ताजा खबर
Loading...
'यही हो हाम्रो रसुवा' को सूचनामूलक यस साइटमा तपाईको वरपरको महत्वपूर्ण स्थल, सम्पदा आदिको बारेमा प्रचार गरी आन्तरिक पर्यटन विकासमा सहयोग पुर्‌याउन त्यस्ता सामग्रीहरू हामीलाई पठाउनु होला । हामी तपाईका सामग्रीलाई प्रकाशन गर्नेछौं । Email : paudelprem@gmail.com (9843508470 Whatsapp)

Tuesday, June 2, 2026

बीउ उत्पादन प्रबिधि सम्बन्धी कृषक तालिम सम्पन्न

 


 रसुवा, श्री धैबुड कालिका साना किसान कृषि सहकारी संस्था लि रसुवाको शेयर सदस्यहरुलाइ बीउ उत्पादन प्रबिधि सम्बन्धि कृषक तालिम कालिकास्थानमा सम्पन्न भयाे ।

नेपाल सरकार नेपाल कृषि अनुसन्धान परिषद, राष्टिय बाली प्रजनन् तथा आनुवंशिक अनुसन्धान केन्द्र खुमलटार ललिलपुरले राष्ट्रिय प्रकृति संरक्षण कोषकाे आर्थिक तथा प्राविधिक सहयोग तथा कालिका गाउँपालिका कृषि शाखाको समन्वयमा श्री धैबुड। कालिका साना किसान कृषि सहकारी संस्था लि रसुवाका शेयर सदस्यहरुका लागि बीउ उत्पादन प्रबिधि सम्बन्धी कृषक तालिम सम्पन्न भएकाे हाे ।

तालिममा धान बाली बारे विज्ञ डा उज्वल सिंह कुसबाह, मकै बाली बारे जीवन श्रेष्ठ र काेदाे तथा गहुँबाली बारे कृष्णहरि घिमिरेले सहजिकरण गरेका थिए ।



No comments:

Post a Comment