Recent Posts

15/recent/ticker-posts
Responsive Advertisement यही हो हाम्रो रसुवाको यस साइटमा आफ्नो वरपर रहेका विभिन्न महत्वपूर्ण स्थलहरूको बारेमा हामीलाई उपलब्ध गराई आन्तरिक पर्यटन विकासमा सहभागी हुनुहोस् । सूचना, समाचार वा लेखरचना पनि पठाउन सक्नुहुनेछ । rasuwasprem@gmail.com

प्रसारण लाइनको काम समयमा नसकिंदा रसुवागढीको विद्युत खेर, मासिक करिब २७ करोड आर्थिक क्षति हुने अनुमान

प्रसारण लाइनको काम समयमा नसकिंदा रसुवागढीको विद्युत खेर

रसुवा, नेपाल चीन सिमानाको रसुवागढी नाका हुँदै बहने भोटेकोसी नदिबाट १ सय ११ मेगावाट क्षमताको विद्युत आयोजनाले निर्धारित समयमा निर्माण कार्य नसक्दा उत्पादिन विद्युत खेर गएको छ।

रसुवागढी हाइड्रो पावर कम्पनी लिमिटेडले नेपाल विद्युत प्राधिकरणले चिलिमे हब सबस्टेशन ९२२ ९केभी० र चिलिमेदेखि त्रिशूली–३‘बी’ हबसम्मको २२० केभी प्रसारण लाइनको निर्माण अहिलेसम्म पूरा नगर्दा रसुवागढी जलविद्युत आयोजनाले उत्पादन गर्न नपाएको हो। 

प्रसारण लाइन अभावकै कारण विद्युत उत्पादन हुन नसक्दा आयोजनालाई अर्बौं रुपैयाँ आर्थिक नोक्सानी पर्ने देखिएको छ। गोसाइकुण्ड गाउँपालिका–१ थुमन र २ टिमुरेको भूभागमा पर्दछ।

प्रशारण लाइनको काम समयमा नसकिंदा ग्रिड कनेक्सन एग्रिमेन्ट अनुसार उपकरण परीक्षण गर्न १३२ केभी ब्याक चिलिमे हवबाट प्राप्त नभएसम्म समस्या रहने छ। रसुवागढी जलविद्युत कम्पनीका प्रमुख कार्यकारी अधिकृत छवि गैरेले भने, वेट कमिसनिङ १३२ केभी प्राप्त हुनुअघिको काम सम्पन्न भएको छ।ु उनले व्याक चार्ज प्राप्त भएपछि उत्पादन सुरु हुने बताए। 

निर्माण गर्नुपर्ने सम्पूर्ण संरचना पूरा भइकेकाले टावर निर्माण सम्पन्न हुनासाथ रसुवागढीको विद्युत् राष्ट्रिय प्रसारण लाइनमा लैजाने तयारी भइसकेको प्राविधिकले बताएका छन्।

आयोजनाको बाँधस्थलको सफल परीक्षणपछि बालुवा थिग्राउने, पोखरी, सुरुङ, पेनस्टक तथा अन्य उपकरणको प्राविधिक परीक्षण भएको जानकारी दिए। 

चिलिमे जलविद्युत आयोजनाको सफल उत्पादनपछि सहायक कम्पनीको रुपमा रसुवागढी आयोजना सुरु भएको हो। ०८० माघ ५ अघि नै पानी भरेर बाँधको सफल परीक्षण गरी सुरुङ, विद्युत गृह भूमिगत सुरुङहरु, तथा विभिन्न उपकरण परीक्षण भैसकेको छ। 

विद्युत उत्पादन गर्न तयारी अवस्थामा रहे पनि प्रसारण लाइनको अनिश्चितताले थप काम अगाडि बढ्न नसकेको कम्पनीका प्रमुख कार्यकारी अधिकृत छवि गैरेले बताए। ‘आयोजनाले सम्पन्न गर्नुपर्ने १० किलोमिटर प्रसारण लाइन पूरा भइसकेको छ तर चिलिमे हब नबन्दासम्म कुनै अर्थ नहुने भयो,’ उनले भने, ‘यसबाट कम्पनीले ठूलो आर्थिक क्षति बेहोर्नुपर्ने देखिन्छ।’

प्रसारण लाइन नबन्दा मासिक करिब २७ करोड रुपैयाँ आर्थिक क्षति हुने अनुमान गरिएको छ। त्यसमाथि ठेकेदारले दाबी भुक्तानी थप्दै गयो भने झनै ठूलो समस्या उत्पन्न हुनेछ। प्राधिकरणले गत चैतभित्रै प्रसारण लाइन पूरा गर्ने दाबी गरे पनि भौगोलिक जटिलताका कारण काम सक्ने समय लम्बिँदै गएको छ। 

प्रशारण लाइनकाे काममा ढिलाइ हुनेकाे कारण नेपाल विद्युत प्राधिकरण नै हाे किनकी कन्ट्याक्टरलाइ समयमा काम सक्न दवाव दिन सकेकाे छैन । तिब्र गतिले काम गरेकाे भए चाँढै सकिन्थ्याे । 

‘गत माघदेखि जलाशय र सुरुङमा पानी भरेर राखे पनि उपयोगमा आउन सकेको छैन,’ आयोजना प्रमुख सत्यराम ज्याख्वाले भने, ‘विद्युतगृहका ट्रान्सफर्मरलगायत उपकरण चार्ज गर्न सकिएन भने बिग्रिने सम्भावना हुन्छ।’ आयोजनाको तर्फबाट विद्युत उत्पादनका लागि काम बाँकी नरहेको उनले बताए।

उत्पादित विद्युत जोड्ने सबस्टेसन र प्रसारण लाइनको काम पूरा गर्न अझै केही महिना लाग्ने देखिन्छ। यद्यपि, प्राधिकरण उच्च भोल्टेज ग्रिड विकास विभागका निर्देशक थर्कबहादुर थापाले चिलिमे हबको निर्माण पूरा भइसकेको जानकारी दिए। ‘आगामी जेठ ४ गते सबस्टेसनको काम सकिने छ,’ उनले भने, ‘त्यसको १५ दिनपछि प्रसारण लाइनको सबै काम सकिन्छ।’

प्रसारण लाइनको काम समयमा नसकिंदा रसुवागढीको विद्युत खेर

कुल २८ किलोमिटर लामो प्रसारण लाइनमा ७५ वटा टावर निर्माण हुने छ। अहिले ६६ वटा टावरको ठड्याइएको छ भने ७ वटा टावरको जग खन्ने काम जारी छ। १ महिनाभित्र प्रसारण लाइन पूरा हुने सम्भावना न्यून देखिन्छ। थापाले जेठ तेस्रो सातासम्म काम पूरा हुने बताए। 

आयोजनाको काम २०१७ जुलाइमा सम्पन्न गर्ने लक्ष्यका साथ सन् २०१४ को फ्रेब्रुवरीबाट सुरु भएको थियो। १० वर्ष बित्दासमेत आयोजना सम्पन्न हुन सकेन। 

भूकम्प, नाकाबन्दी, कोरोना महामारी ९कोभिड–१९०, बर्खाको बाढी र पहिरो, हिउँदमै खस्ने सुख्खा पहिरो जस्ता अवरोधले आयोजनाको काममा ढिलाइ भएको देखिएको छ। 

२०७८ असार १ गते सो क्षेत्रमा ठूलो बाढी आउँदा आयोजनाको भूमिगत विद्युतगृहमा पानी छिरेर सम्पूर्ण उपकरण डुबाएको थियो। जडानका लागि तयारी अवस्थामा राखिएका इलेक्ट्रो मेकानिकल उपकरणमा क्षति पुगेको थियो। 

निर्माणको अन्तिम चरणमा १३ अर्ब ६० करोड रूपैयाँको लागत अनुमानबाट सम्पन्न हुने सुरुको प्रक्षेपण गरिएको भए पनि भौगोलिक विकटता, वर्षातको बाढीपहिरो सामान ढुवानीमा ढिलाइ, ०७२ सालको भूकम्प, कोभिड–१९ महामारी जस्ता कारणले निर्माणमा ढिलाइ हुँदा करिब पाँच अर्ब बढी लागत लाग्ने देखिएको आयोजनाले जनाएको छ। 

आयोजनाको हालको अवस्थाको लागत व्याज बाहेक १८ अर्ब ४७ करोड रूपैयाँको हाराहारीमा खर्च हुने भएको छ। १११ मेगावाटको रसुवागढी जलविद्युत् आयोजनाको विद्युत् उत्पादन गर्ने मुख्य उपकरण टर्वाइनको परीक्षण कार्य अन्तिम चरणमा पुगेको छ। 



Post a Comment

0 Comments

हाम्रो अनुरोध

यही हो हाम्रो रसुवाको यस साइटमा आफ्नो वरपर रहेका विभिन्न महत्वपूर्ण स्थलहरूको बारेमा हामीलाई उपलब्ध गराई आन्तरिक पर्यटन विकासमा सहभागी हुनुहोस् । सूचना, समाचार वा लेखरचना पनि पठाउन सक्नुहुनेछ । rasuwasprem@gmail.com Responsive Advertisement 1 Responsive Advertisement2 View Site Stats
View Site Stats