Recent Posts

15/recent/ticker-posts
Responsive Advertisement यही हो हाम्रो रसुवाको यस साइटमा आफ्नो वरपर रहेका विभिन्न महत्वपूर्ण स्थलहरूको बारेमा हामीलाई उपलब्ध गराई आन्तरिक पर्यटन विकासमा सहभागी हुनुहोस् । सूचना, समाचार वा लेखरचना पनि पठाउन सक्नुहुनेछ । rasuwasprem@gmail.com

ऐतिहाँसिक गुर्फु गुम्बा

नौकुन्ड गाउँपालिका वडा नं ३ को पार्‍च्याङ भन्दा माथि एउटा सुन्दर गाउँ रहेको छ। उक्त गाउँलाई घ्याङ भन्ने नामले चिनिन्छ । करीब २८ घरधुरी भएको घ्याङ गाउँ आफैमा सुन्दर गाउँ मिलेर रहेको बस्तीसँग एउटा छुट्टै इतिहास रहेको छ जहाँ ठूलो ढुंगाको पहरा भित्र एउटा गुम्बा समेत रहेको छ भने त्यो हो गुर्फु गुम्बा ।


गुम्बाको जन्म गराइसकेपछि लामा गुरु जिन्दा / लोमो / चेलाहरू बढाउन अर्को गाउँ अर्थात् तिब्बत खमह्युल भन्ने ठाउँतिर जानु भयो । म्हेमे लामा गुरुको तिब्बत खामह्युल भन्ने ठाउँमा बाँस बस्ने क्रममा दुश्मन लागेर त्यहीँको बासिन्दाहरुको आक्रमणमा परि हत्या भएको रहेको भनी इतिहासमा उल्लेख गरिएको छ ।


     ऐतिहाँसिक गुर्फु गुम्बाको परिचय


    इतिहास अनुसार उक्त गुम्बा करिब १७ औं पुस्ता अगाडि देखिकै हो । परापूर्वकालमा एकजना कर्म छेसाङ लामा नाम गरेको म्हेमे हजुरबुवा तिब्बतबाट बसाइ सराई गरी सिन्धुपाल्चोकको हेलम्बु भन्ने स्थानमा आएर बस्नु भएको रहेछ । सबै दाजुभाइ जवान भैसकेपछि आ-आफ्नो जजीविकोपार्जनको लागि आफ्नै इच्छाले विभिन्न स्थानमा बास खोज्दै जादा एकजना हजुरबुबा न्हुप ह्योल्मो पुगेर यहाँ आउनु भएछ । जब उक्त स्थानमा आइपुग्दा अहिले रहेको गुर्फु गुम्बाभन्दा केही तल बास बस्न पुगेछन् । जुन दिनदेखि हजुरबुबा त्यो ठाउँमा बस्न थल्नुभयो । त्यही वरपर जङ्गल भित्र बिहान बेलुका विभिन्न बाजाहरु बजेको आवाज सुनिन थाल्यो र बाजा कता बजेको रहेछ त भनी हजुरबुबा दिनकै खोज्न थाल्नु भयो तर ६ दिन सम्म पत्ता लगाउन सक्नुभएन त्यसपछि बाजा बजाउने पूजापाठ गरिरहनु भएका लामा गुरुहरु त्यो ठाउँबाट काहीँ उम्केर जान नसकुन् र बाटो नबिर्सियोस् भनेर रेशमी धागो (क टुप) को पोको लिएर बिस्तारै बाजा बजिरहेको ठाउँमा पुग्दा जहाँ यस्तो दृश्य देखियो लामा गुरुहरू सबै विभिन्न बाजाहरु
    , झुर्मा, घन्टा, लाभ, ढ्याङ्ग्रो, शंख लगायतका धेरै थरिका बाजाको साथमा पूजापाठ गर्दै गरेको देख्नुभयो र जब त्यसलाई कर्मछेसाङ म्हेमेले छुनुभयो । सबै ढुङ्गा भएको रहेछ । र त्यो ठाउँ लाई गुर्फु भन्ने नाम दिनुभयो ।

    गुम्बाको जन्म गराइसकेपछि लामा गुरु जिन्दा / लोमो / चेलाहरू बढाउन अर्को गाउँ अर्थात् तिब्बत खमह्युल भन्ने ठाउँतिर जानु भयो । म्हेमे लामा गुरुको तिब्बत खामह्युल भन्ने ठाउँमा बाँस बस्ने क्रममा दुश्मन लागेर त्यहीँको बासिन्दाहरुको आक्रमणमा परि हत्या भएको रहेको भनी इतिहासमा उल्लेख गरिएको छ ।


    हत्या पश्चात् त्यहाँका केही ब्यक्तिहरुले हजुरबुवाले लाउनुभएको बुद्दचित्तको र फ्रेङा (माला) र टोपी ( पेस्यो) ,लौरो (बेर्गा ) ,पछ्यौरा (अर्थि/ श्हेन) लाससँगै भेटेको हुँदा ओहो यो त लामा गुरु पो हुनुहुदो रहेछ हामीले गलत काम गरेछौं भनेर लास हेर्न खोज्दा अचानक त्यहाँ लास नै नरहीकन गायब भएको थियो ! तर आश्चर्यको कुरो केहो भने गुरुसँग भएको सबै बस्त्रहरू उडेर गुर्फु गुम्बामा आइसकेको थियो ।

     

    जब कर्म छेसाङ हजुरबुबा लामा/ गुरु/ म्हेमे को शेष पश्चात उहाँको अवतारीको रूपमा हेलम्बु सिन्धुपाल्चोकमा खम्बा टुल्कु म्हेमेको जन्म भयो । जब खम्बा टुल्कुको जन्म भएपछि न्हुप ह्योल्मोमा हाम्रो गुर्फु गुम्बा रहेको भनी बोलेको र खोज्दै यही गुर्फुगुम्बामा आइपुग्नु भयो र त्यही घ्याङ गुम्बा भित्रैबाट आफैंले अदृश्य ज्ञान प्राप्त गर्नुभयो ।  आफ्नो सन्तान बढाउदै यही बस्नुभयो । खम्बा टुल्कुको सन्तान सत्र पुस्ता भैसकेकोमा १६ पुस्ता सम्म सबै जना घ्याङको ओडार भित्र रहेको घरमा नै जन्मदेखि मरणसम्म भएको इतिहास छ ।


     

    यस गुर्फु गुम्बा ओडारभित्र रहेको हुँदा यस्को छुट्टै इतिहास रहेको छ उक्त गुम्बा नजिकै लामा गुफा बस्ने स्थान पनि रहेको छ । उक्त स्थानमा जब लामा गुफा बस्न सुरु गर्छन त्यही दिनदेखि १ ठाउँबाट पानी र अर्कोबाट दुध जस्तो पानी आउन थाल्यो भनिएको छ  । गुफा बस्दा निगालोलाइ कलम बनाएर टुकी बत्तीको कालोमा तेल हालेर काठमा लेखेर सिकाउने गरिएको थियो  र उक्त गुम्बाभित्र गुफा अर्थात् अन्दाजी १५ मिटर भित्र सुरुङ समेत् रहेको छ । यस गुर्फु गुम्बाभित्र धेरै बर्ष पुरानो ढ्याङ्ग्रो पनि देख्न सकिन्छ।

    गुम्बाको पूर्वपट्टि एउटा ढुङ्गा रहेको छ, उक्त ढुङ्गा सबभन्दा पहिला भेट्टिएको ढुङ्गा पनि हो । यस गुम्बाभित्र र छेउछाउमा बङ्गुरको मासु लान नहुने, भैसीको गोबर प्रयोग गर्न नमिल्ने, गुम्बा वरपरको बाटोमा भैंसी धपाउन नमिल्ने यदि त्यसो गरेमा गाउँमा रोगब्याधी आउने,प हिरो, हावाहुरी आउने गरेको अनुभव घ्याङ बासीको रहेको छ ।

    ऐतिहाँसिक गुर्फु गुम्बा वरपरको आकर्षण

    Coming soon

    ऐतिहाँसिक गुर्फु गुम्बा कसरी पुग्ने ?

    Coming Soon 


    यो सामग्री नौकुण्ड गाउँपालिका पूर्व उपाध्यक्ष सिर्जना लामाले तयार गरी पठाउनुभएको हो । 


    Post a Comment

    0 Comments

    हाम्रो अनुरोध

    यही हो हाम्रो रसुवाको यस साइटमा आफ्नो वरपर रहेका विभिन्न महत्वपूर्ण स्थलहरूको बारेमा हामीलाई उपलब्ध गराई आन्तरिक पर्यटन विकासमा सहभागी हुनुहोस् । सूचना, समाचार वा लेखरचना पनि पठाउन सक्नुहुनेछ । rasuwasprem@gmail.com Responsive Advertisement 1 Responsive Advertisement2 View Site Stats
    View Site Stats