मिङ्युर सामलिङ अर्थात् थुमन गुम्बा
मिङ्युर सामलिङ अर्थात् थुमन गुम्बा |
छेच्यु, ह्युमज्यारो, ठुङ्कर द्वीक्षेन, सार्कादावा र ङ्युङ्ने पूजाहरू यस गुम्बामा हुने गर्दछन् । चन्द्र पात्रोअनुसार चैत्र पूर्णिमाको रातभरि गुम्बामा पूजाआजा गरेर मानी नाचिन्छ, हरेक महिनाको दशमी तिथिमाको दिन छेच्यु पूजा गरिन्छ ।
मिङ्युर सामलिङ अर्थात् थुमन गुम्बा : एक परिचय
रसुवा जिल्ला, गोसाइँकुण्ड गाउँपालिका- १, थुमनमा अवस्थित यो गुम्बा धेरै पुरानो गुम्बा हो । गुम्बाभित्र गुरू रिम्बोर्छे, खन्डोमो र बुद्द भगवान्का मूर्तिहरू रहेका छन् । भित्ताहरूमा ल्वोरी र थाङ्काका चित्रहरू रहेका छन् । पुराना बौद्द धर्मका ग्रन्थहरू रहेका छन् ।
छेच्यु, ह्युमज्यारो, ठुङ्कर द्वीक्षेन, सार्कादावा र ङ्युङ्ने पूजाहरू यस गुम्बामा हुने गर्दछन् । चन्द्र पात्रोअनुसार
चैत्र पूर्णिमाको रातभरि गुम्बामा पूजाआजा गरेर मानी नाचिन्छ, हरेक महिनाको दशमी तिथिको
दिन छेच्यु पूजा गरिन्छ ।
मिङ्युर सामलिङ अर्थात् थुमन गुम्बा वरपरका आकर्षण र महत्व
-
धार्मिक, ऐतिहाँसिक, पर्यटकीय, सांस्कृतिक
तथा जैविक विविधताको महत्वले परिपूर्ण
-
लोपोन्मुख रेडपाण्डा अवलोकन
-
लाङटाङ राष्ट्रिय निकुञ्ज क्षेत्र (वनस्पति,
वन्यजन्तु र चराचुरूङ्गी अवलोकन) लालीगुँरास, धुपी, गोब्रे सल्लो आदि ।
-
लोपोन्मुख जडिबुटीहरूको भण्डार ।
-
हिमाल, झरना, बहुसंख्यक तालतलैयाको हब ।
-
प्राय: सबै किसिमका लालीगुँरास
र अन्य सुगन्धित फूलहरूको अवलोकन ।
-
नेपालको तेस्रो पर्यटकीय मार्गको नजिक
-
तामाङ सम्पदा मार्ग (Tamang
Heritage Trail )
-
सुविधा सम्पन्न आवास तथा होटल, लजहरूको सुविधा
-
माने, छुर्तेन, गुम्बा र मन्दिरहरूको अवलोकन
मिङ्युर सामलिङ अर्थात् थुमन गुम्बा कसरी पुग्ने ?
पासाङल्हामु राजमार्गको स्याफ्रुबेंसी
– रोङगा हुँदै
तामाङ सम्पदा मार्ग गतलाङ -
चिलिमे - नागथली हुँदै