ताजा खबर
Loading...
'यही हो हाम्रो रसुवा' को सूचनामूलक यस साइटमा तपाईको वरपरको महत्वपूर्ण स्थल, सम्पदा आदिको बारेमा प्रचार गरी आन्तरिक पर्यटन विकासमा सहयोग पुर्‌याउन त्यस्ता सामग्रीहरू हामीलाई पठाउनु होला । हामी तपाईका सामग्रीलाई प्रकाशन गर्नेछौं । Email : paudelprem@gmail.com (9843508470 Whatsapp)
Showing posts with label Nepal China Boarder. Show all posts
Showing posts with label Nepal China Boarder. Show all posts

Sunday, February 2, 2025

स्याफ्रुबेसी–रसुवागढी सडक स्तरोन्नति सुरु


रसुवा,  रसुवगढीनाका जाेड्ने  स्याफ्रुबेसी–रसुवागढी सडकको स्तरोन्नति निमार्णको काम सुरु हुने भएको छ । जिर्ण अवस्थामा रहेकाे सडक निर्माण थालनी भएपछि खुसीकाे संचार ल्याएकाे छ ।

 शिलन्यास गरेको करिब छ बर्षपछि स्याफ्रुबेसी–रसुवागढी सडकको स्तरोन्नति निमार्णको काम सुरु हुने भएको छ । चीन सरकारको आर्थिक तथा प्राविधिक सहयोगमा निर्माण गर्न लागिएको स्याफ्रुबेसी-रसुवागढी निमार्णको काम फागुन महिनाको पहिलो साताबाट सुरु गरिने गल्छी-त्रिशूली-मैलुङ-स्याफ्रुबेसी-रसुवागढी’ सडक योजनाले जनाएको छ ।

योजना कार्यालयका प्रमुख खड्गलाल श्रेष्ठका अनुसार सोनाम ल्होसार मनाउन गएका चीनीयाँ निर्माण कम्पनीका कर्मचारीहरू आएलगत्तै निर्माणको काम सुरु हुने छ ।

निर्माण कम्पनी चाईना तिबेत टिएनन्यु कम्पनि लिमटेडले २०७६ साल आश्विन ११ गते निर्माणको काम सुरु गर्न सडकको शलिन्यास गरेको थियो । पछिल्लो समय कोभिडका कारण रोकिएको उक्त काम सडकछेउमा रहेका संरचना तथा बिद्युतका तार, घर टहराहरू तथा जग्गाको मुआब्जा समेत बितरण गरिसकेकाले काम सुरु हने श्रेष्ठले बताउनुभयो ।

गल्छी, त्रिशूली स्याफ्रुबेसी-रसुवागढी सडक योजनाका अनुसारसम्झौता भएको मितिले ३९ महिनाभित्र काम सम्पन्न गर्ने गरी तीन करोड ७९ लाख अमेरिकी डलरमा निर्माण हुनेछ ।

१७ किलोमिटर लामो सडकको साढे आठ मिटर चौडाईमा कालोपत्रे गरिनेछ भने दायाँबायाँ छेउमा एक मिटर चौडाईको नाली रहने योजना रहेको छ ।


Tuesday, August 1, 2023

ओझेलमा मालागढी

रसुवा जिल्लाको थुमन अर्थात् गोसाइँकुण्ड गाउँपालिका-१ मा रहेको मालागढी नेपाल-चीन प्रवेश गर्ने दोस्रो नाकाको रूपमा रहेको छ । पैदल पदमार्ग मात्र रहेको यस नाकामा सुरक्षालगायतका व्यवस्था नभएका कारण पनि यो नाका ओझेलमा परेको हो । नेपालकी विभूति भृकुटी (लिच्छबी शासक अंशुबर्माकी छोरी) चीनका शासक स्रोङचोङ गोम्पोसँग विवाह गरेपछि यहीबाटोबाट पहिलोपटक तिब्बत प्रस्थान गरेको भन्ने ऐतिहाँसिक तथ्यहरु रहेका छन् । 

    tab level 0
        tab level 1
            tab level 2





जंगबहादुरको बीरताको चिनो : रसुवा/रासोवागढी

यो रसुवागढी नाका वा गढी चीन-भारत जोड्ने नेपालको सबैभन्दा छोटो नाकाको रूपमा पनि परिचित छ । यो गढीमा श्री ३ भईसकेका जङबहादुर राणा पनि आफैं हातहतियारसहित यहाँ युद्द लडेका थिए ।
रसुवागढीको पुरानो तस्वीर 




जङ्गबहादुर राणाको पालामा निर्माण भएको रसुवागढी नाका डेढ शताब्दि पुरानोr ऐतिहाँसिक धरोहर हो । तेस्रोपटक भएको नेपाल-चीन युद्दपश्चात् थापाथली सन्धी पछि निर्माण भएको यो गढी रसुवा-चीनको सिमाना, गोसाइँकुण्ड गाउँपालिका-२, खम्पाटारमा पर्दछ ।

लाङटाङ राष्ट्रिय निकुञ्ज क्षेत्रभित्र अवस्थित बि.सं १९१२ सालमा निर्माण भएको यही नाकाको नामबाट रसुवा जिल्लाको नामाकरण भएको हो । तिब्बतीयन भाषामा रासोवा भनिदै आएको यस जिल्लाको अपभ्रम्शित रूप रसुवा हो । 'रा' को अर्थ 'भेडाच्याङ्ग्रा' र 'सोवा' को अर्थ 'चराउने वा राख्ने ठाउँ' भन्ने बुझिन्छ ।

बाँयातर्फ केरूङ र दाँयात्रफबाट आएको लिङ्देखोलाको दोभान अर्थात् संगम रहेको यस स्थान ऐतिहाँसिकसहित पर्यटकीय, सांस्कृतिक तथा आर्थिकनाकाको रूपमा पनि परिचित छ यो गढी वा नाका । गढी निर्माण हुँदा यहाँ मुख्यतः ३ गढीहरू रहेका थिए । एउटा फौजीका लागि दोस्रो कमान्डरका लागि र अर्को चाहिँ तोपखाना गढी निर्माण भएको थियो । बि.सं २०७२ सालमा गएको विनाशकारी भूकम्पका कारण पुराना संरचना ध्वस्त भएपनि हाल नयाँ निर्माण भएको छ ।

बाँयापट्टि भृकुटी र दाँयापट्टि राजकुमारी
बीचमा स्रोङचोङ

यो रसुवागढी नाका वा गढी चीन-भारत जोड्ने नेपालको सबैभन्दा छोटो नाकाको रूपमा पनि परिचित छ । यो गढीमा श्री ३ भईसकेका जङबहादुर राणा पनि आफैं हातहतियारसहित यहाँ युद्द लडेका थिए । नेपालकी विभूति भृकुटी (लिच्छबी शासक अंशुबर्माकी छोरी) चीनका शासक स्रोङचोङ गोम्पोसँग विवाह गरेपछि यस नाकासँगको सम्बन्ध अझै विस्तारै हुँदै गएको हो । भृकुटी यही बाटोबाट घर-माईती गर्थिन् पनि भनिएको छ तर पहिलो पटक भृकुटी चीन जाँदा थुमनस्थित मालागढीबाट गएकी थिएन् भनिएको छ ।अंशुबर्माले तिब्बतसँग सम्बन्ध दरिलो बनाउन छोरी भृकुटीको विवाह  स्रोङचोङसँग गरिदिएका थिए ।

उनै स्रोङचोङको शासनकालमा सम्पोट नामक लिपी आविष्कार गरी भारत र नपालबाट बौद्द ग्रन्थहरूलाई तिब्बतीयन भाषामा अनुवाद गर्ने कार्य सुरू गरेका थिए, त्यसैले उनलाई तीन तिब्बतीयन धर्मराजा मध्ये पहिलो धर्मराजाको रूपमा मानिन्छ ।  

विभूति अरनिको

प्रसिद्द कलाकार तथा विभूति  अरनिको पनि यही बाटोबाट आवतजावत गर्ने गरेको ऐतिहाँसिक तथ्यहरू रहेका छन् । उनले राजा अभय मल्लको पालामा यहीबाटोबाट चीन गएर आफ्नो वास्तुकला देखाएका थिए । प्यागोडा शैलीको मन्दिर निर्माण गर्ने दक्ष कलाकारका रूपमा उनले ख्याती कमाएका थिए ।

यस गढीमा २ वटा पुराना शिलालेख रहेकोमा १ पुरानो चाहिँ फुटेको र एक शिलालेख हालसम्म पनि रहेको छ । गढी निर्माण भएसँगै गढीमाई र गणेशको मन्दिर पनि रहेको छ ।

राजा पृथ्वीनारायण शाहको पालामा भएको पहिलो नेपाल-चीन युद्दमा नेपाली पुर्खाहरू चिनियाँ फौजसँग लडेर जित्दै केरूङ-कुत्तीसम्म आफ्नो किल्ला जमाएका थिए र त्यबेला केरूङ सन्धी भएको थियो । पछि बहादुर शाहको पालामा दोस्रोपटक चिनियाँ फौजसँग युद्द हुँदा नेपालले केही भूभाग गुमाउँदै बेत्रावती सन्धी गरेर सिमाना बेत्रावती बनायो ।