ताजा खबर
Loading...
'यही हो हाम्रो रसुवा' को सूचनामूलक यस साइटमा तपाईको वरपरको महत्वपूर्ण स्थल, सम्पदा आदिको बारेमा प्रचार गरी आन्तरिक पर्यटन विकासमा सहयोग पुर्‌याउन त्यस्ता सामग्रीहरू हामीलाई पठाउनु होला । हामी तपाईका सामग्रीलाई प्रकाशन गर्नेछौं । Email : paudelprem@gmail.com (9843508470 Whatsapp)
Showing posts with label Hydro Rasuwa. Show all posts
Showing posts with label Hydro Rasuwa. Show all posts

Thursday, January 22, 2026

सालासुङ्गी जलविद्युतले प्रभावित स्थानीयलाई सेयर दिने निर्णय


रसुवा,  आमाछोदिङमो गाउँपालिका–५ मा रहेको सालासुङ्गी जलविद्युत आयोजनाले आयोजना प्रभावित स्थानीय बासिन्दालाई सेयर उपलब्ध गराउने निर्णय गरेको छ।

आयोजनाका इन्जिनियर राजु श्रेष्ठका अनुसार उक्त जलविद्युत आयोजना सन २०१९ मा सुरु भई सन २०२५ मा सम्पन्न भएको हो। 

७८ मेगावाट क्षमताको यो आयोजना करिब २० अर्ब रुपैयाँ लगानीमा निजी क्षेत्रबाट निर्माण गरिएको हो। आयोजना निर्माणका क्रममा प्रभावित बनेका स्थानीय बासिन्दाको माग बमोजिम सेयर वितरण गर्ने निर्णय सहित प्रक्रिया अगाडि बढाइएको उनले जानकारी दिए।

स्थानीय स्रोत–साधन, जल, जंगल र जमिन प्रयोग गरी निर्माण गरिएका संरचनामा स्थानीयलाई प्राथमिकताका आधारमा सेयर दिनुपर्ने माग स्थानीयवासीले लामो समयदेखि उठाउँदै आएका थिए। सेयर पाउनुपर्ने मागसहित स्थानीयले विरोध कार्यक्रमसमेत सुरु गरेपछि आयोजना पक्ष सेयर दिन तयार भएको जनाइएको छ।

समुद्री सतहबाट करिब ३ हजार ४ सय मिटर उचाइमा बाँध बनाएर निर्माण गरिएको उक्त आयोजनाबाट हिउँद याममा करिब १५ मेगावाट मात्र विद्युत उत्पादन हुने इन्जिनियर श्रेष्ठले बताए।

आयोजनाको तर्फबाट स्थानीयलाई सेयर दिने विषयमा औपचारिक जानकारीसहित पत्र प्राप्त भएपछि विरोध कार्यक्रम स्थगित गरिएको आमाछोदिङमो गाउँपालिका–५ का वडा अध्यक्ष दावा गोम्बो तामाङले जानकारी दिए।


Friday, May 17, 2024

माथिल्लाे त्रिशूली थ्री बी हब र भाल्चे सबस्टेसन उद्घाटन

माथिल्लाे त्रिशूली थ्री बी हब र भाल्चे सबस्टेसन उद्घाटन

रसुवा, चिलिमे–त्रिशूली २२० केभी प्रसारण प्रणाली आयोजनाअन्तर्गत नुवाकोटको किस्पाङ गाउँपालिकास्थित पहिरेबेंसीमा निर्माण गरिएको त्रिशूली थ्री बी हब २२०/१३२/३३ केभी सबस्टेसन सञ्चालनमा आएको छ ।

आयोजनाको कर्पोरेट सामाजिक उत्तरदायित्वअन्तर्गत छिमेकी विद्युतीकरण कार्यक्रमबाट किस्पाङ गाउँपालिकाको भाल्चेमा निर्माण गरिएको ३३/११ केभी विद्युत् वितरण सबस्टेसन समेत उद्घाटन भयाे । 

ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेत र युरोपेली आयोगकी अन्तर्राष्ट्रिय साझेदारी उपमहानिर्देशक मिरियम फेरन, युरोपेली युनियनकी राजदूत भेरोनिक लोरेञ्जो, जर्मन राजदूत थोमस प्रिन्ज र युरोपेली लगानी बैंक की निर्देशक थौउराया ट्रिकीले  संयुक्त रुपमा त्रिशूली थ्री बी हब र भाल्चे सबस्टेसन उद्घाटन गरेका हुन् ।

करिब १०४ रोपनी जग्गामा निर्माण गरिएको त्रिशूली थ्री बी हब सबस्टेसनको लागत १ अर्ब ९७ करोड रुपैयाँ रहेको छ । त्रिशूली–काठमाडौं २२० केभी प्रसारण लाइनबाट त्रिशूली थ्री बी हब सबस्टेसन मातातीर्थ सबस्टेसनसँग जोडिएको छ । 

प्रसारण लाइन तथा सबस्टेसनबाट करिब १ हजार २ सय मेगावाट विद्युत् प्रवाह हुन सक्छ। कूल २८ किलोमिटर प्रसारण लाइनमा पर्ने ७५ वटा टावरहरूमध्ये ७० वटाको जग हालिएको छ। बाँकी ५ टावरको आंशिक जग हालिएको छ भने ६० वटा टावर खडा गरिएको छ। 

भाल्चे सबस्टेसन तथा त्रिशूली थ्री बी हब–भाल्चे ३३ केभी प्रसारण लाइनसहित छिमेकी विद्युतीकरण कार्यक्रमको लागत ४२ करोड ९३ लाख रुपैयाँ रहेको छ । नुवाकोट र रसुवा जिल्लाका प्रसारण लाइन र सबस्टेसनबाट प्रभावित तथा त्यस आसपासका क्षेत्रमा विद्युत् पहुँच विस्तार र आपूर्तिलाई भरपर्दो तथा गुणस्तरीय बनाउन छिमेकी विद्युतीकरण कार्यक्रममार्फत ३३ तथा ११ केभी लाइन र वितरण सबस्टेसन निर्माण गरिएको हो । 

प्रसारण लाइन र सबस्टेसन निर्माणका लागि चिनियाँ कम्पनी पिङगाओ ग्रुप अफ कम्पनीजसँग २०७४ को कात्तिकमा ठेक्का सम्झौता भएको थियो ।

६० मेगावाटको माथिल्लो त्रिशूली थ्री ए, २१६ मेगावाटको माथिल्लो त्रिशूली–१, १११ मेगावाटको रसुवागढी, ४२.५ मेगावाटको सान्जेन, तादी खोलाका विभिन्न आयोजनाहरूको ४२ मेगावाट, ३७ मेगावाट माथिल्लो त्रिशूली थ्री बी, १४.८ मेगावाट माथिल्लो सान्जेन, १४.३ मेगावाट माथिल्लो मैलुङलगायतका जलविद्युत् आयोजनाहरूबाट उत्पादित विद्युत् यही प्रसारण लाइन तथा सबस्टेसनमार्फत राष्ट्रिय प्रणालीमा जाेडिने छ । 


Sunday, April 14, 2024

रसुवागढी जलविद्युतकाे लागत बढ्याे

रसुवागढी जलविद्युतकाे लगत बढ्याे

रसुवा, निर्धारित समयमा निर्माण सम्पन्न नहुँदा १११ मेगावाट क्षमताको रसुवागढी जलविद्युत् आयोजनाको लागत करिब पाँच अर्ब रुपैयाँ बढी लागेको छ। भौगोलिक विकटता, वर्षात्को बाढीपहिरो सामान ढुवानीमा ढिलाइ, २०७२ सालको भूकम्प, कोभिड–१९ महामारीजस्ता कारणले करिब पाँच अर्ब रुपैयाँ बढी लागत लाग्ने आयोजनाले जनाएको हो। आयोजनाको निर्माण १३ अर्ब ६० करोड रुपैयाँको लागतबाट सम्पन्न हुने सुरुको प्रक्षेपण थियो।

नेपाल चीन सिमानाको रसुवागढी नाका हुँदै बग्ने भोटेकोसी नदीको पानी उपयोग गरी निर्माण गरिरहेको आयोजनाको काम अन्तिम चरणमा पुगेको छ। आयोजना गोसाइँकुण्ड गाउँपालिका–१ थुमन र २ टिमुरेको भू-भागमा पर्दछ। आयोजनाको हालको अवस्थाको लागत ब्याजबाहेक १८ अर्ब ४७ करोड रुपैयाँको हाराहारीमा खर्च हुने भएको छ। १११ मेगावाटको रसुवागढी जलविद्युत् आयोजनाको विद्युत् उत्पादन गर्ने मुख्य उपकरण टर्वाइनको परीक्षण कार्य अन्तिम चरणमा पुगेको छ। 

रसुवागढी जलविद्युतकाे लगत बढ्याे

स्वदेशी पुँजी तथा प्राविधिकको सक्रियतामा सन् २०१३ देखि निर्माण सुरु गरिएको उक्त जलविद्युत् आयोजनाका सुरुङलगायत सबै संरचना सफलतापूर्वक परीक्षणपश्चात् विद्युत् उत्पादन गर्ने उपकरण रनर घुमाई परीक्षण कार्य अन्तिम चरणमा पुगेको हो। तीनवटा युनिटमध्ये दुईको सफल परीक्षण सम्पन्न भइसकेको र बाँकी एकको परीक्षण कार्य अन्तिम चरणमा पुगेको बताइएको छ।

जलविद्युत् आयोजनाका प्रमुख सत्यराम ज्याख्वाकाले हाइड्रोपावरबाट वार्षिक रूपमा ६१ करोड ३८ लाख ६० हजार युनिट विद्युत् उत्पादन हुने बताए। उत्पादित विद्युत् नेपाल विद्युत् प्राधिकरणलाई बिक्री गर्दा वर्षायाममा ४ रुपैयाँ ८० पैसा र हिउँदको याममा ८ रुपैयाँ ४० पैसा प्रतियुनिट प्राप्त हुनेछ।

निर्माण गर्नुपर्ने सम्पूर्ण संरचना पूरा भइसकेकाले टावर निर्माण सम्पन्न हुनासाथ रसुवागढीको विद्युत् राष्ट्रिय प्रसारण लाइनमा लैजाने तयारी भइसकेको प्राविधिकले बताएका छन्।

आयोजनाको बाँधस्थलको सफल परीक्षण पछि बालुवा थिग्राउने, पोखरी, सुरुङ, पेनस्टक तथा अन्य उपकरणको प्राविधिक परीक्षण भएको रसुवागढी जलविद्युत् कम्पनीका प्रमुख कार्यकारी अधिकृत छवि गैरेले जानकारी दिए।

चिलिमे जलविद्युत् आयोजनाको सफल उत्पादनपछि सहायक कम्पनीको रूपमा रसुवागढी आयोजना सुरु भएको हो। २०८० माघ ५ अघि नै पानी भरेर बाँधको सफल परीक्षण गरी सुरुङ, विद्युत्गृह भूमिगत सुरुङहरू, तथा विभिन्न उपकरण परीक्षण भइरहेको छ। कम्पनीका प्रमुख कार्यकारी अधिकृत गैरे भन्छन्, ‘परीक्षणकै लागि अहिले निरन्तर पानी पठाउने काम भइरहेको छ, वैशाख भित्र उत्पादन थाल्नेछौं।’

रसुवागढी जलविद्युतकाे लगत बढ्याे


आयोजनाबाट २०८० असारमै विद्युत् उत्पादन गर्ने लक्ष्य लिए पनि अमेरिकी डलरभन्दा नेपाली रुपैयाँ कमजोर हुँदै जानुलगायत काबु बाहिरको परिस्थितिले गर्दा समयावधि थप भएसँगै संशोधित लागत ९निर्माण अवधिको ब्याज रकमबाहेक० १८ अर्ब ४७ करोड रुपैयाँ लाग्ने देखिएको प्रमुख गैरेले बताए। वार्षिक ६१ करोड ३८ लाख ७५ हजार युनिट विद्युत् शक्ति उत्पादन भई यस कम्पनीलाई वार्षिक ३ अर्ब २५ करोड रुपैयाँ आम्दानी हुनेछ।

Wednesday, August 9, 2023

माथिल्लो सान्जेन (१४.८) ले सुरू गर्‍यो उत्पादन


साउन २५। रसुवामा निर्माण सम्पन्न  भएको माथिल्लो सान्जेन (१४.८) ले उत्पादन सुरू गरेको छ । सान्जेन जलविद्युत कम्पनी लिमिटेडले निर्माण गरेको आयोजनाको काम पूरा गरी उत्पादन परीक्षण सुरु गरिएको हो ।

आयोजना प्रमुख सुदन सिंहका अनुसार साउन २० गतेबाट उत्पादन परीक्षण सुरू गरिएको हो । राष्ट्रिय प्रणालीमा जोडिएको उक्त आयोजनाले २ सातासम्म प्राधिकरणलाई निःशुल्क विद्युत दिनेछ । व्यापारिक उत्पादनलाई चिलिमेको प्रवाह हुने प्रसारण लाईनमार्फत् जोड्ने आयोजनाले बताएको छ ।

 

दुई अर्ब २१ करोड ८० लाख रुपैयाँ लागत अनुमान गरिएको उक्त आयोजनाबाट वार्षिक ८५.८७ गिगावाट घन्टा विद्युत उत्पादन हुनेछ । जसमा सुख्खायाममा ११.०२ र बर्खायाममा ७४.८५ गिगावाट घन्टा विद्युत उत्पादन हुनेछ ।  

 

यही कम्पनीले निर्माण गरिरहेको ४२.५ मेगावाटको सान्जेन पनि अन्तिम चरणमा पुगेको छ । यस आयोजनाको सबै काम पुरा गरी आगामी पुसदेखि उत्पादन थाल्ने कम्पनीले जनाएको छ ।