रसुवा, जिल्लाभर २ हजार १२ जना मतदाता थपिएर ४१ हजार ४ सय मतदाता रहेका छन् ।
निर्वाचन कार्यालय रसुवाले अद्यावधीक गरेकाे मतदाता नामावलीमा कुल मतदाता नामावली अनुसार जम्मा मतदाता ४१ हजार ४सय ७१ जना रहेकाे जिल्ला निर्वाचन कार्यालय रसुवाका सूचना अधिकारी महेश आचार्यले बताए ।
रसुवाका कुल मतदातामा पुरुष २११४१, महिला २०३२९ र अन्य १ जना रहेका छन्। यस अघि ४० हजार ५ सय मतदाता थिए ।
प्रतिनिधि सभा निर्वाचन ०७४ मा मतदाता ३२,३२२ थिए भने ०७९ मा ३९,४५९ जना मतदाता थिए ।

0 Comments :
Post a Comment