ताजा खबर
Loading...
'यही हो हाम्रो रसुवा' को सूचनामूलक यस साइटमा तपाईको वरपरको महत्वपूर्ण स्थल, सम्पदा आदिको बारेमा प्रचार गरी आन्तरिक पर्यटन विकासमा सहयोग पुर्‌याउन त्यस्ता सामग्रीहरू हामीलाई पठाउनु होला । हामी तपाईका सामग्रीलाई प्रकाशन गर्नेछौं । Email : paudelprem@gmail.com (9843508470 Whatsapp)
Showing posts with label Kalika Important Places. Show all posts
Showing posts with label Kalika Important Places. Show all posts

Saturday, August 12, 2023

पर्यटकीय स्थल : स्याउबारी

यहाँबाट विकसोन्मुख अवस्थामा रहेको नौकुण्ड पदयात्रा पनि गर्न सकिन्छ । गैरीनागी, लोकिल, जुरेढुङ्गा हुँदै वा बिजिली जोङ्ग, थाङ्दोर, स्याङ्ग्युल, सिम्बन्दी हुँदै श्यार्मा, बक्सार, परालथलाबाट नौकुण्ड- गोसाइँकुण्डसम्म पुग्न सकिन्छ ।



    स्याउबारीको परिचय

    रसुवा जिल्ला कालिका गाउँपालिका वडा नं २ मा रहेको स्याउबारी रमणीय र पर्यटकीय स्थल हो । गोम्बाडाँडा र राम्चेको बीचमा रहेको यो स्थल पछिल्लो केही समयदेखि पिक्निक स्पोटको रूपमा पनि रहँदै आएको । राजनीतिक होस् या सामाजिक कार्य/ वा भेला / समारोहहरू यहाँ आयोजना हुने गरेको छ ।

    पासाङल्हामु राजमार्गदेखि नै फैलिएको यो स्याउबारीमा रेडियो लाङटाङ ९०.३ मेगाहर्जको मुख्य स्टेशन पनि रहेको छ । गणेश हिमाल, उत्तरगया गाउँपालिका रसुवा तथा नुवाकोटको मनकामना, फिकुरी, ताजी, काउले, भाल्चे, तुप्चे, कोलनी, त्रिशूलीसम्मको मनोरम दृश्य देखिने यो स्थल तथा परिसरलाई पर्यटकीय हब बनाउन स्थानीय तहले विभिन्न कार्यहरू गर्दै आईरहेको छ ।


    बुद्द स्तुपा वा मन्दिरलगायत पार्क रहेको यस क्षेत्रमा प्राय: दिनहुँजसो आन्तरिक पर्यटकहरूको आवागमन हुने गर्दछ ।

    यहाँबाट विकसोन्मुख अवस्थामा रहेको नौकुण्ड पदयात्रा पनि गर्न सकिन्छ । गैरीनागी, लोकिल, जुरेढुङ्गा हुँदै वा बिजिली जोङ्ग, थाङ्दोर, स्याङ्ग्युल, सिम्बन्दी हुँदै श्यार्मा, बक्सार, परालथलाबाट नौकुण्ड- गोसाइँकुण्डसम्म पुग्न सकिन्छ ।

    आकर्षण

    -- पर्यटकीय स्थल

    -- पिक्निक स्पोट

    -- अध्ययन अवलोकनका लागि महत्वपूर्ण

    -- धसिङ्गरे तेल प्रशोधन केन्द्र

    -- जैविक विविधता सूचना केन्द्र

    -- रेडियो लाङटाङको स्टेशन

    -- गणेश हिमाललगायत मनोरम दृश्य अवलोकन

    -- लाङटाङ राष्ट्रिय निकुञ्ज

    कसरी पुग्ने स्याउबारी ?

    रसुवा जिल्ला कालिका गाउँपालिका वडा नं २ मा रहेको स्याउबारी रमणीय र पर्यटकीय स्थल पासाङल्हामु राजमार्गको गोम्बोडाँडा- राम्चे सडकखण्डमा नौकुण्ड जाने सडकसँगै रहेको छ ।





    Sunday, August 6, 2023

    आस्थाको धरोहर : वासुकी

     कालिका गाउँपालिका, वडा नं २, प्राङ्सेमा रहेको बासुकी ढुङगाको फेदमा बासुकी नाग रहेको छ । यही नागको नामाकरणबाट यस ढुङ्गाको नाम बासुकी रहन गएको हो ।



    अत्यन्त शक्तिको रूपमा रहेको यस स्थान प्राङ्से (धोबीखोला) पहिरो नजिकै रहेको छ । गत २०६० सालमा यहाँ नाग मारिएको हुनाले पहिरो गएको भन्ने भनाई पनि रहेको छ । सोही विषयमा सार्वजनिक चासो रहेको हुनाले यहाँ मन्दिर तथा परिसरमा विभिन्न विकास निर्माणका कार्यहरू पनि भइसकेका / भइरहेका छन् । बिधिपूर्वक पूजाआजा गर्न थालेपछि पहिरो रोकथाम भईरहेको भन्ने स्थानीयको बुझाई रहेको छ ।



    पासाङल्हामु राजमार्गको गोम्बोडाँडाबाट ५०० मीटर दूरीमा रहेको यो स्थल धार्मिक पर्यटनको रूपमा विकास गर्न सके पक्कै पनि पर्यटकीय विकासमा सहयोग पुग्नेछ । यहाँबाट मुडुल्लीभञ्ज्याङ-पात्ले हुँदै आकर्षकीय स्थलहरू रमिते ढुङ्गो, भूमेस्थान, लोकिल, सानोआले, ठूलोआले, जुरेढुङ्गो विजिली जोङ्गलगायतका स्थानमा पुग्न सकिन्छ ।

    यसको वरपरिका वस्तीहरूमा थुम्कीका महादेव, कालिका मन्दिर, धैबुङ कोतघर (अवशेष नरहेको), घलेगढी, कमारेगढी आदि महत्वपूर्ण स्थलहरू रहेका छन् ।



    Thursday, August 3, 2023

    थुम्कीमा छन् जलेश्वर महादेव

    Thumkika_Mahadev
    जिबजिबेस्थित थुम्कीका महादेव मन्दिर (पुरानो)
    ViewFromThumki
    यस मन्दिरबाट उत्तरतर्फ हेर्दा देखिने मनोरम दृश्य
    Kalika_Jibjibey
    कालिकास्थानबाट हेर्दा देखिने यस मन्दिर र जिबजिबेको दृश्य
    Naukunda_Kalika
    नौकुण्ड गाउँपालिका क्षेत्रबाट देखिने जिबजिबेतर्फको दृश्य

     

    Hightlights
    एक स्थानीय बासिन्दाको गाई सँधै फुकेर दुध दुहुने बेलामा हराउने गरेको र खोजी गर्दै जाँदा यहाँ हाल महादेव मानिएको शिलामा दुध चढाईरहेको भेटिएको हुँदा शक्ति मानेर पूजा आजा गरिँदै आएको भन्ने भनाई रहेको छ । धार्मिक कथन अनुसार गोसाइँकुण्ड उत्पत्ति गर्न महादेव यहाँ १ रात बास बसी गएका हुन् पनि भनिएको छ ।
    ========================================= -->
    जलेश्वर /थुम्कीका/नीलकण्ठ महादेव मन्दिरको बारेमा
    रसुवा जिल्लाको कालिका गाउँपालिका वडा नं ५, जिबजिबेमा रहेको नीलकण्ठ महादेव मन्दिरलाई स्थानीयहरूले 'थुम्कीका महादेव' भनेर चिन्दछन् । जलेश्वर महादेव भनेर पनि चिनिदै आएको यस मन्दिर रमणीय स्थानमा रहेको छ । सूर्योदय, सूर्यास्त हेर्नका लागि पनि उपयुक्त स्थलको रूपमा रहेको यस मन्दिर उत्पत्ति सम्बन्धि एक कथन रहेको छ ।

     एक स्थानीय बासिन्दाको गाई सँधै फुकेर दुध दुहुने बेलामा हराउने गरेको र खोजी गर्दै जाँदा यहाँ हाल महादेव मानिएको शिलामा दुध चढाईरहेको भेटिएको हुँदा शक्ति मानेर पूजा आजा गरिँदै आएको भन्ने भनाई रहेको छ । 

    धार्मिक कथन अनुसार गोसाइँकुण्ड उत्पत्ति गर्न महादेव यहाँ १ रात बास बसी गएका हुन् पनि भनिएको छ । बालाचतुर्दशीको बेलामा यहाँ मेलासहित शतबीज छर्ने पर्व पनि लाग्ने गर्दछ ।स्थानीय तथा पूर्व प्रधानपञ्च स्व. चुडामणि पौडेलको अगुवाईमा यहाँ मेला आयोजना गर्न थालिएको हो ।

     पछिल्लो समय स्थानीयहरूको मात्र सहभागिता हुने यस क्षेत्रमा केही वर्ष अघिसम्म नुवाकोटका मनकामना, फिकुरी, तादी, तुप्चे, मभीर, कुवापानी, गेर्खु, चोकदेलगायतका क्षेत्रबाट यहाँ तीर्थालुहरू आउने गर्दथे । 

     पासाङल्हामु राजमार्गको कालिकास्थान-घुम्तीबाट १.७ किमी पूर्वमा जिबजिबे बजादेखि केही तल रहेको भञ्ज्याङबाट उठ्दै गएको एक थुम्कामा अवस्थित छ । थुम्कामा रहेका हुनाले थुम्कीका महादेव भनेर पुकारिएको हो ।
    थुम्कीका महादेव मन्दिरबाट उत्तरतर्फ देखिने जिबजिबे, मानेस्वारा, ज्याङलाङ, गैरीनागी लोकिलसम्मका दृश्यहरू
    आकर्षण (किन जाने) ?
    • धार्मिक महत्व, मनोंकाञ्छा पुरा हुने 
    •  वरपर अन्य देवी देवताहरूको मन्दिर 
    •  सूर्योदय र सूर्यास्त दृश्यावलोकन 
    •  धरातलीय विषमता 
    •  न जाडो न गर्मी क्षेत्र
    • यस मन्दिर वरपर अन्य ऐतिहाँसिक र धार्मिक स्थलहरू (घलेगढी, कमारेगढी, धैबुङ कोतघर - अवशेष नरहेको, कालिका मन्दिर आदि, जुन् स्थलहरू यसैको अन्य स्थलहरू Tab मार्फत् हेर्न सकिनेछ ।
    • लाङटाङ राष्ट्रिय निकुञ्ज क्षेत्र 
    • सातधारे, नौकुण्ड क्षेत्र, फिकुरी लेक आदिको अवलोकन 
    • होटल, लज, होमस्टे र खानाको व्यवस्था भएको क्षेत्र 

    कसरी पुग्ने ?
    कालिका गाउँपालिका वडा नं ५ (साबिक धैबुङ ८) मा रहेको यस मन्दिरमा काठमाण्डौंबाट पासाङल्हामु राजमार्गको कालिकास्थान (घुम्ती)  हुँदै पूर्वपट्टि रहेको जिबजिबे बजारबाट केही दक्षिणतर्फबाट भञ्ज्याङ हुँदै जान सकिन्छ । 


    Wednesday, August 2, 2023

    दृश्यावलोकनका लागि उपयुक्त : रमिते ढुङ्गो

    रमिते दृश्य
    रमिते ढुङ्गोको मनोरम दृश्य
    रमितेबाट दृश्य
    रमिते ढुंगोबाट देखिने जिबजिबे, कालिकास्थान र नुवाकोटसम्मका दृश्य
    पर्यटकीय स्थल
    रमिते ढुंगोबाट देखिने कालिका र नौकुण्डका बस्तीहरू
    Highlights
    पर्यटकीय विकासका लागि विभिन्न स्थानमा भ्यूटावर बनाउने जस्ता कार्यहरू भईरहँदा आफैंमा भ्यूटावर बनिरहेका, न डिपिआर चाहिन्छ, न उपभोक्ता समिति चाहिन्छ, न २/४ लाखको बजेट नै चाहिन्छ, यस्ता स्थलहरूको पहिचान गरी पर्यटकीय पूर्वाधार व्यवस्था गर्न सके पक्कै पनि आन्तरिक तथा बाह्य पर्यटन विकासमा सहयोग पुग्छ ।
    ========================================= -->
    रमिते ढुङ्गोको परिचय
    कालिका गाउँपालिका, वडा नं ५ गैरीनागीको ताप्लोमा अवस्थित रमिते ढुङ्गो एक पर्यटकीय आकर्षणको रूपमा रहेको छ । 

    पासाङल्हामु राजमार्गको स्याउबारी-गोम्बोडाँडाबाट नजिकै रहेको भएपनि प्रचारप्रसारको अभावले रमिते ढुङ्गो ओझेलमा परेको छ । यहाँबाट साँच्चिकै रमिता देखिने भएकोले पनि यसलाई रमिते ढुङ्गो भनिएको हो । यहाँबाट वरपरका दृश्य हेर्दा हेलोकप्टरबाट हेरिरहेको छु भन्ने आभाष दिलाउँछ ।

     सूर्योदय तथा सूर्यास्तको दृश्य पनि मनोरम देखिने यस स्थानबाट नौकुण्डस्थित सातधारे, यार्सा, सरमथली, खाल्चेत, चिती, रूप्सेपानी, जिबजिबे, भदौरे, कालिकास्थान, धारापानी, डाँडागाउँ, ठूलोगाउँदेखि नुवाकोटको लच्याङ, लिखु, बागेश्वरी, मभीर, कुवापानी, केराघारी, त्रिशूली, कोलनीदेखि धादिङसम्म र ककनी, शिवपूरी चिसापानीसम्मका दृश्यहरू देख्न सकिन्छ । यसका वरपरबाट गणेश हिमाल पनि देख्न सकिन्छ । 

     पर्यटकीय विकासका लागि विभिन्न स्थानमा भ्यूटावर बनाउने जस्ता कार्यहरू भईरहँदा आफैंमा भ्यूटावर बनिरहेका, न डिपिआर चाहिन्छ, न उपभोक्ता समिति चाहिन्छ, न २/४ लाखको बजेट नै चाहिन्छ, यस्ता स्थलहरूको पहिचान गरी पर्यटकीय पूर्वाधार व्यवस्था गर्न सके पक्कै पनि आन्तरिक तथा बाह्य पर्यटन विकासमा सहयोग पुग्छ । 

     लाङटाङ राष्ट्रिय निकुञ्ज क्षेत्रभित्र रहेको यस स्थानमा पुग्नका लागि स्याउबारी वा गोम्बोडाँडा वा जिबजिबे हुँदै मुडुल्लीभञ्ज्याङ- सिङ्गीलामा च्यानडाँडाबाट सिधै पैदलमार्ग छ र लोकिल (भूमेस्थान) बाट राम्चे सुधारोन्मुख सडक मार्गको प्रयोग गरेर यहाँ पुग्न सकिन्छ । यहाँबाट २+ घण्टाको हिँडाईमा प्राकृतिक अर्को भ्यूटावर जुरेढुङ्गा अर्थात् सिप्पुङ पुग्न सकिन्छ ।यहाँबाट नै अर्को नव पर्यटकीय गन्तव्य बिजिङ जोङ्ग अर्थात् बिजुली ढुङ्गा पुग्न सकिन्छ ।
    आकर्षण
    • पर्यटकीय स्थल 
    • पिक्निक स्पोट 
    • अध्ययन अवलोकनका लागि महत्वपूर्ण 
    • गणेश हिमाल, सातधारेलगायत हिमशृङ्खलाको मनोरम दृश्य अवलोकन 
    • लाङटाङ राष्ट्रिय निकुञ्ज र विभिन्न वनस्पतिहरू
    कसरी पुग्ने ?
    लाङटाङ राष्ट्रिय निकुञ्ज क्षेत्रभित्र रहेको यस स्थानमा पुग्नका लागि स्याउबारी वा गोम्बोडाँडा वा जिबजिबे हुँदै मुडुल्लीभञ्ज्याङ- सिङ्गीलामा च्यानडाँडाबाट सिधै पैदलमार्ग छ र लोकिल (भूमेस्थान) बाट राम्चे सुधारोन्मुख सडक मार्गको प्रयोग गरेर यहाँ पुग्न सकिन्छ । यहाँबाट २+ घण्टाको हिँडाईमा प्राकृतिक अर्को भ्यूटावर जुरेढुङ्गा अर्थात् सिप्पुङ पुग्न सकिन्छ ।यहाँबाट नै अर्को नव पर्यटकीय गन्तव्य बिजिङ जोङ्ग अर्थात् बिजुली ढुङ्गा पुग्न सकिन्छ ।
    उस्तै उस्तै ठाउँहरू
    सम्बन्धित सामग्रीहरू
    यस स्थलको बारेमा तपाई यी भिडियोहरूबाट धेरै जानकारी लिन सक्नुहुनेछ ।
    यस स्थल तथा वरपरका बारेमा केही जानकारी छन् भने हामीलाई जानकारी दिनुहुन अनुरोध छ ।

    Tuesday, August 1, 2023

    ऐतिहाँसिक तर अवशेष नरहेको धैबुङ कोतघर

    भग्नावशेष नरहे पनि यहाँ थियो है भनेर देखाउन वा यसको महत्व स्थापित गर्न सामान्य रूपमा भए पनि सूचना केन्द्र वा संग्रहालय जस्तो वा प्रतिमा वा साइन बोर्ड मात्रैको भनेपनि व्यवस्था गर्न सके पक्कै पनि यहाँको पर्यटकीय विकासमा सहयोग पुग्नेछ ।


    नेपाल-चीन युद्द हुँदा युद्द व्यवस्थापनका लागि बनाईएको कोतघर अवशेष वा भग्नावशेष विहीन बनेको छ । पासाङल्हामु राजमार्ग कालिकास्थान, च्यूरी बोट नजिकै जस्ताघरेको घर रहेको स्थानमा धैबुङ कोतघर थियो भनिएको छ ।

    गोसाइँकुण्ड आउने-जाने तीर्थालुलाई सेवा दिनका लागि समेत् निर्माण भएको यही कोत घरको नामबाट यहाँको वस्तीको नामाकरण समेत् धैबुङकोत वा धैबुङकोट रहन गएको हो ।

    भग्नावशेष नरहे पनि यहाँ थियो है भनेर देखाउन वा यसको महत्व स्थापित गर्न सामान्य रूपमा भए पनि सूचना केन्द्र वा संग्रहालय जस्तो वा प्रतिमा वा साइन बोर्ड मात्रैको भनेपनि व्यवस्था गर्न सके पक्कै पनि यहाँको पर्यटकीय विकासमा सहयोग पुग्नेछ ।

    ऐतिहाँसिक स्थल: कमारेगढी ओझेलमा


    रसुवाको कालिका गाउँपालिका-२ मा रहेको ऐतिहाँसिक स्थल कमारेगढी ओझेलमा परेको छ । नजिकै केही तल रहेको घलेगढीमा आन्तरिक पर्यटकहरू आइरहँदा कमारेगढी भने चर्चामा छैन । घलेगढीमा जस्तो घले राजाको दरबार वा प्रशस्तै भग्नावशेष नहुनु पनि यो ओझेलमा पर्नु हो । सायद यो गढी युद्द लड्नका लागि मात्र तयार थियो ।

    पासाङल्हामु राजमार्ग कालिकास्थान-गोम्बोडाँडाबाट केही पश्चिमतिर रहेको यो गढीमा उचित व्यवस्थापन गरी प्रचारप्रसार गर्न सके पक्कै पनि आन्तरिक रूपमा पर्यटन विकास गर्न सहयोग पुर्‍याउँदछ ।

    कमारेगढीको बारेमा थप तपाईसँग सूचना छन् भने Email : ourrasuwa@gmail.com 


    कालिका गाउँपालिकाको सूचना 


     

    Monday, July 17, 2023

    धैबुङ चित्रकालिका मन्दिर

    कालिका मन्दिर दृश्य
    कालिका २ स्थिर कालिका मन्दिर
    गोसाइँकुण्ड झरना
    गणेश र कालिका मन्दिरको तस्वीर
    पर्यटकीय स्थल
    कालिका २ को टपबाट देखिने कालिका मन्दिर र जिबजिबे परिसरको दृश्य
    • दोस्रो पटक नेपाल-चीन युद्द हुँदा चिनीया फौजले नेपाली फौजलाई  लघारेर बेत्रावती पुर्यएपछि चिनीयाहरूले यस मन्दिरमा गाई, गोरू बली चढाएका थिए, जसको प्रभाव चट्याङ, हावाहुरी जस्ता विपत्तिसहित ठूलो संख्यामा चिनीयाँ फौज मरेका थिए/त्रिशूलीमा होमिन पुगेका थिए भनिएको छ । त्यसैबेलादेखि कालिका माईको शक्ति स्थापित भएको हो भन्ने भनाई रहेको छ । 

    •  यही मन्दिरको नामबाट यहाँको गाउँपालिकाको नामाकरण भएको छ - कालिका गाउँपालिका ।
    • यही मन्दिरको नामबाट यहाँको विद्यालय कालिका हिमालय माविको नामाकरण भएको छ ।
    कालिका मन्दिरको बारेमा
    कालिकामाई मन्दिर पासाङल्हामु राजमार्गको काठमाण्डौँदेखि ९४ किमी उत्तर, रसुवा जिल्लाको सदरमुकाम धुन्चेदेखि २४ किमी दक्षिणमा पर्ने प्राकृतिक सौन्दर्यले भरिपूर्ण मध्य पहाडको काखमा रहेको छ । कालिका माईको मन्दिरलाई पहिलाको समयमा धैबुङ चित्र कालिका नामले पुकारिँदै आएको भए पनि हाल यो नाम लोप भई सकेको छ । 

     सामुद्रिक सतहदेखि ६ सय मिटर उचाईमा रहेको वेत्रावती (उत्तरगया) त्रिवेणीदेखि उठ्दै गएको पहाडको टुप्पोमा करिव १४ सय मिटर उचाईमा रहेको यस क्षेत्र न गर्मी, न जाडो गर्मीमा हिमालको हावा वहने र जाडोमा पनि तुषारो नपर्ने, विहान सबेरै रवीको किरणद्दारा प्रज्ज्वल्लमान हुने र रमणीय वस्तीको लागि उपयुक्त वातावरण भएको स्थानको रूपमा चिनिन्छ ।
     

    प्राकृतिक दृश्यको धनी, ऐतिहासिक तथा धार्मिक दृष्टिले प्रसिद्धि कमाएको पवित्र स्थलको प्रत्यक्ष स्थलगत दर्शन गर्न पासाङल्हामु सडक मार्गवाट ५ मिनेटमात्र पैदल यात्रा गरी कालिकामाई मन्दिरको दर्शन गर्न सकिन्छ । दोस्रो पटक नेपाल-चीन युद्द हुँदा चिनीया फौजले नेपाली फौजलाई लघारेर बेत्रावती पुर्या एपछि चिनीयाहरूले यस मन्दिरमा गाई, गोरू बली चढाएका थिए, जसको प्रभाव चट्याङ, हावाहुरी जस्ता विपत्तिसहित ठूलो संख्यामा चिनीयाँ फौज मरेका थिए/त्रिशूलीमा होमिन पुगेका थिए भनिएको छ । त्यसैबेलादेखि कालिका माईको शक्ति स्थापित भएको हो भन्ने भनाई रहेको छ । 

     परापूर्व कालमा अन्यत्र जोडिएको जस्तो स्थानीय धार्मिक कार्यका लागि भाँडाकुँडा दिने प्रचलन यहाँ पनि थियो । हाल रहेको मन्दिरभन्दा केही तल पहरामा अवस्थित कालिका माईले आवश्यकता र नियमानुसार कार्यको लागि भाँडाकुँडा माग भपमा उपलब्ध गराउने गर्थिन् । पछि नियमानुसार प्रयोग नभएपछि माई रिसाएर भाँडाकुँडा माग्दा दिन छोडेकी हुन् भन्ने किंबदन्तीसमेत् रहेको छ । 

     वि.सं. २०६० सालमा राम्चेको पहिरोले त्यहाँ स्थित सैनिक ब्यारेक बगाएपछि विस्थापित सेना यस मन्दिर परिसरमा बस्दै आएका छन् । पहिले त्यहाँ काठमाण्डौं, ललितपुर, भक्तपुर र नुवाकोटका विभिन्न स्थानबाट समेत वनभोज र कालिकामाईको दर्शन गर्न तथा त्यहाँबाट देखिने विभिन्न दृष्यको अवलोकन गर्न आउँथे । यो स्थान ब्यारेकले ओगटेपछि अहिले दैनिक रूपमा पूजा आजा गर्न आउनेको संख्या घटेको छ भने वनभोज गर्न आउनेका लागि पनि ठाउँ अभाव भएको छ । सैनिक ब्यारेक अन्यत्र सारेर त्यस ठाउँलाई धार्मिक तथा ऐतिहाँसिक रूपमा विकास गरी पिकनिक स्थलको रूपमा पनि विकास गर्न सकिने स्थानीयबासी बताउँछन् । 

     यही मन्दिरको पूर्वपट्टि चिउरीबोट नजिकै नेपाल-चीन युद्द हुँदा बखत् निर्माण भएको कोतघर जुन् अहिले अवशेष नरहेको अवस्थामा छ । यहाँ वरपर रहेका ऐतिहाँसिक गढीहरू कमारेगढी, घलेगढी जस्ता ऐतिहाँसिक स्थलहरूको उचित प्रचारप्रसार गर्न सके यहाँ वरपरका वस्तीहरू पर्यटकीय क्षेत्र बन्न सक्नेछ ।
    कालिका मन्दिर तथा वरपरका महत्वपूर्ण आकर्षण तथा विशेषताहरू
    • ऐतिहाँसिक तथा धार्मिक महत्व 
    •  वरपर अन्य देवी देवताहरूको मन्दिर 
    •  रसुवाको एक प्रमुख व्यापारिक मार्ग 
    •  सूर्योदय र सूर्यास्त दृश्यावलोकन 
    •  धरातलीय विषमता 
    •  न जाडो न गर्मी क्षेत्र
    • नेपाल तिब्बत युद्द हुँदा बखतको ऐतिहाँसिक महत्व  बोकेको स्थल 
    • यस मन्दिर वरपर अन्य ऐतिहाँसिक र धार्मिक स्थलहरू (घलेगढी, कमारेगढी, धैबुङ कोतघर - अवशेष नरहेको, थुम्कीका महादेव मन्दिर आदि, जुन् स्थलहरू यसैको अन्य स्थलहरू Tab मार्फत् हेर्न सकिनेछ ।
    • लाङटाङ राष्ट्रिय निकुञ्ज क्षेत्र 
    • गणेश हिमाल, सातधारे, नौकुण्ड क्षेत्र, फिकुरी लेक, भाङ्गे झरना आदिको अवलोकन 
    • होटल, लज, होमस्टे र खानाको व्यवस्था भएको क्षेत्र 

    कालिका मन्दिरसम्म कसरी पुग्ने ?
     

     नेपालको राजधानी काठमाण्डौंदेखि उत्तरतर्फ पर्ने यो स्थानमा जान आउनको लागि मुख्यत: ३ वटा मार्गहरू रहेका छन् । 
    • काठमाण्डौंबाट टोखा-छहरे-थान्सिङ-ढिकुरेबाट नुवाकोटको बिदुर न.पा. गँगटे -त्रिशुली, बेत्रावती हुँदै 
    • काठमाण्डौंबाट थानकोट-नौबिसे-गल्छी-देवीघाटबाट  नुवाकोटको बिदुर न.पा. गँगटे -त्रिशुली, बेत्रावती हुँदै
    • काठमाण्डौंबाट मुड्खु, रानीपौवा, ३५ किलो, बेलकोट, अमारे हुँदै नुवाकोटको बिदुर न.पा. गँगटे -त्रिशुली, बेत्रावती हुँदै (पहिलाको प्रमुख मार्ग- अहिले यो मार्गबाट लामो दूरीको बसहरू चलेको छैन ।)


    कालिका मन्दिर वरपर रहेका विभिन्न महत्वपूर्ण स्थलहरू

    कालिका मन्दिरसँग सम्बन्धित् भिडियोहरू