रसुवा, पृथ्वी जयन्तीको अवसरमा उत्तरगया गाउँपालिकाद्वारा बेत्रावतीमा आयोजना भएकाे खुला रक्तदान कार्यक्रममा ७ महिला सहित ५० जनाले रक्तदान गरेका छन् ।
नेपाल स्वयंसेवी रक्तदाता समाज रसुवा शाखा र कालिका हिमालय एसएलसी २०५६ व्याज सह आयोज रहेको कार्यक्रममा ५० जनाले रक्तदान गरेका हुन् ।
पहिलाे रक्तदाता गाउँपालिका अध्यक्ष माधवप्रसाद अर्याललाइ नेपाल स्वयंसेवी रक्तदाता समाज रसुवा शाखाका अध्यक्ष रामशरण गजुरेलले ब्लड ब्याग हस्तान्तरण गरी सुरू भएकाे कार्यक्रममा गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत हाेमनाथ दाहाललगायत जनप्रतिनिधि तथा कर्मचारी र स्थानीयले रक्तदानमा भाग लिएका थिए ।



0 Comments :
Post a Comment