ताजा खबर
Loading...
'यही हो हाम्रो रसुवा' को सूचनामूलक यस साइटमा तपाईको वरपरको महत्वपूर्ण स्थल, सम्पदा आदिको बारेमा प्रचार गरी आन्तरिक पर्यटन विकासमा सहयोग पुर्‌याउन त्यस्ता सामग्रीहरू हामीलाई पठाउनु होला । हामी तपाईका सामग्रीलाई प्रकाशन गर्नेछौं । Email : paudelprem@gmail.com (9843508470 Whatsapp)
Showing posts with label Hydro Rasuwa. Show all posts
Showing posts with label Hydro Rasuwa. Show all posts

Friday, October 2, 2026

२० अर्ब ९८ करोड रुपैयाँ बराबरको दाबी

 


रसुवा, गत भदौ १० गते लेन्देहुँदै भोटेकोशी नदीमा आएको बाढीबाट भएको क्षतिमा बीमा कम्पनीहरूमा २० अर्ब ९८ करोड रुपैयाँ बराबरको दाबी परेको छ । दाबी फछ्र्योटलाई सहज र छिटो बनाउन नेपाल बीमा प्राधिकरणले रसुवा बाढीसम्बन्धी संक्षिप्त भुक्तानी कार्यविधि लागू गरेको छ ।

प्राधिकरणले ‘रसुवा बाढी दाबी भुक्तानीसम्बन्धी संक्षिप्त कार्यविधि, २०८३’ लागू गर्दै बाढीबाट प्रभावित बीमितलाई क्षतिको प्रमाणका आधारमा छिटो दाबी भुक्तानी गर्ने व्यवस्था गरेको हो ।

कार्यविधिले सानो रकमको दाबीमा सर्भेयर नियुक्त गर्नुपर्ने व्यवस्था हटाउनुका साथै अनुमानित दायित्वको आधासम्म रकम अग्रिम रूपमा भुक्तानी गर्न सकिने व्यवस्था गरेको छ ।

कार्यविधिअनुसार पाँच लाख रुपैयाँसम्मको दाबीमा सर्भेयर नियुक्त नगरी बीमा कम्पनीले आफ्नै कर्मचारीमार्फत स्थलगत निरीक्षण र क्षति मूल्यांकन गरी दाबी फछ्र्योट गर्न सक्नेछन् । तर दाबी सरल प्रकृतिको, प्राविधिक जटिलता नभएको र क्षतिको पर्याप्त प्रमाण उपलब्ध भएको हुनुपर्नेछ ।

त्यस्तै, बीमा कम्पनीले अनुमानित दायित्व निर्धारण गरेपछि त्यसको ५० प्रतिशतसम्म रकम अग्रिम भुक्तानी गर्नुपर्ने व्यवस्था गरिएको छ । यसरी दिइएको रकम अन्तिम दाबी फछ्र्योट गर्दा समायोजन गरिनेछ ।

बाढीका कारण प्रभावित बीमितले दाबीको सूचना दिन ढिला भएको आधारमा मात्रै बीमा कम्पनीले दाबी अस्वीकार गर्न पाउने छैनन् । विशेष परिस्थितिका कारण तोकिएको समयमा सूचना दिन नसकेका बीमितको दाबीलाई समेत उपलब्ध प्रमाणका आधारमा प्रक्रिया अघि बढाउनुपर्ने व्यवस्था गरिएको छ ।

बाढीका कारण बीमा दाबीसम्बन्धी भौतिक कागजात नष्ट भएको अवस्थामा पनि वैकल्पिक प्रमाणका आधारमा दाबी प्रक्रिया अघि बढाउन सकिनेछ । क्षति हुनुअघिका फोटो तथा भिडियो, बैंक भ्यालुएसन प्रतिवेदन, कर चुक्ता विवरण, सरकारी अभिलेख, अडिटेड ब्यालेन्ससिट तथा अन्य डिजिटल प्रमाणलाई आधार बनाउन सकिने व्यवस्था कार्यविधिले गरेको छ ।

बेपत्ता व्यक्तिको दाबीमा सहज व्यवस्था

बाढीमा परी बेपत्ता भएका व्यक्तिको हकमा समेत दाबी भुक्तानीको बाटो सहज बनाइएको छ । अधिकारप्राप्त निकायको सिफारिसबाट व्यक्ति मृत्यु भएको यकिन हुने अवस्था भएमा हकवालाबाट स्वघोषणा लिएर बीमा दाबी भुक्तानी गर्न सकिने व्यवस्था गरिएको छ ।

यसले बाढीमा परी बेपत्ता भएका व्यक्तिको जीवन बीमालगायतका दाबी फछ्र्योटमा देखिन सक्ने प्रक्रियागत जटिलता घटाउने अपेक्षा गरिएको छ ।

त्यस्तै, बाढीले सवारीसाधन बगाएर पूर्ण क्षति भएको यकिन भएमा पनि अग्रिम भुक्तानीको व्यवस्था गरिएको छ । दर्ता खारेजीसम्बन्धी आवश्यक प्रमाण पेश भएपछि बाँकी दाबी रकमसमेत तोकिएको समयभित्र फछ्र्योट गर्नुपर्ने व्यवस्था गरिएको छ ।

दाबी अस्वीकार गरे कारण खुलाउनुपर्ने

बीमा कम्पनीले कुनै दाबी अस्वीकार गर्नुपर्ने अवस्था आएमा बीमितलाई त्यसको लिखित कारण उपलब्ध गराउनुपर्ने व्यवस्था गरिएको छ । यसले दाबी फछ्र्योट प्रक्रियालाई पारदर्शी बनाउने प्राधिकरणको अपेक्षा छ ।

बाढीका कारण आयातको क्रममा रहेका, भन्सार यार्डमा रहेका वा यातायात व्यवस्था कार्यालयमा दर्ता हुन बाँकी सवारीसाधनको हकमा पनि आवश्यक अभिलेख र प्रमाणका आधारमा दाबी फछ्र्योट गर्न सकिने व्यवस्था गरिएको छ ।

तर दाबी प्रक्रिया सहज बनाइए पनि गलत वा झुट्टा विवरण दिएर दाबी भुक्तानी लिनेलाई भने कारबाही हुने प्राधिकरणले जनाएको छ ।

गलत विवरणका आधारमा भुक्तानी लिएको प्रमाणित भएमा प्रचलित कानूनअनुसार कारबाही गर्नुका साथै भुक्तानी भएको रकमसमेत फिर्ता असुल गर्न सकिने व्यवस्था गरिएको छ ।

बाढीबाट रसुवा, नुवाकोट, धादिङ, चितवनलगायत जिल्लामा जलविद्युत् आयोजना, सवारीसाधन, व्यापारिक मौज्दात, घर तथा अन्य सम्पत्तिमा क्षति पुगेको छ । यसबाट परेको २० अर्ब ९८ करोड रुपैयाँको बीमा दाबीलाई समयमै फछ्र्योट गर्न नयाँ कार्यविधिले बीमित, बीमा कम्पनी र पुनर्बीमा कम्पनीबीचको प्रक्रियालाई समेत सरल बनाउने लक्ष्य राखेको छ ।

Thursday, October 1, 2026

बाढीका कारण आठ प्रमुख जलविद्युत् आयोजना प्रभावित



भोटेकोशी र त्रिशूली नदी जलाधार क्षेत्रमा आएको भीषण बाढीका कारण रसुवा जिल्लामा रहेका आठ प्रमुख जलविद्युत् आयोजना नराम्ररी प्रभावित भएका छन् ।

बाढीले सञ्चालनमा रहेका पाँचवटा आयोजनाको विद्युत् उत्पादन पूर्ण रूपमा बन्द गराएको छ भने निर्माणाधीन अवस्थामा रहेका तीनवटा ठूला आयोजनाका भौतिक संरचनामा गम्भीर क्षति पुर्‍याएको छ । यससँगै रसुवा जिल्लामा मात्रै ५७८.४२ मेगावाट क्षमता बराबरका जलविद्युत् संरचना बाढीको चपेटामा परेका छन् ।

नेपाल विद्युत् प्राधिकरणका सहायक कम्पनी तथा निजी क्षेत्रद्वारा प्रवद्र्धित सञ्चालनमा रहेका आयोजनाहरू बाढीको प्रत्यक्ष मारमा परेका हुन् । बाढीका कारण प्राधिकरणको सहायक कम्पनी अन्तर्गत सञ्चालित १११ मेगावाट क्षमताको रसुवागढी जलविद्युत् आयोजना र २२ मेगावाटको चिलिमे जलविद्युत् आयोजनाबाट उत्पादन पूर्ण रूपमा ठप्प भएको छ ।

यस्तै, निजी क्षेत्रबाट सञ्चालित ७८ मेगावाट क्षमताको सान्जेन खोला ९सालासुङ्गी०, २० मेगावाटको लाङटाङ खोला र ५ मेगावाटको मैलुङ खोला जलविद्युत् आयोजनाको बाँधस्थल तथा विद्युत्गृह क्षेत्र प्रभावित हुँदा ती आयोजनाहरूबाट समेत राष्ट्रिय प्रसारण प्रणालीमा विद्युत् आपूर्ति रोकिएको छ । यी पाँच आयोजनाबाट राष्ट्रिय प्रणालीमा जोडिँदै आएको कुल २३६ मेगावाट विद्युत् हाल पूर्ण रूपमा विच्छेद भएको छ ।

अर्कोतर्फ, बाढी र पहिरोले निर्माणाधीन राष्ट्रिय गौरव तथा प्रत्यक्ष वैदेशिक लगानीका ठूला आयोजनाहरूमा समेत ठूलो धक्का पु¥याएको छ । कोरियाली लगानीमा निर्माणाधीन २१६ मेगावाट क्षमताको माथिल्लो त्रिशूली–१ जलविद्युत् आयोजनाका भौतिक संरचनाहरू बाढीका कारण क्षतिग्रस्त भएका छन् ।


त्यसैगरी, १२० मेगावाटको रसुवा–भोटेकोशी जलविद्युत् आयोजनाको मुख्य संरचना तथा पहुँचमार्गमा क्षति पुगेको छ भने ६।४२ मेगावाट क्षमताको निर्माणाधीन माथिल्लो मैलुङ–ए आयोजना पनि बाढीका कारण प्रभावित भएको छ । यसरी निर्माणाधीन ३४२।४२ मेगावाट क्षमताका तीन आयोजनामा प्रत्यक्ष क्षति पुगेको प्रारम्भिक विवरणले देखाएको छ । 

Sunday, September 27, 2026

बाढी प्रभावित कर्मचारी तथा परिवारको खोज तथा उद्धारमा दुसान



रसुवा, लेन्देहुँदै भाेटेकाेसी नदिमा भदाै १० गते एक्कासी आएको बाढीका कारण प्रभावित आफ्ना कर्मचारी तथा उनीहरूका परिवारको खोज, उद्धार र सहयोगका लागि निरन्तर सक्रियताका साथ काम गरिरहेको एक दुसान इनर्बिलिटी कम्पनी लिमिटेडले जनाएको छ।

घटनालगत्तै जिल्ला प्रहरी कार्यालयलगायत सुरक्षा निकाय, कालिका र गोसाईँकुण्ड गाउँपालिका,जिल्ला प्रशासन कार्यालय रसुवा तथा राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणलाई घटनाको विवरण सहित आधिकारिक रूपमा जानकारी गराइएको थियो।

कम्पनीले घटनापछि भदौ १५ गतेदेखि हालसम्म करिब १९ पटक हेलिकप्टरबाट खोजी गरिएको जनाएको छ। साथै, चितवनसम्मको तल्लो तटीय क्षेत्रमा दैनिक ड्रोनमार्फत खोजी कार्य जारी रहेको र खोजी, उद्धार तथा उत्खननको कामसमेत अघि बढाइएको कम्पनीको भनाइ छ।

माथिल्लाे त्रिशूली -१ मा कार्यरत दुसान कम्पनीमा कार्यरत कर्मचारीका परिवारजनलाई घटनास्थलसम्म पुगेर खोजी कार्यमा सहभागी हुन सहज होस् भन्ने उद्देश्यले कम्पनीले बसोबास र हेलिकप्टरको व्यवस्था गरेको जनाएको छ। नेपाली सेना र कोरियाली राजदूतावासको सहयोगमा विभिन्न कठिनाइका बाबजुद परिवारजनलाई आयोजना स्थलसम्म पुर्‍याइएको कम्पनीले जनाएको छ।

यसैगरी, कम्पनीले भदौ ११ गते आपत्कालीन राहत कोष स्थापना गरी प्रत्येक पीडितका परिवारलाई एक लाख रुपैयाँका दरले अन्तरिम राहत उपलब्ध गराएकाे दुसान इनर्बिलिटी कम्पनी लिमिटेडका सामाजिक विकास अधिकृत अर्जुन न्यौपानेले बताए । 

बाढीकाे समयमा कार्यकक्षमै रहेका अधिकृत अर्जुन भागेर बल्लतल्ल बचे र अरू साथीलाइ पनि बचाए । सबैलाइ बचाउने प्रयास पूर्ण रूपमा सफल हुन सकेन । उनले भने तिब्र बेगकाे बाढीबाट बच्न सकेनन् भने कसैले पनि पुर्वानुमान गरे भन्दा ठूलाे बाढीबाट जाेखिन मुस्किल थियाे । न्याैपानेले तत्कालै फेसबुकमा लाइभ गरी हामी भागेर जंगलमा छाैं भनेर भिडियाे सार्वजनिक गरेका थिए । 

ठूलाे त्रासमा पनि अधिकृत अर्जुन बाढीपछि नियमित रूपमा बेपत्ता कर्मचारीहरूकाे हाेलिकाप्टर तथा ड्राेनबाट खाेज, उद्धार र परिवार भेटमा निकै सक्रिय रहेका छन् । 

परिवारजनको सहायताका लागि भदौ २१ गते ‘फ्यामिली असिस्टेन्स सेन्टर’ स्थापना गरी सम्पर्क व्यक्ति तोकिएको र केन्द्रका सदस्यहरूले पीडित परिवारसँग निरन्तर सम्पर्कमा रहेर कम्पनीका योजना तथा उपलब्ध सहयोग बारे जानकारी दिइरहेको कम्पनीले जनाएकाे छ।

आर्थिक रूपमा कमजोर परिवारलाई विशेष प्राथमिकतामा राखेर घरमै पुगेर सेवा–सुविधा, बीमा रकम तथा सामाजिक सुरक्षा कोषबाट प्राप्त हुने रकमका विषयमा जानकारी दिने र आवश्यक सहजीकरण गर्ने कामसमेत भइरहेको कम्पनीले जनाएको छ।


कम्पनीले बेपत्ता तथा मृत्यु भएका श्रमिकका परिवारसँग छलफल गरी सामाजिक सुरक्षा कोष, नाता प्रमाणित र वडा सिफारिसलगायतका विषयमा कानुनी परामर्श सहित आवश्यक सहयोग र सहजीकरण गरिरहेको दाबी गरेको छ। बाढीमा हराएकाहरुको हेलिकप्टरबाट चितवनसम्मको तल्लो तटीय क्षेत्रमा केन्द्रित रही दैनिक ड्रोनबाट खोजी उद्धार तथा तथा उत्खननको कार्यसमेत अगाडि बढाइरहेको छ । 

बाढीको कारणबारे राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जारी गरेका प्रारम्भीक प्रतिवेदनमा घटनाको मूख्य कारण दोस हितको बाढी रहेको जानकारी दिइएको कम्पनीले उल्लेख गरेको छ। घटना बारे विशेषज्ञहरूबाट अध्ययन भइरहेको र हालसम्म कुनै संस्थालाई जिम्मेवार ठहर गर्ने अन्तिम निष्कर्ष नआएको कम्पनीको भनाइ छ।

कम्पनीले नियमित रूपमा अद्यावधीक गरेको विवरण अनुसार कोरियाली र नेपाली गरी कुल ८६ जना कर्मचारीहरू मध्ये ४४ जना सकुशल रहेका छन् । ४२ जना मध्ये तीन जनाको मृत्यू भएको र ३९ जना अझै सम्पर्क विहीन रहेको कम्पनीले जनाएको छ। 


यी विवरण राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण र जिल्ला प्रशासन कार्यालय रसुवाको अभिलेखसँग दैनिक रूपमा अद्यावधिक भइरहेको बताइएको छ।

घटनापछि पीडित कर्मचारी तथा परिवारको सुरक्षा, सम्पर्क विहीनहरूको खोजी तथा विवरण व्यवस्थापन र गृह मन्त्रालयसहित स्थानीय तहका निकायसँगको समन्वयलाई उच्च प्राथमिकतामा राखिएको कम्पनीले जनाएको छ।

कम्पनीका अनुसार खोजी तथा उत्खनन् कार्यमा सहयोग पुर्‍याउन नेपाल सरकारलाई १५ वटा ‘बबक्याट’ उपकरण समेत हस्तान्तरण गरिएको छ। 

दुसान इनर्बिलिटी कम्पनीका अनुसार बाढी पछि उद्धार, खोजी तथा परिवारजनको सहयोगका लागि नेपाली सेना, राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण, कोरियाली दूतावास र नेपाल प्रहरीलगायतका निकायसँग निरन्तर समन्वय भइरहेको छ। 

थप जानकारी तथा सूचनाका लागि लागि कम्पनीका प्रशासनिक अधिकृत प्रकाश पन्तलाई ९८४०५२००८५ मा सम्पर्क गर्न सकिने समेत कम्पनीले जनाइएको छ।











Friday, September 18, 2026

माथिल्लो त्रिशूली- १ मा १८ वटा शव भेटियो


रसुवा, लेन्देखोलाहुँदै भोटेकोसी नदिमा भदौ १० गते आएको विनाशकारी बाढील बेपत्ता भएका २१६ मेगावाट  क्षमताकाे माथिल्लो त्रिशूली १ जलविद्युत आयोजनाको सुरूङबाट १८ वटा शव भेडिएको छ । 

नेपाली सेनाका अनुसार सुरूमा अडिट–३ टनेलभित्र छडको जालीमा अल्झिएको अवस्थामा ६ वटा शव फेला परेका थिए । फेरि खोजीका क्रममा थप १२ वटा शव देखिएको र निकाल्ने प्रयास भइरहेको प्रमुख जिल्ला अधिकारी कमलप्रसाद पाण्डेले बताए । “जाली भित्र देखिएको तर सबै शाव निकाल्न बाकी रहेको सूचना प्राप्त भएको छ ।” पाण्डेले भने । 

आयोजनाको सुरूङबाट यसअघि विभिन्न मितिमा १५ वटा शव निकालिएको छ । शवको सनाखत हुन सकेको छैन । माथिल्लो त्रिशूली –१ को सुरूङमा कम्तिमा ३ सय जना फसेको हुन सक्ने आशंका गरिएको छ । 

बाढीमा हराएका मानिसहरुको खोज तथा उद्धार कार्य जारी रहेको छ । विद्यातका टनेलमा उद्धार कार्य ढिलाइ भएकोले जिवित उद्धारका सम्भावना टरेको बाढी प्रभावित तथा बृपत्ताका आफन्तहरु बताउछन् । 


Wednesday, September 16, 2026

चिलिमे जलविद्युत आयोजनाको सुरुङमा पाँच जनाकाे शव फेला


रसुवा, सत्रदिनदेखि चिलिमे जलविद्युत केन्द्रको सुरुङ भित्र उद्धारका लागि खटेको टोलीले पाँच जनाको शव प्राप्त गरेको छ । सुरुङबाट चार जनाको शव र एउटा मानव अंग फेला परेको छ । 

लेन्दे खोलाहुँदै भोटेकोसीमा भदौ १० गते आएको विनाशकारी बाढीका कारण चिलिमेको पावरहाउस जाने सुरुङको प्रवेसमार्ग बन्द गराएको थियो । 

मेसिन तथा भारतिय विज्ञ टोली सहित नेपाली सेना, प्रहरी समेतको टोलीले सुरुङभित्र फसेकाहरूको खोजी तथा उद्धारका क्रममा पाँच जनाको शव फेला पारेका थिए । 

गोताखोरसहितको टोली उक्त प्वालबाट प्रवेश गरी सुरुङको अन्तिम किनारासम्म खोजी गर्दा ५ वटा शव फेला पारेको नेपाली सेनाले जानकारी दिएको छ ।

शवहरु बाहिर निकालिएको र खोज तथा उद्धार बन्द गरिएको चिलिमे जलविद्युत कम्पनीका प्रकाश बहादुर कार्कीले बताए । बल्लतल्ल मानिस छिर्ने सानो प्वाल बनाएर भित्र जान सकेको कार्कीले बताए । त्यहाँ ६ जना जिवित रहेको आसंकाले १३ गदेखि खोज तथा उद्धार जारी रहेको थियो । 

हेलिकप्टरमार्फत स्याफ्रूबेसीमा पु¥याइएको एक्स्काभेटर र लोडर प्रयोग गरी चट्टान फोडेर करिब १ हजार ५० मिटर बाटो निर्माण गर्दै सुरुङसम्म पुगेर निरन्तर भग्नावशेष हटाउने काम गरेको थियो । 

कम्पनीको तत्कालीन प्रबन्ध–निर्देशकका कुलमान घिसिङले सुरुङमा लेदो सहितको वालुवा ढुंगा हटाएर उद्धार टोली लेदोको भाग छिचोल्दै निरन्तर अगाडि बढेको थियो । 

विद्युतगृह छिचोल्न करिब १०० मिटर बाँकी रहेको छ । उद्धार कार्यमा खटिनुभएका नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, भारतीय सेनाका विज्ञ उद्धार टोली, स्थानीय प्रशासन, चिलिमे जलविद्युत कम्पनीका कर्मचारी निकै खटेका थिए ।   

कम्पनीको तत्कालीन प्रबन्ध–निर्देशकका कुलमान घिसिङले सुरुङमा लेदो सहितको वालुवा ढुंगा हटाएर उद्धार टोली लेदोको भाग छिचोल्दै निरन्तर अगाडि बढेको थियो । 

विद्युतगृह छिचोल्न करिब १०० मिटर बाँकी रहेको छ । उद्धार कार्यमा खटिनुभएका नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, भारतीय सेनाका विज्ञ उद्धार टोली, स्थानीय प्रशासन, चिलिमे जलविद्युत कम्पनीका कर्मचारी निकै खटेका थिए ।   

यसैबीच लाङ्गटाङ जलविद्युत आयोजनाको सुरुङमा विदेशी प्राविधिकसहितको संयुक्त उद्धार टोलीले खोजी कार्य गरिरहेको छ । माथिल्लो त्रिशूली–१ को सुरुङभित्र पनि आयोजनाका प्रतिनिधिसहितको संयुक्त उद्धार टोलीले खोजी गरिरहेको छ । त्रिशूली–३ ए को सुरुङ तथा पावर हाउस क्षेत्रमा पनि संयुक्त टोलीले खोजी कार्य जारी राखेको सेनाले जनाएको छ । 









भीषण बाढीका कारण त्यस क्षेत्रमा सञ्चार सेवा गम्भीर रूपमा अवरुद्ध

 


रसुवा, स्याफ्रूबेँसी, टिमुरेलगायतका क्षेत्रमा अचानक आएको भीषण बाढीका कारण त्यस क्षेत्रमा सञ्चार सेवा गम्भीर रूपमा अवरुद्ध भएको छ । 

बाढी र पहिरोले पुर्‍याएको क्षतिका कारण रसुवा तथा छिमेकी जिल्ला नुवाकोटका कैयौँ स्थानमा नेपाल टेलिकम र एनसेलका टावर तथा अप्टिकल फाइबर नेटवर्कमा क्षति पुगी सञ्चार सम्पर्क प्रभावित बनेको छ ।

नेपाल टेलिकम प्रवक्त्ता कमल लामिछानेका अनुसार बाढीका कारण टिमुरे क्षेत्रमा रहेका दुई वटा बीटीएस टावरमा क्षति पुगेको छ । नुवाकोटको त्रिशुली क्षेत्र वरपरका करिब पाँच वटा साइटसमेत निष्क्रिय बनेका छन् । 

‘नेपाल टेलिकमको चीनसँग जोडिने अप्टिकल फाइबर लाइनमा पनि बाढीले क्षति पुर्‍याएको छ,’ लामिछाने भने, ‘धादिङको गल्छीदेखि नुवाकोटको त्रिशूलीसम्म फाइबर चलिरहेको भए पनि त्रिशूलीभन्दा माथिल्लो भेगको फाइबर काटिएकाले सेवा अवरुद्ध हुन पुगेको छ ।’ 

टेलिकमले जल तथा मौसम विज्ञान विभागसँगको सहकार्यमा जोखिमयुक्त क्षेत्रका ग्राहकलाई नियमित रूपमा सतर्कता सम्बन्धी ‘अलर्ट म्यासेज’ पठाइरहेको र कम्पनीका प्रबन्ध निर्देशकको नेतृत्वमा आपतकालीन टोली गठन गरी सेवा पुनस्थापना तथा मर्मतका लागि उच्च सतर्कतामा राखिएको जनाएको छ ।

बाढीमा बेपत्ताको खोज तथा उद्धार कार्य जारी

 


रसुवा ०८३ भदौ ३१ । नेपाल चीन सिमानाको लेन्देखोलाहुँदै भोटेकोसीमा आएको बाढीका कारण बेपत्ताहरुको खोज तथा उद्धार कार्य जारी रहेको छ । अहिले चिलिमे, माथिल्लो थ्रि ए र हाकु क्षेत्रको नदि तटिय क्षेत्र र जलविद्युतको सुरुङमा खोजी कार्य भइरहेको छ । 

जिल्ला प्रशासन कार्यालयका अनुसार ३ हजार ७ सय ९० जना अझै बेपत्ता छन् । हालसम्म १९३ जनाको शव संकलन भएको छ भने १० जनाको सनाखत भएको छ । हालसम्म बाढीमा १४६२ जनाको उद्धार भएको छ । बाढीमा परेर ७४ जना घाइते मध्ये ४९ जना अस्पतालबाट उपचार पछि फर्केका छन् । 


Sunday, September 13, 2026

बाढीले झण्डै ४ सय ५० मेगावाट विद्युत् उत्पादन क्षती

 

रसुवा, भदौ १० गते लेन्दे खाेलाहुँदै भाेटेकाेसीमा आएको विनाशकारी बाढीले रसुवागढी, चिलिमेलगायत जलविद्युत  क्षेत्र, पुल, सडक र बस्तीहरू बगायाे । सबैभन्दा धेरै रसुवाका जलविद्युत आयोजना  क्षति पुगेकाे छ । 

आएको बाढीका कारण विभिन्न जलविद्युत् तथा नुवाकाेटका केही सौर्य आयोजनाका गरी ४३१ दशमलव १ मेगावाट विद्युत् उत्पादन  अवरूद्ध भएकाे छ । प्रभावित आयोजनामा नेपाल विद्युत् प्राधिकरण, प्राधिकरणका सहायक कम्पनी र निजी क्षेत्रका आयोजना छन् ।

नेपाल विद्युत् प्राधिकरणका अनुसार सबैभन्दा ठूलो क्षमताको १११ मेगावाटको रसुवागढी जलविद्युत् आयोजना प्रणालीबाट बाहिरिएको छ । त्यस्तै ७८ मेगावाटको सालासुङ्गी , ६० मेगावाटको माथिल्लाे त्रिशूली थ्री ए, ४२ दशमलव ५ मेगावाटको साञ्जेन, २५ मेगावाटको  प्राधिकरणको सौर्य आयोजना र २४ मेगावाटको त्रिशूली जलविद्युत् आयोज र देवीघाट प्रभावित भएकाे छ । 

त्यसैगरी २२ मेगावाटको चिलिमे, २० मेगावाटको लाङटाङ, १४ दशमलव ८ मेगावाटको माथिल्लो साञ्जेन, १४ दशमलव ८ मेगावाटको माथिल्लो मेलुङ, १४ मेगावाटको देवीघाट र ५ मेगावाटको मेलुङ आयोजना पनि प्रणालीबाट बाहिरिएको सूचीमा छन् ।

यी मध्ये रसुवागढी र चिलिमे नेपाल विद्युत् प्राधिकरणका सहायक कम्पनीअन्तर्गतका आयोजना हुन् । लाङटाङ निजी क्षेत्रको आयोजना हो भने माथिल्लो त्रिशूली ३ ए प्राधिकरणअन्तर्गतको आयोजना हो । त्रिशूली, देवीघाट र प्राधिकरणको सौर्य आयोजना पनि प्राधिकरणअन्तर्गत छन् ।

क्षमताका आधारमा रसुवागढी, सालासुङ्गी र माथिल्लो त्रिशूली ३ ए  मात्रै जोड्दा २४९ मेगावाट विद्युत् उत्पादन प्रणालीबाट क्षती भएकाे छ । 

ठूलो क्षमताका आयोजना प्रणालीबाट बाहिरिँदा उपलब्ध विद्युत् उत्पादन घट्नुका साथै विद्युत् आपूर्ति व्यवस्थापनमा समेत असर पर्न सक्ने देखिएको छ । बाहिरिएका आयोजनालाई पुनः सञ्चालनमा ल्याउन सके उक्तविद्युत् क्षमता प्रणालीमा थपिनेछ ।




Thursday, January 22, 2026

सालासुङ्गी जलविद्युतले प्रभावित स्थानीयलाई सेयर दिने निर्णय


रसुवा,  आमाछोदिङमो गाउँपालिका–५ मा रहेको सालासुङ्गी जलविद्युत आयोजनाले आयोजना प्रभावित स्थानीय बासिन्दालाई सेयर उपलब्ध गराउने निर्णय गरेको छ।

आयोजनाका इन्जिनियर राजु श्रेष्ठका अनुसार उक्त जलविद्युत आयोजना सन २०१९ मा सुरु भई सन २०२५ मा सम्पन्न भएको हो। 

७८ मेगावाट क्षमताको यो आयोजना करिब २० अर्ब रुपैयाँ लगानीमा निजी क्षेत्रबाट निर्माण गरिएको हो। आयोजना निर्माणका क्रममा प्रभावित बनेका स्थानीय बासिन्दाको माग बमोजिम सेयर वितरण गर्ने निर्णय सहित प्रक्रिया अगाडि बढाइएको उनले जानकारी दिए।

स्थानीय स्रोत–साधन, जल, जंगल र जमिन प्रयोग गरी निर्माण गरिएका संरचनामा स्थानीयलाई प्राथमिकताका आधारमा सेयर दिनुपर्ने माग स्थानीयवासीले लामो समयदेखि उठाउँदै आएका थिए। सेयर पाउनुपर्ने मागसहित स्थानीयले विरोध कार्यक्रमसमेत सुरु गरेपछि आयोजना पक्ष सेयर दिन तयार भएको जनाइएको छ।

समुद्री सतहबाट करिब ३ हजार ४ सय मिटर उचाइमा बाँध बनाएर निर्माण गरिएको उक्त आयोजनाबाट हिउँद याममा करिब १५ मेगावाट मात्र विद्युत उत्पादन हुने इन्जिनियर श्रेष्ठले बताए।

आयोजनाको तर्फबाट स्थानीयलाई सेयर दिने विषयमा औपचारिक जानकारीसहित पत्र प्राप्त भएपछि विरोध कार्यक्रम स्थगित गरिएको आमाछोदिङमो गाउँपालिका–५ का वडा अध्यक्ष दावा गोम्बो तामाङले जानकारी दिए।


Friday, May 17, 2024

माथिल्लाे त्रिशूली थ्री बी हब र भाल्चे सबस्टेसन उद्घाटन

माथिल्लाे त्रिशूली थ्री बी हब र भाल्चे सबस्टेसन उद्घाटन

रसुवा, चिलिमे–त्रिशूली २२० केभी प्रसारण प्रणाली आयोजनाअन्तर्गत नुवाकोटको किस्पाङ गाउँपालिकास्थित पहिरेबेंसीमा निर्माण गरिएको त्रिशूली थ्री बी हब २२०/१३२/३३ केभी सबस्टेसन सञ्चालनमा आएको छ ।

आयोजनाको कर्पोरेट सामाजिक उत्तरदायित्वअन्तर्गत छिमेकी विद्युतीकरण कार्यक्रमबाट किस्पाङ गाउँपालिकाको भाल्चेमा निर्माण गरिएको ३३/११ केभी विद्युत् वितरण सबस्टेसन समेत उद्घाटन भयाे । 

ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेत र युरोपेली आयोगकी अन्तर्राष्ट्रिय साझेदारी उपमहानिर्देशक मिरियम फेरन, युरोपेली युनियनकी राजदूत भेरोनिक लोरेञ्जो, जर्मन राजदूत थोमस प्रिन्ज र युरोपेली लगानी बैंक की निर्देशक थौउराया ट्रिकीले  संयुक्त रुपमा त्रिशूली थ्री बी हब र भाल्चे सबस्टेसन उद्घाटन गरेका हुन् ।

करिब १०४ रोपनी जग्गामा निर्माण गरिएको त्रिशूली थ्री बी हब सबस्टेसनको लागत १ अर्ब ९७ करोड रुपैयाँ रहेको छ । त्रिशूली–काठमाडौं २२० केभी प्रसारण लाइनबाट त्रिशूली थ्री बी हब सबस्टेसन मातातीर्थ सबस्टेसनसँग जोडिएको छ । 

प्रसारण लाइन तथा सबस्टेसनबाट करिब १ हजार २ सय मेगावाट विद्युत् प्रवाह हुन सक्छ। कूल २८ किलोमिटर प्रसारण लाइनमा पर्ने ७५ वटा टावरहरूमध्ये ७० वटाको जग हालिएको छ। बाँकी ५ टावरको आंशिक जग हालिएको छ भने ६० वटा टावर खडा गरिएको छ। 

भाल्चे सबस्टेसन तथा त्रिशूली थ्री बी हब–भाल्चे ३३ केभी प्रसारण लाइनसहित छिमेकी विद्युतीकरण कार्यक्रमको लागत ४२ करोड ९३ लाख रुपैयाँ रहेको छ । नुवाकोट र रसुवा जिल्लाका प्रसारण लाइन र सबस्टेसनबाट प्रभावित तथा त्यस आसपासका क्षेत्रमा विद्युत् पहुँच विस्तार र आपूर्तिलाई भरपर्दो तथा गुणस्तरीय बनाउन छिमेकी विद्युतीकरण कार्यक्रममार्फत ३३ तथा ११ केभी लाइन र वितरण सबस्टेसन निर्माण गरिएको हो । 

प्रसारण लाइन र सबस्टेसन निर्माणका लागि चिनियाँ कम्पनी पिङगाओ ग्रुप अफ कम्पनीजसँग २०७४ को कात्तिकमा ठेक्का सम्झौता भएको थियो ।

६० मेगावाटको माथिल्लो त्रिशूली थ्री ए, २१६ मेगावाटको माथिल्लो त्रिशूली–१, १११ मेगावाटको रसुवागढी, ४२.५ मेगावाटको सान्जेन, तादी खोलाका विभिन्न आयोजनाहरूको ४२ मेगावाट, ३७ मेगावाट माथिल्लो त्रिशूली थ्री बी, १४.८ मेगावाट माथिल्लो सान्जेन, १४.३ मेगावाट माथिल्लो मैलुङलगायतका जलविद्युत् आयोजनाहरूबाट उत्पादित विद्युत् यही प्रसारण लाइन तथा सबस्टेसनमार्फत राष्ट्रिय प्रणालीमा जाेडिने छ । 


Sunday, April 14, 2024

रसुवागढी जलविद्युतकाे लागत बढ्याे

रसुवागढी जलविद्युतकाे लगत बढ्याे

रसुवा, निर्धारित समयमा निर्माण सम्पन्न नहुँदा १११ मेगावाट क्षमताको रसुवागढी जलविद्युत् आयोजनाको लागत करिब पाँच अर्ब रुपैयाँ बढी लागेको छ। भौगोलिक विकटता, वर्षात्को बाढीपहिरो सामान ढुवानीमा ढिलाइ, २०७२ सालको भूकम्प, कोभिड–१९ महामारीजस्ता कारणले करिब पाँच अर्ब रुपैयाँ बढी लागत लाग्ने आयोजनाले जनाएको हो। आयोजनाको निर्माण १३ अर्ब ६० करोड रुपैयाँको लागतबाट सम्पन्न हुने सुरुको प्रक्षेपण थियो।

नेपाल चीन सिमानाको रसुवागढी नाका हुँदै बग्ने भोटेकोसी नदीको पानी उपयोग गरी निर्माण गरिरहेको आयोजनाको काम अन्तिम चरणमा पुगेको छ। आयोजना गोसाइँकुण्ड गाउँपालिका–१ थुमन र २ टिमुरेको भू-भागमा पर्दछ। आयोजनाको हालको अवस्थाको लागत ब्याजबाहेक १८ अर्ब ४७ करोड रुपैयाँको हाराहारीमा खर्च हुने भएको छ। १११ मेगावाटको रसुवागढी जलविद्युत् आयोजनाको विद्युत् उत्पादन गर्ने मुख्य उपकरण टर्वाइनको परीक्षण कार्य अन्तिम चरणमा पुगेको छ। 

रसुवागढी जलविद्युतकाे लगत बढ्याे

स्वदेशी पुँजी तथा प्राविधिकको सक्रियतामा सन् २०१३ देखि निर्माण सुरु गरिएको उक्त जलविद्युत् आयोजनाका सुरुङलगायत सबै संरचना सफलतापूर्वक परीक्षणपश्चात् विद्युत् उत्पादन गर्ने उपकरण रनर घुमाई परीक्षण कार्य अन्तिम चरणमा पुगेको हो। तीनवटा युनिटमध्ये दुईको सफल परीक्षण सम्पन्न भइसकेको र बाँकी एकको परीक्षण कार्य अन्तिम चरणमा पुगेको बताइएको छ।

जलविद्युत् आयोजनाका प्रमुख सत्यराम ज्याख्वाकाले हाइड्रोपावरबाट वार्षिक रूपमा ६१ करोड ३८ लाख ६० हजार युनिट विद्युत् उत्पादन हुने बताए। उत्पादित विद्युत् नेपाल विद्युत् प्राधिकरणलाई बिक्री गर्दा वर्षायाममा ४ रुपैयाँ ८० पैसा र हिउँदको याममा ८ रुपैयाँ ४० पैसा प्रतियुनिट प्राप्त हुनेछ।

निर्माण गर्नुपर्ने सम्पूर्ण संरचना पूरा भइसकेकाले टावर निर्माण सम्पन्न हुनासाथ रसुवागढीको विद्युत् राष्ट्रिय प्रसारण लाइनमा लैजाने तयारी भइसकेको प्राविधिकले बताएका छन्।

आयोजनाको बाँधस्थलको सफल परीक्षण पछि बालुवा थिग्राउने, पोखरी, सुरुङ, पेनस्टक तथा अन्य उपकरणको प्राविधिक परीक्षण भएको रसुवागढी जलविद्युत् कम्पनीका प्रमुख कार्यकारी अधिकृत छवि गैरेले जानकारी दिए।

चिलिमे जलविद्युत् आयोजनाको सफल उत्पादनपछि सहायक कम्पनीको रूपमा रसुवागढी आयोजना सुरु भएको हो। २०८० माघ ५ अघि नै पानी भरेर बाँधको सफल परीक्षण गरी सुरुङ, विद्युत्गृह भूमिगत सुरुङहरू, तथा विभिन्न उपकरण परीक्षण भइरहेको छ। कम्पनीका प्रमुख कार्यकारी अधिकृत गैरे भन्छन्, ‘परीक्षणकै लागि अहिले निरन्तर पानी पठाउने काम भइरहेको छ, वैशाख भित्र उत्पादन थाल्नेछौं।’

रसुवागढी जलविद्युतकाे लगत बढ्याे


आयोजनाबाट २०८० असारमै विद्युत् उत्पादन गर्ने लक्ष्य लिए पनि अमेरिकी डलरभन्दा नेपाली रुपैयाँ कमजोर हुँदै जानुलगायत काबु बाहिरको परिस्थितिले गर्दा समयावधि थप भएसँगै संशोधित लागत ९निर्माण अवधिको ब्याज रकमबाहेक० १८ अर्ब ४७ करोड रुपैयाँ लाग्ने देखिएको प्रमुख गैरेले बताए। वार्षिक ६१ करोड ३८ लाख ७५ हजार युनिट विद्युत् शक्ति उत्पादन भई यस कम्पनीलाई वार्षिक ३ अर्ब २५ करोड रुपैयाँ आम्दानी हुनेछ।

Wednesday, August 9, 2023

माथिल्लो सान्जेन (१४.८) ले सुरू गर्‍यो उत्पादन


साउन २५। रसुवामा निर्माण सम्पन्न  भएको माथिल्लो सान्जेन (१४.८) ले उत्पादन सुरू गरेको छ । सान्जेन जलविद्युत कम्पनी लिमिटेडले निर्माण गरेको आयोजनाको काम पूरा गरी उत्पादन परीक्षण सुरु गरिएको हो ।

आयोजना प्रमुख सुदन सिंहका अनुसार साउन २० गतेबाट उत्पादन परीक्षण सुरू गरिएको हो । राष्ट्रिय प्रणालीमा जोडिएको उक्त आयोजनाले २ सातासम्म प्राधिकरणलाई निःशुल्क विद्युत दिनेछ । व्यापारिक उत्पादनलाई चिलिमेको प्रवाह हुने प्रसारण लाईनमार्फत् जोड्ने आयोजनाले बताएको छ ।

 

दुई अर्ब २१ करोड ८० लाख रुपैयाँ लागत अनुमान गरिएको उक्त आयोजनाबाट वार्षिक ८५.८७ गिगावाट घन्टा विद्युत उत्पादन हुनेछ । जसमा सुख्खायाममा ११.०२ र बर्खायाममा ७४.८५ गिगावाट घन्टा विद्युत उत्पादन हुनेछ ।  

 

यही कम्पनीले निर्माण गरिरहेको ४२.५ मेगावाटको सान्जेन पनि अन्तिम चरणमा पुगेको छ । यस आयोजनाको सबै काम पुरा गरी आगामी पुसदेखि उत्पादन थाल्ने कम्पनीले जनाएको छ ।