ताजा खबर
Loading...
'यही हो हाम्रो रसुवा' को सूचनामूलक यस साइटमा तपाईको वरपरको महत्वपूर्ण स्थल, सम्पदा आदिको बारेमा प्रचार गरी आन्तरिक पर्यटन विकासमा सहयोग पुर्‌याउन त्यस्ता सामग्रीहरू हामीलाई पठाउनु होला । हामी तपाईका सामग्रीलाई प्रकाशन गर्नेछौं । Email : paudelprem@gmail.com (9843508470 Whatsapp)

Friday, February 6, 2026

‘विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन’ सम्बन्धि सञ्चारकर्मीहरुसँग कार्यशाला सम्पन्न


रसुवा, नेपाल पत्रकार महासंघ रसुवा शाखासँगको सहकार्यमा कालिकास्थानमा शुक्रबार सञ्चारकर्मीहरूका लागि ‘विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन’ सम्बन्धिएक दिवसीय कार्यशाला सम्पन्न भएको छ।

विपद्का समयमा सूचना प्रवाहलाई थप जिम्मेवार र प्रभावकारी बनाउने उद्देश्यले आयोजित कार्यशाखामा रसुवा र  नुवाकोटमा क्रियाशील पत्रकारहरूको सहभागिता रहेको थियो।

कार्यक्रममा विपद् पत्रकारिता सञ्जालकी केन्द्रीय सचिव देवी सापकोटाले आफु सुरक्षित रहेर जनतालाइ सुसुचित गर्न विपद्को बेला मानवीय समवेदना र पत्रकारिता आचारसंहिताको पूर्ण पालना गर्दै तथ्यपरक समाचार सम्प्रेषणमा जोड् दिनुपर्ने बताईन् । उनले हाल सञ्चारमाध्यमहरूमा कार्यक्रम केन्द्रित समाचारले बढी प्राथमिकता पाइरहेकोमा दुःख व्यक्त गर्दै अबका समाचारहरू विपद्का वास्तविक जोखिम र नागरिकको सुरक्षामा केन्द्रित हुनुपर्ने बताइन् । 

कार्यशालामा मौसम पूर्वानुमान, पूर्वकार्यको अवधारणा र विपद् संवेदनशील सामाजिक सुरक्षालगायतका विषयमा गहन प्रस्तुतीकरण र छलफल गरिएको थियो।

सहभागी सञ्चारकर्मीहरूलाई विपद्का घटना हुनुअगावै प्राप्त हुने सूचनालाई कसरी सर्वसाधारणसम्म पुर्‍याउने र घटनापश्चात् कसरी संवेदनशीलता अपनाउने भन्ने विषयमा प्रष्ट पारिएको थियो । 

कार्यक्रमलाई प्रतिबद्ध, विपद् पत्रकारिता सञ्जाल, सामुदायिक आत्मनिर्भरता केन्द्र, युरोपियन युनियन, पिपुल इन निड, एसडब्लुएन र सेभ द चिल्ड्रेनले प्राविधिक सहयोगमा सम्पन्न भएको हो । आत्मनिर्भर केन्द्रका गोपाल बस्नेतलगायत प्रतिबद्ध परियोजनाका सहजकर्तहरुले सहजिकरण गरेका थिए । 

कार्यशालाले रसुवा जस्तो विपद्को जोखिम रहेको जिल्लामा कार्यरत पत्रकारहरूको कार्यक्षमता अभिवृद्धि गर्न महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास लिइएको महासंघका अध्यक्ष केशवप्रसाद पौडेलले बताए ।




No comments:

Post a Comment