रसुवा , पञ्चधाम सेवा केन्द्र नेपालले ६ हजार श्राद्ध गर्न आउने भक्तजनहरुलाइ यस वर्ष निःशुल्क भोजन गराएको जनाएको छ ।
त्रिशूली र फलाखु खोलाको संगमस्थल उत्तरगयाधाममा पुसे औँसीका दिन प्रत्येक वर्ष हजारौँ श्रद्धालुहरूले दिवंगत आफ्ना पितृको नाममा श्राद्ध, दान तथा तर्पण गर्ने परम्परा छ ।
पितृ उद्दारका लागि उत्तरगया गाउँपालिका, बिदुर नगरपालिकालगायतकाे सहयाेगमा केन्द्रले गतर्ष पनि नि:शुल्क भाेजन गराए पञ्चधाम सेवा केन्द्र नेपालका सचिव झंकनाथ न्याैपानेले जानकारी दिए।
र यो पनि हेर्नुहोस्
🔥 तपाईले छुटाउनै नहुने - बेत्रगंगाको बारेमा नालीबेली 🔥
बेत्रावती/बेत्रगंगा वा उत्तरगया धाम
बेत – ना. (सं. बेत/बेत्र) बाँसको जस्तो आँख्ला र पात हुने, सन्दुक, लौरी आदि निर्माण गर्न प्रयोग हुने एक जातको लहरो र वपी – ना. (सं.) सानो जलाशय वा कुवा भन्ने अर्थ जनाउँदछ । भगवान शिवले बेतको लौरोद्वारा जलाशय निर्माण गरेको भन्ने धार्मिक तथा पौराणिक कथन अनुसार यस स्थानको नाम 'वेत्रवपि' वा बेत्रवति रहन गएको हो ।बोलीचालीमा अपभ्रम्श भई बेत्रावती भनिएको छ । जसलाई चारधाममध्येको एक उत्तरगया धाम पनि भनिन्छ । पुरा नालीबेली ...
यस वर्ष पनि टाढा–टाढाबाट आएका भक्तजनहरूले नदी किनारमा बाबु–आमा तथा आफन्तको स्मरणमा श्राद्ध गरिरहेका छन् । पितृ श्राद्ध गर्ने श्रद्धालुहरूको संख्या वर्षेनी बढ्दै गएको छ ।




0 Comments :
Post a Comment