'यही हो हाम्रो रसुवा' को सूचनामूलक यस साइटमा तपाईको वरपरको महत्वपूर्ण स्थल, सम्पदा आदिको बारेमा प्रचार गरी आन्तरिक पर्यटन विकासमा सहयोग पुर्‌याउन त्यस्ता सामग्रीहरू हामीलाई पठाउनु होला । हामी तपाईका सामग्रीलाई प्रकाशन गर्नेछौं । Email : paudelprem@gmail.com (9843508470 Whatsapp)

परिक्षणका लागि रोपिएको स्याउ सप्रेपछि लाङटाङमा किसान खुशी

रसुवा, परीक्षणका लागि  रोपिएको स्याउ वातावरण अनुकूलित भएर सप्रिन थालेपछि गाउँले खुशी भएका हुन् । गोसाइँकुण्ड गाउँपालिका–४ को लाङटाङ र मुन्डु गाउँमा पहिलो पटक स्याउको परीक्षण सफल भएपछि स्थानीय खुशी भएका हुन् । समुद्र सतहबाट ३ हजार ५ सय मिटरको उचाइमा स्याउ खेती सुरु गरिएको हो ।


नमुना परीक्षणका लागि यहाँ विभिन्न जातको स्याउ रोपेको र परीक्षण सफल भएको स्थानीय फिन्जो तामाङले बताए । ‘एक–दुई वटा बोट पहिले रोपिएको भए पनि यसरी नयाँ जातको परीक्षण पहिलो पटक गरिएको हो ।’ उनले भने, ‘गत मंसिरमा रेड डेलिसिएस, रोयल डलिसियस र फुजी ४८ वटा स्याउका बिरुवा रोपेको हो । गाउँमा ३ सय बिरुवा रोपिएको थियो ४(५ वटा बिरुवा मरे पनि धेरै जस्तो बिरुवा सप्रेका छन् ।’


त्यहाँ २० वटा ग्रीन हाउस बनाइएको छ । परीक्षणका लागि १३ प्रजातिका स्याउ रोपिएको थियो । यहाँ स्याउको परीक्षण सफल भएपछि धेरैले स्याउका बिरुवा रोप्ने सोच बनाएका छन् । पर्यटकीय क्षेत्रमा यहाँ आउने पर्यटकहरुले धेरै स्याउ खपत गर्ने स्थानीय ग्याल्बो लामाले बताए ।  पहिले स्थानीय जातका स्याउ रोपेपनि फल्न छाडेपछि अध्ययन अभावले मासिएको थियो । अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र ९इसिमोड० को सहयोगमा लाङटाङमा ६ महिना अघि स्याउका बिरुवा रोपिएको थियो ।


यो परीक्षण सफल भएको हेरेर धेरैले स्याउ रोप्ने योजना बनाएको स्थानीय टेम्पा तामाङ बताउँछन् । इसिमोडका अर्गानिक कृषि विज्ञ राजेन्द्र ढकाल भन्छन्, ‘लाङटाङमा परीक्षण सफल भनिहाल्न मिल्दैन ।’ फल लागेर किसानले लाभ लिएपछि मात्र परीक्षण सफल भएको भन्न सकिन्छ । रोपिएका स्याउका बिरुवा वातावरण अनुकूलित भएकाले बिरुवाको बृद्धि भने भएको छ । केही विरुवमा फूल फुले पनि बोट परिपक्व नभएकोले टिपेर हटाइएको थियो ।’


त्यस्तै जलवायु उत्थानशील कृषि अनुसन्धानकर्ता कैलाश भट्ट भन्छन् फरक–फरक जातका स्याउका बिरुवा हावापानी मिल्ने ठाउँ भारतको हिमालचल प्रदेशबाट बिरुवा ल्याएर रोपिएको हो, अनुसन्धानकै क्रममा भएकाले कुन राम्रो हुन्छ त्यही जात अघि बढाउने उद्देश्यले परीक्षण भइरहेको भट्टले बताए ।


चिसो र उच्च–उचाइको अवस्थामा अनुकूलन क्षमता र प्रदर्शन परीक्षण गर्न उच्च हिमाली क्षेत्रको चिसो हावापानीमा रातो स्वादिष्ट, गोल्डेन स्वादिष्ट, डार्क सुपर, सुपर गोल्डेन र अन्य प्रजातिहरू पनि रोपिएको स्याउ खेती गरिएको इसिमोडका कृषि प्रशिक्षक कृष्ण भामले जानकारी दिए । स्थानीय ५० भन्दा बढी घरपरिवारले आफ्नो घरको बगैंचामा स्याउको बिरुवा रोप्दै स्याउ रोपणमा भाग लिएका थिए । स्थानीयले स्याउका बिरुवा वरिपरी बन्दा र प्याज खेती पनि सँगसँगै गरेका छन् ।

भिडियाे हेर्नुस् । 


Share on Google Plus

About हेमनाथ खतिवडा

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.
    Site Comment
    Facebook Comment

0 Comments :

Post a Comment

🤝 Community

Join Forum Give Feedback
]]>
🌱 Soft Launch Phase
Share your feedback

Search This Blog

साताको चर्चित

साताको चर्चित

• Articles • Book Introduction • Culture • Bhajan • Songs /Music