'यही हो हाम्रो रसुवा' को सूचनामूलक यस साइटमा तपाईको वरपरको महत्वपूर्ण स्थल, सम्पदा आदिको बारेमा प्रचार गरी आन्तरिक पर्यटन विकासमा सहयोग पुर्‌याउन त्यस्ता सामग्रीहरू हामीलाई पठाउनु होला । हामी तपाईका सामग्रीलाई प्रकाशन गर्नेछौं । Email : paudelprem@gmail.com (9843508470 Whatsapp)

Gosainkunda Rural Municipality

 


Document

परिचय

पदाधिकारी

योजना

गोसाइँकुण्ड गाउँपालिकाको परिचय

ऐतिहाँसिक, पर्यटकीय तथा विविध महत्व बोकेको गोसाइँकुण्ड गाउँपालिका रसुवा जिल्लाको उत्तरतर्फ अवस्थित छ । साबिक धुन्चे, स्याफ्रु, बृद्धिम, थुमन, टिमुरे र लाङटाङ गाविस गाभेर पुनर्संरचना भएको यस गाउँपालिका ६ वटा वडामा विभाजन भएको छ ।


यस गाउँपालिकाको क्षेत्रफल ९७८.७७ वर्गकिमी क्षेत्रफलमा फैलिएको छ । जनगणना २०७८ अनुसार यस गाउँपालिकामा २१४९ घरपरिवार र ८०४३ जनसंख्या रहेको छ । जसमा ३९७२ महिला र ४०७१ पुरूषहरू रहेका छन् । धार्मिक, ऐतिहाँसिक, पर्यटकीय महत्व रहेको लाङटाङ राष्ट्रिय निकुञ्ज क्षेत्रमा अवस्थित विश्व रामसार क्षेत्रमा सूचिकृत गोसाइँकुण्ड तालको नामबाट यस गाउँपालिकाको नामाकरण भएको हो ।


गाउँपालिकाको पूर्वमा सिन्धुपाल्चोक जिल्ला र चिन, पश्‍चिममा आमाछेदिङमो, उत्तरगया र कालिका गाउँपालिका, उत्तरमा चिन र दक्षिणमा नौकुण्ड गाउँपालिका, नुवाकोट जिल्ला र सिन्धुपाल्चोक जिल्ला पर्दछन् ।



Thanks for Reading

गोसाइँकुण्ड गाउँपालिकाका निर्वाचित, पूर्व निर्वाचित तथा कार्यरत कर्मचारीहरू र पूर्व कर्मचारीहरूको विवरण

....................

...............

Thanks For Reading

गोसाइँकुण्ड गाउँपालिकाका मुख्य मुख्य योजनाहरू

..................

..................

Thanks For Reading

तपाईलाई यो सामग्री कस्तो लाग्यो, कमेन्ट गर्नुहोला ।

    Site Comment
    Facebook Comment

0 Comments :

Post a Comment

• Articles • Book Introduction • Culture • Bhajan • Songs /Music