Feature Slides
Document
कालिका गाउँपालिका रसुवा जिल्लाको सदरमुकाम धुञ्चेबाट २४ किमी दक्षिण पूर्व अर्थात् रसुवाको दक्षिणी सिमानामा पर्ने फलाँखु खोलादेखि उत्तरतिर अवस्थित लाम्चो र चेप्टो भूवनौटमा फैलिएको साबिक धैबुङ गाउँ विकास समिति, लहरेपौवाको वडा नं ८ , राम्चे गाविस र भोर्ले गाविसको वडा नं १, ६, ८, ९ वडा मिलेर बनेको हो ।
५ वटा वडा रहेको यस गाउँपालिकाका मुख्य स्थानहरूमा बेतिनी, धारापानी, कटुञ्जे, कालिकास्थान, धैबुङकोट, धुसेनी, रूप्सेपानी, भदौरे, जिबजिबे, ज्याङलाङ, पराङ्से, गोम्बोडाँडा, राम्चे, ग्राङ र पलेप रहेका छन् ।
जनगणना २०७८ अनुसार यस गाउँपालिकामा २४१२ घरपरिवारको संख्या रहेको छ भने १०१७२ जनसंख्या रहेको छ । जसमा ५१६१ जान महिला र ५०११ जना पुरूषहरू रहेका छन् । १९२ वर्ग किमी क्षेत्रफलमा फैलिएको कालिका गाउँपालिका क्षेत्रफलको आधारमा रसुवाको तेस्रो ठूलो गाउँपालिका हो भने जनसंख्याको हिशावले दोस्रो ठूलो गाउँपालिका हो ।
नेपालका अन्य पहाडी भेगले ओगटेको गुण झैं कालिका गाउँपालिकाले पनि सम्पूर्ण गुण ओगटी प्राकृतिक हराभराले सु-सज्जित भै रसुवाली मातृभूमिको उदरभित्र मस्तसँग पलेटी कसेर जनतालाई आश्रय दिईरहेको छ ।
परिचय
पदाधिकारी
योजना
गाउँपालिकाको परिचय
५ वटा वडा रहेको यस गाउँपालिकाका मुख्य स्थानहरूमा बेतिनी, धारापानी, कटुञ्जे, कालिकास्थान, धैबुङकोट, धुसेनी, रूप्सेपानी, भदौरे, जिबजिबे, ज्याङलाङ, पराङ्से, गोम्बोडाँडा, राम्चे, ग्राङ र पलेप रहेका छन् ।
जनगणना २०७८ अनुसार यस गाउँपालिकामा २४१२ घरपरिवारको संख्या रहेको छ भने १०१७२ जनसंख्या रहेको छ । जसमा ५१६१ जान महिला र ५०११ जना पुरूषहरू रहेका छन् । १९२ वर्ग किमी क्षेत्रफलमा फैलिएको कालिका गाउँपालिका क्षेत्रफलको आधारमा रसुवाको तेस्रो ठूलो गाउँपालिका हो भने जनसंख्याको हिशावले दोस्रो ठूलो गाउँपालिका हो ।
Thanks For Reading
गाउँपालिकाका निर्वाचित, पूर्व निर्वाचित तथा कार्यरत कर्मचारीहरू र पूर्व कर्मचारीहरूको विवरण
Comming soon ....
...
Thanks For Reading
No comments:
Post a Comment