'यही हो हाम्रो रसुवा' को सूचनामूलक यस साइटमा तपाईको वरपरको महत्वपूर्ण स्थल, सम्पदा आदिको बारेमा प्रचार गरी आन्तरिक पर्यटन विकासमा सहयोग पुर्‌याउन त्यस्ता सामग्रीहरू हामीलाई पठाउनु होला । हामी तपाईका सामग्रीलाई प्रकाशन गर्नेछौं । Email : paudelprem@gmail.com (9843508470 Whatsapp)

महाराज हुन् धुसेनीका भूमे

 
धुसेनीका भूमे महाराजा

कालिका गाउँपालिका, वडा नं ४, धुसेनीमा रहेको भूमेलाई महाराजको रूपमा पूजिने गरिन्छ । इच्छाएको वर दिने भूमेको दर्शन गरेमा पापसमेत् मोक्ष हुने जनविश्वास रहीआएको छ ।

किंबदन्ती अनुसार सुरूमा यी भूमे निकै होचो रहेको थियो, दुध चढाउँदा तलबाटै सजिलै टाउकोमा पार्न सकिने थियो पहिला । अहिले भूमे महाराज बढ्दै गएका हुन् भन्ने विश्वास गरिँदै आएको हो । बढ्दै गएपछि अहिले टाउकोसम्म दुध चढाउनका लागि एक खण्ड तयार गरी त।यही माथि चढेर पुजारीले दुध चढाउने गर्छन् । धार्मिक मान्यता र विश्वास अनुसार यहाँका मूल पुजारीले दुध चढाईसकेपछि अरूले पूजाआजा गर्न पाईदैन, त्यसैले मूल पुजारीले पूजाआजा गर्नुअघि नै अन्यले पूजाआजा गर्ने गर्दछन् ।


यहाँ पाठपूजा र उपासनाका लागि रसुवा र नुवाकोटका वस्तीहरूबाट भक्तजनहरू आउने गर्दछन् ।रसुवाका नुवाकोटका स्थानीयहरूले धुपधुँवार गर्दा 'धुसेनीका भूमे महाराज' भन्ने गरेका छन् । 


पासाङल्हामु राजमार्गको धारापानी खण्डबाट पूर्वपट्टि रहेको भदौरे गाउँमा पुच्छारमा अवस्थित छ  धुसेनी गाउँ । धुसेनीको पुच्छारमा रसुवा - नुवाकोट सिमाना छ जहाँ पुण्य दिने उनै रूद्रगंगा वा फँलाखु नदी अविरल बगिरहेकी छिन् । 

 

Share on Google Plus

About This is Our Rasuwa

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.
    Site Comment
    Facebook Comment

0 Comments :

Post a Comment

🤝 Community

Join Forum Give Feedback
]]>
🌱 Soft Launch Phase
Share your feedback

Search This Blog

साताको चर्चित

साताको चर्चित

• Articles • Book Introduction • Culture • Bhajan • Songs /Music