ताजा खबर
Loading...
'यही हो हाम्रो रसुवा' को सूचनामूलक यस साइटमा तपाईको वरपरको महत्वपूर्ण स्थल, सम्पदा आदिको बारेमा प्रचार गरी आन्तरिक पर्यटन विकासमा सहयोग पुर्‌याउन त्यस्ता सामग्रीहरू हामीलाई पठाउनु होला । हामी तपाईका सामग्रीलाई प्रकाशन गर्नेछौं । Email : paudelprem@gmail.com (9843508470 Whatsapp)

Saturday, May 11, 2024

स्वर्गको एक अंश : नागथली

नागथली पर्वत दृश्य
नागथलीबाट देखिने हिमशृङ्खलाको मनोरम दृश्य — स्वर्गको टुक्रा
नागथली गुगल
नागथलीको गुगल नक्सा-Location
पर्यटकीय स्थल
पर्यटकीय स्थल — नागथलीबाट देखिने लाङटाङ हिमाल
Highlights
यहाँबाट देखिने गणेश हिमाल, पाल्दोरपिक, साञ्जेन, लाङटाङ लिरूङ, गोसाइँकुण्ड क्षेत्रका हिमशृङ्खलालगायत तिब्बतका गगनचुम्बी हिमाल तथा वस्तीका मनोरम दृश्यले जो कोहीलाई पनि मोहित बनाउँदछ ।
========================================= -->
नागथलीको परिचय
रसुवा जिल्ला गोसाइँकुण्ड गाउँपालिका, वडा नं १ मा पर्ने नागथली आन्तरिक तथा बाह्य पर्यटकको अधिकतम रोजाईमा पर्ने गन्तव्य हो । 

स्थानीयहरू यस स्थानलाई 'नगथली' भन्दछन् । तीन हजार १ सय ६५ मीटर उचाईमा अवस्थित नागथलीलाई स्वर्गको टुक्रा मानिन्छ । गुम्बाको नजिकै नागको थान रहेको कारण यस स्थानको नामाकरण 'नागथली' भएको हो ।

यहाँबाट देखिने गणेश हिमाल, पाल्दोरपिक, साञ्जेन, लाङटाङ लिरूङ, गोसाइँकुण्ड क्षेत्रका हिमशृङ्खलालगायत तिब्बतका गगनचुम्बी हिमाल तथा वस्तीका मनोरम दृश्यले जो कोहीलाई पनि मोहित बनाउँदछ । थुमन गाउँबाट चार घण्टाको ठाडो उकालो चढेपछि पुगिने यस स्थानमा रहेको नागथली गुम्बामा वर्षेनी पूजाआजा गर्ने गर्दछन् । चन्द पात्रो अनुसार बैशाख र असोज महिनाको पूर्णिमाका दिन यहाँ मेलासहित गुम्बामा पूजापाठ हुने गर्दछ । गुम्बाभित्र भगवान बुद्द, चेंरेसी र गुटासिङ्तोङको मूर्ति रहेको छ । टाँगिएका फरफराई रहेका लुङ्तरसहितको दृश्यले अझै मनमोहक बनाउँदछ । 

 जनविश्वास अनुसार उहिले गुरू रिम्बोर्छे यस क्षेत्रमा तपस्या गर्न आएका र आफैंले गुम्बा निर्माण गरेका थिए । उक्त गुम्बा नागथली गुम्बादेखि उत्तर पश्चिमको कुनामा छ । यस वरपर गुरू रिम्बोर्छेको पैतालाको डोब, पापधर्म छुट्याउने सुरूङ, खण्डोमो क्षाम्सा अर्थात् देवी नाँच्ने थान, ढुङगे गुफाहरू, गुरू रिम्बोर्छेले मन्त्र गरी निकालेको कहिल्यै नसुक्ने तर सानो पानीको मुहान, जसलाई पबित्र जलको रूपमा प्रयोग गरिन्छ, याक/चौंरी, भेडा चरन र खर्क, विभिन्न किसिमका फूल, लालीगुँरास आदिका बृक्षहरूको दृश्यहरू यहाँका महत्वपूर्ण आकर्षणहरू हुन् । नागथलीबाट गणेश हिमालको फेदि करीब १ दिनको पैदलयात्रामा अवस्थित छ । 

यहाँबाट करीब २ घण्टा पैदलयात्रा गरी मनोरम दृश्यावलोकनको थलो तरूचे पुग्न सकिन्छ । जहाँबाट चीनतर्फका ठोङ्सा, नेस्यारगाउँ, च्याङगाउँ वरपरका दृश्यहरू देख्न सकिन्छ ।

नागथली तथा वरपरका आकर्षण (किन जाने?)
  • प्रलयका उथुलपुथुलले ठडिएका गगनचुम्बी हिमश्रृङ्खला, 
  • ग्ल्यासियर आदिको दृश्यावलोकन 
  •  चौरी गाई, लोपोन्मूख वन्यजन्तुको आश्रयस्थल
  •  कतै झुरूप्प त कतै अलि बाक्लो वस्ती, 
  • पदमार्गका वरिपरि रहेका माने, छुर्तेन, गोम्बा, लालीगुँरास, 
  • मार्गको नजिकै रहेको नदीको सुस्याहट, चराचुरूङ्गीको गायन, हिमचितुवा, घोरल, थारल, बँदेल, भालु, लङ्गुर बाँदर यहाँका मुख्य आकर्षण हुन् । 
  • यस वरपर गुरू रिम्बोर्छेको पैतालाको डोब, पापधर्म छुट्याउने सुरूङ, खण्डोमो क्षाम्सा अर्थात् देवी नाँच्ने थान, ढुङगे गुफाहरू, गुरू रिम्बोर्छेले मन्त्र गरी निकालेको कहिल्यै नसुक्ने तर सानो पानीको मुहान, जसलाई पबित्र जलको रूपमा प्रयोग गरिन्छ, याक/चौंरी, भेडा चरन र खर्क, विभिन्न किसिमका फूल, लालीगुँरास आदिका बृक्षहरूको दृश्यहरू यहाँका महत्वपूर्ण आकर्षणहरू हुन् । -
  • चौंरी र भेडापालनको मुख्य क्षेत्र - तिब्बतीयन / शेर्पा संस्कृति, भेषभूषा र रहनसहन पनि यहाँको आकर्षण हो । 
  • होटल, लज तथा रेष्टुरेन्टको व्यवस्था
कसरी पुग्ने नागथली ?
  • पासाङल्हामु राजमार्ग स्याफ्रुबेंसी-टिमुरे खण्डमा पर्ने रोङ्गाबाट मेन्दो, थुमन हुँदै 
  •  पासाङल्हामु राजमार्ग स्याफ्रुबेंसीबाट गोल्जुङ/गतलाङ, चिलिमे (तातोपानी) हुँदै 
  •  अर्थात् तामाङ सम्पदा मार्गको प्रयोग गरेर                
उस्तै उस्तै ठाउँहरू

नागथली सम्बन्धित लेखहरू

    नागथलीसँग सम्बन्धित् भिडियोहरू


    No comments:

    Post a Comment