'यही हो हाम्रो रसुवा' को सूचनामूलक यस साइटमा तपाईको वरपरको महत्वपूर्ण स्थल, सम्पदा आदिको बारेमा प्रचार गरी आन्तरिक पर्यटन विकासमा सहयोग पुर्‌याउन त्यस्ता सामग्रीहरू हामीलाई पठाउनु होला । हामी तपाईका सामग्रीलाई प्रकाशन गर्नेछौं । Email : paudelprem@gmail.com (9843508470 Whatsapp)

आमालाई सम्झदै 'गाजली गाथा' लेखे अम्बीरले

एक कार्यक्रमका बीच लोकार्पण गरियो गाजलीगाथा

'गाजली-गाथागरिबीले दारेका र ठालुहरूले लघारेका अभिशप्त मान्छेहरूको जीवनको साझा कहिरन तथा पीडाले जलेकाकष्टले पिल्सिएका र हेपाइले उधिनेका सिङ्गो ग्रामीण महिलाको शब्दचित्र हो ।


    सुवा जिल्ला, उत्तरगया गाउँपालिका-२ डाँडागाउँका अम्बीर गुरूङ 'गोफ्ले'ले आमा गाजलीमाया गुरूङ्सेनीलाई सम्झदै आफ्ना मनको उद्देलनमार्फत् 'गाजली गाथा' नामक संस्मरण पुस्तक प्रकाशन गरेका छन् ।


काठमाण्डौंमा पर्यटन व्यवसाय गरिरहेका गुरूङको कृति 'गाजली गाथा' एक कार्यक्रमका बीच लोकार्पणसमेत् गरिएको छ । नुवाकोटको तुप्चेमा भाद्र १९ गते सांसद हितबहादुर तामाङले लोकार्पण गरिएको बताईएको छ ।


विभिन्न विषयहरूमा रहेर लेखिएको उक्त १८९ पृष्ठ रहेको पुस्तक गाजलीमाया जस्तै दर्दनाक जीवन बिताएका तमाम आमाप्रति समर्पण गरिएको छ ।


आमाका जीवनका भोगाईसहित आफ्नो र परिवारको जीवनका भोगाई, दुःख, सुख, खुशी, सफलताको बृतान्त, आमाको जीवनको अन्त्यसम्मका अनुभव वा श्रृङ्खलाबद्द परिघटनाहरूको जस्ताको तस्तै चित्राङ्कृत गरेका छन् गुरूङले  पुस्तकमा ।


नागार्जुन साहित्य प्रतिष्ठानका सचिव माधव घिमिरे, नेपाल प्रज्ञा प्रतिष्ठानका सदस्य सचिव धनप्रसाद सुवेदीको विवेचनासहित प्रकाशित पुस्तकको मूल्य २९९ राखिएको छ ।


कष्टम ट्रेक्स नेपाल प्रालिका प्रवन्धक रहेका गुरूङ रसुवा-नुवाकोट पर्यटन समाजका सल्लाहकार हुन् ।


गुरूङ पिता कर्णबहादुर गुरूङ र माता गाजलीमायाको कोखबाट वि.सं २०२५ बैशाख ८ गते डाँडागाउँमा जन्मिएका हुन् ।


गाजलीगाथा लोकार्पणको दृश्य, तुप्चे-नुवाकोट


पुस्तक लोकार्पणमा अतिथि साहित्यकारहरूले  'गाजली-गाथा' गरिबीले दारेका र ठालुहरूले लघारेका अभिशप्त मान्छेहरूको जीवनको साझा कहिरन तथा पीडाले जलेका, कष्टले पिल्सिएका र हेपाइले उधिनेका सिङ्गो ग्रामीण महिलाको शब्दचित्र भएको बताएका छन् ।  सांसद हितबहादुर तामाङ, नेपाल प्रज्ञा प्रतिष्ठानका सदस्य सचिव डाधनप्रसाद सुवेदी, प्राडाप्रेम शर्मा, पूर्व सङ्घीय सांसद राममाया बोगटीलगायतले गाजली गाथाको चर्चा गरेका थिए ।


पुस्तक लोकार्पणको पूर्ण विवरण 


Share on Google Plus

About This is Our Rasuwa

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.
    Site Comment
    Facebook Comment

0 Comments :

Post a Comment

🤝 Community

Join Forum Give Feedback
]]>
🌱 Soft Launch Phase
Share your feedback

Search This Blog

साताको चर्चित

साताको चर्चित

• Articles • Book Introduction • Culture • Bhajan • Songs /Music