'यही हो हाम्रो रसुवा' को सूचनामूलक यस साइटमा तपाईको वरपरको महत्वपूर्ण स्थल, सम्पदा आदिको बारेमा प्रचार गरी आन्तरिक पर्यटन विकासमा सहयोग पुर्‌याउन त्यस्ता सामग्रीहरू हामीलाई पठाउनु होला । हामी तपाईका सामग्रीलाई प्रकाशन गर्नेछौं । Email : paudelprem@gmail.com (9843508470 Whatsapp)

गुमेको दृष्टि फर्किएपछि ५२ जना खुसी

 


रसवा, दृष्टि गुमाएका ५२ जनाले कालिकास्थानमा भएको आँखा सिविरमा भएको शल्यक्रियाबाट दृष्टि र्फिएपछि खुसी भएका छन् ।

तीलगंगा आँखा प्रतिष्ठान, तिलगंगा सामुदायिक आँखा केन्द्र र नेपाल रेडक्रस सोसाइटी रसुवाको संयुक्त आयोजना सञ्चालित विशेष शल्यक्रिया शिविरमार्फत जिल्लाका ५२  जना बिरामीको सफलतापूर्वक दृष्टि फर्काइएको हो ।

मोतियाबिन्दु र आँखामा मासु पलाउने जस्ता आँखाका समस्याका कारण दृष्टि गुमाएका व्यक्तिहरूलाई लक्षित गरी आँखा शिविर आयोजा गरिएको नेपाल रेडक्रस सोसाइटी रसुवाका सभापति बाबुलाल तामाङले बताए । मोतियाबिन्दुका कारण १८ वर्षदेखि आफुले नदेखेको सिविरमा अप्रेसन आँखा देखेपछि निकै खुसी लागेको कालिका गाउँपालिका–३ का कृष्ण बहादुर बिश्वकर्माले बताए ।

शिविरमा तिलगंगाका विशेषज्ञ नेत्ररोग डा.इन्दिरा पौडेल नेतृत्वको टोली र स्थानीय प्राविधिकहरूको सक्रियतामा ५२ जनाको मोतियाबिन्दु, ४ जनाको दुवै आँखामा मोतियाबिन्दु भएको बिरामीको सफल शल्यक्रिया गरिएको सामुदायिक आँखा केन्द्र रसुवाको प्रमुख उर्मिला तामाङले जानकारी दिइन् ।

जिल्लाका विभिन्न ७ स्थानमा सञ्चालित आँखा परीक्षण शिविरमा सहभागी भएका ७ सय ९५ जना मध्येबाट ५२ जनालाई शल्यक्रियाका लागि छनोट गरेर सो शिविरमा सहभागी गराएर आँखा अप्रेसन गरी दृष्टि फर्किएको प्रमुख तामाङले जानकारी दिइन् ।



Share on Google Plus

About हेमनाथ खतिवडा

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.
    Site Comment
    Facebook Comment

0 Comments :

Post a Comment

🤝 Community

Join Forum Give Feedback
]]>
🌱 Soft Launch Phase
Share your feedback

Search This Blog

साताको चर्चित

साताको चर्चित

• Articles • Book Introduction • Culture • Bhajan • Songs /Music