रसुवा, जिल्लाभर २ हजार १२ जना मतदाता थपिएर ४१ हजार ४ सय मतदाता रहेका छन् ।
जिल्ला निर्वाचन कार्यालय रसुवाले अद्यावधीक गरेकाे मतदाता नामावली अनुसार जम्मा मतदाता ४१ हजार ४सय ७१ जना रहेकाे जिल्ला निर्वाचन कार्यालय रसुवाका सूचना अधिकारी महेश आचार्यले बताए ।
रसुवाका कुल मतदातामा पुरुष २११४१, महिला २०३२९ र अन्य १ जना रहेका छन्। यस अघि ४० हजार ५ सय मतदाता थिए ।
प्रतिनिधि सभा निर्वाचन ०७४ मा मतदाता ३२,३२२ थिए भने ०७९ मा ३९,४५९ जना मतदाता रहेका थिए ।
कार्यालयका अनुसार कालिका गाउँपालिकामा ९,३१६ जना, उत्तरगया गाउँपालिकामा ८,७९३ जना, आमाछोदिङमो गाउँपालिकामा ५,५४७ जना,नौकुण्ड गाउँपालिकामा ११,४०६ जना र गोसाइँकुण्ड गाउँपालिकामा ६,४०९ जना मतदाता रहेका छन् । ०७८ काे जनगणना अनुसार जनसंख्या ४५ हजार ५ सय ५४ रहेकाे छ ।

0 Comments :
Post a Comment