रसुवा, वन डढेलो नियन्त्रण तथा अनुगमनको लागि ड्रोन ह्याण्डलिङ सम्बन्धि ३ दिने तालिम मिति २०८२ माघ ७ देखि ९ गतेसम्म धुन्चेमा सम्पन्न भयाे ।
डिभिजनल वन अधिकृत शम्भु तामाङकोलगायत फिल्डका समेत कर्मचारीहरू उपस्थित तालिममा प्रशिक्षकहरू राज कुमार रिमाल र विशाल रायमाझीले सहजीकरण गरेका थिए ।
तालिममा ड्रोन ह्याण्डिल कसरी गर्ने , यसबाट टाढाकाे वन भित्रकाे गतिबिधि कसरी भिडियाे र फाेटाे लिनेलगायतका विषयमा जानकारी दिइएकाे थियाे ।
वन कार्यालयमा ड्रोन रहेकाे र त्यसकाे ह्याण्डलिङ तालिम भएकाेले अब वनमा हुने सवै खाले गतिबिधिलाइ नजिकबाट अनुगमन गर्ने र अवैध गतिबिधि नियन्त्रणमा समेत सहयाेग पुग्ने विस्वास गरिएकाे छ ।

0 Comments :
Post a Comment