Recent Posts

15/recent/ticker-posts
Responsive Advertisement यही हो हाम्रो रसुवाको यस साइटमा आफ्नो वरपर रहेका विभिन्न महत्वपूर्ण स्थलहरूको बारेमा हामीलाई उपलब्ध गराई आन्तरिक पर्यटन विकासमा सहभागी हुनुहोस् । सूचना, समाचार वा लेखरचना पनि पठाउन सक्नुहुनेछ । rasuwasprem@gmail.com

पर्यटकीय गन्तव्य बन्दै बिजिली जोङ्ग

सायद सिप्पुङलाई  मन नपराउनुको कारण तिनै निर्कुभूमेकी छोरी विजिली जोङ्ग भएर आकर्षण गरिरहेको छ जनजनलाई पनि भन्न मिल्छ ।

आन्तरिक पर्यटन प्रवर्दन अभियान


रसुवा जिल्ला नौकुण्ड गाउँपालिका वडा नं १ मा रहेको विजिली जोङ्ग अर्थात् बिजुली ढुङ्गा आन्तरिक पर्यटकहरूका लागि नयाँ गन्तव्य बन्दैछ । पासाङल्हामु राजमार्गको स्याउबारी-गुम्बुडाँडा-कालिकास्थानबाट सहजै पुग्न सकिने भएकोले पनि घुम्नका लागि उपयुक्त स्थलको रूपमा यस्ता स्थानहरूले परिचय स्थापित गर्दैछन् । 


विजिली जोङ्ग वरिपरि फोहोर गर्ने, मासु पोल्ने लसुनसिस्नु बनाउने जाँड रक्सी खाने जस्ता गतिविधि गर्न नहुने र महिलाहरु ढुङगा माथि चढ्न नहुने विश्वास समेत् रहेको छ । यस्तो कार्य अनिष्ठ हुने विश्वास पनि गरिन्छ ।

लाङ्बु गाउँको सिरानमा अवस्थित विजिली जोङ्गको उत्पत्ति कसरी भयो भन्ने धार्मिक कथन जोडिएको छ । जुरेढुङ्गा अर्थात् सिप्पुङ, सरमथलीकी निर्कुभूमे र विजिली जोङ्गको जोडिएको धार्मिक कथन यसप्रकार छ ।

कथन अनुसार बिजिली जोङ्ग सरमथलीकी निर्कुभूमेकी छोरी हुन् ।उनलाई सिप्पुङ अर्थात् जुरेढुङ्गाले औधी मन पराउँथे तर हाल बिजिली जोङ्गको नामले परिचित निर्कुभूमेकी छोरीले मन पराएकी थिईनन् सिप्पुङलाई । तर पनि सिप्पुङको अनुरोधमा आफ्नी छोरी निर्कुभूमेले सिप्पुङलाई दिन राजी भए ।

बाजागाजासहित धूमधामले विवाह सम्पन्न भयो, भित्र्याउन ल्याई नपुर्‍याउँदै विजिलीनामक चराले सुनको डोरी चुँडाल्दिएसँगै यहाँ बेहुली र जन्तीहरू खस्न पुगेका हुन् भन्ने कथन रहेको छ ।यही विजिली जोङ्गको वरपर रहेका ढुङ्गाहरू  जन्ती हुन् भनिएको छ ।

सायद सिप्पुङलाई  मन नपराउनुको कारण तिनै निर्कुभूमेकी छोरी विजिली जोङ्ग भएर आकर्षण गरिरहेको छ जनजनलाई पनि भन्न मिल्छ ।

स्थानीयहरूका अनुसार  विजुली जोङ्ग नजिकै तबु थुङबा अर्थात् घोडा ढुङ्गा पनि रहेको छ । पुर्वपट्टि लाम्राङ ढुङ्गा अर्थात देवताको बारी पनि रहेको छ । पूर्वपट्टि ६० मिटर जति गहिरो लामो सुरुङ रहेको छ । पश्चिमपट्टि सत्य युगको बेला देवताहरुले स्थानीयहरूलाई विवाह ब्रतबन्धको लागि भाडाकुँडा दिने गरेको भन्ने कथन छ । बार तिथि नमिलेका समयमा भाँडाकुँडा प्रयोग गरे वा समयमा भाडाकुँडा फिर्ता नगरेका कारण देवता रिसाएर सो कार्य बन्द भएको भन्ने कथन पनि सुनिदै आएको छ ।
विजुली जोङ्ग नजिकै गोमन साप आकारको ढुङ्गा छ । उक्त ढुङगा वरपर समयसमयमा नाग निस्केर डुल्ने गरेको पाइन्छ स्थानीय बताउँछन् । उक्त साप जोसुकै व्यक्तिले देख्न नसकिने तर भाग्यमानी व्यक्तिले मात्रै देखिने जनविश्वास छ ।


विजिली जोङ्ग वरिपरि फोहोर गर्ने, मासु पोल्ने लसुन, सिस्नु बनाउने जाँड रक्सी खाने जस्ता गतिविधि गर्न नहुने र महिलाहरु ढुङगा माथि चढ्न नहुने विश्वास समेत् रहेको छ । यस्तो कार्य अनिष्ठ हुने विश्वास पनि गरिन्छ ।

उक्त स्थानमा पूजापाठ गर्दा औशी, पूर्णिमामा गाईको दुध हालेर झाक्रीद्वारा पूजापाठ गर्ने गरेको र पौष शुक्ल पूर्णिमाको दिनमा मेला लाग्ने गर्दछ ।
मेलामा लामा, झाँक्री, स्थानीय कला संस्कृतिको प्रदर्शन तथा नाँचगान गर्ने गरिन्छ । उक्त मेलामा लाङबु, आरुखर्क थाङदोर, सिम्बन्दी, यार्सा, लार्च्याङ, सर्स्यु, घोर्मु, बासभन्ज्याङलगायतका स्थानबाट नाँचगानसहितको टोली आउने गर्दछ ।

गाउँको रक्षा गर्न, आफ्नो मनोकांक्षा पुरा गर्न रोग, बाढी पहिरोबाट दुख नपाउन मेला तथा पूजा गर्ने गरेको छ । संरक्षण तथा पदमार्ग सुधारका कार्यहरू पर्खिबसेको छ विजिली जोङ्ग ।

सन्दर्भ स्रोत : सरस्वती न्यौपाने, धुन्चे । SailungOnline


Post a Comment

0 Comments

हाम्रो अनुरोध

यही हो हाम्रो रसुवाको यस साइटमा आफ्नो वरपर रहेका विभिन्न महत्वपूर्ण स्थलहरूको बारेमा हामीलाई उपलब्ध गराई आन्तरिक पर्यटन विकासमा सहभागी हुनुहोस् । सूचना, समाचार वा लेखरचना पनि पठाउन सक्नुहुनेछ । rasuwasprem@gmail.com Responsive Advertisement 1 Responsive Advertisement2 View Site Stats
View Site Stats