रसुवा, श्री धैबुङ कालिका साना किसान कृषि सहकारी सस्था लि.ले आ ब ०८१/०८२ मा १४ लाख ७८ हजार ५४९ रुपयाँ नाफा कमाएको छ ।
संस्थाको कुल लगानी ६ करोड १४ लाख ६८ हजार ४ सय रहेको भने कुल कारोवार ९ करोड १८ लाख ३० हजार ४६९ रुपैयाँ रहेको छ । सो काे जानकारी धैबुङ कालिका साना किसान कृषि सहकारी सस्था लि को १४ औ वार्षिक साधारण सभा तथा पाँचौ अधिवेशनमा दिइएको हो ।
त्यसै गरी श्री धैबुङ कालिका साना किसान कृषि सहकारी सस्था लि को १४ औ वार्षिक साधारण सभा तथा पाँचौ अधिवेशनले हेमनाथ खतिवडालाई सर्वसम्मत अध्यक्षमा चयन गरेको छ । उपाध्यक्ष नमराज न्यौपाने , सदस्यमा क्रमश विष्णुप्रसाद पौडेल , शान्ता तामाङ , रामकृष्ण पौडेल , सविना घिमिरे, पुर्णमाया थोकर, रामबहादुर तामाङ रहेका छन् ।
श्री धैबुङ कालिका साना किसान कृषि सहकारी संस्था लि को १४ औ वार्षिक साधारण सभा तथा पाँचौ अधिवेशनले हेमनाथ खतिवडालाई सर्वसम्मत अध्यक्षमा चयन गरेको छ । उपाध्यक्ष नमराज लामिछाने, सदस्यमा क्रमश विष्णुप्रसाद पौडेल, शान्ता तामाङ, रामकृष्ण पौडेल , सविना घिमिरे, पुर्णमाया थोकर, रामबहादुर तामाङ रहेका छन् ।
लेखा समिति संयोजक शंकर प्रसाद न्यौपाने सदस्य कमल बडाल र अप्सरा भट्ट रहेका छन् । सभाको उद्घाटन गर्दै प्रमुख अतिथि बागमती प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्री प्रभात तामाङले सभाको उद्घाटन गर्दै कृषि र पशुपालनबाट यहाँका किसानकाे समृद्धि सम्भावना रहेकाे बताउँदै बागमती प्रदेश सरकारले पशुपालनका लागि अनुदान कार्यविधि तयार गर्न लागेकाे बताए । बिशेष अतिथि प्रदेशसभा सदस्य इन्द्र गोतामे, कालिका गाउँपालिका अध्यक्ष हरिकृष्ण देवकोटा, वडा अध्यक्ष फणिन्द्रप्रसाद न्याैपानेलगायतका जनप्रतिनिधिहरूले शुभकामना दिएका थिए ।
संस्थाका अध्यक्ष विष्णुप्रसाद पाैडेलकाे अध्यक्षतामा भएकाे सभा लेखा समिति संयाेजक विष्णुप्रसाद देवकाेटाले गरेका थिए । कार्यक्रममा प्रबन्धक फुलमाया गाेले, लेखा समिति सदस्य रामकृष्ण पाैडेल र अध्यक्ष विष्णुप्रसाद पाैडेलले प्रतिवेदन पेस गरेका थिए ।
सहभागी सेयर सदस्यहरूले प्रतिवेदन उपर टिप्पणी तथा सुझाव दिएका थिए ।






0 Comments :
Post a Comment