ताजा खबर
Loading...
'यही हो हाम्रो रसुवा' को सूचनामूलक यस साइटमा तपाईको वरपरको महत्वपूर्ण स्थल, सम्पदा आदिको बारेमा प्रचार गरी आन्तरिक पर्यटन विकासमा सहयोग पुर्‌याउन त्यस्ता सामग्रीहरू हामीलाई पठाउनु होला । हामी तपाईका सामग्रीलाई प्रकाशन गर्नेछौं । Email : paudelprem@gmail.com (9843508470 Whatsapp)
Showing posts with label Dried up Lakes. Show all posts
Showing posts with label Dried up Lakes. Show all posts

Sunday, May 12, 2024

गोसाइँकुण्ड बन्नुअघिको पहिलो कुण्ड : ग्यो नेबा

गोसाइँकुण्ड बन्नुअघिको पहिलो कुण्ड : ग्यो नेबा

यो कुण्ड अहिले नभएपनि ऐतिहाँसिक रूपमा थियो भन्ने जानकारी वा सूचना यस वरपर राख्न सके यहाँको महत्व अझ दर्शन गई आन्तरिक तथा बाह्य पर्यटन विकासमा सहयोग पुग्नेमा विश्वास गर्न सकिन्छ ।
   
रसुवा जिल्ला, गोसाइँकुण्ड गाउँपालिका, वडा नं ६ ठूलोभार्खुमा परापूर्व कालमा गोसाइँकुण्ड बन्नु अघि उडेर आई अवतरण भएको भनिएको कुण्ड हो 'ग्यो नेबा' । कतैबाट उडेर आई अवतरण भएको हुनाले यस कुण्डको स्थानीय नामाकरण 'ग्यो नेबा' भनिएको हो । महादेव र उनका दाजु छोनाले उक्त कुण्ड निर्माण गरेका हुन् पनि भनिएको छ ।

नेपाली नामाकरण नभएको ठूलोभार्खुको खोलाको किनारमा रहेको यो कुण्ड धेरै वर्ष अघि आएको बाढीले बगाएको भन्ने विश्वास छ । बाढीका कारण कुण्ड लोप भएपछि वा हराएपछि सो कुण्ड वा स्थानलाई 'ग्यो नैपा' वा कुण्ड हरायो/कुहियो भनिएको भनेर 'जैविक विविधता संरक्षण, पर्यटन विकासमा धर्म संस्कृति नामक पुस्तकमा फुर्पा तामाङले उल्लेख गरेका छन् ।

यो कुण्ड अहिले नभएपनि ऐतिहाँसिक रूपमा थियो भन्ने जानकारी वा सूचना यस वरपर राख्न सके यहाँको महत्व अझ दर्शन गई आन्तरिक तथा बाह्य पर्यटन विकासमा सहयोग पुग्नेमा विश्वास गर्न सकिन्छ ।