजिली जोङ्गको नामले परिचित निर्कुभूमेकी छोरीले मन पराएकी
थिईनन् सिप्पुङलाई । तर पनि सिप्पुङको अनुरोधमा आफ्नी छोरी निर्कुभूमेले सिप्पुङलाई
दिन राजी भए ।
बाजागाजासहित
धूमधामले विवाह सम्पन्न भयो, भित्र्याउन ल्याई नपुर्याउँदै विजिलीनामक चराले सुनको
डोरी चुँडाल्दिएसँगै यहाँ बेहुली र जन्तीहरू खस्न पुगेका हुन् भन्ने कथन रहेको छ ।यही
विजिली जोङ्गको वरपर रहेका ढुङ्गाहरूजन्ती
हुन् भनिएको छ ।
सायद
सिप्पुङलाईमन नपराउनुको कारण तिनै निर्कुभूमेकी
छोरी विजिली जोङ्ग भएर आकर्षण गरिरहेको छ जनजनलाई पनि भन्न मिल्छ ।
स्थानीयहरूका
अनुसारविजुली जोङ्ग नजिकै तबु थुङबा अर्थात्
घोडा ढुङ्गा पनि रहेको छ । पुर्वपट्टि लाम्राङ ढुङ्गा अर्थात देवताको बारी पनि रहेको
छ । पूर्वपट्टि ६० मिटर जति गहिरो लामो सुरुङ रहेको छ । पश्चिमपट्टि सत्य युगको बेला
देवताहरुले स्थानीयहरूलाई विवाह ब्रतबन्धको लागि भाडाकुँडा दिने गरेको भन्ने कथन छ
। बार तिथि नमिलेका समयमा भाँडाकुँडा प्रयोग गरे वा समयमा भाडाकुँडा फिर्ता नगरेका
कारण देवता रिसाएर सो कार्य बन्द भएको भन्ने कथन पनि सुनिदै आएको छ । विजुली जोङ्ग नजिकै गोमन
साप आकारको ढुङ्गा छ । उक्त ढुङगा वरपर समयसमयमा नाग निस्केर डुल्ने गरेको पाइन्छ स्थानीय
बताउँछन् । उक्त साप जोसुकै व्यक्तिले देख्न नसकिने तर भाग्यमानी व्यक्तिले मात्रै
देखिने जनविश्वास छ ।
विजिली जोङ्ग वरिपरि फोहोर
गर्ने, मासु पोल्ने लसुन, सिस्नु बनाउने जाँड रक्सी खाने जस्ता गतिविधि गर्न नहुने र महिलाहरु
ढुङगा माथि चढ्न नहुने विश्वास समेत् रहेको छ । यस्तो कार्य अनिष्ठ हुने विश्वास पनि
गरिन्छ ।
उक्त
स्थानमा पूजापाठ गर्दा औशी, पूर्णिमामा गाईको दुध हालेर झाक्रीद्वारा पूजापाठ गर्ने गरेको र
पौष शुक्ल पूर्णिमाको दिनमा मेला लाग्ने गर्दछ । मेलामा लामा, झाँक्री,
स्थानीय कला संस्कृतिको प्रदर्शन तथा नाँचगान गर्ने गरिन्छ । उक्त मेलामा लाङबु, आरुखर्क
थाङदोर, सिम्बन्दी, यार्सा, लार्च्याङ, सर्स्यु, घोर्मु, बासभन्ज्याङलगायतका
स्थानबाट नाँचगानसहितको टोली आउने गर्दछ ।
गाउँको
रक्षा गर्न, आफ्नो मनोकांक्षा पुरा गर्न रोग, बाढी पहिरोबाट दुख नपाउन
मेला तथा पूजा गर्ने गरेको छ । संरक्षण तथा पदमार्ग सुधारका कार्यहरू पर्खिबसेको छ
विजिली जोङ्ग ।
लाङटाङ राष्ट्रिय निकुञ्ज क्षेत्रभित्र रहेको यस जुरेढुङ्गाको वरपर पनि थुप्रै खर्क र आकर्षक स्थलहरू रहेका छन् । चैत्र-बैशाखको समयमा यहाँ विभिन्न किसिमका लालीगुँरासहरू फुल्ने गर्दछन्, जुन् दृश्यले यहाँ आउने सबैलाई मोहित बनाउँदछ ।
जुरेढुङ्गा अर्थात् सिप्पुङको
परिचय
रसुवा जिल्लाको नौकुण्ड गाउँपालिका
वडा नं ६ मा रहेको जुरेढुङ्गा मनोरम स्थलमध्येको एक हो । लोकिल-सिपाङ पदमार्ग अन्तर्गत्
पर्ने यो स्थानपछिल्लो समय आन्तरिक पर्यटकहरूको रोजाईमा
पर्दै आएको छ । पासाङल्हामु राजमार्ग कालिकास्थान-गोम्बोडाँडा वा स्याउबारीबाट ३ घण्टाको
पैदल यात्रामा सहजै यस स्थानमा पुग्न सकिन्छ । भूमेस्थान वा सानोआलेसम्म सडक सवारीको
प्रयोग गरेर पनि यस स्थानमा सजिलै पुग्न सकिन्छ ।
स्थानीय भाषामा सिप्पुङ पनि भनिन्छ
यसलाई । गोरूको जुरोजस्तो भन्ने अर्थ रहेको छ सिप्पुङको । यहाँबाट विकसोन्मुख पर्यटन
पदमार्गको रूपमा रहेको नौकुण्ड ताल पनि पुग्न सकिन्छ । सूर्योदय, सूर्यास्त तथा भूधरातलको मनोरम दृश्यावलोकनका लागि एकपटक यस स्थानमा
पुग्नै पर्छ । मौषम सहज भएको अवस्थामा काठमाण्डौंसम्मको दृश्य पनि देख्न सकिन्छ ।
यहाँबाट कान्छ्याम्बा खर्क, नचोक,
बक्सार, परालथला हुँदै नौकुण्ड-गोसाइँकुण्डसम्मको यात्रा तय गर्न सकिन्छ । आवासको सुविधा
नरहेको भए पनि यहाँ चौंरी, भेडा गोठहरूमा सामान्य किसिमले वास बस्न भने पाईन्छ ।
जुरेढुङ्गा अर्थात् सिप्पाको चुचुरोबाट देखिने वस्तीहरू
सिप्पा अर्थात् सिप्पुङलाई भू-उपग्रहको एक अंशको रुपमा बुझ्ने गरिन्छ । जुरेढुङ्गाभन्दा दक्षिण-पूर्वतर्फ लाङ्बु गाउँको सिरानमा अवस्थित बिजिली (बिजुली) ढुङ्गा र निर्कुभूमेसँग जोडिएको एक धार्मिक कथन समेत् रहेको छ ।
नौकुण्ड गाउँपालिका वडा नं १ मा
पर्ने जुरेढुङ्गा २९८० मी. उचाईमा अवस्थित छ । यसको पुच्छारमा सिप्पुङ (सिपाङ) खर्क
रहेको छ । यहाँ पदार्पण गरिसकेपछि नौकुण्डका वस्तीहरू थाङ्दोर, लाङ्बु, यार्सा, आरूखर्क,
लार्च्याङटार, फाम्चेत, पार्याङ, चिलाउने गाउँ, पाटीखर्क, भञ्ज्याङडाँडा, सरमथली,
सातधारे हिमाल र नुवाकोटका बोहोरे, कटुञ्जेदेखि ककनी, चिसापानीलगायतका वस्ती र डाँडाकाँडा
हेर्न सकिन्छ । जुरेढुङ्गाको तलतिर रहेका वस्तीहरू हेर्दा लाग्छ कि हेलिकप्टरबाट हेरिहरेको
छु ।
लाङटाङ राष्ट्रिय निकुञ्ज क्षेत्रभित्र
रहेको यस जुरेढुङ्गाको वरपर पनि थुप्रै खर्क र आकर्षक स्थलहरू रहेका छन् । चैत्र-बैशाखको
समयमा यहाँ विभिन्न किसिमका लालीगुँरासहरू फुल्ने गर्दछन्, जुन् दृश्यले यहाँ आउने
सबैलाई मोहित बनाउँदछ । नजिकको वा १ दिनमात्र समय छुटाएर रसुवा-नुवाकोट तथा काठमाण्डौंदेखि
नै यहाँको यात्रा तय गर्न सकिनेछ । लोपोन्मुख रेडपाण्डा (रातोहाब्रे) को यहाँ वासस्थान
रहेको छ । ठूलाठूला गगनचुम्बी गुँरास, खस्रु, गोब्रेसल्लाहरू रहेका छन् ।
सिप्पा अर्थात् सिप्पुङलाई भू-उपग्रहको
एक अंशको रुपमा बुझ्ने गरिन्छ । जुरेढुङ्गाभन्दा दक्षिण-पूर्वतर्फ लाङ्बु गाउँको सिरानमा
अवस्थित बिजिली (बिजुली) ढुङ्गा र निर्कुभूमेसँग जोडिएको एक धार्मिक कथन समेत् रहेको
छ ।
जुरेढुङ्गालगायत बिजिली ढुंगाबाट
समेत् परापूर्व कालमा विवाह, ब्रतबन्धलगायतका शुभकार्यका लागि आवश्यक भाडाकुँडा पाईने
गरेको किंबदन्ती रहेको छ भने पछि भाडाकुँडा प्रयोग पश्चात् सफा गरेर एकदिनमै त्यहाँ
पुर्याईदिनु पर्नेमा भोलिपल्ट पुर्याईदिएकोले सिप्पा देवता रिसाएर पछिल्लो समयमा भाडाकुँडा नदिन थालिएको भन्ने स्थानीयको
भनाई रहेको छ।
जुरेढुङ्गा अर्थात् सिप्पुङ
वरपरको मुख्य मुख्य आकर्षणहरू
रसुवाको तल्लो
क्षेत्रमा पर्ने गोम्बोडाँडा, लोकिल, सिपाङ हुँदै नौकुण्ड तथा गोसाइँकुण्ड जाने पदयात्रा
सम्भावित पर्यटकीय क्षेत्र हो । यहाँबाट रसुवाको तल्ला भागमा पर्ने तामाङ बस्तीहरू
बेताङ, सस्र्यु, घोर्मो, लाङ्बु, थाङरदोर,
सिम्बन्दी, दोक्लाङ,
यार्सा तथा सरमथलीका
बस्तीहरू घुम्न तथा अवलोकन गर्न सकिन्छ । काठमाडौंबाट नजिकै पर्ने यो क्षेत्रमा
लाङटाङ राष्ट्रिय निकुञ्जका प्राकृतिक सम्पदा,
घना जंगल, लालीगुँरासका ठूला ठूला रुखहरू, हिमाल तथा अग्ला अग्ला टाकुराहरूको बीचमा यात्रा गर्ने
अवसर मिल्दछ ।
यस क्षेत्रमा उल्लेखनीय
रूपमा पर्यटकहरूको चाप नदेखिए पनि वषौंदेखि रसुवा ट्रेक्स, हाइल्याण्ड ट्रेकिङलगायतका ट्रेकिङ एजेन्सीहरूले
क्याम्पिङ ट्रेक चलाउँदै आएका छन् । पर्यटक बस्ने होटल तथा आवास नहुँदा यस
क्षेत्रमा क्याम्पिङ भन्दा अर्को प्रकारको ट्रेकिङहरू नचल्ने गरेको छ । पछिल्ला
समयमा कालिकास्थान वा जिवजिवेमा बसेर तामाङ बस्ती घुम्न जाने पर्यटकको संख्यामा
भने केही बृद्धि भएको पाइन्छ ।
ठूला होटलहरू नभएपनि
ग्रामीण घरहरूलाई होमस्टेको रूपमा विकास गर्दै लैजाने हो भने आन्तरिक तथा बाह्य
पर्यटकको आवागमनलाई बृद्धि गर्दै पर्यटन विकास गर्न सक्ने प्रचुर सम्भावना यस
क्षेत्रले बोकेको छ ।