Posts

Showing posts with the label Budhist Culture

लुङ्तरबारे जानकारी

Image
बौद्द धर्ममार्गी विशेष गरी तामाङहरूले गुम्बा, माने, छुर्तेन, घरअगाडि वा मठमन्दिरमा टाँग्ने ध्वजापताकालाई लुङ्तर भनिन्छ । नेपाली भाषामा 'तोरण' भन्न मिल्छ । तामाङ समुदायमा लुङ्तर एउटा पहिचानको रूपमा स्थापित भएको छ । स्रोत : निमा ब्लग   यसभित्र   लुङ्तर टाङ्ने प्रचलनको शुरुवात : बुद्धले बुद्धत्व प्राप्त गरेपछि धर्मप्रचार गर्न देवलोकमा पुग्दा देवताहरू र असुर बीचको लडाइमा देवताहरू पराजित भएपछि बुद्धले ल्हयी ओङ्बु ग्याचेन (इन्द्र भगवान) मार्फत दिनुभएको ग्याल्जेन चेमु (विजय शक्ति मन्त्र) प्रचार भएपछि देवताहरूले विजय प्राप्त गरेकाले त्यसबेलादेखि ग्याल्जेन चेमु मन्त्र लेखिएको लुङ्तर टाङ्ने प्रचलन शुरु भएको मानिन्छ ।   लुङ्तरको पाँच रंगको अर्थ  पञ्चबुद्ध (ग्याल्वा रिङा) को रङ हो । जसअनुसार : १) सेतो : भैरोचना बुद्ध (नम्बर नाङजे) २) निलो : अक्षोभ्य बुद्ध (दोर्जे सेम्बा) ३) पहेंलो : रत्न सम्भव बुद्ध (रिङछेन जङदेन) ४) रातो : अमिताभ बुद्ध (नाङवाङ थाये) ५)   हरियो : अमोदसिद्धि बुद्ध (तोन योत ठुप्पी)   गणितीय ज्योतिष विद्याको आधारम...

लाङटाङको संस्कृति डुक्पा छेच्यु

Image
डुक्पा छेच्युमा सहभागी क्याञ्नेगोम्बाका स्थानीयहरू - केही वर्ष अघि लाङटाङ गाउँको एक सांस्कृतिक पर्व हो डुक्पा छेच्यु । फागुनदेखि सुरू भएर छैठौं महिना वा साउनको दशौं तिथिका दिन मुख्य गरी डुक्पा छेच्यु मनाईन्छ । सामुहिक रूपमा गुम्बा वा परिसरमा पूजा आजा र नाँचगानसहित डुक्पा छेच्यु मनाईन्छ । बौद्द धर्मका ग्रन्थहरू पाठ गर्दै गाउँमा बिमार, रोग ब्याधी हराओस् भन्ने कामनासहित पूजापाठ र आराधना गरिन्छ । डुक्पा छेच्यु मनाउनुको मुख्य उद्देश्य भगवान बुद्दको शिक्षा, अर्ती र उपदेश बाँड्नु हो । सृष्टिका हरेक जीवजन्तुलाई बचाउनु र हिंसाको बाटोलाई सदाका लागि त्याग्न लामा गुरूहरूले आव्हान गर्दछन् । लाङटाङ गाउँमा  डुक्पा छेच्यु सहित्  ग्याल्बो ल्होसार, ल्हाबाप द्वीक्षेन, बुद्द जयन्ति ( ठुङ्कर द्वीक्षेन), सार्का दावा ङ्युङ्ने, कार्तिक ङ्युङ्ने जस्ता परम्परागत धार्मिक संस्कृतिहरू मनाईन्छ ।  स्रोत :   जैबिक विविधता संरक्षण : पर्यटन विकासमा धर्म संस्कृतिको महत्व – फूर्पा तामाङ